घोषणापत्रमा उल्लेख गरेका ८० प्रतिशत प्रतिवद्धताहरु पुरा गरिसकेका छौं: गाउँपालिका अध्यक्ष थापा

कालीगण्डकी गाउँपालिका गण्डकी प्रदेश अन्तर्गतको स्याङ्जा जिल्लामा पर्ने भौगोलिक विविधतामा एकता कायम रहेको, प्राकृतिक हिसाबले सुन्दर र विकासका अनेक सम्भावनाहरू बोकेको गाउँपालिका हो । ७ ओटा वडा रहेको यस पालिकामा २०६८ जनगणना अनुसार २१ हजार ७ सय २८ जनाको बसोबास रहेको छ । यस गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा चर्चित हुनुका साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक रूपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ, यस गाउँपालिकामा कृषि विकासका लागि के–कसरी काम हुँदै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापासँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानी । सर्वप्रथम कृषिबाटै सुरु गरौं, गाउँपालिकाले कृषिक्षेत्रतर्फ के–कस्ता काम गरिरहेको छ ? कृषि विकासको लागि हामीले धेरै काम गर्दै आएका छौं । हामीले कृषिलाई ३ तहमा विभाजन गरेका छौं । सङ्घीय तथा प्रदेश सरकार र स्थानीय सरकारको आफ्नै पहलमा कृषि विकासको कामहरू अगाडि बढाएका छौं । हाम्रो पालिकाको मुख्य उद्योग नै कृषि हो । यहाँका धेरै नागरिकहरूले कृषि पेशामा नै आवद्ध छन् । धेरै नागरिकहरू कृषि पेशामा आवद्ध भएकाले हामीले पनि पशु र कृषि क्षेत्रलाई नै प्राथमिकतामा राखेका छौं । हामीले हाल पालिकामा तराकारी उत्पादनमा विशेष जोड दिएका छौं । पराम्परागत पेशमा धान मकै, कोदो, गहुँ उत्पादन हुन्छ भने आधुनिक खेतीमा तरकारी उत्पादनलाई विशेष जोड दिएका छौं । फलफूल खेतीमा कागती, किवी, एभोकाडा आदि उत्पादन हुने गरेको छ । पालिकाको भूगोल अनुसार ब्लक र पकेट क्षेत्र छुट्याई पालिकामा कृषि समूहहरूको पनि गठन भएको छ । पालिकामा मसलादार पकेट क्षेत्र पनि रहेको छ । कोदो पकेट छुट्याउने हाम्रो योजना रहेको छ । कृषकहरूलाई प्लास्टिक टनेल पनि वितरण गर्दै आएका छौं । यो वर्ष हामीले तरकारी पनि निर्यात गर्ने अवस्थामा पुग्दै छौं । कालीगण्डकी ताजा तरकारी भनेर हामी कृषकहरूलाई निःशुल्क बिउ वितरण पनि गर्दै आएका छौं । कृषि विकाससँगसँगै पशु क्षेत्रका कार्यक्रमहरू पनि अगाडि सारेका छौं । पशुपालन गर्न किसानलाई पनि अनुदान दिने व्यवस्था मिलाएका छौं । बाख्रापालन तथा कुखुरापालन पनि पालिकामा हुँदै आएको छ । कृषिका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आइरहेका छन् भने कृषिलाई आधुनिकिकरण गर्नमा हामीले विशेष जोड दिइरहेका छौं । पालिकामा व्यवसायिक रूपमा कृषि खेती पनि हुन थालेको छ । कृषिलाई निर्वाहमुखी मात्र नभएर व्यवसायिक बनाउनु पर्छ भनेर किसानहरूलाई प्रोत्साहन पनि गर्दै आएका छौं । गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध छन् होला ? यहाँको मुख्य पेशा नै खेती किसानी हो । करिब ९५ प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । तर पालिकामा धेरै मानिसहरुले परम्परागत खेती गर्दै आएका छन् । १५ प्रतिशत मानिसले मात्र व्यवसायिक खेतीको सुरुवात गरेका छन् । सुरु चरण भएकोले व्यवसायिक खेती गर्ने कृषकलाई प्रोत्साहन स्वरूप सहयोग गर्ने गरेका छौं । अब आगामी आर्थिक वर्ष देखी राम्रो कृषि उत्पादन गर्ने कृषकलाई पुरस्कार दिने योजना बनाएका छौं । कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, संक्रमण दरलाई न्यूनिकरण गर्नको लागि के–कस्तो भूमिका खेल्दै हुनुहुन्छ ? तीब्र गतिमा फैलिरहेको नयाँ भेरियन्टकोे कोरोना भाइरसका पालिकामा पनि बढ्दो रुपमा फैलिएको छ । ४, ५, ६ र ७ नं. वडा कोरोना भाइरसबाट बढि प्रभावित छन् । पालिकाले आइसोलेसन सेन्टर सञ्चालन गर्ने, अस्पतालहरुको क्षमता विकास गरेर धेरैभन्दा धेरै विरामीको उपचार गराउने, कोभिडबाट सक्रमित भएका र नभएका दुवै थरीका बिरामीलाई अस्पताल आवतजावत गर्न निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, जोखिमपूर्ण ठाउँलाई निसंक्रमण गराउने लगायतका काम गरिरहेको छौं । कोरोना भाइरसलाई न्युनीकरण गर्नका लागि १५ शै्याक अस्पताल निर्माण गरी यस अस्पतालमा १६ शै्या बेडको आइसोलेसन कक्षा पनि तयार गरेका छौं । पालिकामा ४ ओटा एम्बुलेन्स पनि तयारी अवस्थामा राखेका छौं । कोभिडका बिरामीलाई निःशुल्क उपचार गर्दै आएका छौं । हामीले भोजभतेर आमसभा, धेरै मानिसहरू भिडभाड नहुन पनि आग्रह गरेका छौं । पालिकामा प्रवेश गर्दा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं । संक्रमण विस्तार रोक्न बजार, विद्यालय, विभिन्न सङ्घ संस्थाहरूमा भिडभाड कम गर्न पनि आग्रह गरेका छौं । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै पालिकाले सचेतनाका मुलक विभिन्न सूचनाहरू पनि प्रकाशन गरेका छौं । पालिकामा संक्रमण दर बढ्दो छ भने संक्रमण भएका केही नागरिकको ज्यान पनि गइसकेको छ । संक्रमण दर गत सालभन्दा भयावह भइरहेको छ । धेरै कोभिड संक्रमितहरु होम आइसोलेसनमा नै बसेका छन् । कोरोनाको प्रभाव बढेसँगै हामी यसलाई न्यूनिकरण गर्नको लागि पूर्वतयारी अवस्थामा जुटेका छौं । कोभिडको बिरामीहरूलाई पालिकामा नै उपचार भइरहेको छ । यस समयमा बाहिरी जिल्लाबाट पालिकामा प्रवेश गर्ने नागरिकहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागि अपिल गरेका छौं । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आएको छ त ? शैक्षिक विकासको लागि भनेर हामीले शिक्षा ऐनको निर्माण गरेका छौं । शिक्षा नियमावली, कार्यविधि तथा निर्देशिका बनाएका छौं । यो दायरा भित्र बसेर हामीले शिक्षाको गुणस्तरलाई माथि ल्याउनुपर्छ भनेर जोड पनि दिएका छौं । हाल कोभिडको कारणले पालिकाका शैक्षिक क्षेत्रहरू सबै बन्द भएका छन् । कोरोनाको कारणले शैक्षिक क्षेत्रलाई असर पुर्याए पनि शैक्षिक गुणस्तरलाई हामीले विशेष जोड दिइरहेका छौं । विद्यालयहरूको भौतिक सुधारको कार्यक्रम गरिरहेका छौं । गरिब, जेहेन्दार तथा विपन्न बालबालिकालाई छात्रवृत्ती दिने कार्यक्रम पनि रहेको छ । सबै सामुदायिक विद्यालयको न्यूनतम भवन यो असार मसान्त भित्रमा संम्पन गर्दै छौं । प्राविधिक शिक्षामा पनि हामीले सुरुवात गरेको छौं । गाउँपालिकामा बाल विकास केन्द्रलाई पनि विशेष जोड दिएका छौं । परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने काम भइरहेको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । पहिलेको तुलनामा त गाउँपालिकाको शिक्षा क्षेत्रमा परिवर्तन आएको छ । गाउँपालिकामा केही विद्यालयका भवनहरू निर्माण भएका छन् भने केही भवनहरू बन्ने क्रममा रहेको छ । तपाईंहरु निर्वाचित भएर आएको करिब ३ वर्ष पुरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के–कति पुरा भए अनि कति बाँकी छन् होला ? घोषणापत्रमा जारी गरेका कुराहरू ८० प्रतिशत पुरा गर्न सफल भएका छौं । केही कामहरू बाँकी रहेका छन् भने बाँकी रहेको काम यो वर्ष पुरा गर्ने हाम्रो योजना रहेको छ । विकास निर्माणको काममा कोभिडको कारणले ठुलो असर पुर्याएको छ । अब हाम्रो कार्यकाल १ वर्ष मात्र बाँकी रहेको छ । यो कार्यकाल भित्र बाँकी रहेको काम सक्छौं भन्ने आशा छ । काम नै गर्ने नसक्ने कुराहरू घोषणापत्रमा लेखेको थिएनौं । पर्यटन विकास, शैक्षिक सुधार आदि काम गर्ने भनेर हामीले घोषणापत्रमा लेखेका थियौं । घोषणापत्रमा उल्लेख गरेको कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका काम धेरै सकिसकेको जस्तो मलाइ लाग्छ । पूर्वाधारको विकासमा पनि हामीले जोड दिइरहेको छौं । घोषणापत्रमा लेखेको कुराले मात्र पालिकाको विकास गर्न पुग्दैन । हामीले गर्छौं भनेको कुरा बाहेक अरू कुराहरू महत्वपुर्ण पनि हुन सक्छ भनेर समग्र पलिकाको नै विकास निर्माणमा लागेका छौं । तपाईंको पालिकामा सडक सञ्जालको अवस्था कस्तो छ ? हामी निर्वाचित हुँदा पालिकाको धेरै ठाउँमा सडक पुगेको थिएन भने यातायात सञ्चालन हुन पनि समस्या थियो । सदरमुकाम देखि हाम्रो पालिकासम्म आउन पनि समस्या थियो । कालीगण्डकी परियोजना सञ्चालन हुदा पालिकामा २२ किलोमिटर सडक पक्की