प्रदेश र केन्द्रको राजनैतिक खिचातानीले गाउँमा जनताहरू मरिरहेका छन् – नगरप्रमुख खत्री

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट संखुवासभा जिल्लाको चैनपुर नगरपालिका पनि निक्कै प्रभावित भएको छ । कोरोनाको संक्रमण थप बढ्न नदिन तथा नियन्त्रण तथा रोकथाम गर्नकै लागि अहिले पनि देशमा कतै लकडाउन त कतै निषेधाज्ञा लागू गरिएको छ । चैनपुर नगरपालिकामा फाट्टफुट्ट रूपमा संक्रमितहरु देखा पर्ने क्रम जारी नै छ भने त्यति हुँदाहुँदै पनि कोभिड न्यूनीकरणका लागि नगरको सक्रियता प्रशंसनीय एवं प्रभावकारी भूमिका खेलेको पाइएको छ । नगरपालिकाले कोभिड–१९ सङ्कट रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि कसरी प्रयास गरिरहेको छ, अस्पतालमा अक्सिजन तथा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन कसरी काम गरिरहेको छ भन्ने लगायतका सन्दर्भमा सो नगरपालिकाका नगरप्रमुख भरत कुमार खत्रीसँग विकासन्युजका राजिब न्यौपानेले कुराकानी गरेका छन् : नगरपालिकामा कोरोना संक्रमण दिन प्रतिदिन बढ्दो छ, तपाईं पनि बिरामी हुनु हुन्छ, जोखिम न्यूनिकरण गर्नको लागि के कसरी काम गर्दै हुनुहुन्छ ? नगरमा कोभिड रोकथाम र नियन्त्रणका लागि सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखेको छ । अन्य ठाउँमा जस्तै हाम्रो पालिकामा पनि कोरोनाको प्रभाव बढ्दो छ । नगरमा स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर नै काम गरिरहेका छौं । कोभिडले पालिकाको समग्र विकास निर्माणका साथै विभिन्न क्षेत्रहरूमा प्रभाव पारेको छ । गत वर्ष हामीले क्वारेन्टिन र आइसोलेसनको बेग्लाबेगलै व्यवस्थापन गरेका थियौं । यो वर्ष आकास्मिक नगरमा पनि कोरोनाको प्रभाव परेसँगै होलथ्डेक्सको स्थापना गर्ने तयारी गर्दै गर्दा म आफू पनि बिरामी परेको कारणले काठमाडौं आएको छु । गत वर्ष कोरोना रोकथाम र नियन्त्रणमा राम्रो काम गरेकोले प्रदेश सरकारले पनि पुरस्कृत गरेको थियो । यो महामारी नियन्त्रण गर्नमा हाम्रो पनि व्यवस्थापनमा कहिन काही कमजोरी भएको महशुस गरेको छु । पछिल्लो समयमा समुदयिक स्तरमा संक्रमण फैलिए पछि म आफी बिरामी हुँदा हुँदै पनि यहीबाट प्रत्येक दिन नगरको अवस्थाबारे बुझी रहेको छु । पालिकामा स्वास्थ्य सामाग्रीको अभावका हुन नदिन पनि भिन्न निकायसँग समन्वय गरी यहीबाट नै स्वास्थ्य सामाग्रीको व्यवस्थापन बारे बुझी रहेको छु । कोरोनाबाट नागरिकहरु संक्रमित भए भने पालिकाले तयार गरेको आइसोलेसनमा ल्याई उपचार गर्छौं । पालिकामा कोभिडका बिरामीलाई सहज होस् भनि एबुलेन्सको पनि व्यवस्था गरेका छौं । स्थानीय सरकार जुनसुकै परिस्थितमा पनि नागरिकको सुरक्षाको लागि उभिन्छ भनेर