म व्यवसाय गर्छु भनेर आउनेलाई ३ लाख दिन्छाैं: अध्यक्ष तामाङसँगको कुराकानी

बाग्मती प्रदेशको रामेछाप जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो दोरम्बा । यो गाँउपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा चर्चित छ । दोरम्बा गाँउपालिका ऐतिहासिक, धार्मिक, साँस्कृतिक र प्राकिृतिक रुपले फरक विशेषता बोकेको क्षेत्र पनि हो । मुलप्रवाह क्षेत्र बनाएर अविरल रुपमा बगिरहने चौरी खोला, घट्टेखोला र धोवी खोला यो गाँउपालिकाको मुख्य प्राकृतिक सम्पदाहरु हुन् । यस गाँउपालिकाको माथिल्ला भागमा अधिकांश स्थानमा वन तथा खर्कहरु रहेका छन् भने चुन ढुङ्गा र तामा खानी लगायतका खनिजहरु पनि यो गाउँपालिकामा पाइन्छन् । कोरोनाको समयपछि गाँउपालिकाले विकास निर्माणका कामहरु कसरी अगाडि बढाइरहेको छ ? गाँउपालिकाका ठूला योजना तथा परियोजनाहरु के–के छन् ? कोरोनाले शैक्षिक क्षेत्रमा कस्तो असर पु¥यायो ? र युवालाई रोजगारी अवसर प्रदान गर्न गाँउपालिकाले के कसरी काम गरिरहेको छ भन्ने लगायतका विषयहरु समेटेर सो गाँउपालिकाका अध्यक्ष कमानसिंह तामाङसँग विकासन्युजका राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रश्तुत छ उक्त कुराकानीको अंश । गाँउपालिकामा कोरोना भाइरसले के–कस्ताे असर पु¥याएको छ, हाल कसरी अगाडि बढिरहनु भएकाे छ ?  गाँउपालिकामा कोरोनाले असर पु¥याएको छ । कोरोनाको समयका हामीले क्वारेन्टिन बनाएका थियौं । छुट्टै क्वारेन्टिन राख्दा एक्लै महशुस हुने, मासिक तनाव बढ्ने भएकाले केहि व्यक्तिहरुले आफनै घरमा बस्छौं भने । हामीले पनि बुद्धिजिवी, राजनीतिक दलहरुसँग कुराकानी गरेर संक्रमितहरुलाई होम आइसोलेसनमा राख्यौं । कोरोनाको समयामा सबै वडामा ५०÷५० बेडको क्वारेन्टिन स्थापना गरेका थियौं । गाँउपालिकामा जम्मा ७ वटा वडा छन् । हामीले आइसोलेसन व्यवस्थित तरिकाबाट निमार्ण गरेका थियौं । तर क्वारेन्टिनमा रहेका मानिस आइसोलेसनमा बस्नु पर्ने अवस्था आएको थिएन । क्वारेन्टिनमा रहेका मानिसको पिसीआर परीक्षण गर्दा सबैको कोरोना नेगेटिभ आएको थियो । केहि गाँउपालिकामा रहेका स्वास्थ्यकर्मीमा कोरोनाको लक्षण देखिएको थियो । कोरोना भएको स्वास्थ्यकर्मीहरु हाल निको भई सक्नु भएको छ । गाँउपालिकामा ८ बेडको आइसोलेसन रहेको छ । पहिलको समयमा जस्तो कोरोनाको त्रास हाल छैन । अहिले अवस्था सामान्य नै भइसकेको छ । कोरोना संक्रमण कुनै मानिसमा देखियो भने गाँउपालिकाले निःशुल्क पीसीआर चेक गर्ने गरेको छ । कोरोनापछि गाँउपालिकाले विकास निमार्णको कामहरु कसरी अगाडी बढाइरहेको छ ? हामीले कोरोनाको समयमा पनि स–साना विकास निमार्णका कामहरु ग¥यौं । हाल हामीले कोरोना मापदण्ड अपनाएरै विकासको कामहरु गरिरहेका छौं । कोरोनाको अवरोध विकास निमार्णको काममा अब छैन । विकासको लागि हामीले विभिन्न टेन्डर आव्हान पनि गरेका छौं । १० लाख रुपैयाँभन्दा माथिका टेण्डर छन् । टेन्डरको कामहरु भइरहेको छ । विकास निमाणका लागि गाँउपालिकाका विभिन्न योजना पनि रहेका छन् । स–साना योजनाहरु उपभोगताको लगभग ५० प्रतिशत काम भइसकेको छ । गाँउपालिकाले विकास निमार्णको कामहरु तीव्र रुपमै अगाडि बढाइरहेको छ । २ वटा टेन्डर ४५ लाख रुपैया बरावरको