थियो । हामीले यो वर्ष मात्र ४० किलोमिटर सडक पिच भइसकेको छ । ४ किलोमिटर सडक पनि यो महिना सम्पन्न हुने चरणमा छ । आर्के वर्ष ५५ किलोमिटर सडक पिच गर्ने योजना रहेको छ । हाम्रो कार्यकालमा मात्र सबै सडकहरू पिच त हुन सक्दैन । धेरै सडकको स्तारोन्ती पनि गरेका छौं । १ ओटा वडा वाहेक यो वर्ष नै सबै वडाको सडक पिच भइसक्छ । पालिकाका सबै नागरिकहरूले घरको नजिकैबाट सवारीको प्रयोग गर्न सक्छन् । कर्मचारी र जनप्रतिनिधिहरू बिचको सम्बन्ध कस्तो छ नि ? कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध सुमधुर रहेको छ । जनप्रतिनिधि र कर्मचारीको सामूहिक भावनाले मात्रै पालिकाको विकास निर्माणको काम देखि लिएर अन्य काम गर्ने सकिन्छ । सम्बन्ध राम्रो भएको कारण विकास निर्माणको कामले तीव्रता पाएको छ । हालसम्म कर्मचारी र जनप्रतिनिधिको मनमुटाब भएको छैन । पालिकाको समृद्ध बनाउन र नागरिकको आवश्यकता पुरा गर्नमा जनप्रतिनिधि र कर्मचारी खटी रहेका छौं । जनताको सेवाको लागी तत्पर रहन सबै कर्मचारीहरूलाई आग्रह गरेको छु । कर्मचारीको सहयोगमा नै विकास निर्माणको काम अगाडि बढाउने हो । अहिलेसम्म सम्बन्ध राम्रो नै रहेको छ । स्थानीय स्तरका युवाहरूलाई रोजगारीको सिर्जना गर्नमा पालिकाले कस्तो भूमिका खेलेको छ ? हामीले युवाहरूलाई कृषिका तालिम पनि दिँदै आएका छौं । युवालाई प्राविधिकसँग अन्तर सम्बन्धित विभिन्न तालिम पनि दिँदै आएका छौं । आर्थिक विकाससँग अन्तरसम्बन्धी पालिकाले प्रयोग गरेको योजनालाई रोजगार सिर्जना हुने गरी कृषिमा युवाहरूलाई जोडिनको लागि आग्रह गरेका छौं । युवाहरू कृषि उत्पादनसँग जोडिनु पर्छ भनेर हामीले जोड दिएका छांै । पालिकामा युवाहरूले व्यवसायिक खेती गरी रोजगारी मुलक पनि बनिरहेका छन् । धेरै रोजगारी सिर्जना गर्नको लागि पालिकामा ठुलो उद्योग छैन । स्थानीय नागरिकले सञ्चालन गरेका साना तथा घरेलु उद्योग रहेका छन् । यस्ता उद्योग मार्फत पनि धेरै युवाहरुले रोजगार पाएका छन् । युवाप्रति लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम लागु भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गरिबीका रेखामुनि रहेका र बेरोजगार युवाहरू मात्र छनोट भएका छन् । यस रोजगार कार्यक्रम अन्तर्गत ५ सय भन्दा बढि युवाहरुले फर्मा भोरेका छन् । यो कार्यक्रम अन्तर्गत पनि धेरै युवाहरुले रोजगारी पाएका छन् । पालिकाको विकास निर्माणमा पनि युवाहरूलाई जोडेर स्वरोजगार बनाउँदै आएका छौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १ करोड रुपैयाँ बजेट थियो । युवाहरूलाई घरेलुसँग अन्तर सम्बन्धित तालिमहरू पनि दिँदै आएका छौं । गाउँपालिकाको तर्फबाट भूमि बैंकको सुरुवात गर्ने योजना बनाएका छौं । तपाईंको कार्यकालमा भएको सबैभन्दा ठुलो उपलब्धि केलाई ठान्नुहुन्छ ? भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रको विकास नै मेरो कार्यकालको ठुलो उपलब्धि हो भन्न सकिन्छ । विकास निर्माण गरेअनुसार उपलब्धि पनि राम्रो नै भएको छ । हाम्रो पालिकामा ३५ ओटा सामुदायिक विद्यालयहरू रहेका छन् । ३५ ओटा विद्यालयको पूर्वाधारको रुपमा सम्पन गर्नु भनेको पनि आफैमा एउटा महत्वपुर्ण काम हो । कालीगण्डकी नदीले ४५ किलोमिटर पालिकालाई घेरेको छ । यस नदीमा हामी निर्वाचित हुँदा एउटा पनि पक्की पुल थिएन । हाल २ ओटा पक्की पुलको निर्माण भइसकेका छ । २ ओटा पुल यो आर्थिक वर्षमा सम्पन्न हुन्छ भन्ने हाम्रो आशा रहेको छ । ८ ओटा पक्की पुलको निर्माण गरी ३ ओटा जिल्लामा पुग्ने बनाएका छौं । स्याङ्जा जिल्लाको सबै भन्दा दुर्गम गण्डकी प्रदेशको एक दुर्गम डाँडामा पनि पिच सडक पुर्याएका छौं । सबै वडामा पिच सडकको पहुँच पुर्याउन हाम्रो योजना रहेको छ । हाम्रो पालिकामा खानेपानी पनि अभाव रहेको छ । पालिकामा हाल १७ ओटा लिफ्ट खानेपानीको आयोजना रहेको छ । ‘एक घर एक धारा’ सञ्चालन गरी प्रत्येक घरमा खानेपानी पुर्याउन योजनामा छौं । पालिकाको ७० प्रतिशत घरधुरीमा ‘एक घर एक धारा’ पनि पुर्याएका छौं । यो