प्रत्याभूति दिलाउन चाहन्छौं । हामीले भोजभतेर तथा आमसभाका नाममा धेरै भिडभाड नगर्न पनि आग्रह गरेका छौं । पालिकामा प्रवेश गर्दा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं । संक्रमण विस्तार रोक्न बजार, विद्यालय, विभिन्न संघसंस्थाहरूमा भिडभाड कम गर्न पनि आग्रह गरेका छौं । यस महामारीलाई न्यूनीकरण गर्नको लागि सबै लागिपरेका छौं । नेपाली कंग्रस र नेकपा एमालेको पार्टी कार्यलको भवनमा आइसोलेसन कक्ष बनाएका छौं । कोभिडका संक्रिमित भएका एक सय जनासम्म मानिसलाई सेवा दिनसक्छौं भन्ने उद्देश्यले आइसोलेसनको पनि राम्रो तयारी गरेका छौं । कोभिडका धेरै स्वास्थ्य सामाग्री पोहोर नै जुटाएका थियौं र अहिले त्यही स्वास्थ्य सामाग्रीको प्रयोग गरिरहेका छौं । कोरोनाका बिरामीहरूको स्वास्थ्य अवस्था बारे बुझी रहेका हुन्छौं । म बिरामी परे पनि पालिकाको अवस्था बारे सधै बुझीरहेको हुन्छु । यो महामारीलाई नियन्त्रण गर्नको लागि स्वास्थ्यकर्मीको ठुलो भूमिको छ । पालिकामा उपचार हुन सकेन भने बिराटनगरमा रेफर गर्ने व्यवस्था मिलाएका छौं भने एम्बुलेन्सको व्यवस्था नगरले गरिदिँदै आएको छ । नगरले बनाएको आइसोलेसन कक्ष व्यवस्थित भएको कारण अन्य पालिकाका संक्रमित बिरामीहरुले पनि सेवा लिइरहेका छन् । हाम्रो नगरपालिका बिगतको सदरमुकाम भएको र अलिक बढी सेवा सुविधा भएको नाताले चैनपुरलाई सेन्टर बनाएर ४ ओटा पालिकाको एउटै आइसोलेसन सेन्टर बनाएका छौं । केही नागरिकहरूमा कोभिडसँग सम्बन्धित लक्षण देखिएको हुनाले उनीहरूको पीसीआर गरेका छौं । पालिकामा कोरोना महामारी फैलिन नदिनको लागि उच्च सतकर्ता अपनाएका छौं । नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरेका छौं । कोरोनाको दोस्रो लहर सुरु भएसँगै पालिकाले जनचेतनामुखी कार्यक्रम र सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरेका छौं । यो समयमा कोभिड विरुद्ध लड्न सबै पक्षबिच सहकार्य हुन जरुरी छ । दोस्रो लहरको रूपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी पनि हो । पालिकामा भएका सबै स्वास्थ्यचौकी तथा शाखामा आवश्यक पर्ने स्वास्थ्य सामाग्री वितरण गरेका छौं । विशेष गरी स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकहरूको लागि उच्च सतर्कता अपनाइएको छ । अस्पतालको क्षमता बढाएर कोभिड संक्रमणमा परेका बिरामीलाई सहज उपचारको वातावरण मिलाउन पालिकाले सरकारी र सामुदायिक अस्पतालसँग सहकार्य पनि गरिरहेको छ । जनताको जीवन रक्षा गर्न आवश्यक पर्ने सबै खालका कामलाई प्राथमिकतामा राखेर काम गरेका छौं । संक्रमित भएको मानिसहरु भन्दा जोरो आएको नागरिको घर घरमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी जाने र परीक्षण गर्दै आउनु पनि भएको छ । अब चाहिँ कुनै पनि संक्रमितलाई होम आइसोलेसनमा बस्न नदिने उनिहरुलाई नगरले बनाएको आइसोलेसनमा कक्षयमा राख्ने व्यवस्था मिलाएका छौं । तर हामी स्थानीय सरकार भएको हिसाबले हरेक उपायहरू अपनाएर जनताको सुरक्षा गर्नमा लागि परेका छौं । जनतालाई कोरोनाबाट हामी सुरक्षित राख्न चाहन्छौं । नगरमा अक्सिजनको अभाव छ कि छैन नि ? नगरमा हालसम्म अक्सिजन अभाव भएको छैन । नगरमा अक्सिजन प्लान्ट तयार गर्ने योजना छ । हामीले अक्सिजनका सिलिण्डरहरू पनि प्रशस्त मात्रमा राखेका छौं । हामीले किनेर राखेको २० ओटा सिलिण्डर आइसोलेसन कक्षमा रहेको छ भने बाँकी २० ओटा चाहिँ अस्पतालमा छ । ५ जनाभन्दा बढि मानिसलाई अक्सिजन दिनुपर्ने अवस्था आएको छैन । नगरको अस्पतालहरूमा अक्सिजन अभाव हुन नदिन र अन्य स्वास्थ्य सामाग्री व्यवस्थापनका लागि सहजीकरण गर्दै आएका छौं । बाहिरी जिल्लामा हालसम्म कसैलाई पनि पठाउनुपर्ने अवस्था आएको छैन । नगरले स्वास्थ्य व्यवस्था राम्रो मिलाएको छ । यो समयमा स्वास्थ्य सेवा राम्रो बनाएको कारण जनताबाट पनि राम्रो प्रतिक्रया आएको बुझेको छु । नगरपालिकाले पीसीआर गर्ने व्यवस्था कसरी मिलाएको छ ? पीसीआर परीक्षण पालिकाले आफैं गर्दैछ की अन्य ठाउँमा लगेर परीक्षण गर्ने व्यवस्था मिलाएको छ ? पालिकामा पीसीआर गर्नका लागि ल्याब छैन । स्वाब सङ्कलन स्वास्थ्यकर्मीहरुले गर्दै आउनुभएको छ । स्वाब सङ्कलन गरी पीसीआर परीक्षणको लागि धनकुटा पठाउने गरेका छौं । पोहोर साल विराटनगर, घोपा लानुपर्ने अवस्था थियो । हाल पूर्वको ४ ओटा जिल्लाका पालिकाले पीसीआर परीक्षणको लागि धनकुटा लाने गरेका छन् । पीसीआर परीक्षणको लागि धनकुटा लैजाँदा ४ घण्टाको समय बचत भएको छ । कोरोनासँग अन्तर्सम्बन्धित लक्षण देखिएका नागरिकहरूको पीसीआर पनि गर्दै आएका छौं । नगरले निःशुल्क पीसीआर गर्दै आएको छ । पीसीआर गर्दा पोजेटिभ देखिएका नागरिकहरूलाई पालिकाले बनाएको आइसोलेसनमा राख्ने व्यवस्था मिलाएका छौं । राज्यले ल्याब टेस्टको लागि हरेक अस्पतालमा ल्याबको व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ । स्वास्थ्यमा समस्या भयो भने अस्पताल पुर्याउनको लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्थापन गरेका छौं । पालिकाका ३ जना वडाध्यक्षलाई पनि कोरोना पुष्टि भएको छ । कोरोना महामारी नियन्त्रण गर्नमा राज्यको व्यवस्थापनमा समस्या देखिएको छ । आम नागरिकले हाल निषेधाज्ञालाई कसरी लिएका छन् अनि नागरिकहरूबाट चाहिँ के कस्तो सहयोग मिलेको छ नि ? पहिलो चरणमा कोरोनाको बारेमा कसैले पनि विश्वास नै गरेनन् तर पहिलाको तुलनाको हाल निषेधाज्ञा पूर्ण रूपमा जनताको