फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसनको नयाँ कार्यसमिति चयन, घिमिरे बने अध्यक्ष

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालको नयाँ कार्यसमिति चयन भएको छ । मंसिर ३ गते सम्पन्न संस्थाको २० औं वार्षिक साधारणसभाले १० जनाको नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको लागि भएको निर्वाचनमा नानिराज घिमिरे चयन भएका छन् । उनले ६९ मत पाएका छन् । उनका प्रतिस्पर्धी रामकृष्ण प्रसाईले ५४ मत प्राप्त गरेका छन् । त्यस्तै, समितिको महासचिवमा ज्ञानेन्द्र प्रसाद दाहल विजयी भएका छन् । उनले ८१ वटा मत प्राप्त गरेको छ । उनका प्रतिस्पर्धी ऋषिराज घिमिरेले ४० मत ल्याएर पराजित भएका छन् । त्यस्तै, कार्यसमिति सदस्यमा ८ जना निर्वाचित भएका छन् । जसमा राजन गौतम, अशोक कुमार श्रेष्ठ, निर्मल भट्टराई, अनुप मानन्धर, केशर बहादुर प्रधान, त्रिलोक श्रेष्ठ, जीवन कुमार श्रेष्ठ र शंकर कुमार गौतम रहेका छन् ।

प्राइम लाइफ इन्स्योरेन्सको सञ्चालकमा दुई जना नियुक्त

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको सञ्चालकमा दुई जना नियुक्त भएका छन् । मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले प्रमिला केसी थापा र रेशम थापालाई नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक प्रमिला केसी थापाले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने छिन् । सञ्चालक रेशम थापा कम्पनीको स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएका हुन् । यससँगै, दुबै सञ्चालकले मंसिर ३ गतेदेखि नै इन्स्योरेन्समा आफ्नो जिम्मेवारी सम्हाल्दै छन् ।

कृषि विकास बैंकको सञ्चालकमा रमेश दुवाडी

काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा रमेश दुवाडी नियुक्त भएका छन् । दुवाडी कार्त्तिक १२ गतेको मन्त्रीस्तरको निर्णय अनुसार बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् । बैंकको संस्थापक सेयरधनी अर्थ मन्त्रालयले आफ्नो प्रतिनिधिको रुपमा दुवाडीलाई बैंकको सञ्चालक सदस्यमा नियुक्त गरेको हो । सञ्चालक दुवाडीले गत कार्त्तिक २९ गते नै पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।