चाडपर्वमा सुपथ मूल्य पसल सञ्चालनमा (फोटो फिचर)
काठमाडौं । दशैं–तिहारलाई लक्षित गर्दै काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले उपभोक्तालाई चाडपर्वमा सहुलियत दिने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् । प्रत्येक वर्षजस्तै यस वर्ष पनि सुपथ मूल्य पसल सञ्चालनमा आएको हो । सुपथ मूल्य पसलमार्फत उपभोक्ताले चामल, गहुँ, दाल, केराउमा प्रतिकेजी पाँच रुपैयाँ छुट पाउनेछन् । त्यस्तै, चिनीमा प्रतिकेजी पाँच रुपैयाँ, चिउरा, आटा, पिठो, मैदा, चियापत्ती, जिरा, धनियाँलगायत मसला पदार्थमा प्रतिकेजी सात रुपैयाँ छुट दिइएको छ । तेलमा प्रतिलिटर सात रुपैयाँ छुट रहेको छ भने सिमी, फापर, मार्सी र बासमती चामलमा प्रतिकेजी १० रुपैयाँसम्म छुट पाउने व्यवस्था गरिएको छ ।
तस्बिरमा हेर्नुहोस् प्रधानमन्त्रीको पदभार ग्रहण
काठमाडौं । प्रधानमन्त्री शुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । उनले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर प्रधानमन्त्रीको पदभार ग्रहण गरेकी हुन् । उनले पदभार ग्रहण गर्दै जेनजी आन्दोलनमा मृत्यु भएका सबैलाई शहीद घोषणा गर्ने निर्णय गरेकी छन् भने शहीदका परिवारलाई १० लाख राहत दिने निर्णय गरेकी छन् । पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री कार्कीले आफू रहरले प्रधानमन्त्री नभएको भन्दै परिस्थितिले बाध्य बनाएको धारणा राखेकी छन् । ‘रहरले म आएको होइन, सडक र जताततैबाट जिम्मा लेऊ भनेर सुझाव आयो । म विवश हुनुप¥यो । सत्ताको रसास्वादन गर्न आएको होइन,’ उनले भनिन् ।
मुड्खु भञ्ज्याङको भ्यूटावरबाट देखिएको काठमाडौंको दृश्य (तस्बिरहरू)
काठमाडौं । मुड्खु भञ्ज्याङको भ्यूटावरबाट काठमाडौंको दृश्य रमाइलो देखिएको । शनिबार मौसम खुलेसँगै सहर सफा र चम्किलो देखिन थालेको छ । जेनजी आन्दोलनले काठमाडौंका प्रमुख सार्वजनिक स्थलहरूमा आगोले क्षति पुर्याएको भए पनि, भ्यूटावरबाट हेर्दा सहर शान्त, व्यवस्थित र रमणीय देखिएको छ । वरिपरिको पहाड, हरियाली र राजधानीका ऐतिहासिक संरचनाहरूले अझ मनमोहक बनाएको छ ।