सहयोग छ । तीव्र गतिमा फैलिरहेको नयाँ भेरियन्टकोे कोरोना भाइरस पालिकाका धेरै मानिसहरूको स्वास्थ्यमा समस्या परेको छ । अहिलेको स्थितिमा सरकारलाई पूर्ण सहयोग गर्नुपर्छ भनेर आम नागरिकले निषेधाज्ञालाई पूर्ण पालना गरेको छन् । श्रम गरेर खाने मानिसहरूलाई समस्या भइको छ । मानिहरुलाई हामीले सकेसम्म भिडभाड नगरौं भनेका छौं । संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै र मृतकको संख्या पनि बढ्दो समचार तथा सूचनाले नागरिकहरू पनि त्रसित अवस्थामा छन् । पालिकाको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छौं भने सबै नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउनको लागि अपिल गरेका छौं । बाहिरी जिल्लाबाट पालिकामा प्रवेश गर्ने नागरिकहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागी अपिल गरेका छौं भने स्वास्थ्य मापदण्डको पनि पूर्ण पालना गर्न अनुरोध गरेका छौं । कोभिड रोकथाम र नियन्त्रणका लागि सम्पूर्ण पालिका बासी सहित आम जनसमुदायबाट साथ, सहयोग मिलेको नै छ । यो मूलुकको विकास र समृद्ध बनाउने मानिसले नै भएकोले जनता बचाउनु आवश्यक छ । प्रदेश र केन्द्र सरकारबाट जोखिम न्युनिकरण गर्नको लागि के कस्ता सहयोग मिलेको छ ? हालसम्म मैले थाहा पाए अनुसार प्रदेश र केन्द्र सरकारबाट जोखिम न्युनिकरण गर्नको लागि कुनै पनि सहयोग मिलेको छैन । प्रदेश र केन्द्रको राजनैतिक खिचातानीले जनताहरू गाउँमा मरिरहेका छन् । राज्यको पनि ठूलाठूला अस्पतालमा मात्र आँखा पुग्छ हाम्रो जस्तो स्थानीय तहका अस्पतालमा पुगेको छैन । जबसम्म स्थानीय सरकारलाई स्वास्थ्य तथा रोजगारीमा बलियो बनाउँदैन तबसम्म सिङ्गो प्रदेश र सङ्घले केही गर्न सक्दैन । प्रदेश सरकारले आजसम्म के समस्या छ भनेर अहिलेसम्म सोधेको छैन । पालिकाको साधना स्रोतले भ्याए जति महामारी नियन्त्रण गर्नमा लागि पारेका छौं । प्रदेश र केन्द्रबाट केही सहयोग मिल्छ र यो महामारीलाई नियन्त्रण गर्न सक्छौं भन्यौं भने महामारी भ्यवह हुन सक्ने अवस्था छ । हामीले हाम्रो तयारीका साथ अगाडि बढेका छौं । सङ्घीय सरकार पनि बिबादहरु परेको हुनाले राजनैतिक सर्थको कारण आज जनताहरू मरमाहिक भएका छन् । यो बेला कोभिड–१९ लाई नियन्त्रण गर्नमा सिङ्गो राष्ट्र लाग्नु पर्ने हो । एउटा राष्ट्रको प्रधानमन्त्रीले मात्र यो रोग नियन्त्रण गर्ने दायित्व होइन । यो विश्व महामारी जुन खालको मानव जातिलाई नै बिनाश गर्ने रोग आएको छ यसलाई नियन्त्रण गर्नको लागि सबै राजनीतिक दलहरूले विवेक पूर्ण तरिकाले सरकारलाई साथ दिएर दलहरूको कार्यकर्ता तथा नेताहरू पनि मैदानमा निकालिनु पर्ने र यी आफ्नै जनता हुन् सरकारका मात्र जनता होइन् भनेर