टेन्डर निकाल्न बाँकी नै छ । केहि ठाँउमा विवाद पनि आइरहेको छ । सडकको निमार्ण गर्दा समस्या पनि आउने गरेको छ । सडको निमार्ण गर्दा गाँउको बस्तीमा असर पर्छ भन्ने समस्या पनि आइरहेको छ । त्यसैले हामीले टेन्डर निकालेका छैनौं । हामीले ५ वटा वडाहरुमा पुलको डिपिआर पनि गरेका छौं । यो वर्षदेखि पुलको निमार्णको काम सुरु हुनेछ । कतै ६ लाख कतै ५ लाख रुपैयाँ बजेटमा हामीले डिपिआर सुरु गरेका छांै । प्रदेश सरकार वाट १५÷१५ लाख रुपैयाँ बरावरको योजना पनि आइरहेका छन् । गाँउपालिकामा कस्तो किसिमको योजानालाई प्राथमिकता राखेर काम गरिरहनु भएको छ ? अहिलेसम्म हामीले गाँउपालिकामा भौतिक पूर्वधारलाई नै अगाडि सारेका छौं । त्यससँसँगै कृषि, सिँचाइ र अन्य विद्यालयको भौतिक पुर्वधार लगायत कामलाई प्रथमिकता राखेर अगाडि बढिरहेका छौं । गाँउपालिकामा रहेका सबै वडाहरुमा सडक पुगिसकेको छ । सबै वडामा सडक पुगे पनि कालोपत्रे चाहिँ कुनै पनि वडामा भएको छैन । यस गाँउपालिकामा धेरै ग्रामिण भुभाग छ । सडक पिच नभए पनि हिँउद र बर्खामा पनि यातायात सञ्चालन भइरहन्छ । हिउँद र बर्खामा नै नागरिकलाई यातायातको सेवा उपलब्ध भएकोमा हामीलाई गर्भ छ । सडकलाई ग्राबेल गर्ने योजाना हाम्रो रहेको छ । सडक पिच गर्ने हाम्रो गाँउपालिकाको बजेटले भ्याउँदैन । यसको लागि केन्द्रिय सरकारबाट नै बजेट आउनु पर्ने हुन्छ । गाँउपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के रहेका छन् ? हाम्रो गाँउपालिकामा रहेको ठुलो योजना भनेको सडक स्तर वृद्धि र खानेपानी रहेको छ । किसानहरुलाई अनुदानमा मेसिन हाते ट्रयाक्टर वितरण गरेका छौं । हामीले पशुपालन गर्ने कृषकलाई अनुदान पनि दिएका छौं । यो बर्ष गत बर्षको जस्तो बजेट फ्रिज जाने भएको छैन । सडक निमार्ण गर्दा गाँउ जेखिम हुने होकी भन्ने जनगुनासो आएको छ । यो विषयमा हामीले छलफल गरिरहेका छाैं । गाँउपालिकाको भवन निमार्ण गर्नेको लागि हामीले समपुरकमा पठाइसकेका छौं । तत्कालिन हाम्रो योजना भनेको खानेपानी रहेको छ । खानेपानीको लागि हामीले २ करोड रुपैयाँको बजेट रहेको छ । यसको लागि हामीले टेन्डर निकाल्दै छौं । गाँउपालिकामा अस्पताल निमार्णमा १५ सय बेड रहेको १८ करोड रुपैया बराबरेको टेन्डर निकाली सकेका छौं । अस्पताल निमार्णको काम २ वर्ष भित्र सक्नु पर्छ भन्ने योजनामा सबै जना लागि परेका छौं । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ? स्थानीय तह र प्रदेश सरकारबीचको समन्वयमा साना–तिना समस्या आइरहेका छन् । गाँउपालिकाको आवश्यकता जुन ठाँउमा ठुलो समस्या रहेको छ त्यसको समाधान गर्ने हो । हामीले सोचे अनुसार त प्रदेश सरकारले हेरको छैन । केन्द्रले अनुदान बाहेक जुन अरु ठाँउमा जस्ता ठुला–ठुला योजनाहरु केन्द्रले हाम्रो गाँउपालिकामा पारेको छैन । स्तानीय तहबाट समन्वय गर्ने र यहाँको समस्या केन्द्रसम्म लिने ब्रिजिङको काम हामीले गरेका छौं । नागरिकले यो ठाँउमा केन्द्रिय योजनाको आवश्यकता छ भन्ने ठाँउमा कार्यपालिकाले निर्णय गर्दै अगाडि दिने काम हामीले गर्दै आएको छौं । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्छन् ? स्थानीय तहमा काम गर्दा धेरै समस्याहरु आइ पर्छन् । अहिले सेवा प्रवाहमा त खासै समस्या आएको छैन । विकास निमार्णको काममा केहि ठाँउमा समस्या आउने गरेको छ । गाँउपालिकमा राजनीतिक दलका मानिसहरुले पनि विकास निमार्णमा हाते मालो गरिरहनु भएको छ । केहि ठाँउको शिक्षा क्षेत्रमा केहि समस्या देखा परेका छन् । शिक्षा क्षेत्र सुधारमा पनि धेरै समस्या आएका छन् । यस्ता समस्याको समधान गर्नको लागि हामी लागि परहेको छौं । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? केन्द्र सरकारबाट सोचे र चाहे अनुसारको सहयोग मिलेको छैन । मुल बजेट अनुदानको रुपमा रहेको छ । यो गाँउपालिका एक विकट क्षेत्र पनि हो । केन्द्र सरकारबाट पुल, सडक, आधुनिक भवन आदि महत्वपुर्ण ठाउँहरुलाई ठुलो बजेटको रुपमा हामी चाहिरहेका छौं । गाँउपालिकाले सोचे अनुसारको केन्द्र सरकारबाट बजेट आएको छैन । आफ्नो गाँउपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचार–प्रसार कसरी गरिरहनु भएको छ ? गाँउपालिका क्षेत्रभित्रको सांस्कृतिक, धार्मिक पर्यटन क्षेत्रको प्रचार प्रसार गरिरहेको छौं । हामीले मुख्य गरेर शैलुङ्ग क्षेत्रको प्रचार–प्रसार गरिरहेका छौं । शैलुङ्ग क्षेत्रलाई चर्चित पर्यटकिय स्थलको रुपमा प्रचार–प्रसार गरिरहेका छौं । गाँउपालिकामा बढी पर्यटक आए भने आर्थिक वृद्धि पनि हुन्छ भन्ने हाम्रो आशा छ । गाँउपालिमा रहेको २ नं वडालाई पर्यटकिय स्थलको रुपमा घेषण गरेका छौं । यस गाँउपालिकमा आन्तरिक पर्यटकको बढी आर्कषण रहेको छ । बिभिन्न मठ मन्दिरको निमार्ण गर्ने काम पनि गाँउपालिकामा भइरहेको छ । पर्यटनक आकर्षण गर्नेको लागि हामीले पूर्वधारको विकास पनि गरेका छौं । पर्यटन क्षेत्रको लागि वार्षिक २ करोड रुपैयाँ छुट्याउने गरेका छांै । लकडाउको समयपछि गाँउपालिकामा पर्यटकको खासै आएका छैनन् । कोरोना भाइसकले शैक्षिक क्षेत्रमा कस्तो असर पु¥यायो, हालको शैक्षिक अवस्था कस्तो रहेको छ ? कोरोना भाइरसले शैक्षिक क्षेत्रमा ठुलो असर पु¥याएको छ । केहि महिना गाँउपालिकामा रहेका विद्यालयहरु बन्द पनि भएका छन् । कोरोनको प्रभाव नपरेका ठाँउमा सामाजिक दूरी कायम गरी पठन पाठन सञ्चालन गर्यौं । गाँउपालिकामा इन्टरनेटको कमि र रेडियो माध्यम बाट हामीले पठन पाठन गर्ने ग¥यौं । तर विद्ययार्थिहरुलाई विद्यालयमै बोलाएर सामाजिक दुरी कयम गर्ने लगाएर पठन पाठन सञ्चालन ग¥यौं । हाल गाँउपालिकामा कोरोनाको प्रभाव रहेको छैन । गाँउपालिकामा रहेका सबै विद्यालयको पठन पाठनहरु निरन्तर रुपमा सञ्चालन भइरहेका छ । गाँउपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? हामीले गाँउपालिकमा बाजो जमिन नराख्ने, खेतीयोग्य जमिनको उपभोग गर्ने भनेका छौं । रासायनिक मलको अभाव रहेको छ । हामीले सबै वडामा कृषि समिति बनाएका छौं । खेति ग¥यो भने बिउहरु अनुदानमा उपलब्ध गराएका छौं । बेमौसमी तरकारीको बिउ गाँउपालिकाले निःशुल्क रुपमा उपलब्ध गराउने गरेको छ । यो गाँउपालिकमा धेरै आलु उत्पादन हुने गरेको छ । आलुको विउको लागि गाँउपालिकाले ५० प्रतिशत अनुदानको रुपमा वितरण गर्ने गरेको छ । कृषिको लागि १ कारोड ५० लाख रुपैयाँ बजेट छुट्याएका छौं । कृषिको लागि कृषि सम्बन्धि तालिमको योजना पनि राखेका छौं । गाँउपालिकाले सकेसम्म कृषिलाई आधुनिकिकरण गर्ने सोच