सरकारको मुख्य सचिवमा वैरागी, आजै पदभार ग्रहण
काठमाडाैं । नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । सरकारले आज नै लोकदर्शन रेग्मीले दिएका राजीनामा स्वीकृत गरेको छ । त्यस लगत्तै पराराष्ट्र मन्त्रालयमा सचिव रहेका वैरागीलाई सरकारले मुख्य सचिवमा नियुक्त गरेको हो । मुख्य सचिव वैरागीले आजै पदभार ग्रहण गरेका छन् । मुख्य सचिवबाट राजीनामा दिएका रेग्मीको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गरेपछि आज नै उनको बिदाई गरिएको छ । सरकारले रेग्मीलाई बेलायतका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस समेत गरेको छ । उनको तीन वर्षे कार्यकाल आगामी कार्तिक ३ पुरा हुँदै थियो । तर अनिवार्य अवकाश पाउनु अगाडी नै रेग्मीले राजीनामा दिएका हुन् । रेग्मी २०७४ साल कार्तिक ६ गते नेपाल सरकारको २४ औं मुख्य सचिवमा नियुक्त भएका थिए ।
शिखर इन्स्योरेन्सको सीईओमा पाण्डेको निरन्तरता, समितिले दियाे सहमति
काठमाडौं । शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीप्रकाश पाण्डेलाई नियुक्त गर्ने सञ्चालक समितिकाे प्रस्ताव बीमा समितिले स्वीकृत गरेकाे छ । गत विहीबार बीमा समितिले पाण्डेको नियुक्तीमा सहमति दिएको सम्बद्ध स्रोतले बतायो । दुई साताअघि शिखर इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले उनलाई पुनः चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्न बीमा समितिसँग सहमति मागेको थियो । बीमा समितिको सहमति पत्र शिखर इन्स्योरेन्स कम्पनीले आइतबार प्राप्त गरेको छ । नेपाल बीमक संघकाे अध्यक्ष समेत रहेका पाण्डेकाे पुर्न नियुक्तीको विषय बीमा क्षेत्रमा निकै चासोको विषय बनेको थियो । भारतको सेन्ट जेभियर कलेजबाट विविएस र त्रिभुव विश्वविद्यालयबाट एमबीए गरेका पाण्डेले एभरेष्ट र शिखर इन्स्योरेन्समा गरि २५ वर्ष काम गरेका छन् । २०६१ सालमा स्थापना भएको शिखर इन्स्योरेन्स कम्पनीको व्यवस्थापकीय नेतृत्व गर्दै आएका पाण्डे १२ वर्षसम्म स्थायी कर्मचारी भएर काम गरेका थिए । बीमकको संस्थागत सुशासन निर्देशिकाले बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत करारमा मात्र नियुक्त हुनु पर्ने व्यवस्था गरिएपछि उनी २०७३ सालदेखि शिखरमा करारमा नियुक्त छन् । ‘शिखर इन्स्योरेन्सले पुँजी वृद्धि गर्दा लगानीकर्तासँग गरेको प्रतिवद्धता अनुसार हामी काम गछौं’ पाण्डेले विकासन्युसँग भने–‘नयाँ प्रडक्टहरु ल्याउने, प्रविधिको अधिकतम प्रयोग गर्दै सर्वसाधारणमा बीमाको पहुँच पुर्याउने काम गर्नुछ । समग्र बीमा क्षेत्रलाई गरिमा र प्रतिष्ठा माथि लैजान विगतमा भन्दा राम्रो भूमिका खेल्ने प्रयास गर्छु ।’ सम्बन्धित समाचार दीपप्रकाश पाण्डेको के गल्ती ?
नार्ककाे कार्यकारी निर्देशकमा भण्डारी नियुक्त
काठमाडाैं । कृषि अनुसन्धान परिषद (नार्क)को कार्यकारी निर्देशकमा डा.दीपककुमार भण्डारीलाई नियुक्त भएका छन् । असाेज ८ गते बसेकाे मन्त्रिपरिषद् बैठकले उनलाई साे पदमा नियुक्त गर्ने निर्णय गरेकाे हाे । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सोमबार सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले नार्कको कार्यकारी निर्देशकमा भण्डारीलाई नियुक्त गरेको जानकारी दिए।