एक वर्षको कार्यअवधिका प्रत्येक घरमा खानेपानी पुर्याउने योजना रहेको छ । पालिकाकै पहलमा अस्पताल निर्माणको काम पनि सुरु भएको छ । एक मात्र क्षेत्रमा नभए विभिन्न क्षेत्रहरूमा सुधार र परिवर्तन आउनु नै मेरो कार्यकालको सबै भन्दा ठुलो उपलब्धि हो । तपाईंहरुको पालिका पर्यटकीय स्थल भनेर चर्चित छ, आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हो हाम्रो पालिका पर्यटकीय स्थलको रूपमा निकै चर्चित छ । धार्मिक र पर्यटकीय हिसाबले हाम्रो गाउँपालिका महत्वपूर्ण मानिन्छ । पूर्वा राजाहरूको कुल देवता आल्मबीक मन्दिरसँगै पर्छ । योसँग जोडिएको रानीमहल, कालिगण्डकीको ताल लगातका महत्वपुर्ण धार्मिक स्थलहरू पालिकामा रहेका छन् । हाम्रो गाउँपालिका प्राकृतिक रूपले निक्कै सुन्दर रहेको छ । पर्यटन विकासको लागि पर्यटन पूर्वाधार तयार पारेका छौं । कोभिडका समय नभएको भए पालिका भित्र पर्यटनको आकर्षण बढ्दो थियो । पर्यटन विकासको लागि हामीले गुरु योजना बनाएर काम गरेका छौं । पर्यटन आउँदा होटेलको राम्रो व्यवस्था मिलाउने काम पनि हामीले गरेका छौं । पर्यटन विकासको लागि हामीले विशेष जोड दिइरहेका छौं । पालिकामा रहेको मठमन्दिरको संरक्षण गरी मन्दिरको निर्माण गरिरहेका छौं । हामीले पर्यटकीय स्थलहरूलाई सफा राख्न पनि विशेष ध्यान दिएका छौं । परम्परागत संस्कृतिको संरक्षण तर्फ ध्यान दिई पालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । देशका विभिन्न ठाउँबाट यहाँ मानिसहरू आउने गरेका छन् । पालिकाका केही ठाउँमा गुफहरु पनि रहेको छ । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । १ वर्ष मात्र हाम्रो कार्यकाल रहेको छ । हाम्रो कार्यकाल सकिदा ८ ओटा पक्की पुलको निर्माण हुने छ । करिब करिब १ सय किलोमिटर सडक पिच हुने छ । सबै घरमा ‘एक घर एक धारा’ खानेपानी पुग्ने छ । यो वर्ष हामी सिचाइको पनि काम गर्ने नै छौं । पालिकामा हालसम्म पानीको स्रोत रहेको छैन बाध्यताले लिफ्ट खानेपानी आयोजना सञ्चालन गर्नुपर्ने भएको छ । पालिकाका विकास निर्माणको कामहरू योजना बनाएर नै गरिरहेका छौं । सडकहरूको स्तरोन्नती गर्दै पिच गर्ने योजना छ । जनताको आर्थिक स्थिति सुधार गर्नको लागि कृषि र पशुको क्षेत्रलाई विकास गर्ने प्रयासमा छौं । नागरिकको जीवनस्तरलाई उकास्ने र पछाडि परेका टोलक्षेत्रलाई विकास गर्ने सोचमा पनि छु । प्रत्येक घरमा बिजुली पुर्याउने पनि हाम्रो लक्ष्य रहेको छ । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरूबाट लाभ लिइरहन सकुन् भन्ने चाहना छ । हामीले पालिकास्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा विशेष जोड दिएका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामी ध्यान दिइरहेका छौं । अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? नागरिकहरूको सहयोगमा नै विकास निर्माणको काम पालिकामा धेरै भएको छ । मलाई लाग्छ नागरिकहरू पनि पालिकाले गरेको कामबाट सन्तुष्ट छन् होला । नागरिकको सन्तुष्ट मापनलाई अझ बढाउने चाहान्छौं । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । मानिसले सोचे भन्दा बढि पालिकामा कोभिड फैलिरहेको छ । सबै नागरिकहरूलाई स्वास्थ्यमा विशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरूलाई पनि बचाऔं भन्न चाहन्छु ।

गाउँपालिकामै कोभिड अस्पताल निर्माण गरेका छौं – अध्यक्ष केसीसँगको कुराकानी

