यस्ता छन् काठमाडौं महानगरका कांग्रेस उम्मेदवार सिर्जना सिंहका ७ संकल्प

काठमाडौं । नेपाली कांग्रेसले नेपालकै धेरै मतदाता रहेको महानगर काठमाडौंको विकासका संकल्पहरू आज सार्वजनिक गरेको छ । काठमाडौंमा एक कार्यक्रमका बीच मेयरका उम्मेदवार सिर्जना सिंहले संकल्प सार्वजनिक गरेकी हुन् । ‘सिर्जना सिंहका सात ‘स’ को सङ्कल्प’ नाम दिइएको पत्रमा उनले सेवा सुशासन, स्वास्थ्य शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ र सफा सहर दिगो पर्यावरण, सहरी सुरक्षा, संस्कृति, सम्पदा र सभ्यता, सबल र समावेशी पूर्वाधार तथा स्वावलम्बी महिला, सबल युवा, सिर्जनाशील महानगरवासी जस्ता सातवटा प्रतिबद्धता व्यक्त गरेकी हुन् । साथै, महानगरलाई भ्रष्टाचारमुक्त चुस्त सेवा प्रवाह गर्ने पालिकाका रूपमा स्थापित गर्ने उनको संकल्प छ । त्यस्तै उनले काठमाडौंलाई महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई पूर्णरूपमा सुरक्षित बनाउने पनि उनको संकल्प छ । हेर्नुस् पूर्णपाठ

काठमाडौंकी मेयर उम्मेदवार सिर्जना सिंहले संकल्प पत्र सार्वजनिक गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकामा गठबन्धनबाट नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंहले आज आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्ने भएकी छिन् । आज बिहान ११ बजे कार्की ब्यांक्वेटबाट उनले संकल्प पत्र सार्वजनिक गर्न लागेकी हुन् । उनको संकल्प पत्रमा काठमाडौंलाई सुन्दर, सुविधायुक्त सांस्कृतिक नगर बनाउने लगायतका विषय समेटिएको जनाईएको छ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहकी धर्मपत्नीसमेत रहेकी उनले स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकी छिन् ।  

बूढानीलकण्ठमा ३०८ जनाको उम्मेदवारी

काठमाडौं । काठमाडौैको बूढानीलकण्ठ नगरपालिकामा ३०८ जनाको उम्मेदवारी दर्ता भएको छ । काठमाडौै जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित बूढानीलकण्ठमा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी परेको हो । बूढानीलकण्ठ नगरपालिकाका निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार नगरप्रमुखमा १५ र उपप्रमुखमा ६ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षमा ७१, महिला वडा सदस्यमा ५४, दलित महिला सदस्यमा ४८ र खुला सदस्यमा ११४ जनाको उम्मेदवारी परेको हो । जम्मा १३ वडा रहेको बूढानीलकण्ठको वडा नं १ मा १८, वडा नं २ मा २१, वडा नं ३ मा २५, वडा नं ४ मा २२, वडा नं ५ मा १८, वडा नं ६ मा २२, वडा नं ७ मा १६, वडा नं ८ मा २२, वडा नं ९ मा २४, वडा नं १० मा २६, वडा नं ११ मा २६, वडा नं १२ मा २७ र वडा नं १३ मा २० जनाको उम्मेदवारी परेको छ । बूढानीलकण्ठमा नेपाली कांग्रेसबाट नगरप्रमुखमा विनोद चालिसे र उपप्रमुखमा रमिला वाग्ले, नेकपा (एमाले) बाट नगरप्रमुखमा मीठाराम अधिकारी र उपप्रमुखमा अनिता लामा र नेकपा (माओवादी केन्द्र)बाट नगरप्रमुखमा डम्बरप्रसाद अधिकारी र उपप्रमुखमा कमला गौतमले उम्मेदवारी दिएका छन् । विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकाको नगरप्रमुखमा नेकपा (एमाले) का उद्धव खरेल र उपप्रमुखमा एमालेकै रमादेवी राई विजयी भएका थिए ।