गगन–देउवा टकराव उत्कर्षमा, कांग्रेसमा दुईथरी महाधिवेशन कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनलाई लिएर गगन थापा र शेरबहादुर देउवा समूहबीचको टकराव थप चर्किएको छ । 

देउवा समूहले मंसिर २१ देखि २३ गतेसम्म १५औं महाधिवेशन गर्ने गरी छुट्टै कार्यतालिका प्रस्ताव गरेपछि कांग्रेसमा समानानान्तर गतिविधि चर्किएको हो ।

डा. शशांक कोइरालाको संयोजकत्वमा चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मको कार्यतालिका प्रस्ताव गरेको हो ।

प्रस्तावअनुसार असोज १५ गते वडा, असोज २० गते पालिका र असोज २३ गते प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने उल्लेख छ । कात्तिक १५ गते जिल्ला र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने प्रस्ताव छ ।

यसअघि गगन थापा नेतृत्वको कांग्रेसले असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने तयारी अघि बढाइसकेको छ ।

दुवै पक्षले आ–आफ्नो महाधिवेशन कार्यतालिका अघि बढाएसँगै कांग्रेसभित्र समानान्तर महाधिवेशनको अवस्था सिर्जना हुने जोखिम बढेको छ ।

Share News