कृषकले जति धेरै उत्पादन गर्छन् सहकारी मार्फत त्यति धेरै अनुदानको व्यवस्था मिलाएका छौं – गाउँपालिका अध्यक्ष गुरुङ

नेपालको गण्डकी प्रदेश अन्तर्गतको लमजुङ जिल्लामा पर्ने एउटा सुन्दर एवं रमणीय गाउँपालिका हो, मर्स्याङदी गाउँपालिका । ९ ओटा वडा रहेको यस गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रुपमा चर्चित हुनुका साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । यस गाउँपालिकाको पूर्वतर्फ दोर्दी गाउँपालिका, पश्चिममा क्व्होलासोथार गाउँपालिका, उत्तरमा मनाङ जिल्लाको नोसोङ गाउँपालिका रहेका छन् भने दक्षिणमा बेसिसहर नगरपालिका रहेको छ । यो गाउँपालिकामा २८ हजार ७ सय ५९ जनाको बसोवास छ भने ४ हजार ४ सय ९ ओटा घरधुरी छन् । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश । कृषि क्षेत्रबाटै सुरु गरौं, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? कृषिको विकासलाई नै गाउँपालिकामा पहिलो प्राथमिकता राखेका छौं । नेपाल सरकार प्रदेश सरकारले विनियोजन गर्ने बाहेक पनि हरेक आर्थिक वर्षमा १ करोड ५० लाख रुपैयाँ कृषि क्षेत्रमा बजेट विनियोजन गरेका छौं । कृषिलाई बजारीकरण गर्ने व्यवस्था पनि मिलाएका छौँ । गाउँपालिकामा कृषिलाई ब्लक र पकेट क्षेत्र पनि छुट्याएका छौं । पालिकालाई आलु ब्लक क्षेत्रको घोषणा पनि गरेका छौं । गाउँपालिकामा सहकारी, कृषि शाखा, किसान संजाल जस्ता संस्थाहरु पनि रहेका छन् । सहकारी र यसका शाखा बाट हामीले किसानको माग अनुसारको बिउ उपलब्ध गराउने व्यवस्था पनि मिलाएका छौं । गाउँपालिकामा सानातिना तरकारीको बिउ निःशुल्क गर्ने र त्यसैगरी ५० प्रतिशत अनुदानको बिउ पनि वितरण गर्ने कार्यक्रम रहेको छ । कृषिलाई आधुनिकीकरण गर्ने तर्फ पनि विशेष ध्यान दिइरहेका छौं । गाउँपालिकाका कति नागरिकहरु कृषि पेशामा आवद्ध रहेका छन् ? यहाँका धेरैजसो नागरिकहरु कृषि पेशामा नै आवद्ध छन् । प्रतिशतमै भन्नुपर्दा करिब ९० प्रतिशत मानिसहरु कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । गाउँपालिकामा राम्रो कृषि उत्पादन गर्ने किसानलाई सामान्य पुरस्कारको पनि व्यवस्था मिलाएका छौं । हामीले धेरै दूध उत्पादन गर्ने कृषकलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । कृषकको व्यवसायिक खेती प्रणालिलाई हेरेर विभिन्न कार्यक्रम दिने र उत्पादनमा आधारित अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । कृषकले जति धेरै उत्पादन गर्छन् सहकारी मार्फत त्यति धेरै अनुदानको व्यवस्था मिलाएका छौं । कृषकहरुले उत्पादन गरेको तरकारी विक्री भएन भने स्थलगत अध्ययन गरेर बजारीकरण गर्ने व्यवस्था समेत मिलाएका छौं । गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के हुन् नि ? ठुला योजनाको रूपमा गाउँपालिकामा सडक निर्माणको काम रहेको छ । ९० लाख रुपैयाँसम्मको बजेटमा सडक निर्माणको काम गाउँपालिकामा भइरहेको छ । गाउँपालिकाको भवन निर्माणको योजना पनि रहेको छ । खानेपानीको योजना पनि गाउँपालिकामा रहेको छ । यहाँका सम्पूर्ण वडामा सडक पुगिसकेको छ । बिजुली केही वडामा पुग्न बाँकी रहेको छ तर यो आर्थिक वर्ष भित्र सबै ठाउँमा बिजुली पुर्याउने हिसाबले काम