नेपालको कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लाको पूर्वी उत्तर क्षेत्रमा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय गाउँपालिका हो सिम्ता गाउँपालिका । ९ ओटा वडा रहेको यस गाउँपालिकामा २०६८ सालको जनगणना अनुसार २५ हजार ८ सय ४५ जनाको बसोबास रहेको छ । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा चर्चित हुनुका साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक रूपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । यस गाउँपालिकामा कृषि विकासका लागि के–कसरी काम हुँदै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष कबिन्द्र कुमार केसीसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानी गरेका छन् । कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, संक्रमण दरलाई न्यूनिकरण गर्नको लागि कस्तो भूमिका खेल्दै हुनुहुन्छ ? कोरोना संक्रमण दर बढ्न थालेपछि नागरिकहरूलाई स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरेका छौं । कोभिड अस्पताल निर्माण गरी आइसोलेसन कक्ष पनि तयार गरेका छौं । पालिकामा हाल ५० ओटा आइसोलेसन कक्ष रहेको छ । हालसम्म आइसोलेसनमा कसैलाई पनि राख्नुपर्ने अवस्था आएको छैन । हामीले भोजभतेर तथा आमसभाका नाममा धेरै भिडभाड नगर्न पनि आग्रह गरेका छौं । पालिकामा प्रवेश गर्दा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं । संक्रमण विस्तार रोक्न बजार, विद्यालय, विभिन्न संघ संस्थाहरूमा भिडभाड कम गर्न पनि आग्रह गरेका छौं । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै पालिकाले सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरेका छौं । पालिको तथ्याङ्क अनुसार गत वर्ष भारतबाट फर्किने मानिसको संख्या ४१ सय भन्दा माथि थियो । हाल भारतबाट आएका ५३ जनाको पीसीआर गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरू पनि हाल केही निको भएका छन् भने केही होम आइसोलेसनमा छन् । भाइरल ज्वरोको मौसम भएको कारणले पालिकाको धेरै नागरिकहरूलाई कोभिडसँग सम्बन्धीत लक्षण देखिएको छ । हामीले २ ओटा स्वास्थ्यकर्मीको टिम बनाएर नागरिकको घरघरै पुगेर स्वास्थ्य सेवा सुचारु पनि गरेका छौं । कोरोना भाइरसले विश्वलाई नै त्रसित बनाएको अवस्थामा पालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टिम जनताको घरदैलोमा पुगी स्वास्थ्य परीक्षण तथा उपचार अभियान सञ्चालन गरेका छौं । अन्य बिरामी भए पनि कोरोनाको शङ्का आम नागरिकलाई उब्जिएको अवस्थामा पालिकाले जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै कोरोना बाट बच्ने सचेतनासँगै घरदैलोमा स्वास्थ्य सेवा दिइरहेको छ । कोभिड संक्रमणलाई नियन्त्रण गर्नको लागि अक्सिजन सहितको एबुलेन्सको व्यवस्था पनि मिलाएका छौं । संक्रमण दर गत सालभन्दा भयावह भइरहेको छ तर हालसम्मको अवस्थालाई मध्यनजर गर्दा कोरोनाको प्रभाव उच्च भइसकेको छ । कोरोना न्यूनिकरण गर्नको लागि पूर्वतयारी अवस्थामा जुटेका छौं । कोभिडको बिरामीहरूलाई पालिकामा नै उपचार गर्ने तयारीमा छौं । यस समयमा बाहिरी जिल्लाबाट पालिकामा प्रवेश गर्ने नागरिकहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागि अपिल गरेका छौं । गाउँपालिकाले कृषिक्षेत्रतर्फ के–कस्ता काम गरिरहेको छ ? हामीले कृषि विकासको लागि धेरै काम गर्दै आएका छौं । यहाँका धेरै नागरिकहरूले कृषि पेसा नै अँगालेका छन् । कृषि विकासको लागि पहिलो गाउँसभाबाट केही लक्ष्य तय गरेका थियौं । ‘जनतासँग सिम्ता गाउँपालिका’ अन्तर्गत शिक्षा स्वास्थ्य, खानेपानी, कृषि रोजगारसँग सम्बन्धित कार्यक्रम छुट्यायौं । पालिकामा रहेको ३९.१ प्रतिशत गरिबीमध्ये ५ वर्षको अवधिमा १० प्रतिशत गरिबी चाहिँ हटाउने भन्ने लक्ष्यका साथ काम गर्यौं । कृषिको समग्र विकासका लागि त.अ.आ.टी. शुत्रलाई अगाडि सार्यौं । ‘त’ भन्नाले तरकारी, ‘अ’ भन्नाले अलैँची, अमिलो, ओखर, ‘आ’ भन्नाले सबै प्रकारका उत्पादनहरू र ‘टी’ भन्नाले चाहिँ पालिकाको माथिल्लो भेगमा उत्पादन हुने टिम्मुर लगायतका जडीबुटी भन्ने बुझिन्छ । पालिकाको १ अर्ब ५४ करोड रुपैयाँ रकममध्ये ४६.