रहेको छ । गाँउपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? गाँउपालिकाका युवाहरुलाई स्वरोजगार बनाउनको लागि हामीले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएका छौं । युवालाई स्वरोजगार बनाउनको लागि होटलहरु रिसोर्टहरु खोल्नु भनेका थियौं । युवाहरु बढीमात्रामा कृषि र पशुपालन क्षेत्रमा आकर्षण भएको पाइन्छ । हामीले युवा रोजगारीको लागि कृषिमा ४३ वटा बाख्रा, भौसीहरु दर्ता गरेका छौं । यसमा हामीले अनुदान पनि दिएका छौं । धेरै युवाहरु व्यावसाय गर्नतर्फ पनि अगाडि बढेका पनि छन् । युवाको लागि सुहुलियत ऋण पनि दिने योजना गाउँपालिकाको छ । ५ लाखभन्दा तलको व्यवसाय गर्ने चाहने तर उसको जग्गा जमिन छैन व्यवसाय गर्छु भने हामीले सिफारिस गरेर पठाउछौं । जसको आफ्नो जग्गा जमिन छ । व्यवसाय गर्छु भने उनीहरु आफैले कृषि विकास बैंकसँग ५ देखि १० लाख सम्म ऋण लिन सक्छन् । कुनै व्यक्तिको प्रतिफल अनुुसारको गाँउपालिकाले १ लाख देखी ३ लाख सम्म अनुदान दिने गरेको छ । गाँउपालिकामा रहेको दलित, महिला, बेरोजगारीहरुलाई प्रधानमन्त्री स्वरोजगार कार्यक्रम रहेको छ । गाँउपालिककाले खेलकुद विकासको लागि कस्ता योजनाहरु राखेको छ ? खेलकुद विकासको लागि गाँउपालिकाले ४० लाख रुपैयाँ बजेट छुट्याएको छ । गाँउपालिकमा रहेका युवाहरुको खेलकुदमा पनि चाहाना रहेको पाइन्छ । फुटबल टोलीको निमार्ण गर्ने, कराते, बक्सीङ्गको टोलिको लागि बजेट छुट्याएका छौं । वडा वडामा खेलकुदको लागि भवन निर्माण पनि भइरहेको छ । गाँउपालिकामा मानिसहरु प्रायः के कस्ता समस्याहरु धेरै लिएर आउने गर्छन् ? गाँउपालिकामा मानिसहरु धेरै समस्याहरु लिएर आउने गरेका छन् । सेवा प्रवाहमा समस्या रहेको छ । टोल टोलका सामुदायिक भवनको आवश्यक जस्ता समस्या पनि रहेको छ । टाढा रहेको एउटा घरलाई सडक पु¥याउन समस्या रहेको छ । बिजुली बक्ति सबै वडामा पुगेको छ । अहिले सडकको विषय नै सबैभन्दा धेरै ल्याउने गरेका छन् । तपाइको कार्यकालमा गाँउपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? मेरो कार्यकालका मैले जे जति काम गरेँ त्यो राम्रो गरेँ जस्तो मलाई लाग्छ । सबै वडामा पुगेका सडकको पिच गर्ने मेरो योजना रहेको छ । १ घर १ धारा दिने हाम्रो लक्ष नै हो । वृहत खोनेपानीमा २ करोडको योजना रहेको छ । सबै घर घरमा सडक पुगोस् भन्ने योजना मेरो रहेको छ । गाँउपालिकमा रहेका हरेक स्वास्थ्य चौकी सञ्चालमा रहेका छन् । मैले धेरै विकास निमार्ण गर्ने चाहेको छु तर सिमित बजेटको कारण विकास निमार्णमा ढिलाई भएको छ ।

कृषिलाई आधुनिकिकरण गर्नतर्फ लागि रहेका छौंः अध्यक्ष पाण्डे

बाग्मती प्रदेश नुवाकोट जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो तादी । यो गाँउपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा चर्चित छ । यो गाँउपालिका काठमाडौको उत्तर–पश्चिम दिशामा रहेको नुवाकोट जिल्लाको बिच भागमा रहेको सुन्दर गाँउपालिका हो । यस क्षेत्रमा सदावहार कन्चन पानी बगिरहेको प्रसिद्ध नदि तादिको नाम बाट यस गाँउपालिकाको नाम ‘तादि’ नामकरण गरिएको हो  । जलस्रोत,कृषि उधोग, पर्यटन, शिक्षा, स्वास्था, जस्ता क्षेत्र यस गाँउपालिकाको बिकास संभावना बोकेका क्षेत्र