नेपाली श्रमिकका समस्या समाधान गर्ने मलेसियाका लागि नवनियुक्त राजदूत पौडेलको प्रतिवद्धता

काठमाडौं । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेल कार्यभार सम्हाल्न मलेसियाको राजधानी क्वालालम्पुर प्रस्थान गरेका छन् । मलेसियाका लागि नेपालको आवासीय राजदूत नियुक्त भई गत भदौ २७ गते राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका पौडेल कार्यभार सम्हाल्न मलेसिया प्रस्थान गरेका हुन् । मलेसियामा राजदूत पौडेलले राजा अब्दुल्लाहसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नेछन् । दुई लाखभन्दा धेरै नेपाली श्रमिक रहेको मलेसियाको नेपाली दूतावास लामो समय राजदूतविहीन थियो । दूतावासको सेवा प्रवाहको क्षमता बढाउँदै मलेसियामा कार्यरत नेपाली श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने राजदूत पौडेलले बताए । तलब सुविधा, सीप विकास, आवास, उपयुक्त सूचनाको व्यवस्थालाई थप प्रभावकारी बनाउने तथा श्रमस्वीकृतिको अवधि सकिएर कानुनी हैसियत गुमाई अलेखबद्ध भएका श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने उनको भनाइ छ । मलेसियाको बजारमा माग भएअनुसार उपयुक्त सीप तालिम लिई श्रमिकहरु जाने गरेमा ज्याला र सुविधामा वृद्धि हुने भएकाले त्यसतर्फ प्रयास गरिने उनले बताए । मलेसियामा विभिन्न पेसामा रहेका नेपालीहरुसँग सहज सम्पर्क स्थापना गर्दै उनीहरुको अधिकतम हित र सुरक्षाका कार्यहरुलाई प्राथमिकता दिने उनले बताए । सन् २०१८ मा भएको श्रम सम्झौता नवीकरणलाई पनि उनले प्राथमिकता दिएका छन् । नेपालको प्रतिष्ठा र राष्ट्रिय सम्मानको अभिवृद्धि गर्दै द्विपक्षीय सम्बन्ध बलियो बनाउने बताउँदै उनले नेपालका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार, नेपाली उत्पादनको मलेसियाका बजारमा प्रवद्र्धन, नेपालमा लगानी गर्न इच्छुक लगानीकर्ताको पहिचान र सहजीकरण जस्ता कार्यहरुबाट नेपालको अधिकतम हित हुने गरी आर्थिक कूटनीतिमा समेत जोड दिने उनले बताए । नेपाल-मलेसियाबीच जनस्तरको सम्वन्ध विस्तारलाई प्राथमिकता दिने उनको भनाइ छ । पौडेललाई गत चैतमा बसेको मन्त्रिपरिषद्को वैठकले मलेसियाका लागि राजदुत सिफारिस गरेको थियो । संसदीय सुनुवाई समितिबाट अनुमोदन भई तथा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी उहाँ मलेसिया प्रस्थान गरेका हुन् । रासस

एनएमबि बैंकका नायब महाप्रबन्धक उपाध्याय र घिमिरे डीसीईओमा बढुवा

काठमाडौं । एनएमबि बैंकका दुई नायब महाप्रबन्धकहरु नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा बढुवा भएका छन् । नायब महाप्रबन्धक सुदेश उपाध्याय र गोविन्द घिमिरे सो पदमा बढुवा भएका हुन् । भदौ ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । जुन आगामी असोज ११ गतेदेखि लागू हुने छ ।

काठमाडौं विश्वविद्यालयको रजिष्ट्रारमा अर्थशास्त्री डा. अच्युत वाग्ले नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालयको रजिष्ट्रारमा अर्थशास्त्री तथा प्राध्यापक डा. अच्युत वाग्ले नियुक्त भएका छन् । उनी आगामी चार वर्षको लागि उक्त पदमा नियुक्त भएका हुन् । विश्वविद्यालयका कुलपति समेत रहेका डा. वाग्ले काठमाडौं विश्वविद्यालय ऐनको दफा १५ (१) अनुसार उपकुलपति प्राध्यापक भोला थापाको सिफारिसमा नियुक्त भएका हुन् । यसअघि यो विश्वविद्यालयको रजिष्ट्रारमा प्राध्यापक सुवोध शर्मा रहेका थिए । उनको कार्यकाल भदौ ३१ गतेदेखि सकिएसँगै डा. वाग्लेलाई उक्त रिक्त पदमा नियुक्त गरिएको हो । प्रा. डा. वाग्ले काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेण्ट (कुसोम)मा एसोसियट डिन थिए । अर्थराजनीतिक विश्लेषक डो वाग्लेले विभिन्न विश्वविद्यालायबाट एमए तथा एमएस्सीको डिग्री समेत हारिस गरिसकेका छन् । साथै, उनले अर्थशास्त्रमा पनि पीएचडी गरेका छन् ।