६४ प्रतिशत कृषिमा परनिर्भर रहेको छ । नेपाल आफैंमा कृषिप्रधान देश भएकोले हाम्रो पालिका कृषिमा नै आत्मनिर्भर रहेको छ । कुल आम्दानीको झन्डै ५० प्रतिशत कृषिमै निर्भर भएकाले पालिकाको आर्थिक विकास कृषिबाट हुन्छ भनेर कृषि क्षेत्रको विकासमा पनि जोड दिएका छौं । पालिकाको अधिकांश खेतीयोग्य जमिनहरू आकाशे पानीमा भर परेको छ भने सिँचाइको पर्याप्तता छैन । धेरै नागरिकहरू कृषि पेशामा आवद्ध भएकाले हामीले पनि पशु र कृषिक्षेत्रलाई नै प्राथमिकतामा राखेका छौं । प्रदेश, संघ र स्थानीय सरकार तथा विभिन्न गैरसरकारी संस्थाको साझेदारीमा कृषिका कार्यक्रमहरू अगाडि बढेका छौं । कृषि सहकारीको साझेदारीमा काम गरेका छौं भने स्थानीयस्तरमा दर्ता भएका कृषि समूहमार्फत पालिकाको समग्र कृषि विकासको लागि काम गर्दै आएका छौं । पालिकामा कृषि समुहको पनि गठन भएको छ । पालिकाको दलित बस्ती भएको ठाउँमा सामूहिक कृषि खेती प्रणालीको पनि प्रारम्भ गरेका छौं भने यो कार्यक्रम २ वर्ष अगाडि देखी सञ्चालन हुँदै आएको छ । कृषि सहकारीसँग आवद्ध भएका कृषकहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । पालिकाको सबै वडालाई कृषि पकेट क्षेत्रको रूपमा छुट्याई कृषि विकासको कामहरू अगाडि बढाएका छौंं । धान, मकै, गहुँ, अदुवा, बेसार आदिको पकेट क्षेत्र छुट्याएका छौं भने पशु पकेट क्षेत्र पनि रहेको छ । हाम्रो लक्ष्य भनेको कृषि र पशुपालनबाट कृषिमा ५.६ प्रतिशतले आर्थिक वृद्धि गर्ने रणनीति तथा योजनाहरू तय गरेअनुरूप हामी अगाडि बढिरहेका छौं । गाउँपालिकाभित्र भइरहेको परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने हाम्रो लक्ष्य रहेको छ । गाउँपालिकालाई समृद्ध बनाउने आधार नै कृषि हो । गाउँपालिकाभित्र तरकारी र फलफूल खेती नै मुख्य रूपमा हुने गरेको छ । गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध छन् होला ? यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । पालिकाको मुख्य पेशा खेती किसानी भएको कारण यहाँ प्रायः सबै नागरिकले कृषि पेशा नै अँगालेका छन् । हामीले राम्रो कृषि उत्पादन गर्ने किसानलाई प्रोत्साहन स्वरूप सहयोग गर्ने गरेका छौं । यो आर्थिक वर्षमा किसानहरूलाई कोभिडको कारण पुरस्कृत गर्न सकेका छैनौं । आगामी आर्थिक वर्षमा क्षेत्रगत रूपमा कृषकहरूलाई पुरस्कार दिने योजना रहेको छ । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आएको छ त ? हामीले शैक्षिक क्षेत्रको विकासको लागि धेरै काम गर्दै आएका छौं । पालिकामा विभिन्न शैक्षिक सुधारको कार्यक्रमहरु पनि रहेको छ । सबै विद्यालयहरूमा पालिकाको तर्फबाट भौतिक पूर्वाधार विकासको निमित्त हामीले भौतिक संरचनाको पनि निर्माण छौं । हामीले अब व्यवसायिक शिक्षा विद्यार्थीलाई दिनुपर्छ जोड दिएका छौं । शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न लागि विभिन्न विज्ञयहरुबाट तालिम पनि दिँदै आएका छौं । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । प्रविधि मैत्री शिक्षा हुनु पर्छ भनेर हामी लागि परेका छौं । गरिब, जेहेन्दार तथा विपन्न बालबालिकालाई छात्रवृत्ती दिने कार्यक्रम पनि रहेको छ । शैक्षिक सुधारको लागि हामीले विशेष जोड दिएका छौं । परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । संघ र प्रदेशको साझेदारीमा विद्यालयको भौतिक पूर्वाधार देखि शिक्षाका विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौं । कोरोनाको कारण गाउँपालिकाका शैक्षिक क्षेत्रहरु पनि प्रभावित बन्दै गाएका छन् । विद्यालयको आवश्यकता अनुसार शैक्षिक सामाग्रीको उपलब्धता गराएका छौं । छात्राहरूको लागि प्याड पनि वितरण गर्दै आएका छौं । तपाईंहरु निर्वाचित भएर आएको करिब ४ वर्ष पुरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के–कति पुरा भए अनि कति बाँकी छन् होला ? हाम्रो अलिकति महत्वकाङ्क्षी घोषणापत्र थियो । घोषणापत्रलाई पहिलो गाउँसभाबाट नै ३ तहमा रुपनतरण ग¥यौं । पहिलो लक्ष्य भनेको सिम्ता उज्यालो कार्यक्रम रहेको थियो । हामी निर्वाचित भएको बेलमा ५ हजार ५ सय ९५ घरधुरीमध्ये ५ सय ९२ घरधुरीमा मात्र बिजुली प्रसारण भएको थियो । गरिब तथा विपन्न वर्गको घरमा सोलर पनि वितरण गरेका थियौं । हाम्रो ५ वर्षको कार्यअवधिमा उज्याले कार्यक्रम सम्पन्न गर्न योजना रहेको छ । ५ हजार ५ सय ९५ घरधुरीमा यो ५ वर्षको कार्यकालमा बिजुली पुर्याउने भन्ने उद्देश्यका साथ पहिलो गाउँ सभाबाट नै