प्रभु इन्स्योरेन्सको सञ्चालकमा राजेन्द्र शाक्य

काठमाडौं । प्रभु इन्स्योरेन्सको सञ्चालकमा राजेन्द्र शाक्य नियुक्त भएका छन् । असोज २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले शाक्यलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सञ्चालक शाक्य कर्मचारी सञ्चय कोषको पत्रानुसार कोषको तर्फबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालकमा नियुक्त भएका हुन् । यसअघि कर्मचारी सञ्चय कोषको तर्फबाट बिजय कुमार श्रेष्ठले प्रतिनिधित्व गर्दै आएका थिए । उनी संस्थापक सेयरधनी हुन् ।

हिमालयन बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठले सम्हाले पदभार, लिए सपथ

काठमाडौं । हिमालयन बैंकका नवनियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । अध्यक्ष श्रेष्ठले सपथ ग्रहण पश्चात असोज १९ गते नै बैंक अध्यक्षको पद बहाली गरेका छन् । श्रेष्ठलाई गत असोज १३ गते बुधबारका दिन बसेको बैंकको ४११औं संचालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो । श्रेष्ठ विगत १९ वर्षदेखि निरन्तर हिमालयन बैंकको संचालक समितिका सदस्य थिए ।

ग्रामीण विकास लघुवित्तको सञ्चालक समितिमा ६ जना, अध्यक्षमा चण्डी घिमिरे

काठमाडौं । ग्रामीण विकास लघुवित्तमा ६ जनाको सञ्चालक समिति चयन भएको छ । भदौ ५ गते सम्पन्न संस्थाको वार्षिक साधारण सभाले सञ्चालक समितिमा अध्यक्ष सहित ६ जनालाई चयन गरेको हो । जसमध्ये चण्डी प्रसाद घिमिरेले अध्यक्षको कार्यभार सम्हाल्ने छन् । नेपाल सरकार अर्थमन्त्रालयको प्रतिनिधिको रुपमा आएका घिमिरे संस्थापक समूहको तर्फबाट अध्यक्ष पदमा चयन भएका हुन् । त्यसैगरी, सुदिप फुयाल, लेखनाथ भुषाल र शिवहरी दंगाल पनि संस्थापक समूहबाट सञ्चालकमा नियुक्त भएका छन् । जसमध्ये फुयालले नेपाल राष्ट्र बैंक, भुषालले नेपाल बैंक र दंगालले फ्यूचर स्टार डिजाइन एण्ड डेभलपर्स प्रा. ली.का तर्फबाट प्रतिनिधत्व गरिरहेका छन् । साथै, सर्वसाधारण समूहको तर्फबाट भरतराज कोइराला र मनोज कुमार खड्का संस्थाको सञ्चालकमा चयन भएका छन् ।