पशुपतिमा बढ्यो भक्तजनहरूको चहलपहल (तस्बिरहरू)

काठमाडौं । महाशिवरात्रीको अवसर पारेर पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको चहलपहल बढ्न थालेको छ । यस वर्ष फागुन १४ गते बुधवारका दिन महाशिवरात्री परेको छ । मंगलबारबाट नै पशुपतिनाथ क्षेत्र परिसरमा नागा बाबाहरु, सन्त, सन्यासीहरुको जमघट शुरु भइसकेको छ । शिवरात्रीको लागि भारत लगायतका छिमेकी देशहरुबाट समेत साधुसन्तहरु पशुपतिनाथ आइपुगेका छन् । हरेक वर्ष शिवरात्रीको अवसरमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ । आज रातिदेखि नै पशुपति क्षेत्र परिसर लगायत शिवालयहरुमा भक्तजनहरु दीप प्रज्वलन गरी व्रत बस्ने गर्दछन् ।

बाटो काट्नेहरूको हेलचेक्र्याँई (तस्बिरहरू)

काठमाडौं । प्रायः काठमाडौं उपत्यकाका सडकमा बाटो काट्नका लागि पुल बनाइएको हुन्छ । पुल नभएका ठाउँमा जेब्रा क्रसिङ बनाइएको छ । अझ केही समय यता उपत्यकाका केही ठाउँहरुमा आफैँले स्विच थिचेर बाटो काट्ने (पेलिकन क्रसिङ) प्रविधि जडान गरिएको छ । सडकमा पैदल यात्रुलाई हुने असहजतालाई सहज बनाउन र सुरक्षित बनाउन भन्दै यो प्रविधि भित्र्याइएको हो । तर जनचेतनाको अभाव र हेलचेक्र्याँईका कारण मानिसहरु आकाशे पुल, जेब्रा क्रसिङ भन्दा बाहिरबाटै बाटो काट्ने गरेका छन् । यसले जनधनको क्षति दिनप्रतिदिन बढिरहेको देख्न सकिन्छ । पैदल यात्रुहरुको हेलचेक्र्याँई यतिसम्म हुन्छ की नजिकै पुल छ भनेपनि पुलबाट नभइ तलैबाट बाटो काट्ने गर्दछन् । यसले सडक दुर्घटना बढाइरहेको छ । ख्यालख्याल गर्ने प्रवृत्तिमा सुधार गरेर सुरक्षित तवरले सडक काट्ने बानी बसाल्न नसक्दा यि दुर्घटनाहरु बढ्दै गइरहेका छन् । साथै कतिपयलाई जनचेतनाको अभाव पनि छ । उनीहरुलाई चेतना बिस्तार गर्ने अभियान सञ्चालन गर्न जरुरी पनि छ ।

मनाइयो ७५ औं प्रजातन्त्र दिवस (तस्बिरहरू)

काठमाडौं । ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ । जनता रैतीबाट नागरिक भएको घोषणा गरिएको दिनको रुपमा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीसहितको उपस्थिति रहेको थियो । समारोहमा नेपाली सेनाले २०८१ व्यानर अंकित हेलिकप्टरबाट पुष्पवृष्टि गराएको थियो भने मैदानमा शान्तिको प्रतिकको रुपमा परेवा उडाइएको थियो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशष्त्र प्रहरी बल, नेपालबाट मार्च पास समेत गराइएको थियो । राष्ट्रप्रेमले भरिएको राष्ट्रिय धुन पनि सो अवसरमा प्रश्तुत गरिएको थियो ।