गरिरहेका छौं । खेलकुद विकासका लागि गाउँपालिकाले कस्ता योजनाहरू बनाएको छ ? खेलकुद विकासको लागि हामीले खेलकुद समितिको पनि गठन गरेका छौं । खेलकुद समिति र गाउँपालिकामा भएका युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरु आयोजना हुने गरेका छन् । प्रायः गरेर बक्सिङ्ग, भलिबल, टेबल टेनिस, कराँते, फुटवल लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरिएको छ । गाउँपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् । यो एक वर्ष कोरोनाको कारणले खेलकुदका सबै कार्यक्रमहरू स्थगित भएका थिए । मस्र्याङदी क्लब भन्ने नाम दिएर विद्यालयहरुमार्फत खेलकुद प्रतियोगिताको आयोजन गर्र्ने गरिएको छ । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आईरहेको छ त ? शैक्षिक विकासको लागि हामीले सुरुमै २५ बुँदे शैक्षिक घोषणा जारी ग¥यौं, जसमा हामीले धेरै विषयहरू समेटेका छौं । शिक्षाको विकास बिना अरू कुराहरुको विकास सम्भव छैन भन्ने ठानेर शैक्षिक घोषणा गरेका हौं । परीक्षा प्रणालिलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । पालिकाभरिका कक्षा ३, ४, ५ र ८ सम्मको परीक्षा हामीले गर्दै आएका छौं । परीक्षा समितिको पनि गठन गरेका छौं । यस समितिलाई प्रश्नपत्र निर्माण गर्ने काम सुिम्पएका छौं । विभिन्न केन्द्रहरूको निर्माण गरी परीक्षालाई प्रभावकारी बनाउने हिसाबले यो खालको परीक्षा प्रणालिलाई प्राथमिकताका आधारमा राखेका छौं । गाउँपालिकामा ५६ ओटा विद्यालयहरू रहेका छन् । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी बेलाबेलामा विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । गाउँपालिकामा स्वास्थ्य क्षेत्रको विकासका लागि कसरी काम गर्दै आइरहनुभएको छ ? स्वास्थ्य क्षेत्रको विकासका लागि पनि हामीले धेरै काम गर्दै आएका छौं । स्वास्थ्यकर्मीहरूसँग वेलावेलमा छलफल गर्ने र तालिम दिने काम पनि हामीले गरिरहेका छौं । स्वास्थ्य सेवालाई राम्रो बनाउनको लागि केही बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा स्वास्थ्य सम्बधी विभिन्न कार्यक्रमहरू पनि संचालन हुँदै आएको छ । राज्यले दिने औषधी हामीले नागरिकलाई निःशुल्क दिने गरेका छौं । हाम्रो पालिकामा स्वास्थ्य चौकीका भवनहरू कतै बनि सकेका छन् भने कतै बन्ने क्रममा रहेका छन् । गाउँपालिकामा रहेका सबै नागरिकहरुको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ भने हामीले प्रजनन् केन्द्रको पनि स्थापना गरेका छौं । तपाईं निर्वाचित भइसकेपछि गाउँपालिकामा आएका परिवर्तन बारे केही बताईदिनुस् न पहिलेको तुलनामा अहिले गाउँपालिकामा धेरै परिवर्तन आएको छ । पूर्वाधार, सामाजिक, आर्थिक विकास, विकास निर्माण, उत्पादन, निर्माणमा स्थानीय रोजगारी जोड्ने कुरा, सुशासन कायम गर्ने कुरा, जनतालाई सेवा दिने कुरा देखि लिएर हरेक कुरामा ठुलो परिवर्तन भइसकेको छ । यो भन्दा अगाडि राज्यनै थिएन जस्तो अवस्था थियो । किनभने जनप्रतिनिधि विहिनको अवस्था थियो । कर्मचारीको हातमा शासन गएको थियो । तर अहिले भने गाउँपालिकामा कुनै पनि किसिमको सेवा प्रवाहमा समस्या रहेको छैन । गाउँपालिकामा भएका विकास निर्माणको कामहरु कत्तिको प्रभावकारी भएका छन् ? गाउँपालिकामा अहिलेसम्म विकास निर्माणको कामहरू प्रभावकारी नै भएका छन् । हामीले आशा गरेअनुरूप विकास निर्माणको काम गर्न सकेका छौं । नागरिकहरू पनि हाम्रो काम देखेर खुसी नै हुनुहुन्छ जस्तो लाग्छ । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? युवाहरूलाई उत्पादनसँग जोडिनु पर्छ भनेर हामीले भनिरहेका छांै । उद्यमशीलता विकासमा युवालाई लगाउनु पर्छ भनेर पनि हामीले जोड दिएका छौं । हरेक युवाहरू अब भिन्न तालिमहरूबाट सीप, क्षमतामूलक भएर बस्नु प¥यो । हाम्रो पालिका जलविद्युतको धेरै ठुलो सम्भावना भएको ठाउँ हो । यसमा पनि धेरै युवाले रोजगारी पाउनसक्ने सम्भावना रहेको छ । काम गर्न चाहने युवाहरूका लागि धेरै ठाउँमा अवसर छ । काम गर्न नचाहने युवाहरूलाई त झन् हामीले केही गर्नसक्ने कुरै भएन । युवा स्वरोजगार कार्यक्रम पनि गाउँपालिकामा रहेको छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । गाउँपालिकाका धेरैजसो युवाहरू कृषि पेशामा संलग्न छन् । उत्पादनमा जोडिने युवाहरूलाई बजारीकरणको व्यवस्था गाउँपालिकाले गरिदिन्छ । युवाहरु स्वरोजगार बन्न चाहे भने बिना धितो र बिना ब्याजनै कर्जा दिने व्यवस्था पनि मिलाएका छौं । आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर संभावना बोकेको ठाउँ हो । गाउँपालिकामा आन्तरिक वा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । गाउँपालिकामा पर्यटकीय स्थलहरु घनपोखरा, वीर भक्ति थापा पार्क, स्यागे झरना, जगत तातोपानी कुण्ड, रक गार्डेन, चिप्ला क्यानोनिङ्, बाहुन डाँडा तातोपानी कुण्ड, राष्ट्रकवि माधव प्रसाद घिमिरे जन्मस्थल, बराह पोखरी, डा. हर्क गुरुङ समाधि स्थल, सुरुङ मार्ग, गाईखुरेश्वर महादेव आदि रहेका छन् । गाउँपालिकामा भस्मे तामाङ होमस्टे, सिउरुङ होमस्टे पनि सञ्चालन भएका छन् । कोरोनाको कारणले गाउँपालिकाको पर्यटन क्षेत्रमा ठुलो असर पु¥यायो । पर्यटन विकासको लागि हामीले केही बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकाको आर्थिक विकासको लागि पर्यटकीय क्षेत्र पनि एक हो । पर्यटन पूर्वधारको विकास गरी मठ मन्दिरको निर्माण गर्ने काम गाउँपालिकामा भइरहेको छ । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन होला ? हाम्रो गाउँपालिकामा खासै ठुला उद्योग त छैनन् । सामान्य पानीको फ्याक्ट्री छ । यद्यपी हाम्रो गाउँपालिका उद्योगको बढी सम्भावना बोकेको ठाउँ चाहिँ हो । गाउँपालिकामा स्थानीय नागरिकले सञ्चालन गरेका साना तथा मझौला उद्योगहरू धेरै नै छन् । सबैभन्दा धेरै कर तिर्ने कम्पनी कुन हो नि ? धेरै कर बुझाउने खालका कम्पनी त गाउँपालिकामा छैनन् । बरु पसल र व्यवसायिक कर सङ्कलन हुने गरेको छ । स्थानीय तहमा काम गर्दा के–कस्ता समस्याहरु आइपर्छन् ? सामान्य समस्या आई पर्छ । तर पनि यो हाम्रो स्थानीय सरकार हो । समस्या आए पनि समाधान गरेर हामी अगाडि बढी रहेका छौं । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ? समन्वय गरेरै काम गर्ने गरेका छौं । प्रदेश सरकारले व्यवस्था गरेका प्रतिनिधिका कुराहरू अवलम्बन गर्नुपर्छ । विकास निर्माणको कुरामा पनि हाम्रो समन्वय भएको छ । ठुला–ठुला योजनाहरू हामीले प्रदेश सरकारसँग माग गर्छौं र विकास निर्माणको काम अगाडि बढाउँछौं । हाल गाउँपालिकामा कस्ता योजनाहरुलाई प्राथमिकतामा राख्नुभएको छ ? हामीले पालिकामा पूर्वाधारको विकास निर्माणहरूलाई प्राथमिकतामा राखेका छौं । सामाजिक विकासका कार्यक्रम पनि हामी गर्छाैं । कृषि तथा पशुलाई पकेट क्षेत्रको रूपमा विकास गर्ने कामलाई पनि हामीले प्राथमिकता दिएका छौं । गाउँपालिकामा नागरीकहरु प्रायः कस्ता समस्या लिएर आउँछन् नि ? धेरैजसो त पूर्वाधार विकास, खानेपानी, सडक आदिको समस्या लिएर आउने गरेका छन् । शिक्षामा पनि समस्या आउने गरेको छ । बेलाबेलामा विकास निर्माणको काममा पनि समस्या आउने गरेको छ । तर पनि यी सबै समस्याको समाधान गरी हामी अगाडि बढी रहेका छौं । अब तपाईंको बाँकी रहको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? हाम्रो कार्यअवधी ५ वर्षको हुन्छ । हामीले दिर्घकालिन योजनाहरूको सुरुवात गरेका छौं । कतिपय योजनाको हामी अन्तिम चरणमा पुगेका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । पूर्वाधार विकासको कुरामा पनि हामी अगाडि बढि रहेका छौं ।

बागमतीका स्थानीय तहमध्ये उत्कृष्ट स्वास्थ्यसेवा दिनेमा हाम्रै गाउँपालिका परेको छः अध्यक्ष सिंतान

कोन्ज्योसोम गाउँपालिका प्रदेश नं ३ अन्तर्गतको ललितपुर जिल्लामा पर्ने एउटा सुन्दर एवं रमणीय गाउँपालिका हो । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा निक्कै चर्चित छ । ५ ओटा वडा रहेको यो गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिकरुपले फरक विशेषता बोकेको पाइन्छ । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के-के छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष गोपीलाल सिंतानसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश । सर्वप्रथम कृषि क्षेत्रबाटै सुरु गरौं, गाउँपालिकाले कृषि विकासका लागि के-कसरी काम गरिरहेकाे छ ? हामीले गाउँपालिकामा कृषि विकासको लागि धेरै काम गर्दै आइरहेका छौं । यहाँ मुख्य पेशाको रुपमा कृषि नै रहेको छ । हामीले कृषिका ब्लक कार्यक्रमहरू पनि राखेका छौं । पालिकाको माटो परीक्षण गरेका छौं । उत्पादन हुने अनुसारको वडामा तरकारी फलफुलको विउहरु लागाईएको छ । गाउँपालिकामा पकेट क्षेत्र पनि छुटाएका छौं । तरकारी तथा फलफुका विउ ५० प्रतिशत अनुदानमा वितरण गर्दै आई रहेको छौं । कृषि औजार र हाते ट्रयाक्टर पनि अनुदानको रूपमा वितरण गर्दै आएका छौं । यो वर्षमा ब्लक अनुसार तरकारी खेती गर्ने लाई पनि अनुदानको व्यवस्था मिलाएका छौं । काउली, गोलभेडा खेती गर्ने कृषकलाई गाउँपालिकाले प्लास्टिक टनेलहरू ५० प्रतिशत अनुदानमा दिने गरेको छ । निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक बनाउनु पर्छ भनेर भनिरहेका छौं । पशुपालनका कार्यक्रमहरू पनि अगाडि सारेका छौं । आधुनिक कृषि प्रणालीलाई पनि विशेष जोड दिएका छौं । हाम्रो गाउँपालिकाबाट दैनिक ४ ट्रक तरकारी काठमाडौंमा जाने गर्छ । गाउँपालिकामा धेरै दुध पनि उत्पादन हुने पनि गरेको छ । गाउँपालिकामा कति प्रतिशत नागरिकहरू कृषि पेशामा आवद्ध रहेका छन् ? कोन्ज्योसोम गाउँपालिकामा बढी ग्रामिण क्षेत्रको रुपमा रहेको हुनाले धेरैजसो नागरिकहरु कृषि पेशामा नै आवद्ध छन् । प्रतिशतमै भन्नुपर्दा करिव ९० प्रतिशत भन्दाबढि मानिसहरु कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । गाउँपालिकामा कोरोनाले पुर्याएको असर तथा हाल त्यहाँको अवस्थाका वारेमा पनि छोटकरीमा बताइदिनुस् न ।  विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसले हाम्रो गाउँपालिकामा पनि नराम्रो असर पुर्यायो । कोरोनाको समयमा गाउँपालिकाका नागरिक त्रसित भएका थिए । कोरोनाको समयमा नागरिकलाई धेरै नै सचेत बनायौं । गाउँपालिकामा हामीले क्वारेन्टिन निर्माण पनि गरेका थियौं । शिक्षाका साथै विकास निर्माणका कामहरू पनि त्यो वेला प्रभावित भएको थियो । अहिले भने गाउँपालिकाको अवस्था सामान्य भइसकेको छ । सर्वसाधारणहरू पनि त्रासरहित भएर आफ्नो काम गरिरहनुभएको छ । खेलकुद विकासको लागि गाउँपालिकाले के–कसरी अनि कस्ता योजनाहरू बनाएको छ ? विद्यालयस्तरको खेलकुद प्रतियोगिता गाउँपालिकामा हुने गरेको छ । खेलकुद विकासको लागि हामीले केही बजेट पनि छुट्याउँदै आएका छौं । धेरै युवाहरू खेलकुदमा उत्सुक छन् । हाम्रो गाउँपालिकामा वडास्तरीय खेलकुद प्रतियोगिता पनि हुने गरेको छ । बक्सीङ्ग, भलिवल, टेबल टेनिस, कराँते, फुटबल लगायतका खेलहरू बेलाबेलामा गाउँपालिकामा आयोजना गर्दै आएका छौं । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ नि ? सरकारले बनाएको मापदण्ड अनुसार हामीले शैक्षिक क्षेत्रलाई पनि अगाडि बढाई रहेका छौं । हाम्रो गाउँपालिकामा १७ ओटा विद्यालयहरु रहेका छन् । विद्यालय भवन निर्माण भएका छन् । गुणस्तरीय शिक्षामा हामीले विशेष जोड दिएका छौं । गाउँपालिकामा स्वास्थ्य क्षेत्र विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ? गाउँपालिकाको सबै वडामा स्वास्थ्य चौकी रहेका छन् । १५ सय बेडको अस्पताल निर्माण गर्ने अवधारणा पनि अगाडि सारेका छौं । संघिय सरकारको अनुदान र प्रदेश सरकारको अनुदानमध्ये आएको बजेट मात्र नभएर हामीले एकमुस्ट ६० लाख रुपैयाँ बराबरको बजेट पनि छुट्याएका छौं । कोभिड अस्पताललाई पनि हामीले निरन्तरता दिइरहेका छौं । बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत आयुर्वेदिक अस्पतालबाट पनि सेवा निरन्तर दिइरहेका छौं । बागमती प्रदेशका स्थानीय तहहरुमध्ये उत्कृष्ट स्वास्थ्यसेवा दिनेमा हाम्रै गाउँपालिका परेको छ । प्राथमिक स्वास्थ्य सेवासम्म गाउँपालिकाको सबै नागरिकहरुको पहुँच पुगेको छ । स्वास्थ्य सम्बन्धि ल्याबको पनि स्थापना गरेका छौं । गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरू के–के हुन् नि ? पूर्वाधारका योजनाहरु ९० प्रतिशत सम्पन्न भइसकेका छन् । गाउँपालिकामा बनेका योजनाहरुको भुक्तानी वैशाख अन्तिमसम्म दिइसक्छौं । गाउँपालिकामा सडक निर्माणको कामहरु धेरै रहेका छन् । गाउँपालिकाको भवन निर्माण भइरहेको छ । ४ करोड ५० लाख रुपैयाँ बराबरको बजेटमा गाउँपालिकाको भवन निर्माण भइसक्न लागेको छ । विद्यालय तथा स्वास्थ्य भवनहरुको निर्माण भएका छन् । खानेपानीको योजना पनि गाउँपालिकामा रहेको छ । गौरवका योजनाहरूलाई पनि हामीले प्राथमिकतामा राखेका छौं । २ करोड रुपैयाँको बजेटमा डीपीआर गरेर भ्यु टावर निर्माण भइरहेको छ । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारिक कम्पनी कुन हो ? हाम्रो गाउँपालिकामा ठुला उद्योग त छैनन् मात्र ढुङ्गा, गिट्टि लगायतका साना उद्योगहरु छन् । स्थानीय नागरिकले सञ्चालन गरेका साना तथा मझौला उद्योगहरु पनि छन् । पलिकामा बरु कृषि उद्योग धेरै संख्यामा रहेको छ । कृषकहरूले कुखुरापालन तथा भैँसीपालन लगायतका काम पनि गर्दै आएका छन् । सबैभन्दा धेरै कर तिर्ने कम्पनी चाहिँ कुन् हो नि ? गाउँपालिकामा ठुलो उद्योगहरु नभइसकेपछि धेरै कर तिर्ने कम्पनी पनि हुने कुरै भएन । तरपनि निर्माण व्यवसायहरुबाट भने सामान्य कर संङ्कलन हुने गरेको छ । तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा आएको परिवर्तन बारे केही बताईदिनुस् न पहिलाको तुलनामा त अहिले व्यापक परिवर्तन आएको छ । देखिने खालका कामहरु पनि धेरै भएका छन् । अहिले गाउँपालिका भित्र सडकको विकास भएको छ । खानेपानीको व्यवस्था हुन थालेको छ । गाउँपालिका भित्रका केही सडकहरु पिच पनि भइसकेका छन् । सबै वडामा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना भएको छ । पर्यटन विकासको लागि पनि हामीले जोड दिएका छौं । विद्यालयको भवन निर्माण भएका छन् भने गुणस्तरीय शिक्षाका लागि पनि हामीले विशेष ध्यान दिइरहेका छौं । विकास निर्माणको काम अगाडि बढिरहेको छ । गाउँपालिकामा विकास निर्माणको कामहरू कत्तिको प्रभावकारी भएका छन् ? विकास निर्माणको कामहरू प्रभावकारी र जवाफदेही नै छन् । हामीले आशा गरेअनुसार विकास निर्माणको काम भइरहेको हुनाले हामी खुसी छौं । गाउँपालिकाको सबै वडामा विद्युत् पनि पुगिसकेको छ । स्थानीय तह र प्रदेश सरकार बिचको समन्वय कसरी गरिरहनु भएको छ ? प्रदेश सरकारसँग संविधानले व्यवस्था गरेअनुसारको समन्वय भएको छैन । प्रदेश सरकार आफ्नै कार्यशैलीमा अगाडि बढिरहेको छ । स्थानीय सरकारको कुरा बुझ्ने नीति कार्यक्रम पनि ल्याएको छैन । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ नि ? गाउँपालिकाको आन्तरिक आय धेरै छैन । केन्द्र सरकारको सहयोगमा नै हामीले गाउँपालिकाको विकास निर्माणका कामहरू गर्नुपर्ने हुन्छ । समपुरक बजेट केन्द्र सरकारबाट आउने गरेको छ । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? गाउँपालिकामा रोजगारीका लागि विभिन्न कार्यक्रमहरु राखेका छौं । जनतासँग ‘अध्यक्ष रोजगारी’ कार्यक्रम सञ्चालन गरेका छौं । यहाँका धेरै युवाहरु कृषि पेशामा आबद्ध भएर स्वरोजगार पनि बनेका छन् । केही युवालाई विकास निर्माणको काममा पनि लगाउँदै आएका छौं । युवाहरुले स–साना कृषि उद्योग पनि स्थापना गरेका छन् । गाउँपालिकामा नागरिकहरू प्रायः कस्ता समस्या लिएर आउने गरेका छन् ? धेरैजसो त पूर्वाधार विकास, खानेपानी, सडक आदिको समस्या लिएर आउने गरेका छन् । कोही भने शिक्षा क्षेत्रका समस्या लिएर आउँछन् भने कोही चाहीँ विकास निर्माणको समस्या लिएर आउँछन् । तरपनि त्यस्ता समस्याहरूलाई समाधान गरेर मात्र हामी अगाडि बढ्ने गरेका छौं । तपाईंले चाहेर पनि गर्न नसकेका विकास निर्माणका कामहरू के के होलान् नि ? ठुला आयोजनहरू हामीले चाहेर पनि गर्न सकेका छैनौं । एउटा जिल्लाबाट अर्को जिल्लासम्म पुग्ने सडकहरूको विकास गर्न सकिएको छैन । कम्तीमा एउटा सडकलाई पिच गर्न पाए हुन्थ्यो जस्तो लाग्छ । सडक सबै ठाउँमा पुर्याइयो तर त्यसको उचित व्यवस्थापन गर्न भने समस्या भएको छ । आफ्नो गाउँपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ? हामीले गाउँपालिका भित्रका पर्यटनकीय क्षेत्रको प्रचारप्रसार गरिरहेकै छौं । गाउँपालिकामा पर्यटन पूर्वधारको पनि विकास गरेका छौं । पर्यटन सम्बन्धी व्यवसायमा पनि हामीले जोड दिएका छौं । पर्यटनस्थलको रूपमा पाथीभरा मन्दिर, मनकामना मन्दिरलगायतका स्थानहरु छन् । अब तपाईंको बाँकी रहको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? पहिलो कुरा त यो हो कि सभ्य समाजको निर्माण गर्ने परिकल्पना छ । सबै नागरिकलाई शिक्षाको पहुँचबाट टाढा हुन नदिने, सकारात्मक सोचको विकास गर्ने तथा एउटाले बनाउने अर्कोले भत्काउने जुन खाल्को प्रवृत्ती छ त्यसको अन्त्य गर्ने । यसका साथै स्वास्थ्य, शिक्षा लगायतलाई पनि राम्रो बनाउने योजना छ । कृषिलाई आधुनिकिकरण गर्ने योजना पनि बनाएको छु । यसका साथै पूर्वाधार विकासको काममा पनि कम्मर कस्नेछु ।

सुन्दरहरैचाका नगरपालिकाका युवाले नेपाल बंगलादेश बैंकबाट ऋण पाउने

काठमाडौं । सुन्दरहरैचाका नगरपालिकाका युवाले नेपाल बंगलादेश बैंकबाट ४ प्रतिशत ब्याजमै ऋण(कर्जा) पाउने भएका छन् । नेपाल बंगलादेश तथा सुन्दरहरैंचा नगरपालिकाका बीच उक्त क्षेत्रका युवाहरुले उद्यम गर्न चाहेमा २ लाखदेखि १५ लाख रुपैयाँसम्म ४ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा नगरपालिकाको तर्फबाट नगर प्रमुख शिवप्रसाद ढकाल र बैंकको तर्फबाट प्रदेश १ का प्रमुख कृष्णप्रसाद तिम्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कर्जाका लागि आवश्यक पर्ने फर्म दर्ता, चार किल्ला प्रमाणित, घरबाटो लगायत अन्य सिफारिश नगरपालिकाले निःशुल्क उपलब्ध गराउने भएको छ । सो ऋण पाउनका लागि निवेदकले वडामा निवेदन दिएपछि वडाले नगरपालिकालाई सिफारिश गर्नेछ र त्यसकै आधारमा नगरले बैंकसँग ऋण प्रदानगर्न सिफारिश गर्ने सम्झौतामा उल्लेख छ । ऋण खराब कर्जामा परिणत भए नगरले सो कर्जा उठाउन पहल गर्ने र राज्यले दिने सबै सेवा र सुविधाबाट वञ्चित पनि गर्न सक्ने जानकारी गराएको छ । बैंकका प्रदेश प्रमुख तिम्सिनाले बैंकिङ पहुँच कम भएकाहरुको लागि यो व्यवस्था गरिएको बताए । त्यस्तै, शिक्षित युवा स्वरोजगार शीर्षकमा अधिकतम सात लाख रुपैयाँसम्म ऋण प्रदान गर्ने उनले जानकारी दिए । विदेशबाट फर्किएका युवा, दलित युवा, स्वरोजगार बन्न चाहने युवा र उद्यमी बन्न चाहने महिलाका लागि पनि यो योजना ल्याइएको जानकारी दिए । पुरुषका लागि अधिकतम ४ प्रतिशत र महिलाका लागि अधिकतम ३ प्रतिशत ब्याजदरमा ऋण दिने गरी बैंकसँग सहमति भएको हो । सम्झौतापत्रमा हस्ताक्षर भएको मितिबाट २ वर्षसम्म कायम रहने गरी हस्ताक्षर भएपनि नगरपालिकाको दायित्व कर्जा बहाल रहेसम्म रहने प्रदेश प्रमुख तिम्सिनाले बताए । सम्झौता अवधि समाप्तिपछि दुबै पक्षको आपसी सहमतिमा नवीकरण गर्न पनि सकिने सम्झौतापत्रमा उल्लेख छ ।