ग्लोबल आईएमई बैंकको अध्यक्षमा ढकाल निर्विरोध, आजै लिए सपथ

काठमाडौं । ग्लोबल आईएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । पुस २९ गते सम्पन्न बैंकको १४औं वार्षिक साधारणसभाले बैंकको अध्यक्षमा ढकाललाई निर्विरोध चयन गरेको हो । सभाले चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बैंकको नयाँ सञ्चालक समितिको समेत निर्वाचन गरेको छ । अन्य सञ्चालक सदस्यहरुमा क्याबिनेट श्रेष्ठ (संस्थापक), रामबहादुर भण्डारी (संस्थापक), सुदर्शन कृष्ण श्रेष्ठ (सर्वसाधारण), कृष्णप्रसाद शर्मा (सर्वसाधारण) र दिपक शर्मा पोखरेल (सर्वसाधारण) रहेको छन् । नव निर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाललाई आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहणसमेत गराएका छन् । सम्बन्धित समाचार ग्लोबल आइएमई बैंकको १६ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी २१ अर्ब ६३ करोड नाघ्यो

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सीईओमा खतिवडा नियुक्त, काे हुन् उनी ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडा नियुक्त भएका छन् । उनी आज सो बैंकको सीईओमा नियुक्त भएको बताइएको हो । निवर्तमान सीईओ अनिल ज्ञवालीको २ वर्षे समयावधि सकिएसँगै उनलाई बैंकको सीईओमा ल्याइएको हो । बैंक सञ्चालक समितिको आज बसेको बैठकले खतिवडालाई सीईओमा नियुक्त गरेको हो । पेसाले चार्टर्ड एकाउन्टेन्ट रहेका खतिवडासँग विद्युत नियमन आयोगको सदस्य र लगानी बोर्डको परामर्शदाताका रूपमा काम गरेको अनुभव पनि छ । उनले यसअघि एनआइबीएल एस क्यापिटलमा पनि काम गरिसकेका छन् ।

सूर्या लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा देवकोटा

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा चूडामणि देवकोटा नियुक्त भएका छन् । पुस २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा देवकोटालाई नियुक्त गरेको हो । यससँगै नवनियुक्त सञ्चालक देवकोटाले पुस २६ गतेदेखि नै उक्त पदको कार्यभार सम्हाल्ने छन् । यसअघि कम्पनीको स्वतन्त्र सञ्चालक पदमा गंगा प्रसाद शर्मा रहेका थिए । उनले दिएको राजिनामालाई कम्पनी सञ्चालक समितिले पुस २६ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो । कम्पनीको सञ्चालक समितिको बैठकले पुस २६ गते दिउँसो ३ बजे बसेको थियो ।