सिन्ता उज्यालो कार्यक्रमको गौरवको लक्ष्य तय ग¥यौं । यसलाई परिपूर्ति गर्नको निम्ति हाम्रो बजेटले भ्याउन सक्ने अवस्था थिएन त्यस कारणले संघीय संसदको सहरी विकास कोष र सामुदायिक कुरामा विधुतिकरण विभागसँग हामिल २ वर्ष अगाडिको आर्थिक वर्ष भित्र २५ करोड रुपैयाँको बजेटमा टेन्डर गरेका थियौं । यो विद्युत प्रसारण लाइनको काम सम्पन्न हुने चरणमा पुगेको छ । विभागसँग समझदारी गरेअनुसार २ ओटा ठेकेदार कम्पनी मार्फत २५ करोड रुपैयाँको लागतको बिदुतको काम सम्पन गर्ने यो असार मसान्तसम्म मात्र म्याद छ । केही टोल वस्तिमा बिजुली पुर्याउर्न बाँकी रहयो भने आगामी आर्थिक वर्षमा बिजुली पुर्याउने लक्ष्य राखेका छौं । जनतासँग सिम्ता गाउँपालिका भनेर महिला दलित जनजातिको समग्र विकासको लागि जोडेका छौं । आर्थिक सामाजिक र संस्थागत विकासको निमित्त पूर्वाधार सुशासन युक्त समृद्ध सिम्ता गाउँपालिकाको आधार भन्ने जुन सपना छ त्यो सपना पुरा गर्नमा हामी लागी परेका छौं । तपाईंको पालिकामा सडक सञ्जालको अवस्था कस्तो छ ? यो ५ वर्षको कार्यअवधिमा ९ ओटै वडाको वडा केन्द्रको गौरवको आयोजना मार्पmत पहुँच मार्गको निर्माण गरेका छौं । पालिकामा २ ओटा गौरवको आयोजनाहरू रहेका छन् । वडा नं. १ देखी ९ सम्म जोडने सडकलाई गौरवको आयोजनाको रूपमा अगाडि सारेका छौं । यसलाई प्रत्येक आर्थिक वर्षमा २ करोड रुपैयाँसम्म लगानी छुट्याएर संघ र प्रदेशसँगको साझेदारीमा काम गरेका छौं । हाम्रो पालिकाबाट वीरेन्द्रनगरसम्म पुग्नको लागि दुक्र मार्ग जुन हामी ३० किलोमिटर भन्दा छोटो दुरी पर्छ यो सडकको पनि हामले स्तारोन्ती गरिसेका छौं । बर्खे वाहेक गाउँपालिकाको सडकहरू बाह्रै महिना सञ्चालन हुने अवस्था छ । पालिकाको आफ्नै एउटा डोजर पनि छ । पालिकाको सबै वडामा सडको पहुँच पुगेको छ भने एउटा वडा बाट पसेपछि पालिकाको सबै वडामा पुग्न सकिने गरी सडक निर्माण भएको छ । गाउँपालिकाले विकासको लागि कुन क्षेत्रलाई बढी प्राथमिकता राखेको छ ? यो कोभिडको समयमा गत आर्थिक वर्षको बजेट अधिवेशनबाट तय गरेका योजनाहरू केही संघ र प्रदेश विभिन्न साझेदार संघ सस्थाहरु मार्फत हामीले रेड बुकमा राखेका बाहेक पनि थप योजनाहरू समपुर विशेषमा आउन सक्छन् । रेड बुकमा बनाइएको योजनालाई बजेट तय गरी योजनालाई अधिकतम रूपमा सम्पन्न गर्ने योजनामा छौं । योजनाहरूको धेरै भुक्तानी भइसकेको छ भने केही कामहरू निर्माणाधीन अवस्थामा पनि छन् । कोभिडको कारणले विकास निर्माणको केही काममा समस्या पनि भएको छ । हामीले विद्युत्, खानेपानी, यातायात, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेका छौं । कृषिको विकासको लागी पनि हाम्रो विशेष पहल रहेको छ । स्थानीय स्तरका युवाहरूलाई रोजगारीको सिर्जना गर्नमा पालिकाले कस्तो भूमिका खेलेको छ ? रोजगारी सिर्जना गर्नको लागी जनतासँग सिम्ता गाउँपालिका भित्र पर्ने जति पनि लक्ष्यहरू पर्छन् त्यसलाई नै हामीले स्वरोजगारसँग जोडेका छौं । आर्थिक विकाससँग अन्तरसम्बन्धीत पालिकाले प्रयोग गरेको योजनालाई रोजगार सिर्जना हुने गरी कृषिमा युवाहरूलाई जोडिनको लागि आग्रह गरेका छौं । युवाहरू कृषि उत्पादनसँग जोडिनु पर्छ भनेर हामीले जोड दिएका छांै । रोजगारीको खोजीमा धेरै युवाहरू भारत तर्फ पनि जाने गरेका छन् । पालिकामा युवाहरूले व्यवसायिक खेती गरी रोजगारी मुलक पनि बनिरहेका छन् । हामीले युवाहरूलाई कृषिका विभिन्न तालिम पनि दिँदै आएका छौं । युवाप्रति लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम लागु भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गरिबीका रेखामुनि रहेका र बेरोजगार युवाहरू मात्र छनोट भएका छन् । यस रोजगार कार्यक्रम अन्तर्गत धेरै मानिसहरुले रोजगारी पाएका छन् । पालिकाको विकास निर्माणमा पनि युवाहरूलाई जोडेर स्वरोजगार बनाउँदै आएका छौं । युवाहरूलाई घरेलुसँग अन्तर सम्बन्धित तालिमहरु पनि दिँदै आएका छौं । पालिकामा लघु उद्यम कार्यक्रम पनि सञ्चालन हुँदै आएको छ । कर्मचारी र जनप्रतिनिधिहरू