ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का
काठमाडौं । ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का चयन भएका छन् । माघ ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले खड्कालाई अध्यक्ष पदमा चयन गरेको हो । खड्का बैंकको संस्थापक सेयरधनी हुन् । उक्त समूहको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गरेका सञ्चालक खड्काले अब बैंकको अध्यक्ष पदको जिम्मेवारी सम्हाल्ने भएका छन् । यसअघि बैंकको अध्यक्षमा हरि प्रसाद थिए । उनको राजिनामा स्वीकृत भएसँगै रिक्त रहेको पदमा खड्कालाई चयन गरिएको हो ।
दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल कुवँर, नेपालका लागि पहिलाे महिला एमडी
काठमाडाैं । दराज नेपालले आँचल कुँवरलाई पहिलो महिला प्रबन्ध निर्देशक (एमडी)काे रूपमा नियुक्त गरेको छ । दराजले उनलाई दराज नेपालकाे एमडीमा नियुक्त गरेकाे हाे । एमडी कुवँरले दराज नेपालसँग आवद्द हुन पाउँदा उत्साहित भएकाे बताएकी छन् । कुवँरलेले कार्लसन स्कुल अफ म्यानेजमेन्टबाट एम बि ए ,गणित र अर्थशास्त्रमा सेन्ट क्लाउड स्टेट युनिभर्सिटी मिनेसोटाबाट बि एस सकाएर १३ वर्ष युएस कर्पोरेट क्षेत्रमा काम गरेकाे अनुभव छ । यो अवधिमा उनले कार्लसन वागोनलिट ट्राभल र इ–कमर्स अग्रगामी, अमेजन जस्ता विभिन्न प्रमुख कम्पनीहरूमा काम गरिन् जहाँ उनले स्वीडेन, पोल्याण्ड, साउदी अरब र इजिप्ट जस्ता नयाँ बजारहरूमा कम्पनी स्थापना गर्न सहयोग गरेकी थिइन् । उनको नियुक्तिसँगै दराजका सबै अपरेटिङ देशहरूमा अब स्वदेशी प्रबन्ध निर्देशक (एमडी)हरू रहेको कम्पनीले जनाएको छ । वर्तमान एमडी लिनो अहलेरिङले सिङ्गापुरको दराज मुख्यालयमा क्षेत्रीय भूमिकामा सरुवा भएपछि आँचलले पदभार ग्रहण गर्नेछन् । अहलरिङले भने, ‘दराजका लागि यो निकै सुनाैलाे समय हो, विगत ३.५ वर्षमा देशमा इ–कमर्स निर्माण र यस उद्योगको जग बसाल्नु ठूलो सम्मानको कुरा हो।’ ‘हामीसँग ७५० भन्दा बढी डरजियनसको उत्कृष्ट टोली छ र सामान्यतया दराज र ई–कमर्सको भविष्य अत्यन्त उज्ज्वल हुनेछ, म दराज समूह भित्र रहनेछु, यो व्यवस्थापनको मामलामा एक धेरै सहज संक्रमण हुनेछ, आँचलको नेतृत्वमा दराजले अझ ठूलो उचाइमा पुग्नेमा म विश्वस्त छु, ‘ उनले भने ।
नेपाल बङ्गलादेश बैंकको कामु सीइओ बने पाण्डे, २ दशक बढीकाे बैंकिङ अनुभव
काठमाडौं । नेपाल बङ्गलादेश बैंकको कामु सीइओमा भुपेन्द्र पाण्डे नियुक्त भएका छने । बैंककाे सञ्चालक समितिको बैठकले पाण्डेलाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकाे हाे । बैंकिङ्ग क्षेत्रमा दुई दशक लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सिइओ रुपमा काम गरिसकेका छन् । चार्टड अकाउन्टेन्ट पाण्डेलरे बाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् । गत पुसमा उनी बैंककाे सिनियर डेपुटी सीईओमा नियुक्त भएका थिए । बैंकका सीईओ ज्ञानेन्द्र ढुङ्गानाकाे कार्यकाल सकिएपछि उनी कामु सीईओ बनेका हुन् । बैंक स्राेतका अनुसार अब बैंक सञ्चालक समितिले उनलाई सीईओकाे रुपमा नै नियुक्त गर्ने तयारी पनि गरिरहेकाे छ । हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।