जुट्नु पर्ने समय हो । भनिँदैछ आउने कार्तिक र मङसिरमा चुनाव हुन्छ, यो समयमा तपाईंले चुनावमा जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्नुहुन्छ होला र ? यो एक राजनैतिक मुद्दा हो । हामी लोकतन्त्रमा विश्वास गर्ने मान्छे हौं । हामी संसदिय व्यवस्थामा लागेका पार्टी र नेता हौं । राजनैतिक मुद्दा भएको कारण प्रक्रियामा छिरिसके पछि यो पनि एउटा आवश्यकता हो । हामीलाई चुनाव पनि आवश्यक छ । आज सरकारले जनताको विषय र जनताको ज्यू ज्यानसँग विवेकपूर्ण तरिकाले न्याय दिन सकिरहेको छैन । यो बास्तवमा सरकारको मात्र दोष होइन अरू राजनैतिक दलको पनि दोष छ । सरकारलाई यो समयमा सबै जना मिलेर यो विश्व महामारीको रूपमा फैलिएका कोभिडलाई रोक्न सहयोग गर्नु पर्छ । आर्थिक वर्ष ७७/७८ को बजेटमा मानिसको स्वास्थ्यमा ख्याल गरेर राज्यले धेरै बजेट ल्याएको पनि बुझेको छु । नेपालले कोरोना विरुद्धको खोप विभिन्न देशसँग आव्हान गर्दा खोप नेपालमा पनि आयो भने र स्थानीय तहका जनप्रतिनिधिलाई पनि सुरक्षाको साथ अगाडी बढ्नुहोस् भनेर राज्यले आदेश दियो भने हामी जनताको अगाडी मर्न पनि तयार छौं र जनतालाई सुरक्षा दिनको लागि सबै जनप्रतिनिधि लाग्छौं । चुनाव हुनेनै भयो भने हामी जनतालाई कोभिड–१९ बाट पनि बचाउछौं र चुनाब पनि ग¥छौं । यो महामारीलाई नियन्त्रण गर्नमा सबै जना लागि प¥यौं भने यो अवस्य नियन्त्रण हुन्छ । मलाई लाग्छ अब सरकारले बजेट पनि ल्याई सकेको छ यो महामारी नियन्त्रणको लागि सरकार अवश्य लाग्छ । कोभिड–१९ ले नेपालमा पनि महामारीको रूप लिएको हुँदा चुनाव अहिलेको आवश्यकता होइन भन्ने आवाज मात्र उठेको हो । यो पनि आफैमा नराम्रो होइन राम्रो हो । चुनाव हुने कि नहुने भनेर सर्वोच्च अदालतको निर्णय आउन बाँकी छ । अहिले नै चुनाव हुन्छ भन्ने पनि टुङ्गो भइसकेको छैन । त्यसैले अदालतले निर्णय गरेपछि मात्र यसको यकिन हुने हो । हाल नेपालमा कोरोनाको खोपको अभाव छ तर, यसमा सरकार लागेको हुनाले २ देखि ३ महिनामा यो महामारलाई नियन्त्रण गरेर सरकारले मङसिरमा चुनाव गरायो भने सक्छ र सफल हुन्छ । कोरोना नियन्त्रणमा सबै जुटि यस महामारीलाई नियन्त्रण गरी चुनाब पनि सफल बनाउनु पर्छ । कोरोना महामारीले नगरपालिकाको कामकाजमा कस्तो असर पुर्याएको छ ? कोरोना महामारीले पालिकाको सम्पूर्ण कामकाजमै ठुलो असर पुर्याएको छ । विकास निर्माणको कामहरू सबै ठप्प भएका छन् । एक ठाउँबाट अर्के ठाउँमा नजाऊ भनिएको छ । विकास निर्माणको काम त धेरै प्रभाव परेको छ तर पनि विकास भनेको कुरा दोस्रो पाटो हो । किन भने जनता बचाउन सकियो भने विकास केही वर्ष पछि गर्ने पनि सकिन्छ । मानविय क्षति हुन बाट बचाऔं भन्ने छ । टेन्डरका