हुन् । कोरोनाको समय पछि गाँउपालिकाले विकास निमाणका कामहरु कसरी अगाडि बढाइरहेको छ ? कोरोनाले शैक्षिक क्षेत्रमा कस्तो असर पु¥यायो ? युवालाई रोजगारी अवसर गाँउपालिकाले कसरी सिर्जना गरिरहेको छ भन्नेलगायतका विषयमा सो गाँउपालिकाका अध्यक्ष नारायण प्रसाद पाण्डेसँग विकासन्युजका राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानी । गाँउपालिकामा कोरोनाले के–कस्तो असर पु¥याएको छ, हालको अवस्ता कस्तो छ ? यही नै असर पर्यो भन्ने खालको असर नपरे पनि सामान्य असर भने सबैलाई नै पर्यो । हामीले गाउँपालिकामा कोरोनको प्रभाव पर्नु भन्दा पहिलानै पूर्व तयारी गरिसकेका थियाै‌ं । हामीले गाँउपालिकामा स्वास्थ्यकर्मी सहितको क्वारेन्टिन आइसोलेसनको निमार्ण गरेको थियांै । जम्मा १० वटा आइसोलेसन र २० वटा क्वारेन्टिन निमार्ण गरेका थियौं । गाँउपालिकामा हालको अवस्था सामान्य रहेको छ । अहिले चाहिँ गाउँपालिकामा कुनैअसर छैन । कोरोनाको समयपछि गाँउपालिकाले विकास निमार्णका कामहरु कसरी अगाडि बढाइ रहेको छ ? कोरोनाको समयमा केहि महिना कार्यलयहरुनै बन्दा भए । कोरोनाको कारण केहि महिना विकास निमार्णको कामहरु रोकिएका थिए । त्यसपछि नियमित बजेटका कामहरु, त्यसैगरी प्रदेश सरकारको कामहरु,संघिय सरकारका कामहरु भइरहेका छन् । गाँउपालिका बिद्युत, खानेपानी, सडकको मर्मत लगायतका कामहरु भइरहेका छन् । वार्षिक विकासको लागि हामिले १५ करोड रुपैया छुटाउँदै आएका छौं । गाँउपालिकामा कस्तो किसिमको योजानालाई प्राथमिकता राखेर काम गरिरहनु भएको छ ? अहिलेसम्म हामीले गाँउपालिकामा भौतिक पूर्वाधारलाई नै अगाडि सारेका थियौं । त्यसपछि कृषि, सिचाईँ र अन्य विद्यायालयको भौतिक पूर्वाधार आदिलाई पा्रथमिकता राखेर अगाडि बढिरहेका छौं । गाँउपालिकामा रहेका सबै वडाहरुमा सडक पुगिसकेको छ । गाँउपालिकामा रहको केहि सडकहरु कालोपत्रे भइसकेका छन् भने केहि सडकहरु कालोपत्रे गर्ने तयारीमा छौं । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ? स्थानीय तह र प्रदेश सरकारसँग हामीले खासै राम्रोसँग समन्वय गरेको जस्तो मलाई लाग्दैन । प्रदेश सरकारमा रहेका सामंसदहरुले आ–आफनै इच्छा चाहना अनुसारको बजेट बिनियोजन गरी रहनु भएको छ । विकास निर्माणका काममा प्रदेश सरकारले स्थानिय तहलाई शसक्त बनाउनु पर्ने थियो त्यो राजनीतिक कारणले पछि परेको छ । प्रदेश सरकारले समपुरक योजना गरेर ४ कारोड रुपैयाँ विनियोजन गरेको छ । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्छन् ? स्थानीय तहमा धेरै समस्या रहेको छ । बजेटको अभाव छ । कर्मचारीको अभाव छ । जनताको इच्छा चाहाना धेरै रहेका छन् । प्रदेश सरकारको योजना कार्यक्रम भएपनि संघीय सरकारको योजना पनि स्थानीय तहमा हुने भएकाले केहि कार्यक्रमहरुमा समस्या छन् । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? केन्द्र सरकारबाट सोचे अनुसारको सहयोग मिलेको छैन । केन्द्र सरकारबाट आयोजनाहरु गाँउपालिकामा परेको छ । ठुला बजेटहरु विनियोजन भएको छ । योजनाहरु सानो बजेट रकम छुट्याएको छ । आफ्नो गाँउपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचार प्रसार कसरी गरिरहनु भएको छ ? हाम्रो गाँउपालिकामा पर्यटकिय क्षेत्रको प्रचार प्रसार गरिरहेका छाैं । गाँउपालिका क्षेत्रभित्रको सांस्कृतिक, धार्मिक पर्यटन क्षेत्रको प्रचार–प्रसार गरिरहेको छौं । आन्तरीक पर्यटनको रुपमा गाँउपालिमा रहेको वडा नं ४ को बाघमारा भन्ने ठाउँलाई प्राथमिकतामा राखेका छांै । त्यो ठाँउ सम्म केहि आन्तरिक पर्यटकहरु गरेका छन् । गाँउपालिकामा पर्यटकको लागि २ वटा मुख्य क्षेत्र रहेको छन् । गाँउपालिका र पर्यटन बोर्डको सहयोगमा, पुर्वधारको रुपमा विकासहरु पनि गरिरहेका छौं । कोरोना भाइसकले शैक्षिक क्षेत्रमा कस्तो असर पु¥यायो, हालको शैक्षिक अवस्था कस्तो रहेको छ ? कोरोना भाइरसले शैक्षिक क्षेत्रमा ठुलो असर पु¥याएको छ । लकडाउनको समयमा ८/९ महिना विद्यालयहरु बन्द भए । बन्द सँगसगै विद्यार्थीको पठन–पाठन पनि बन्द भयो । एसईईको परिक्षा सरकारले स्थगित गरेको थियो । लकडाउन गर्नु पर्ने समयमा सरकारले लकडाउन गरेन । लकडाउन नगर्नु पर्ने समयमा लकडाउन गर्यो । त्यसैले गर्दा हामीले विद्यार्थीलाई विभिन्न तरीकाले पठन पाठन गरायाैं । सामजिक दूरी कायम गरी पठन पाठन सञ्चालन गर्यौं । हामीले विद्यार्थीलाई सेनिटाइजर,माक्स पनि वितरण गर्यौं । गाँउपालिकामा इन्टरनेटको पहुँच कम भएकोले अनलाइनबाट बढाउन सकिएन । तर विद्यार्थी विद्यालयमै बोलाएर सामजिक दुरी कयम गर्ने लगाएर पठन पाठन सञ्चालन ग¥यौं । हाल गाँउपालिकामा कोरोनाको प्रभाव छैन । गाँउपालिकामा रहेका सबै विद्यालयको पठन पाठनहरु सञ्चालन भइरहेका छ । गाँउपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? गाँउपालिकामा युवा रोजगारको लागि विभिन्न कार्यक्रमहरु राखेका छौं । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम पनि रहेको छ । त्यो कार्यक्रमहरु पनि हामीले सञ्चालन गरेका छौं । गाँउपालिकामा विभिन्न तालिमहरु सञ्चालन गर्दै आएका छौं । गाँउपालिकाको सिफारिसमा तालिम पा्रप्त गरेपछि सहुलियत ऋण पनि उपलव्ध गराउने योजना पनि रहेको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा १ करोड रुपैंया बजेट रहेको छ । युवाहरुले के सीप लिन चाहन्छन् त्यो सिप अनुसारको गाँउपालिकाले युवाहरुको समस्य के हो कस्तो किसिमको तालिम लिन चाहन्छन्, आर्थिक उन्नती कसरी हुन्छ भन्ने बारेमा विभिन्न कार्यक्रम गर्दै आएका छौं । गाँउपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? हाम्रो गाँउपालिका कृषिको लागि सम्भावित क्षेत्र हो । मुख्य गरेर कृषिमा आलु, धान, मकै, उत्पादन हुन्छ । पहाडी भेगमा कोदो, गाउँ उत्पादन हुन्छ । त्यसको लागि साना सिचार्इँ आयोजना तथा मझैला सिचाईँहरुमा बजेट छुट्याउने, मर्मत गर्ने गरिरहेका छौं । हामीले अनुदान पनि माग गरेका छौं । पशुपालन गर्ने अनुदान र कृषकलाई विभिन्न खाले जस्तो किटनाशक औषधिहरु ,बिउ बिजनहरु टनेल पनि वितरण गर्दै आइरहेको छौं । लशुन, करेला, विभिन्न प्रकारका तरकारी बिउहरु वितरण गर्दै आइरहेका छौं । यी तरकारीका बिउहरु गाँउपालिकाले निःशुलक रुपमा वितरण गर्दै आइरहरको छ । कृषिको लागि हामीले ७५ लाख रुपैयाँ छुटाउँदै आएका छौं । गाँउपालिकाले कृषकलकई सिधै ऋण उपलब्ध गराउँदैन । हामीले विभिन्न बैंकसँग सम्झौता गरेर कृषकको लागि ऋण उपलब्ध गराउने गरेका छौं । उन्नत जातका