गाउँपालिका अध्यक्ष भन्छन् – हाम्रा किसानले प्रोत्साहन र पुरस्कारस्वरुप लाखौं पाउँछन्

नेपालको प्रदेश १ अन्तर्गत मेची अञ्चलको पाँचथर जिल्लामा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय गाउँपालिका हो मिक्लाजुङ गाउँपालिका । ८ ओटा वडा रहेको यस गाउँपालिकामा २४ हजार ६ सय १५ जना मानिसको बसोबास रहेको पाइन्छ । यो गाउँपालिका १ सय ६६ दशमलव ६१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा चर्चित हुनुका साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक रूपले पनि फरक विशेषता बोक्न सफल मानिएको छ । कृषि विकासका लागि गाउँपालिकाले के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा कस्तो भूमिका खेलिरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष अमरराज माखिमसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । सर्वप्रथम कृषिबाटै सुरु गरौं, गाउँपालिकाले कृषिक्षेत्रतर्फ के–कस्ता काम गरिरहेको छ ? कृषि विकासको लागि हामीले धेरै काम गर्दै आएका छौं । पालिकामा कृषकहरूलाई प्रोत्साहन गर्नको लागि उन्नत जातका गाई, भैँसीका पाडा पाडी वितरण गरेका छौं । कृषकहरूको आवश्यकता मध्यनजर गर्दै कृषि विकासको कामहरु अगाडि बढाएका छौं । बिजुली नपुगेका कृषकको घरमा पालिकाको तर्फबाट १ सय ३ ओटा ५० वाटको सोलार वितरण गर्दैछौं । यहाँका धेरै नागरिकहरूले कृषि पेशा नै अँगालेका छन् । धेरै नागरिकहरू कृषि पेशामा आवद्ध भएकाले हामीले पनि पशु र कृषिक्षेत्रलाई नै प्राथमिकतामा राखेका छौं । गाउँपालिकाभित्र भइरहेको परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने हाम्रो लक्ष्य रहेको छ । पालिकाको भूगोल अनुसार ब्लक र पकेट क्षेत्र छुट्याएका छौं भने पालिकामा कृषि समूहहरूको पनि गठन भएको छ । पालिकामा सुन्तला, एभोकाडो, लिच्ची, किवी आदिको पकेट क्षेत्रहरु रहेका छन् । माछापालन गर्ने किसानका लागि १ लाख ५० हजार माछाको भुरा अनुदान स्वरुप वितरण गर्ने योजना छ । पालिकामा माछा पालन गर्नको लागी नागरिकहरुले पोखरी पनि निर्माण गर्दैछन् । सबै वडामा पशु र कृषिको प्राविधिक राखेका छौं । कृषिका नमुना फार्महरु पनि सञ्चालन हुँदै आएका छन् । कृषिका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आइरहेका छन् भने पालिकामा व्यवसायिकरुपमा कृषि खेती पनि हुन थालेको छ । दुध र छुर्पी पनि उत्पादन हुने गरेको छ । किसानहरुलाई आर्थिक रूपमा सबल बनाउने योजना छ । बैदेशिक रोजगारीबाट फर्केका युवालाई रोजगारमूलक बनाउन चाहेका छौं । हामीले कृषकहरूलाई लागत साझेदारीको रूपमा अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । गाउँपालिकालाई समृद्ध बनाउने आधार नै कृषि हो । गाउँपालिकाभित्र तरकारी र फलफूल खेती नै मुख्य रूपमा हुने गरेको छ । कृषकहरूलाई सुलभ दरमा ऋणको व्यवस्था मिलाउनको लागी बैंकसँग समझौता गरेका छौं । पालिकामा ३ ओटा बैंकहरु सञ्चालनमा आएका छन् भने यी बैंकहरुले नै कृषकहरुलाई सुलभ दरमा ऋण दिँदै आएका छन् । गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध छन् होला ? करिब ७५ प्रतिशत नागरिक कृषि पेशामा आबद्ध छन् । नयाँ खोलामा माछा मार्नको लागि बन्देज गरिएको छ । पालिकामा माछा पालनको लागि १ पोखरी बराबर ५ हजार माछाका भुरा दिने हाम्रो योजना छ । माछापालनले नागरिकहरूको आर्थिक वृद्धि हुन्छ भन्ने आशा छ । माछापालन गर्ने कृषकहरुले पोखरीको पनि निर्माण गरिरहेका छन् । बाँझो जमीन नराख्न सवैलाई अपिल गरेका छौं । ४० मुरी धान उत्पादन गर्ने कृषकहरुलाई १ लाख रुपैयाँ पुरस्कार दिन्छौं । ४ फुट उचाई र २० फुट लम्बाई भएको मकाइको थाम राख्ने कृषकले पनि १ लाख रुपैयाँ पुरस्कार पाउँछन् । ३५ मन देखी माथि आलु उत्पादन गर्ने कृषकलाई प्रतिकेजी २० रुपैयाँका दरले प्रोत्साहन गर्दै पनि आएका छौं । कृषकलाई पुरस्कार दिने कार्यक्रमको कार्यविधि नै बनाएका छौं र यो निरन्तर चलिरहन्छ । कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, संक्रमण दरलाई न्यूनिकरण गर्नको लागि के–कस्तो भूमिका खेल्दै हुनुहुन्छ ? हामीले गत साल पनि पालिकामा ५५ बेडको क्वारेन्टिनको स्थापना गरेका थियौं भने हाल यही क्वारेन्टिनलाई सुचारुमा ल्याउने योजना छ । हाल हामीले ५ बेडको कोभिड अस्पताल पनि निर्माण गरेका छौं । यो अस्पतालमा ५ बेडसम्मको अक्सिजन सहितका आइसोलेसन कक्ष रहेको छ । कोभिडको लागि उपचार गर्ने १ जना डाक्टर अनि २ जना स्वास्थ्यकर्मी छन् । नागरिकहरूलाई