नेपालको प्रदूषण मापन गर्दै जर्मन जहाज, ६० हजार फिटसम्मको प्रदूषण जहाजबाट मापन

उच्च तहको वायुमण्डलको प्रदूषण जहाजको सहायताले मापन गर्न बिहीबार बिहान जर्मन जहाज ल्याइएको छ । मेसिनले तल्लो तहसम्मको प्रदूषण मापन गर्ने भएकाले ६० हजार फिटसम्मको प्रदूषण उक्त जहाजबाट मापन सुरु गरिएको वातावरण मान्त्रालयले जनाएको छ । मन्त्रालय र जर्मनीको विश्वविद्यालयले वायु प्रदूषणको वैज्ञानिक अध्ययन गर्ने जहाज नेपाल ल्याएका हुन् । १७ दिने कार्यक्रम स्वीकृत गरी जहाज नेपाल भित्र्याइएको छ । नेपालमा वायु प्रदूषण विश्वमै उच्च भएको सरकारी तथ्यांकले देखाएका छन् । पछिल्ला दिनमा राष्ट्रिय मापदण्डभन्दा दोब्बर धूलो उड्ने गरेको मन्त्रालयले राखेको प्यारोमिटरले देखाएको छ । अन्नपूर्ण पोस्टबाट ।

सिंहदरबारभित्रै आईएनजिओको ९० अर्ब

काठमाडौं । आन्तरिक सुरक्षाका लागि निकै संवेदनशिल मानिएका मन्त्रालयसहित संवैधानिक आयोगमासमेत अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था आइएनजिओ र दातृ निकायले ९० अर्ब रुपैयाँ बराबर लगानी गरिरहेको पाईएको छ। सुरक्षा संवेदनशिलता ख्याल नगरी गृहसहित १८ वटा मन्त्रालय, सर्वोच्च अदालत, राष्ट्रिय मानवअधिकार आयोगलगायतका निकायमा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले ८८ अर्ब ९८ करोड १४ लाख ८६ हजार ७ स ८१ रुपैयाँ खर्च गरिरहेका हुन्। पूर्वमुख्यसचिव लीलामणि पौडेलले पदबहालीलगत्तैको पहिलो निर्णय नै प्रधानमन्त्री कार्यालयबाट आईएनजिओ र दातृ निकायबाट सहयोग नलिने निर्णय गरेका थिए। ‘प्रधानमन्त्री कार्यालयले कुनै पनि आइएनजिओ र दातृ निकायको सहयोग नलिने भन्ने निर्णय मेरो पदवहालीको पहिलो निर्णय थियो,’ हाल चीनका लागि नेपाली राजदूत रहेका पौडेलले भने,‘त्यो निर्णय उल्ट्याउन राजदूतदेखि कहलिएका सांसद प्रधानमन्त्रीमार्फत म माथि निकै दबाब दिए। तर मैले प्रधानमन्त्री कार्यालय चलाउन नेपाल आफैं सक्षम छ भनेर अडान राखेपछि बल्ल काम फत्ते गरिएको थियो।’ उनका अनुसार मुख्य सचिव भए लगत्तै सो निर्णय गरे तापनि प्रधानमन्त्री कार्यालयबाट आइएनजिओ र दातृ निकायका परियोजना हटाउन ६ महिना लागेको थियो। नागरिक दैनिकबाट ।

मतदाता शिक्षामा ७५ करोड स्वाहा, गाँउमा भन्दा सहरमा मत बदर बढी

काठमाडौं । स्थानीय तह दोस्रो चुनाव भएको तीन साता हुनलाग्दा पनि निर्वाचन अयोगनले कति मत बदर भयो भनेर सार्वजनिक गर्न आलटाल गर्दे आएको छ । मतदाता शिक्षामा करौडौं रुपैयाँ खर्च गरे पनि बदर मतको परिणाम उच्च उच्च रहेका करण आयोग मौन बसेको छ । निर्वाचन अधिकारीका अनुसार पहिलो चरणमा जस्तै दोस्रो चुनावमा पनि बदर मतको संखया उच्च छ । विराटनगर महानागरिपालिकामा २१ प्रतिशत मत बदर भएको छ । ,८० हजार ४ सय ७७ मत खसेको विराटनगरमा ६१ हजार २ सय ७० मत मात्रै सदर भयो । स्थानीय चुनावमा सबैभन्दा बढी मत बदर गाउँमा भन्दा नगरक्षेत्रमै भएको छ । मतदाता शिक्षामा खटिएका प्रशिक्षक सिकाउन जाँदा सहरका मासिनसले सबै कुरा जानेजस्तो गर्ने र गाउँकाले जिज्ञासा राख्ने गरेकोले पनि गाँउमा भन्दा सहरमा मत बदर धेरै भएको उल्लेख छ । नागरिक दैनिकबाट।