बाख्रा, गाई पालन र कृषिलाई आधुनिकिकरण गर्नेको लागि गाँउपालिकामा विभिन्न कार्यक्रहरु रहेका छन् । दक्ष कर्मचारीको अभाव रहेको छ । गाँउपालिकामा सर्वसाधारणहरु के–कस्ता समस्याहरु लिएर आउने गरेका छन् ? गाँउपालिकामा मानिसहरु धेरै समस्याहरु लिएर आउने गरेका छन् । प्रायः गरेर खानेपानीको समस्या, औषधी उपचारको समस्या रहेको छन् । हामी स्थानीय सरकारमा आइपुगेपछि जनताको इच्छा चाहना धेरै रहेका छन् । तपाइको कार्यकालमा गाँउपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? काम गर्ने सपना ठूलो थियो । प्रयाप्त स्रोत साधन नभएकै कारण प्रभावकारी काम हुन नसकेको आभास भएको छ । तर, पनि युवालाई स्वरोजगार बनाउने र कृषिलाई आधुनिकिकरण गर्नेतर्फ हामी लागि रहेका छौं । हाल वडा भवनहरुको निमार्ण भइसकेको छ । सबै कर्यालयको भवनहरु निमार्ण भइसकेको छ । हरेक वडामा विद्युत पुगि सकेको छ । गाँउपालिकमा रहेका हरेक स्वास्थ्य चौकी सञ्चालमा रहेका छन् । हामीले धेरै विकास निमार्ण गर्ने चाहेको छु तर सिमित बजेटको कारण विकास निमार्णमा ढिलाई भएको छ ।

युवालाई स्वरोजगार बनाउने प्रयासमा जुटेका छौंः अध्यक्ष सावा

प्रदेश नं १ को ताप्लेजुङ्ग जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो मिक्वाखोला । यो गाउँपालिका भौगेलिक रुपमा बिकट र दुर्गम भएता पनि मिक्वाखोला गाँउपालिकाले पर्यटकीय, व्यावसायिक, वातावरणीय लगायतका विभिन्न बहुआयामिक पहिचान बोकेको छ । मिक्वाखोला गाँउपालिका अलैंची खेति, पर्वतारोहण, अवलोकन भ्रमण र जडिबुटी संकलनको द्धष्टिकोणले महत्वपूर्ण सम्भावना बोकेको क्षेत्र हो । कोरोनाको समयपछि गाँउपालिकाले विकास निर्माणका कामहरु कसरी अगाडि बढाइरहेको छ ? कोरोनाले शैक्षिक क्षेत्रमा कस्तो असर पु¥यायो ? युवाको लागि रोजगारी अवसर कसरी सिर्जना भइरहेको छ भन्नेलगायतका विषयमा सो गाँउपालिकाका अध्यक्ष राम कुमार सावासँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीः गाँउपालिकामा कोरोनाले के–कस्ता असर पु¥याएको छ ? हालको अवस्था कस्तो छ ? हाम्रो गाँउपालिकामा कोरोनाको खासै प्रभाव परको छैन । कोरोनाको समयमा सरकारको नीति अनुसार हामीले आफनो गाँउपालिकामा १८ बेडका क्वारेन्टिनहरु बनाएका थियौं । गाउँपालिकामा खासै त्यस्तो असर छैन । कोरोनाको समय पछि गाँउपालिकाले विकास निमार्णको कामहरु कसरी अगाडि बढाइरहेको छ ? गाँउपालिका खासै कोरोनाको त्रास छैन । विकास निमार्णका कामहरु कोरोनाको मापदण्डहरु अपनाएर काम सुरु गरिरहेका छाैं । कोरोनाको समयमा पनि केहि विकासको काम भएको छन् । गाँउपालिका बिद्युत, खानेपानी, सडकको मर्मत लगायत कामहरु हामीले गर्यां । गत आर्थिक वर्षको बजेटमा प्रस्तुत भएका कार्यक्रम र योजनाहरु हामीले सम्पन्न गर्यौं । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ? हामीले गाँउपालिकाले स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय एकदमै राम्रोसँग गरिरेका छौं । हाम्रो समन्वय विकास कार्यक्रमसँग सम्बन्धित रहेर हुन्छ । पहिला–पहिला भेटघाट हुने काम हुन्थ्यो तर अहिले तालिम र परिक्षण हुने गरेको छैनन् । प्रदेश सरकारकारले गाँउपालिकालाई बिभिन्न परिक्षण दिँदै आएको थियो तर लकडाउनको समयपछि कार्यक्रमहरु पनि सञ्चालन भएका छैनन् । स्थानीय तहमा काम गर्दाका चुनौती र समस्याहरु के–के छन् ? त्यस्तो ठूलै समस्या त छैन । गाँउपालिकामा विकास निर्माणको काम गर्दा प्रायः पहाडी भुभाग हुँदा समस्या त हुन्छ नै । विशेष गरेर हामी निर्माण काममा बढी स्काभेटरको प्रयोग गर्छौं । प्रदेश सरकारको योजना कार्यक्रम भएपनि संघीय सरकारको योजना पनि स्थानीय तहमा हुने भएकाले केहि कार्यक्रमहरुमा समस्या रहेको हुन्छ । आफ्नो गाँउपालिका भित्रका पर्यटकिय क्षेत्रहरुको प्रचार–प्रसार कसरी गरिरहनु भएको छ ? हामीले पर्यटकिय क्षेत्रको प्रचार–प्रसार गरिरहेका छाैं । गाँउपालिका भित्र पर्यटकलाई आकषर्ण गर्ने फुंगफुगे झरना रहेको छ । हाम्रो गाँउपालिका भित्र नै सिमसार क्षेत्र छ । गाँउपालिका क्षेत्रभित्र सांस्कृतिक, धार्मिक पर्यटन क्षेत्रमा प्रारम्भिक चरणको काम सकिएको छैन । यो गाँउपालिका आफैमा एक पर्यटकीय क्षेत्र पनि हो । पर्यटकिय क्षेत्रहरुको प्रचार–प्रसार गर्र्नेको लागि गाँउपालिकाले बजेट २ लाख रुपैयाँ छुटाएको छ कोरोना भाइसकले शैक्षिक क्षेत्रमा कस्तो असर पु¥यायो, हालको शैक्षिक अवस्था कस्तो छ ? कोरोनको त्रास र नेपालमा लकडाउन भएको समयमा गाँउपालिकाका विद्यालयहरु लामो समयसमम बन्द अवस्थामै रहे । तर, पनि गाउँमा त्यति लामो समयसम्म भने विद्यालय बन्द गर्नु पर्ने अवस्था आएन । हामीले केही महिना मात्रै विद्यालय बन्द गर्यौं। अहिले भने नियमित रुपमा विद्यालय सञ्चालन भइरहेका छन् । अहिले विद्यार्थीलाई पनि त्यस्तो कुनै समस्या छैन । गाँउपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? गाँउपालिकाले युवाहरुलाई रोजगारीका लागिको लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ल्याएको छ । युवाहरुलाई विकास निमार्णको कामहरुमा लगाएर रोजगारी दिने गरेका छौं । अन्य त्यस्ता कुनै कार्यक्रमहरु भने छैन । तर, हामीले गाउँपालिकामा हुने विकासका काममा युवाहरुलाई लगाउने गरेका छौं । युवा लक्षित गरेर हामीले वार्षिक बजेटमा ४ लाख रुपैयाँ छुट्याउँदै आएका छौैं । गाँउपालिकाले कृषि क्षेत्रको विकासका लागि के–कसरी काम गर्दै आएको छ ? गाँउपालिका भित्र कृषि विकासको लागि धेरै काम गर्दै आएका छौं । कृषिको लागि विभिन्न अनुदानका कार्यक्रमहरु ल्याएका छौं । युवा लक्षित गरेर माछा पालन गर्ने व्यवसाय पनि रहेको छ । हाम्रो गाँउपालिकामा मुख्य उत्पादनमा प्रमुख नगदे वालीको रुपमा अलैँची उत्पादन हुन्छ । गाँउपालिकामा प्रमुख पेशाको रुपमा खेती नै हो । कृषकहरुको लागि गाँउपालिकाले बिउ विजनहरु निुःशुल्क रुपमा वितरण गर्दै आइरहेको पनि छ । तपाईको गाँउपालिकामा सर्वसाधरणहरुले गाउँपालिका समक्ष कस्ता खालका समस्याहरु लिएर आउँछन् ? गाँउपालिकामा सर्वसाधरणहरु प्रायः जटिल समस्याहरु लिएर आएका छैनन् । तर, कृषि, व्यापार सम्बन्धमा, सहकारीका समस्याहरु लिएर भने आउने गर्दाछन् । तपाइँको कार्यकालमा गाँउपालिकालाई कस्तो बनाउने योजना छ ? मेरो कार्यकालमा गाँउपालिकालाई अन्य गाँउपालिका भन्दा विकसित र उदारणीय बनाउने योजना रहेको छ । सबै वडाहरुको सडकलाई कालोपत्रे बनाउने मेरो योजना छ । हामीले भने जति र बाचा गरेजति काम हामी हाम्रो कार्यकालमा गर्छौं ।