स्वास्थ्य मापदण्ड अपनाउनको लागि अपिल गरेका छौं । हामीले भोजभतेर, आमसभाका नाममा धेरै भिडभाड नगर्न पनि आग्रह गरेका छौं । एक करोड रुपैयाँको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष (कोरोना कोष) स्थापना गरेका छौं । पालिकामा प्रवेश गर्दा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै पालिकाले सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरेको छ । संक्रमण दर गत सालभन्दा भयावह भइरहेको छ । कोरोनाको प्रभाव खासै नपरे तापनि कोरोना न्यूनिकरण गर्नको लागि पूर्वतयारीमा जुटेका छौं । कोभिडको बिरामीहरूलाई पालिकामा नै उपचार गर्ने तयारी छ । यस समयमा बाहिरी जिल्लाबाट पालिकामा प्रवेश गर्ने नागरिकहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागि अपिल गरेका छौं । मास्क क्वारेन्टिनभन्दा होम क्वारेन्टिनलाई जोड दिएका छौं । पीसीआर परीक्षण पालिकाले निःशुल्क गर्ने व्यवस्था मिलाएको छ । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आएको छ त ? शैक्षिक विकासको लागि भनेर हामीले शिक्षा ऐनको निर्माण गरेका छौं । शिक्षा नियमावली, कार्यविधि तथा निर्देशिका बनाएका छौं । यो दायरा भित्र बसेर हामीले शिक्षाको गुणस्तरलाई माथि ल्याउनुपर्छ भनेर जोड पनि दिएका छौं । हाल कोभिडको कारणले पालिकाका शैक्षिक क्षेत्रहरू सबै बन्द भएका छन् । कोरोनाको कारणले शैक्षिक क्षेत्रलाई असर पुर्याए पनि शैक्षिक गुणस्तरलाई हामीले विशेष जोड दिइरहेका छौं । विद्यालयहरूको भौतिक सुधारको कार्यक्रम गरिरहेका छौं । गरिब, जेहेन्दार तथा विपन्न बालबालिकालाई छात्रवृत्ती दिने कार्यक्रम पनि रहेको छ । गाउँपालिकामा बाल विकास केन्द्रलाई पनि विशेष जोड दिएका छौं । परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । पहिलेको तुलनामा त गाउँपालिकाको शिक्षा क्षेत्रमा परिवर्तन आएको छ । गाउँपालिकामा केही विद्यालयका भवनहरू निर्माण भएका छन् भने केही भवनहरू बन्ने क्रममा रहेको छ । क्याम्पसका आधुनिक भवनहरू पनि निर्माण गरेका छौं । तपाईंहरु निर्वाचित भएर आएको करिब ३ वर्ष पूरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के–कति पूरा भए अनि कति बाँकी छन् होला ? हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेका कुराहरु पूरा गर्न सफल भएको महशुस गरेको छु । यो हामीले मात्र नभएर आम नागरिकहरूले महशुस गर्ने कुरा पनि हो । पूर्वाधार विकास, पर्यटन विकास, शैक्षिक सुधार आदिको काम गर्ने भनेर हामीले घोषणापत्रमा लेखेका थियौं । हामी निर्वाचित नहुँदा पालिकामा बिजुली आइपुगेको थिएन । पालिकामा भौतिक पूर्वधारहरु थिए भने हाल पूर्वधारको निर्माण पनि भएको छ । पालिकाको भवन थिएन । हाल पालिकाको भवन ४ करोड ५० लाख रुपैयाँको लगतमा निर्माण भइरहेको छ । अस्पताल निर्माण गर्नको लागि भर्खरै पालिकाले १ करोड ४० लाख रुपैयाँको टेन्डर पनि हालेको छ । वडा कार्यालयहरु निर्माण गर्नको लागी टेन्डर पनि आह्वान गरेका छौं । दीर्घ रोगीहरुलाई वार्षिक २० हजार रुपैयाँ दिने नीति पनि ल्याएका छौं । बालबालिकालाई १ वर्षसम्म माशिक ५ सय रुपैयाँ पोषण भत्ता दिने व्यवस्था मिलाएका छौं । पालिकाले ४ वर्ष देखी यता पोषण भत्ता वितरण गर्दै आएको छ । पूर्वाधारको विकासमा पनि हामीले जोड दिइरहेका छौं । घोषणापत्रमा लेखेको कुराले मात्र पालिकाको विकास हुँदैन । हामीले गर्छौं भनेको कुराबाहेक अन्य विभिन्न कुराहरू पनि महत्वपूर्ण हुन सक्छन् भन्ने ठानेर समग्र पालिकाको विकास निर्माणमा जुटेका छौं । पालिकाको खोलानालामा झोलुङ्गे पुल पनि धेरै संख्यामा निर्माण भएका छन् । खेलकुद विकासको लागि पनि हामीले जोड दिइरहेका छौं । तपाईंको पालिकामा सडक सञ्जालको अवस्था कस्तो छ ? यो आर्थिक वर्षभित्र पालिकामा ३० किलोमिटर सडक ग्राबेल भएको छ । यो आर्थिक वर्ष सकिँदा पालिकामा ६० किलोमिटर सडक ग्राबेल भइसक्छ । पालिकामा बिजुली पनि निकालेका छौं । पालिकामा कृषि सडकहरू धेरै छन् । पालिकाको ३ र ४ नं. वडामा पनि टेन्डर प्रक्रियाबाट सडक ग्राबेलको काम सुरु भई निरन्तर रूपमा अगाडि बढिरहेको छ । ३५ लाख रुपैयाँको बजेटमा यो सडकलाई ग्राबेल गर्न सुरु गरिएको हो । ग्राबेल गरेका सडकहरु मात्र पालिकामा बाह्रै महिना सञ्चालन हुने अवस्थामा छ । सबै वडामा सडक पुगे पनि कच्ची सडक पालिकामा धेरै छन् । पालिकाका केही सडकको स्तरोन्ती पनि गरेको छ । तपाईंको पालिका पर्यटकीय स्थल भनेर चर्चित छ, आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हाम्रो पालिका प्राकृतिक सम्पदाहरूले सजिएको गाउँ पनि हो भने यहाँ पर्यटकीयस्थलहरु पनि धेरै छन् । पर्यटन विकासको लागि पर्यटन पूर्वाधार तयार पारेका छौं । पर्यटन विकासको लागि हामीले विशेष जोड दिइरहेका छौं । धार्मिक र पर्यटकीय हिसाबले हाम्रो गाउँपालिका महत्वपूर्ण मानिन्छ । पालिकामा रहेको मठमन्दिरको संरक्षण गरी मन्दिरको निर्माण गरिरहेका छौं । परम्परागत संस्कृतिको संरक्षणतर्फ पनि हाम्रो विशेष ध्यान पुगेको छ । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं तर हाल कोभिडको कारणले पालिकाको पर्यटन क्षेत्र प्रभावित भएका छ । ‘कृषि, पर्यटन र पूर्वाधार समृद्ध मिक्लाजुङको आधार’ भन्ने नारा त्य गरेका छौं । नेपालको नै सबै भन्दा ठूलो बुद्धको मूर्ति पालिकामा निर्माण गरेका छौं । मिक्लाजुङ डाँडा, जरीबुट्टे डाँडा, छालासुक्वा डाँडा, कमल पोखरी, यबराङ छांगा, हिले पोखरी, गोजुला भोजुला ताल, नागिडाँडा आदि पर्यटकीय स्थलको रूपमा निक्कै चर्चित छन् । गाउँपालिकाले विकासको लागि कुन क्षेत्रलाई बढी प्राथमिकता राखेको छ ? हामीले विद्युत्, खानेपानी, यातायात, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेका छौं । कृषिको विकासको लागी पनि हाम्रो विशेष पहल रहेको छ । गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? युवाहरू कृषि उत्पादनसँग जोडिनु पर्छ भनेर हामीले जोड दिएका छांै । पालिकामा युवाहरूले व्यवसायिक खेती गरी रोजगार पनि बनिरहेका छन् । बाँझो जमीन भएको जग्गामा बङ्गुरपालन, कुखुरापालन गर्नको लागि युवाहरूलाई प्रोत्साहन गर्दै आएका छौं । हामीले युवाहरूलाई कृषिको तालिम पनि दिँदै आएका छौं । युवाहरूलाई धेरैभन्दा धेरै उत्पादन गरी बजार नपाएको अवस्थामा हामीले नै बजार व्यवस्थापन गरिदिन्छौं भनेका छौं । पालिकामा कोल्डस्टोर निर्माण गरेका छौं । युवालाई अनुदान दिने र केन्द्र सरकारले बनाएको नीति अनुसार बैंकमार्फत सुलभ दरमा ऋण दिने व्यवस्था पनि मिलाएका छौं । युवाप्रति लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम लागु भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गरिबीका रेखामुनी रहेका र बेरोजगार युवाहरू मात्र छनोट भएका छन् । यस रोजगार कार्यक्रम अन्तर्गत धेरै मानिसहरुले रोजगारी पाएका छन् । कर्मचारी र जनप्रतिनिधिहरू बिचको सम्बन्ध कस्तो छ नि ? कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध सुमधुर रहेको छ । कर्मचारीको सहयोगले गर्दा पालिकालाई समृद्ध बनाउन ठुलो टेवा पुगेको छ । जनप्रतिनिधि र कर्मचारीको सामूहिक भावनाले मात्रै पालिकाको समग्र विकास गर्न सकिन्छ । सम्बन्ध राम्रो भएको कारण विकास निर्माणको कामले पनि तिव्रता पाएको छ । हालसम्म कर्मचारी र जनप्रतिनिधिको मनमुटाब भएको छैन । जनताको सेवाको लागी तत्पर रहन सबै कर्मचारीहरूलाई आग्रह गरेको छु । कर्मचारीको सहयोगमा नै विकास निर्माणको काम अगाडी बढाउने हो । तपाईंको कार्यकालमा भएको सबैभन्दा ठुलो उपलब्धि केलाई ठान्नुहुन्छ ? विपन्न गरिब कृषकहरूलाई पुरस्कार दिन पाइएको छ । नेपालकै अग्लो बुद्ध मूर्ति निर्माण गरेका छौं । पालिका भित्र रहेका दीर्घ रोगीहरूलाई वार्षिक २० हजार रुपैयाँ दिँदै आएका छौं । टुकी बत्ति मुक्त गरी बजुली नपुगेका नागरिकको घरमा सोलार बत्ती वितरण गरेका छौं । यति गर्न सक्नु पनि हाम्रो कार्यकालको सबै भन्दा ठूलो उपलब्धि हो जस्तो लाग्छ । ३ सय रोपनी निःशुल्क जग्गा पालिका र राज्यको नाममा ल्याउन सफल भएका छौं । शिक्षा क्षेत्रको विकास पनि मेरो कार्यकालको ठुलो उपलब्धि हो भन्न सकिन्छ । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । पालिकाका विकास निर्माणको कामहरू योजना बनाएर नै गरिरहेका छौं । सडकहरूको स्तरोन्नती गर्दै पिच गर्ने योजना छ । जनताको आर्थिक स्थिति सुधार गर्नको लागि कृषि र पशुको क्षेत्रलाई विकास गर्ने प्रयासमा छौं । नागरिकको जीवनस्तरलाई उकास्ने र पछाडि परेका टोलक्षेत्रलाई विकास गर्ने सोचमा पनि छु । प्रत्येक घरमा बिजुली पुर्याउने पनि हाम्रो लक्ष्य रहेको छ । खानेपानीको स्रोतलाई परिचालन गरी नागरिकको घरसम्म खानेपानी पुर्याउनु पर्ने छ । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरूबाट लाभ लिइरहन सकुन् भन्ने चाहना छ । हामीले पालिकास्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा विशेष जोड दिएका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामी ध्यान दिइरहेका छौं । अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? सधै नै नागरिकहरूकोे सहयोगको अपेक्षा गर्छु । अपेक्षा गरेअनुसार नै सहयोग पाएकोले पनि विकास निर्माणको काम अगाडि बढ्न सकेको छ । मलाई लाग्छ पालिकाले गरेको कामबाट सम्पूर्ण नागरिकहरू सन्तुष्ट छन् । नागरिकको सन्तुष्ट मापनलाई अझ बढाउन चाहन्छौं । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । सबै नागरिकहरूलाई स्वास्थ्यमा विशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरूलाई पनि बचाऔं भन्न चाहन्छु ।

भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनुनै मेरो कार्यकालको ठुलो उपलब्धि हो – गाउँपालिका अध्यक्ष शेरचन

नेपालको गण्डकी प्रदेशअन्तर्गत मुस्ताङ जिल्लामा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय गाउँपालिका हो थासाङ गाउँपालिका । ५ ओटा वडा रहेको यस गाउँपालिकामा वि.सं. २०६८ को जनगणनाअनुसार २ हजार ९ सय २० जना मानिसको बसोबास रहेको पाइन्छ । यो पालिका परापूर्व कालदेखि नै केही न केही विशेषताले चर्चामा आएको पाइन्छ । यस गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा चर्चित हुनुका साथै ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक रूपले पनि फरक विशेषता बोक्न सफल मानिएको छ । यस गाउँपालिकामा कृषि विकासका लागि के–कसरी काम हुँदै आएको छ, पालिकाले कोरोना संक्रमण दरलाई न्यूनिकरण गर्न के–कस्तो भूमिका खेल्दै छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, संक्रमण दरलाई न्यूनिकरण गर्नको लागि के–कस्तो भूमिका खेल्दै हुनुहुन्छ ? कोरोनाको संक्रमण पालिकामा पनि बढ्दो छ । हाम्रो पालिकाकाबाट अरू पालिकामा जोडिने सडक भएकाले हाम्रो पालिका कोरोना भाइरसको उच्च जोखिममा छ । सबैले आ–आफ्नो क्षेत्रमा हेल्थडेक्स तथा क्वारेन्टिन स्थापना गर्नुपर्छ भनी जानकारी गराएका छौं । पालिकाका केही नागरिकहरूलाई कोरोना संक्रमण पनि भएको छ । पालिकामा प्रवेश गर्दा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं । संक्रमण रोक्नका लागि बजार, विद्यालय तथा विभिन्न संघ संस्थाहरूमा भिडभाड कम गर्न आग्रह गरेका छौं । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै पालिकाले सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरेका छौं । संक्रमण दर गत सालभन्दा भयावह भइरहेको छ । पालिकामा पनि कोरोनाको संक्रमण बढ्न थालेपछि पूर्वतयारी गर्नमा पनि जुटेका छौं । यस समयमा बाहिरी जिल्लाबाट पालिकामा प्रवेश गर्ने नागरिकहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागि अपिल गरेका छौं । हामिले मास्क क्वारेन्टिनलाई भन्दा होम क्वारेन्टिनलाई जोड दिएको छांै । पूर्वातयारी गरेन भने पालिकमा पनि यो रोगको नियन्त्रण गर्न नसक्ने अवस्था हुन्छ जस्तो मलाई लाग्छ । तपाईंहरुको पालिका पर्यटकीय स्थल भनेर चर्चित छ, आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हाम्रो गाउँपालिका प्राकृतिकरूपले निक्कै सुन्दर छ भने यहाँ पर्यटकीयस्थलहरु पनि धेरै छन् । पालिका मात्र नभई समग्र मुस्ताङ जिल्ला नै एउटा पर्यटकीय स्थल हो । पालिकामा पर्यटकीय गन्तव्यहरू निक्कै छन् । पर्यटन विकासको लागि पर्यटन पूर्वाधार तयार पारेका छौं । सेकुङ ताल, भुछर्ताे ताल, टिटि ताल, धौलागिरि आइसफल, गुरुसाङबो गुफा, बौद्ध गुम्बा, खर्क आदि पालिकाको पर्यटकीय स्थलहरू हुन् । पर्यटन विकासको लागि हामीले विशेष जोड दिइरहेका छौं । धार्मिक र पर्यटकीय हिसाबले हाम्रो गाउँपालिका महत्वपूर्ण मानिन्छ । स्थानीय नागरिकहरूले होमस्टे तथा होटेल व्यवसाय पनि सञ्चालन गर्दै आएका छन् । पालिकामा रहेको मठमन्दिरको संरक्षण गरी मन्दिरको निर्माण गरिरहेका छौं । परम्परागत संस्कृतिको संरक्षणतर्फ पनि हाम्रो विशेष ध्यान रहेको छ । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं तर हाल कोभिडको कारणले पालिकाको पर्यटन क्षेत्र प्रभावित भएको छ । तपाईंहरु निर्वाचित भएर आएको करिब ३ वर्ष पूरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के–कति पूरा भए अनि कति बाँकी छन् होला ? हो, हामी निर्वाचित भएर आएको ३ वर्ष पुरा भयो । हामी पालिकामा निर्वाचित भएर आउँदा प्रशासनिक भवन नभएर केही समस्या थियो भने कर्मचारीको अभावले विकास निर्माणको काम गर्न पनि जटिल भएको थियो । हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेका कुराहरू करिब करिब पूरा गर्न सफल भएका छौं । राज्यले दिएको सिंहदरबारको अधिकार स्थानीय तहमा भन्थे तर यो अधिकार पालिकामा लागु हुनसकेको छैन । प्रदेश र संघले आफ्नै तरीकाले काम गरिरहेको छ तर पनि पालिकामा सोचेको जस्तो काम हुन सकेको छैन । कर्मचारी र जनप्रतिनिधिहरू बिचको सम्बन्ध कस्तो छ नि ? कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध सुमधुर रहेको छ । वास्तवमै, जनप्रतिनिधि र कर्मचारीको सामूहिक भावनाले मात्रै पलिकाको विकास निर्माणको काम देखि लिएर अन्य काम गर्न सकिन्छ । हालसम्म कर्मचारी र जनप्रतिनिधिको मनमुटाब भएको छैन । जनताको सेवाको लागि तत्पर रहन सबै कर्मचारीहरूलाई आग्रह गरेको छु । कर्मचारीको सहयोगमा नै विकास निर्माणको काम अगाडी बढाउने हो । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आएको छ त ? पालिकामा शैक्षिक क्षेत्रको अवस्था नाजुक रहेको छ । तरपनि हामीले शैक्षिक सुधारको लागि विशेष पहल गरिरहेका छौं । कोरोनाको कारण गाउँपालिकाका सबै विद्यालयहरू बन्द गरिएको छ । कोरोनाको समयमा पनि पालिकाको परीक्षा सञ्चालन भएको थियो । अहिले बालबालिकालाई विद्यालयमा उपस्थिति गराएर पठनपाठन सञ्चालन गर्न समस्या छ । प्राविधिक शिक्षालाई पनि हामीले विशेष जोड दिइरहेका छौं । विद्यालयहरूका भौतिक सुधारको कार्यक्रम गर्दै आएका छौं । शैक्षिक सुधारको लागि हामीले विशेष जोड दिएका छौं । परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । गाउँपालिकामा केही विद्यालय भवनहरू पनि निर्माण भएका छन् । तपाईंको कार्यकालमा भएको सबैभन्दा ठुलो उपलब्धि केलाई ठान्नुहुन्छ ? भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रको विकास नै मेरो कार्यकालको ठुलो उपलब्धि हो भन्न सकिन्छ । विकास निर्माण गरेअनुसार उपलब्धि पनि राम्रो नै भएको छ । कृषि विकासका लागि पालिकाले के–कसरी काम गर्दै आएको छ ? हामीले कृषि विकासको लागि धेरै काम गर्दै आएका छौं । पशुपालन तर्फ पनि हामीले जोड दिएका छौं । पशु सुधार कार्यक्रम पनि सञ्चालन गरेका छौं । यहाँका नागरिकहरूले भैँसी तथा याक पाल्दै आएका छन् । कृषि विकासको लागि भनेर केही बजेट पनि छुट्याएका छौं । यो वर्ष पालिकाले भैँसी र याक खरिद गरी नागरिकलाई अनुदान स्वरूप वितरण गर्ने भन्ने हाम्रो योजना रहेको थियो । कोभिडको कारण यो कामको पनि टेन्डर प्रक्रियामा अगाडि बढ्न सकेन । वडाहरू आफैं जिम्मेवार भएर यो प्रक्रियालाई अगाडि बढाउने हो कि भन्ने हाम्रो योजना रहेको छ । यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । हाम्रो पालिकामा विभिन्न अनुदानको कार्यक्रमहरू पनि रहेको छ । पालिकामा विभिन्न जडिबुटि तथा अलैँची खेती हुने गरेको छ । तपाईंको पालिकामा सडक सञ्जालको अवस्था कस्तो छ ? पालिकमा केही ठाउँमा सडक सञ्जाल पुग्न बाँकी छ । पालिकाको सडक पिच गर्न लागेका छौं तर मौसम खराब भएको कारण पिचको काम सुरुहुन सकेको छैन । लेदे देखि घाँससम्मको सडक राम्रो छ । म्याग्दी जिल्ला र मुस्ताङ जिल्लाको बोर्डरमा सडक बनाइयो तर बर्खाको समयमा भत्केर समस्या भएको छ । त्यस ठाउँमा सडक निर्माण पनि नहुने अवस्था छ । खोलामा पुल निर्माण नभएको कारण यातायात सञ्चालन गर्न पनि समस्या भएको छ । सबै वडामा सडकको विकास गर्ने योजना बनाएको पनि छु । पालिकामा केही सडकहरू ग्राबेल पनि भएका छन् भने कतिपय सडकको स्तरोन्नती पनि गरेका छौं । गाउँपालिकाको सडकहरू बाह्रै महिना सञ्चालन हुने अवस्था छैन । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । पालिकालाई सकेसम्म राम्रो बनाउँछु, विकास निर्माणको काम धेरै गरौंला भन्ने थियो तर कोरोनाको कारणले आफूले चाहेको जति काम गर्न सक्ने अवस्था छैन । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरूबाट लाभ लिइरहन सकून् भन्ने चाहना छ त्यसका लागि जनताको चाहना र आवश्यकता पूरा गर्न कम्मर कसेरै लागिपरेको छु । हामीले पालिकास्तरको योजना तयार पारेका छौं । ती योजना पूरा गर्नमा हामीले विशेष जोड दिएका छौं । हामीले भौतिक पूर्वाधारको विकासमा पनि जोड दिइरहेका छौं । निर्माणाधीन विकास निर्माणको कामहरू सम्पन्न गर्नुपर्ने छ । अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । सबै नागरिकलाई आ–आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुहोस् र त्यसैगरी स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड पनि अपनाउनुहोस् भन्न चाहन्छु । पहिले आफू बाँचौं र अरूलाई पनि बचाऔं, विकास निर्माणको काम त अर्को वर्ष पनि गर्न सकिन्छ ।