काम अनि सानासाना तालिमका कामहरू पनि रोकिएका छन् । बहु वर्षीय योजनाहरूमा कोरोनाको प्रभाव परेको छ । असारबाट पैसा फ्रिज भएर जानो अवस्था छ । गत वर्ष पनि लकडाउनको कारण केही रकम फ्रिज भएर गएको थियो भने यो वर्ष पनि यस्तै स्थिति छ । धेरै स्थानीय तह विकास निर्माणको कामहरू जति हुनुपर्थ्यो त्यति भएको छैन । स्थानीय सरकारले सुरुबाट नै कोरोना नियन्त्रण गर्नमा पहल नगरेको भन्दै आरोप लाग्दै आएको छ नि, यसमा तपाईंको धारणा के छ ? फेरी यस किसिमको महामारी आउँछ भनेर हामीले कल्पना गरेका थिएनौं । हामीले गत वर्ष ४ ओटा पालिकाका २१ जना संक्रमितलाई मात्र राखेका थियौं भने १ सय ५० बेडको क्वारेन्टिन स्थापना गएका थियौं । यो समयमाको महामारीमा क्वारेन्टिन व्यवस्था नगरेका कारण समुदायस्तरमा यो भाइरस फैलिन पायो । जबसम्म जनता सचेत रहँदैनन् तबसम्म स्थानीय तहको नेतृत्वले मात्र केही हुँदैन । हामीले गरेको कुरामा नागरिकले चासो र समर्थन दिए भने काम गर्न पनि सजिलो हुन्छ । त्यसैले स्थानीय सरकारले नै कोभिड नियन्त्रण गर्नमा पहल गरेन भन्न पाइँदैन । किन भने यदि स्थानीय सरकार थिएन भने यो महामारी भ्यबह हुन सक्ने थियो । यदि सङ्घीय सरकारले प्रदेशमा मात्र आँखा ताकेर जनता बसको थियो भने स्थानीय तहले काम गरेको थिएन भने मृत्यु दर पनि बढ्दो हुन्थ्यो । स्थानीय तहले गरेको कामले नै आज संक्रमण धेरै ठाउँमा फैलिन पाएका छैन । स्थानीय तहको कारणले नै आज यो कोभिडलाई नियन्त्रण गर्नमा मूलभूत काम भएको छ । यो महामारी नियन्त्रण गर्नमा स्थानीय तह थिएन भने धेरै ठाउँमा यो भइरसले कब्जा जमाएर स्थिति भ्यवह हुन्थ्यो । यो महामारी नियन्त्रण गर्नमा स्थानीय तहको ठूलो भूमिका रहेको छ ।

तपाईंको स्थानीय तहलाई केन्द्रले कति बजेट दियो ? (सातै प्रदेश र ७५३ पालिकाको विवरण)

काठमाडौं । संघय (केन्द्र) सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । संविधानको व्यवस्था अनुसार संघीय सरकारले जेठ १५ गते बजेट ल्याएको हो । बजेटमा सरकारले स्थानीय तहहरुलाई दिने बजेटको पनि व्यवस्था गरेको छ । अर्थमन्त्रालयका अनुसार आगामी आर्थिक वर्षको लागि केन्द्र सरकारले स्थानीय तहहरुलाई २ खर्ब ८३ अर्ब १ करोड ४७ लाख रुपैयाँ दिएको छ । केन्द्र सरकारले दिएको यो बजेट समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी हो । प्रदेश सरकारहरुलाई भने केन्द्र सरकारले १ खर्ब ३ अर्ब ७० करोड २५ लाख रुपैयाँ दिएको छ । प्रदेश र स्थानीय तह गरी केन्द्र सरकारले ३ खर्ब ८६ अर्ब ७१ करोड ७२ लाख रुपैयाँ बजेट अनुदान दिएको छ । अर्थमन्त्रालयका अनुसार महानगरपालिकाहरुको लागि १० अर्ब ९ करोड २८ लाख रुपैयाँ अनुदान दिइएको छ । अहिले देशभर ६ वटा महानगरपालिका छन् । यस्तै, उपमहानगरपालिकाहरुलाई ९ अर्ब ७६ करोड ८४ लाख, नगरपालिकाहरुलाई १ खर्ब २३ अर्ब ९६ करोड ६ लाख र गाउँपालिकाहरुलाई १ खर्ब ३९ अर्ब १९ करोड २८ लाख रुपैयाँ बजेट दिइएको छ । कुन प्रदेश र कुन पालिकाको लागि केन्द्र सरकारले कति बजेट दिएको छ भन्ने विवरण [pdf id=277285]

