ग्लोबल आईएमई लघुवित्तको कामु सीईओमा हरिकृष्ण जोशी नियुक्त

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा हरिकृष्ण जोशी नियुक्त भएका छन् । पुस १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको कामु सीईओमा जोशीलाई नियुक्त गरेको हो । नवनियुक्त कामु सीईओ जोशी कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत समेत हुन् । संस्थाको प्रमुख कार्यकारी अधिकृत किरण कुवँरको करार पदावधि सकिएसँगै बैठकले जोशीलाई कामु सीईओको जिम्मेवारी दिएको हो । सीईओ कुँवरको पदावधि यहि पुस १६ गते सकिएको हो । यससँगै नवनियुक्त कामु सीईओ जोशीले कम्पनीको बैठकले अर्को व्यवस्था नभएसम्म संस्थाको उक्त पदको कार्यभार सम्हाल्ने छन् । यसका साथै, बैठकले पुस १६ गतेदेखि नै लागु हुने गरी जोशीलाई कम्पनी सचिवमा पनि नियुक्त गरेको छ ।

नेको इन्स्योरेन्सको अध्यक्षमा रोहित कुमार भट्टराई सर्वसम्मत चयन

काठमाडौं । नेको इन्स्योरेन्सको अध्यक्षमा रोहित कुमार भट्टराई चयन भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले रिक्त अध्यक्ष पदमा सञ्चालकहरु मध्येबाट भट्टराईलाई सर्वसम्मत चयन गरेको हो । कम्पनी सञ्चालक समितिको ४०१औं बैठक पुस १५ गते बसेको थियो । यसअघि कम्पनीकाे अध्यक्ष पदकाे जिम्मेवारी रमेश कुमार निरौलाले सम्हालेका थिए । कम्पनीका संस्थापक सेयरधनी निरौलाले एसभीआर पब्लिकको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेका थिए । उनलाई एसभीआरले फिर्ता बोलाएपछि कम्पनीकाे अध्यक्ष पद रिक्त रहेकाे थियाे ।

सबैको लघुवित्तको नायब महाप्रबन्धकमा श्रेष्ठ नियुक्त, लघुवित्त क्षेत्रमा २४ वर्षको अनुभव

काठमाडाैं । सबैको लघुवित्त वित्तीय संस्थाले नायब महाप्रवन्धक (डेप्युटी जनरल मेनेजर) पदमा पवनकुमार श्रेष्ठलाई नियुक्त गरेको छ । नवनियुक्त श्रेष्ठलाई सबैको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले पद तथा गोपनियताको सपथ गराएका थिए । श्रेष्ठ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडमा २२ वर्ष काम गरी प्रादेशिक स्तरको तत्कालीन आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेड र चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड सफल मर्जर पश्चात बनेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडमा नायब कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका श्रेष्ठसँग निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाबाट करिअर सुरु गरी लघुवित्त क्षेत्रमा २४ वर्षको कार्य अनुभव रहेको छ । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको सबैको लघुवित्तको हाल ३२ वटा जिल्लामा ५५ वटा शाखा सञ्जालबाट ४२ हजार ३९५ घरधुरीहरुमा सेवा प्रदान गर्दै आई रहेको छ । यस वित्तीय संस्थाले २ अर्ब ३५ करोड रूपैयाँ लगानीमा रहेको रकम र ६९ करोड ८८ लाख रूपैयाँ बचत परिचालन गरी रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले बताए ।