पालिकाले करोडौं रुपैयाँ खर्च गरी घर घरमा बिजुली पुर्याउने काम गरिरहेको छ – अध्यक्ष अधिकारी

सुनकोशी गाउँपालिका प्रदेश १ अन्तर्गतको ओखलढुङ्गा जिल्लामा पर्ने भौगोलिक विविधतामा एकता कायम रहेको, प्राकृतिक हिसाबले निकै सुन्दर र विकासका अनेक सम्भावनाहरू भएको गाउँपालिका हो । १० ओटा वडा रहेको यस गाउँपालिका १ सय ४३ दशमलव ७५ वर्ग किलोमिटरसम्म फैलिएको छ । यस गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा चर्चित हुनुका साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक रूपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । यस गाउँपालिकामा कृषि विकासका लागि के–कसरी काम हुँदै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष रुद्र प्रसाद अधिकारीसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानी । सर्वप्रथम कृषिबाटै सुरु गरौं, गाउँपालिकाले कृषिक्षेत्रतर्फ के–कस्ता काम गरिरहेको छ ? यहाँका धेरै नागरिकहरूले कृषि पेसा नै अँगालेका छन् । धेरै नागरिकहरू कृषि पेशामा आवद्ध भएकाले हामीले पनि पशु र कृषिक्षेत्रलाई नै प्राथमिकतामा राखेका छौं । गाउँपालिकाभित्र भइरहेको परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने हाम्रो लक्ष्य रहेको छ । पालिकाको भूगोल अनुसार ब्लक र पकेट क्षेत्र छुट्याएका छौं भने पालिकामा कृषि समूहहरूको पनि गठन भएको छ । पालिकामा १६ ओटा पकेट क्षेत्रहरू रहेका छन् । कृषिका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आइरहेका छन् भने पालिकामा व्यवसायिकरुपमा कृषि खेती पनि हुन थालेको छ । पालिकामा कृषकलाई सहयोग गर्ने कार्यक्रम पनि रहेको छ । हामीले पालिकामा सुरुको चरणमा प्लास्टिक टनेल र कृषकलाई आवश्यक पर्ने सामानहरू वितरण गरेका थियौं तर गत सालको लकडाउनबाट यो कार्यक्रम पनि स्थगित भएको छ । कृषकहरूलाई व्यवसायिक बनाउने किसानको आर्थिक रूपमा सबल बनाउने तथा बैदेशिक रोजगारबाट फर्केका युवालाई रोजगारीमूलक बनाउने भनेर अगाडि बढि रहेका छौं । पालिकामा यो २ वर्ष भित्र ५० ओटा व्यवसायिक फार्महरू दर्ता भएका छन् र यी फार्महरू निरन्तररूपमा सञ्चालन हुँदै आएका छन् । हामीले कृषकहरूलाई लागत साझेदारीको रूपमा अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । कृषिका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आइरहेका छन् भने पालिकामा व्यवसायिक रूपमा कृषि खेती पनि सुरु हुन थालेको छ । कृषिलाई निर्वाहमुखी मात्र नभएर व्यवसायिक बनाउनु पर्छ भनेर किसानहरूलाई प्रोत्साहन पनि गर्दै आएका छौं । गाउँपालिकालाई समृद्ध बनाउने आधार नै कृषि हो । गाउँपालिकाभित्र तरकारी र फलफूल खेती नै मुख्य रूपमा हुने गरेका छन् । गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध छन् होला ? यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । पालिकाको मुख्य पेशा खेती किसानी भएको कारण यहाँ प्राय सबै नागरिकले कृषि पेशा नै अँगालेका छन् । हामीले राम्रो कृषि उत्पादन गर्ने किसानलाई प्रोत्साहन स्वरूप सहयोग गर्ने गरेका छौं । कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, संक्रमण दरलाई न्यूनिकरण गर्नको लागि के–कस्तो भूमिका खेल्दै हुनुहुन्छ ? गाउँपालिकामा स्वास्थ्यचौकीहरु धेरै छैन् र अस्पतालहरू बनाउने तयारीमा लाग्दै छौं । पूर्वाधारको समस्या पनि रहेको छ तर पनि नागरिकहरूलाई स्वास्थ्य मापदण्ड अपनाउनको लागि अपिल गरेका छौं । हामीले भोजभतेर आमसभा, धेरै मानिहरु भिडभाड नहुन पनि आग्रह गरेका छौं । पालिकामा प्रवेश गर्दा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं । संक्रमण विस्तार रोक्न बजार, विद्यालय, विभिन्न संघ संस्थाहरूमा भिडभाड कम गर्न पनि आग्रह गरेका छौं । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै पालिकाले सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरेका छौं । गत वर्ष हामीले १ सय बेड बराबरको क्वारेन्टिन स्थापना पनि गरेका थियौं । हाल पनि हामीसँग क्वारेन्टिन व्यवस्थापन गर्नको लागि आवश्यक सामाग्रहरु रहेको छ र ५ बेडसम्मको अक्सिजन सहितको अस्थायी कोभिड अस्पताल निर्माणको पनि तयारीमा लागेका छौं । संक्रमण दर गत सालभन्दा भयावह भइरहेको छ तर हालसम्मको अवस्थालाई मध्यनजर गर्दा भने यस पालिकामा कोरोनाको प्रभाव खासै रहेको छैन । कोरोनाको प्रभाव नपरे तापनि कोरोना न्यूनिकरण गर्नको लागि पूर्वतयारी अवस्थामा जुटेका छौं । कोभिडको बिरामीहरूलाई पालिकामा नै उपचार गर्ने तयारीमा छौं । यस समयमा बाहिरी जिल्लाबाट पालिकामा प्रवेश गर्ने नागरिकहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागि अपिल गरेका छौं । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आएको छ त ? हाम्रो पालिकामा ४० ओटा सामुदायिक विद्यालयहरू रहेका छन् । भूकम्पले गर्दा पालिकाका सबै विद्यालयहरू तहसनहस् भएका थिए । यी विद्यालयको पुनः निर्माण गर्न पनि पालिका लागि परिरहेको छ । पालिकाका ७० प्रतिशत विद्यालयको भवन निर्माणको काम पुरा गर्ने चरणमा छौं । प्राविधिक शिक्षालाई पनि हामीले विशेषे जोड दिइरहेका छौं । विद्ययार्थीहरुलाई निरन्तर विद्यालयमा पठाउनका लागि अभिभावकहरूलाई जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम पनि चलाइरहेका छौं । विद्यालयहरूका भौतिक सुधारको कार्यक्रम गरिरहेका छौं । गरिब, जेहेन्दार तथा विपन्न बालबालिकालाई छात्रवृत्ती दिने कार्यक्रम पनि रहेको छ । शैक्षिक सुधारको लागि हामीले विशेष जोड दिएका छौं । गाउँपालिकामा बाल विकास केन्द्रलाई पनि विशेष जोड दिई परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । प्रविधि मैत्री शिक्षा हुनु पर्छ भने पनि हामी लागि परेका छौं । विद्यालयलाई आर्थिक सहायता देखि शिक्षकको तलब व्यवस्थापन पनि गरेका छौं । तपाईंहरु निर्वाचित भएर आएको करिब ३ वर्ष पुरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के–कति पुरा भए अनि कति बाँकी छन् होला ? हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेभन्दा धेरै कामहरू पुरा गर्न सफल भएका छौं । विगतका दिनमा पनि राजनैतिक पार्टी र सामाजिक क्षेत्रमा काम गरिरहेको मान्छे हौं । त्यस कारणले गर्दा हामीले काम नै गर्न नसक्ने कुराहरू घोषणा पत्रमा लेखेको थिएनौं । काम गर्न सक्ने कुराहरूमा मात्र हामीले प्रतिबद्धता गरेका थियौं । कोभिडको संक्रमण नबढेको भए सायद घोषणापत्रमा लेखेको काम भन्दा धेरै पुरा गर्ने थियौं होला । पर्यटन विकास, शैक्षिक सुधार आदिको काम गर्ने भनेर हामीले घोषणापत्रमा लेखेका थियौं । पूर्वाधारको विकासमा पनि हामीले जोड दिइरहेको छौं । केही कामहरू त बाँकी पनि रहेको छ तर हाम्रो कार्यअवधी सकिदा बाँकी कामहरू पनि सक्छौं भन्ने आशा रहेको छ । घोषणापत्रमा लेखेको कुराले मात्र पालिकाको विकास हुँदैन । हामीले गर्छौं भनेको कुरा बाहेक अन्य विभिन्न कुराहरू पनि महत्वपुर्ण हुन सक्छन् भन्ने ठानेर समग्र पालिकाको विकास निर्माणमा जुटेका छौं । हामी निर्वाचित नहुदा कुनै पनि घरमा केन्द्रीय प्रसारणको लाइन पुगेको थिएन, अब केही समय पछि पालिकाको धेरै घरमा बिजुली पर्याउन पनि सफल हुने छौं । पालिकाले करोडौं रुपैयाँ खर्च गरी घर घरमा बिजुली पुर्याउने काम गरिरहेको छ । तपाईंको पालिकामा सडक सञ्जालको अवस्था कस्तो छ ? हामी निर्वाचित हुँदा पालिकाको धेरै ठाउँमा सडक पुगेको थिएन भने यातायात सञ्चालन हुन पनि समस्या थियो । हाल पालिकाको सबै ठाउँमा सडक पहुँच पुगेको छ । पालिकाका सबै नागरिकहरूको घरको नजिकैबाट सवारीको प्रयोग गर्न सक्छन् । सबै वडामा सडक पुगे पनि कच्ची सडक पालिकामा धेरै रहेका छन् । पालिकाको कुनै पनि सडक पिच भएको छैन पिचको लागी संघीय र प्रदेश सरकारसँग अनुरोध गरेका छौं । पालिकाका केही सडकको स्तरोन्ती पनि गरेका छौं । तपाईंहरुको पालिका पर्यटकीय स्थल भनेर चर्चित छ, आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हाम्रो पालिका पर्यटनको प्रचुर मात्रमा सम्भावना बोकेको ठाउँ हो । स्थानीय तहमा स्रोत र साधनको अभाव छ । प्रदेश र संघीय सरकारले आफ्नै तरीकाले काम गर्ने भएको कारणले गर्द स्थानीय तहमा समस्या भएको छ । प्रदेश र संघले धेरै काम र बजेट देखाउने स्थानीय तहले बजेट छनोट गरी काम गर्ने परिस्थिति नै छैन । पालिकामा पर्यटकीयस्थलहरु पनि धेरै रहेको छ तर पनि हामीले पर्यटन विकासको लागि धेरै काम गर्न सकेका छैनौं । प्राकृतिक संरक्षणमा हामी लागि त परेका छौं तर अपेक्षा गरे अनुसार हामीले पर्यटन विकास गर्न सकेका छैनौं । यहाँका ककनी झरना, काली गुफा पर्यटकीय गन्तव्यको रूपमा चर्चित छन् । हाम्रो गाउँपालिका प्राकृतिकरूपले निक्कै सुन्दर छ । पर्यटन विकासको लागि पर्यटन पूर्वाधार तयार पारेका छौं । पर्यटन विकासको लागि हामीले विशेष जोड दिइरहेका छौं । गाउँपालिकाले विकासको लागि कुनक्षेत्रलाई बढी प्राथमिकता राखेको छ ? हामीले विद्युत्, खानेपानी, यातायात, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेका छौं । कृषिको विकासको लागी पनि हाम्रो विशेष पहल रहेको छ । गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? युवाहरू प्रति लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम लागु भएको छ । यस रोजगार कार्यक्रम अन्तर्गत धेरै मानिसहरुले रोजगारी पाएका छन् । यो रोजगारमा काम गर्ने युवाहरुले दिनमा ५ सय रुपैयाँ प्रप्त गर्छन् । बाध्यात्मक परिस्थिति बाध्यात्मक एन कानुको निर्माण गरी निर्देशकता खालको संघीय सरकाले संरचना पठाउँछ । रोजगारीको कुरा पनि बजेटसँग नै जोडिँदो रहेछ तर पलिकामा बजेटको कमीे छ । युवाहरू कृषि उत्पादनसँग जोडिनु पर्छ भनेर हामीले जोड दिएका छांै । पालिकामा युवाहरूले व्यवसायिक खेती गरी रोजगारीमूलक पनि बनि रहेका छन् । काम गर्न चाहने युवाहरूका लागि धेरै ठाउँमा अवसर छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । गाउँपालिकाका धेरैजसो युवाहरू कृषि पेशामा संलग्न छन् । हामीले युवाहरूलाई कृषिको तालिम पनि दिँदै आएका छौं । पालिकामा हामीले युवाको सिप विकासको लागि विशेष जोड दिइरहेको छौं । कतिपय युवाहरू आफूमा सिपको विकास गर्न सफल भइसकेका छन् भने केही युवाहरूले व्यवसायिक कृषि खेतीको पनि सुरुवात गरेका छन् । कर्मचारी र जनप्रतिनिधिहरू बिचको सम्बन्ध कस्तो छ नि ? कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध सुमधुर रहेको छ । जनप्रतिनिधि र कर्मचारीको सामूहिक भावनाले मात्रै पलिकाको विकास निर्माणको काम देखि लिएर अन्य काम गर्ने सकिन्छ । सम्बन्ध राम्रो भएको कारण विकास निर्माणको कामले पनि तिव्रता पाएको छ । हालसम्म कर्मचारी र जनप्रतिनिधिको मनमुटाब भएको छैन । पालिकाको संमृद्ध बनाउन र नागरिकको आवश्यकता पुरा गर्नमा जनप्रतिनिधि र कर्मचारी खटी रहेका छौं । जनताको सेवाको लागी तत्पर रहन सबै कर्मचारीहरूलाई आग्रह गरेको छु । कर्मचारीको सहयोगमा नै विकास निर्माणको काम अगाडी बढाउने हो । जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध नङ र मासुको जस्तो हुन्छ । अहिलेसम्म सम्बन्ध राम्रो नै रहेको छ । नागरिकको घरदैलोमा कत्तिको पुग्नुभएको छ र नागरिकहरूमा कस्ता समस्याहरू धेरै पाउनुभएको छ ? सधै हामी नागरिकको घरदैलोमा नै हुन्छौं । नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै नै पालिकाको विकास निर्माण गर्ने हो । पालिकाको विकास निर्माण गर्दा नागरिक, राजनैतिक दल आदि सबै मिलेर गर्ने हो । गाउँपालिकाको नागरिकहरु प्रायः जसो खानेपानी, बाटोघाटो, घरनक्सा पास, राहत सहयोग, न्याय निरूपण, पशुपन्छीको रोग, कृषिसम्बन्धी लगायतका समस्याहरू लिएर आउने गरेका छन् । तर पनि यी सबै समस्याको समाधान गरेर मात्र हामी अगाडि बढी रहेका छौं । आवश्यकताअनुसारको नै समस्या सुनिने गरेको छ । व्यक्तिगत विकास गर्ने भन्दा सामूहिक विकासतर्फ विशेष ध्यान दिएका छौं । तपाईंको कार्यकालमा भएको सबैभन्दा ठुलो उपलब्धि केलाई ठान्नुहुन्छ ? भौतिक पूर्वाधार, शिक्षा सुधार र स्वास्थ्य क्षेत्रको विकास नै मेरो कार्यकालको ठुलो उपलब्धि हो भन्न सकिन्छ । पालिकाको सबै वडाको कार्यालय भवन पनि निर्माण भइसकेको छ । पालिकामा हाल नागरिकहरूले २४ घन्टा नै सेवा पाउन सक्छन् । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । पालिकाका विकास निर्माणको कामहरू योजना बनाएर नै गरिरहेका छौं । सडकहरूको स्तारोन्ती गरेर पिचको काम गर्ने योजना पनि रहेको छ । जनताको आर्थिक स्थिति सुधार गर्नको लागि कृषि र पशुको क्षेत्रको विकास गर्नको लागि विशेष जोड दिएका छौं । प्रत्येक घरमा बिजुली पुर्याउने पनि हाम्रो लक्ष्य रहेको छ । खानेपानीको स्रोतको परिचालन गरी नागरिकको घरसम्म खानेपानी पुर्याउने पनि हाम्रो योजना रहेको छ । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरूबाट लाभ लिइरहन सकुन् भन्ने चाहना छ । हामीले पालिका स्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामी ध्यान दिइरहेका छौं । अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? नागरिकहरूको सहयोगमा नै विकास निर्माणको काम पालिकामा धेरै भएको छ । मलाई लाग्छ २ तिहाई नागरिकहरू पालिकाले गरेको कामबाट सन्तुष्ट छन् होला । नागरिकको सन्तुष्ट मापनलाई अझ बढाउने चाहान्छौं । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । सबै नागरिकहरूलाई स्वास्थ्यमा विशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरूलाई पनि बचाऔं भन्न चाहन्छु ।