कनकाई नगरपालिकाका मेयरको उदाहरणीय काम, ३ वर्षसम्मको तलब अक्सिजन प्लान्टमा

काठमाडौं । झापाको कनकाई नगरपालिकाका मेयरले ३ वर्षसम्म पाएको पारिश्रमिक १० लाख रुपैयाँ रकम अक्सिजन प्लान्ट जडानको लागि सहयोग गरेका छन् । नगर प्रमुख राजेन्द्र कुमार पोखरेलले कनकाई नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्नको लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएका हुन् । कोरोना संक्रमितको उपचारमा अक्सिजनको अभाव देखिएपछि नगरमा सञ्चालित उनले पहिलो वर्षको पारिश्रमिक पनि मजदुर कोषमा जम्मा गरेका थिए । पोखरेलले निर्वाचित भएलगत्तै आफूले पारिश्रमिक र भत्ताबापत पाउने सबै सुविधा सामाजिक सेवामा खर्च गर्ने घोषणा गरेको थिए । नगरपालिकाले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखेर नै काम गरी रहेको पोखरेल बताउँछन् । नगरपालिकामा कोरोनाको प्रभाव परेसँगै विभिन्न सचेतनाका कार्यक्रमहरू गर्दै आएको छ । कोरोना महामारीको रोकथाम नियन्त्रण गर्नको लागि पालिकाले चाडौ पूर्व तयारी गएको पनि पोखरेल जानकारी दिए । पोखरेलका अनुसार पालिकामा गत वर्ष ६ जनाको मृत्यू भएको यो वर्षको २ महिना भित्र ७ जनामा मानिसको कोभिडको कारण ज्यान गइसकेको छ । कोरोना संक्रमितहरूको अति निकट सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गरी परीक्षण गराउने काम पनि भइएको उनले बताए । पाकिामा ३० बेडको कोभिड अस्पताल निर्माण गरेको पनि उनले जनाए । नगरमा ३० ओटा अक्सिजन सिलिन्डर रहेको छ । कोभिडको बिरामीहरु पालिकाम कम भई छिमेकी पालिका बाह्रबिसे गाउँपालिकाको बिरामीलाई पनि नगरले सेवा दिँदै आएको छ । नगरको अस्पतालहरूमा अक्सिजन अभाव हुन नदिन र अन्य उपचार व्यवस्थापनका लागि सहजीकरण गर्दै आए पनि उनले बताए । नगरमामा २ ओटा एम्बुलेन्स सेवा पनि रहेको छ । होम आइसोलेसनमा बसेकाहरुको स्वास्थ्यमा समस्या भयो भने अस्पताल पुरर्याउनको लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्थापन भइरहेको उनको भनाई छ । होम आइसोलेसनमा बसेका कोभिड संक्रमितहरुलाई घरघरमा पुगेर मेडिसिन किट उपलब्ध गराउँदै आएको उनले बताए । नगरले कोभिड अस्पतालमा बसेका नागरिकहरूलाई निःशुल्क खाना खुवाउँदै आएको छ । स्वास्थ्यकर्मी टिम गठन गरी घर–घरमा पुगी पीसीआर परीक्षण गर्दै आएको पनि उनले बताए ।