बिचको सम्बन्ध कस्तो छ नि ? स्थानीय सरकारको व्यवस्थापनको सन्दर्भमा २ ओटा पक्ष जस्तो कर्मचारी र जनप्रतिनिधि पक्ष्य हुन्छ । कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध सुमधुर रहेको छ । जनप्रतिनिधि र कर्मचारीको सामूहिक भावनाले मात्रै पलिकाको विकास निर्माणको काम देखि लिएर अन्य काम गर्ने सकिन्छ । सम्बन्ध राम्रो भएको कारण विकास निर्माणको कामले तीव्रता पाएको छ । हालसम्म कर्मचारी र जनप्रतिनिधिको मनमुटाब भएको छैन । पालिकाको समृद्ध बनाउन र नागरिकको आवश्यकता पुरा गर्नमा जनप्रतिनिधि र कर्मचारी खटी रहेका छौं । जनताको सेवाको लागी तत्पर रहन सबै कर्मचारीहरूलाई आग्रह गरेको छु । कर्मचारीको सहयोगमा नै विकास निर्माणको काम अगाडि बढाउने हो । जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध नङ र मासुको जस्तो हुन्छ । अहिलेसम्म सम्बन्ध राम्रो नै रहेको छ । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । पालिकाका विकास निर्माणको कामहरू योजना बनाएर नै गरिरहेका छौं । सडकहरूको स्तारोन्ती गरेर पिचको काम गर्ने योजना पनि रहेको छ । जनताको आर्थिक स्थिति सुधार गर्नको लागि कृषि र पशुको क्षेत्रको विकास गर्नको लागि विशेष जोड दिएका छौं । प्रत्येक घरमा बिजुली पुर्याउने पनि हाम्रो लक्ष्य रहेको छ । खानेपानीको स्रोतको परिचालन गरी नागरिकको घरसम्म खानेपानी पुर्याउने पनि हाम्रो योजना रहेको छ । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरूबाट लाभ लिइरहन सकुन् भन्ने चाहना छ । हामीले पालिका स्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामी ध्यान दिइरहेका छौं । विकास निर्माणको कामलाई तीव्रता दिने योजना रहेको छ । अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? लोकतान्त्रिक गणतन्त्र आफैमा नयाँ व्यवस्था र नयाँ संरचना हो । त्यसभित्र प्रदेश आफैमा नयाँ हो । गाउँपालिका ३ ओटै सरकारको क्षेत्र भित्र पर्छ । ३ ओटै सरकारको महत्वपुर्ण भूमिका र जिम्मेवारी हुन्छ । पछिल्लो चरणमा २० देखी २५ वर्ष जनप्रतिनिधि विहीन भइरहेको अवस्थामा जनप्रतिनिधिबाट सम्पूर्ण कुरा हुन्छ भन्ने जुन खालको बिचार छ त्यसलाई मध्यनजर गर्दै अगाडि बढेका छौं । नागरिकहरूको सहयोगमा नै विकास निर्माणको काम पालिकामा धेरै भएको छ । मलाई लाग्छ नागरिकहरू पनि पालिकाले गरेको कामबाट सन्तुष्ट छन् होला । नागरिकको सन्तुष्ट मापनलाई अझ बढाउने चाहान्छौं । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । सबै नागरिकहरूलाई स्वास्थ्यमा विशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरूलाई पनि बचाऔं भन्न चाहन्छु ।

दोरम्बा गाउँपालिकामा प्रवेश गर्ने सबै नाका बन्द

काठमाडौं । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकामा कोरोना भाइरस संक्रमणको दर बढ्दै गएपछि पालिकामा प्रवेश गर्ने सबै नाकाहरु बन्द गरेको छ । तीब्र गतिमा फैलिरहेको नयाँ भेरियन्टकोे कोरोना भाइरसका पालिकामा पनि बढ्दो रुपमा फैलिएको कारण पालिकाको सबै नाका बन्द गरिएको हो । पालिकाले जेठ ६ गतेसम्मको लागि मात्र नाका बन्द गर्ने निर्णय गरेको हो । संक्रमण दर गाउँपालिमा पनि उच्च भएपछि गाउँपालिकाले २९ गते बुधबार बसेको विपत् व्यवस्थापन सिमितिको बैठक अनुसार सबै नाका बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष कमानसिंह तामाङले जनाकारी दिए । पालिकामा हालसम्म ८६ जना कोराना संक्रमित छन् । पालिकाले हिजो मात्रै ४१ जनाको स्वाव संकलन गरी पीसीआर परिक्षणको लागि धुलिखेल अस्पतालमा पठाएको उनले जानकारी दिए । पालिकाले ९ ओटा विद्युतिय अक्सिजन उत्पादन गर्ने मेशिन र कन्ट्याक्ट ट्रेसिङ मेशिन पनि खरिद गर्न निर्णय भएको उनको भनाई छ । गाउँपालिकाले बजार क्षेत्रहरुमा भिडभाडलाई कम गर्न समेत आग्रह गरेको छ । हाल सो गाउँपालिकामा १३ ओटा आइसोलेसन कक्ष छन् । गाउँपालिकावासीलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै घरमै सुरक्षित साथ बस्न पनि आग्रह गरिएको छ ।