आजदेखि भृकुटीमण्डपमा दशौं अन्तर्राष्ट्रिय व्यापार मेला सुरु (फोटो-फिचर)
काठमाडौं । दशौं अन्तर्राष्ट्रिय व्यापार मेला २०८२ बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको मेलामा विभिन्न देशहरूहरुको सहभागी रहेको छ । व्यापार मेला समितिका सभापति उमेश डाल्मियाले मेलामा कृषि, ऊर्जा, भवन निर्माण, पर्यटन, सूचना प्रविधि, शिक्षा लगायतका विषयमा विशेष स्टलहरू राखिएको जानकारी दिए । यो मेलाबाट नेपाली सामग्रीको गुणस्तर र ब्रह्माण्डलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठूलो भूमिका खेल्ने उनको विश्वास छ। मेलामा चीनबाट पावर ट्रान्समिशन इक्विपमेन्ट, इलेक्ट्रिकल्स, अटोमोबाइल्स, खाद्य तथा पेय पदार्थ, गार्मेन्ट्स, स्मार्टवाच लगायतका स्टलहरू रहनेछन् भने पाकिस्तान र बंगलादेशबाट लेदर तथा गार्मेन्ट्स सामग्रीहरू पनि प्रदर्शन छन् । मेलामा चीनका ४० कम्पनीले सहभागी जनाएका छन् । चिनियाँ विद्युतीय सवारीसाधनका पार्टपूर्जा, हस्तकला, वस्तुगत उत्पादन र विभिन्न प्रविधि सम्बन्धी सामग्रीहरूको प्रदर्शनी छन् । मेला आईएमई पेको मुख्य प्रायोजनमा आयोजना गरिएको हो । यसैगरी, हेरिटेज कार्पेट सहप्रायोजकको रूपमा रहेको छ । मेलामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने विद्यार्थीहरूलाई परिचयपत्रको आधारमा ५० प्रतिशत छुट दिइएको छ । हेर्नूहोस् तस्बिरहरू : नरेश बोहोरा/विकासन्यूज
सहकारी पीडितको अर्धनग्न प्रदर्शन (फोटोफिचर)
काठमाडौं । सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन् । उनीहरूले आफ्ना नारा लेखिएका प्लेकार्ड बोकेर, 'हाम्रो धैर्यलाई कमजोरी नठान' र 'आन्दोलन रहर नभई बाध्यता हो' जस्ता सन्देश दिएका छन् । सहकारी संस्थाको रकम अपचलनको कारण पीडित बचतकर्ता महीनौँदेखि सडक आन्दोलनमा छन् । उनीहरूको प्रमुख माग भनेको सहकारी संस्थाका सञ्चालकको सम्पत्ति जफत गरेर आफ्ना बचत रकम फिर्ता गर्नु हो । यस विषयमा सरकारी निकायहरूले कुनै कदम नचालेको पीडितहरूको भनाइ छ ।
तस्बिरमा हेर्नूहोस चिसाेपानीमा १० वर्षदेखि भग्नावस्थामा रहेका घर तथा होटलहरू
काठमाडौं । विसं २०७२ वैशाख १२ गते नेपालमा विनाशकारी भूकम्प गयो । उक्त भूकम्प र त्यसपछिको पराकम्पमा परी ८ हजार ६ सय ५४ जनाले ज्यान गुमाए । २२ हजार ३०९ जना घाइते हुनुका साथै ५ लाख ११ हजार ३९० घर ध्वस्त भए र २ लाख ८६ हजार ७६७ घर आंशिक रूपमा क्षतिग्रस्त भए । भत्किएका धेरै घरको पुनःनिर्माण सम्पन्न भए पनि चिसाेपानीमा भने हालत उस्तै छ । त्यहाँका घर तथा होटलहरू अझै पनि भग्नावस्थामा रहेका छन् । भूकम्प गएको १० वर्ष पुग्दैछ तर ती संरचनाको पुनःनिर्माण हुन सकेको छैन । नुवाकोटका शिवपुरी गाउँपालिका–१ र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ३ को सिमानामा चिसाेपानी पर्दछ । त्यस क्षेत्रका कुल २५ घर भूकम्पले क्षति गरेको थियो । तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज