बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष खड्काले आफु चढ्ने गाडीलाई एम्बुलेन्स बनाए
काठमाडौं । अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकामा कोरोना संक्रमण दर बढ्न थालेपछि अध्यक्षले आफु चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्ने निर्णय गरेका छन् । पालिकामा कोरोनाका बिरामीको चाप बढ्दै गएपछि अध्यक्ष राजेन्द्र बहादुर खड्काले आफु चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्ने निर्णय गरेका हुन् । पालिकामा कोरोनाको संक्रमणदर उच्च रहेको र एबुलेन्सको अभाव भएको कारणले आफुले चढ्ने सवारी एबुलेन्सको रूपमा प्रयोग गर्ने निर्णय गरेको उनले बताए । खड्काले चढ्ने गाडी आजबाट एबुलेन्सको रूपमा प्रयोग हुने भएको छ । कोरोना संक्रमति बिरामी बोक्न, स्वाब परीक्षणका लागि अस्पतालसम्म लैजान तथा अन्य आवश्यक कामका लागि गाडी प्रयोग हुने उनको भनाई छछ । पालिकाले यसअघि एउटा गाडी भाडामा लिएरै भए पनि बिरामीलाई बोक्न प्रयोग हुँदै आएको छ । अध्यक्ष खड्काले पालिकाका वडादेखि गाउँटोलबाट बिरामी लिएर अस्पताल पु¥याउन गाडी भाडामा लिएर जनतालाई निःशुल्क सेवा दिइने बताए । पालिकाले सर्वसाधारणहरुको पीसीआर परीक्षण पहिलो चरणमा गरी सकेको छ । कोरोनाको लक्षण देखिएका नागरिकहरूको पीसीआर पनि पालिकाले निःशुल्क गर्दै आएको उनको भनाई छ । हाल पालिकामा २ सय जना सक्रिय कोरोना संक्रमित छन् भने २ जनाको मृत्यु भएको छ ।
मेरो कार्यकालको सबैभन्दा ठुलो उपलब्धि नै न्यायिक क्षेत्रमा आएको सुधार हो – गाउँपालिका उपाध्यक्ष लामा
ककनी गाउँपालिका नेपालको बागमती प्रदेश अन्तर्गत नुवाकोट जिल्लामा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय गाउँपालिका हो । ८ ओटा वडा रहेको यस गाउँपालिकामा अधिकांश भाग पहाडी भूभागले ढाकेको छ भने यहाँ मिश्रित जातजातिको बसोबास रहेको पाइन्छ । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा चर्चित हुनुका साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक रूपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । यस गाउँपालिकामा कृषि विकासका लागि के–कसरी काम हुँदै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाकी उपाध्यक्ष सिता लामासँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, संक्रमण दरलाई न्यूनीकरण गर्नको लागि कस्तो भूमिका खेल्दै हुनुहुन्छ ? तीब्र गतिमा फैलिरहेको नयाँ भेरियन्टकोे कोरोना भाइरस पालिकामा पनि बढ्दो रुपमा फैलिएको कारण पालिकाको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छौं भने स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरेका छौं । हामीले सबै नागरिकलाई घरमा नै बस्न आग्रह गरेका छौं । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि स्वास्थ्यचौकीको आइसोलेसन कक्षमा सबैलाई राख्न सक्ने अवस्था पनि छैन । पालिकामा अक्सिजनसहितको ५ बेडको आइसोलेसन कक्ष रहेको छ । हामीले भोजभतेर तथा आमसभाका नाममा धेरै भिडभाड नगर्न पनि आग्रह गरेका छौं । पालिकामा प्रवेश गर्दा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं । संक्रमण विस्तार रोक्न बजार, विद्यालय, विभिन्न संघसंस्थाहरूमा भिडभाड कम गर्न पनि आग्रह गरेका छौं । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै पालिकाले सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरेका छौं । दोस्रो लहरको रूपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी पनि हो । यसका लागि पालिकामा आइसोलेसन सेन्टर सञ्चालन गर्ने, अस्पतालहरूको क्षमता विकास गरेर धेरैभन्दा धेरै बिरामीको उपचार गराउने, कोभिडबाट सक्रमित भएका र नभएका दुवै थरीका बिरामीलाई अस्पताल आवतजावत गर्न जोखिमपूर्ण ठाउँलाई निःसंक्रमण गराउने लगायतका काम गरिरहेका छौं । पीसीआर गर्नको लागि पालिकामा किटको अभाव छ भने संक्रमण दर बढ्दो छ । अन्य ठाउँबाट किट ल्याउन सक्ने अवस्था पनि छैन । पालिकाको धेरै नागरिकहरूलाई कोभिडसँग सम्बन्धित लक्षण देखिएको छ भने नगरिकहरुलार्ई घरभित्र नै बस्नको लागि आग्रह गरेका छौं । जिल्ला स्वास्थ्य कार्यालयले पनि एकहप्तासम्म स्वाब सङ्कलन गरेर नपठाउनु भनेको कारण हामीलाई समस्या भइरहेको छ । पालिकामा धेरै नागरिकको पीसीआर नगरेकाले पनि संक्रमितहरु धेरै देखिएको छैन । संक्रमण दर गत सालभन्दा भयावह भइरहेको छ तर हालसम्मको अवस्थालाई मध्यनजर गर्दा कोरोनाको प्रभाव उच्च भइसकेको छ । कोरोना न्यूनीकरण गर्नको लागि पूर्वतयारी अवस्थामा जुटेका छौं । यस समयमा बाहिरी जिल्लाबाट पालिकामा प्रवेश गर्ने नागरिकहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागि अपिल गरेका छौं । गाउँपालिकाले कृषिक्षेत्रतर्फ के–कस्ता काम गरिरहेको छ ? कृषि विकासको लागि कृषिलाई आधुनिकिकरण गर्ने भनेर सबै वडामा कृषिका विभिन्न तालिमहरू दिँदै आएका छौं । यहाँका धेरै नागरिकहरूले कृषि पेसा नै अँगालेका छन् । तरकारी खेतीले राम्रो फाइदा दिन थालेपछि धेरै किसान व्यावसायिक रूपमा तरकारी खेतीतर्फ आकर्षित भएका छन् । कृषकहरुलाई पशुपालनको तालिम पनि दिँदै आएका छौं । धेरै नागरिकहरू कृषि पेशामा आवद्ध भएकाले हामीले पनि पशु र कृषिक्षेत्रलाई नै प्राथमिकतामा राखेका छौं । केही बिदेसिएका युवाहरू पनि गाउँमै आएर पशुपालन र कृषि पेशामा लागेका छन् । कृषि उत्पादनका हिसाबले हाम्रो पालिका उर्वर भूमी भएको ठाउँ पनि हो । युवा शक्तिलाई गाउँमै रोजगारीसँगै आय आर्जनका सम्भावनामा उत्प्रेरित गराउनको लागि जोड पनि दिइरहेका छौं । परम्परागत खेती प्रणाली छाडेर व्यवसायमुखी बन्नु जरुरी छ । वडाले कृषि उत्पादन र स्वरोजगारी बढाउनका लागि भनेर विगत वर्षदेखि नै कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै आएका छौं । गाउँमा समूह, सहकारी तथा व्यक्तिगत लगानीमा कृषिको व्यवसायिकतामा यहाँको कृषकहरू पछिल्लो समय आकर्षित हुँदै आएका छन् । उत्पादन र आम्दानी राम्रो भएपछि उनीहरू व्यावसायिक कृषिमा अगाडि बढ्न थालेका हुन् । कृषि सहकारीको साझेदारीमा काम गरेका छौं भने स्थानीयस्तरमा दर्ता भएका कृषि समूहमार्फत पालिकाको समग्र कृषि विकासको लागि काम गर्दै आएका छौं । पालिकामा कृषि समूहको पनि गठन भएको छ । सामूहिक कृषि खेती गर्ने कृषहरुलाई प्रोत्साहन पनि गर्दै आएका छौं । कृषि अनुदानका विभिन्न कार्यक्रमहरु सञ्चालन गरी कृषि विकासको लागि काम गर्दै आएका छौं । पालिकाको सबै वडालाई कृषि पकेट क्षेत्रको रूपमा छुट्याई कृषि विकासको कामहरू अगाडि बढाएका छौंं । तरकारी, आलु, मुला, स्ट्रबेरी, धान, मकै, गहुँ, अदुवा, बेसार आदिको पकेट क्षेत्र छुट्याएका छौं भने पशु पकेट क्षेत्र पनि रहेको छ । गाउँपालिका भित्र भइरहेको परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने हाम्रो लक्ष्य रहेको छ । गाउँपालिकालाई समृद्ध बनाउने आधार नै कृषि हो । गाउँपालिका भित्र तरकारी र फलफूल खेती नै मुख्य रूपमा हुने गरेको छ । उन्नत जातका बाख्रा तथा खसी, स्थानीय जातका कुखुरा पालनसँगै बेमौसमी तरकारी उत्पादन गरिँदै आएको छ । भौतिक पूर्वाधारको विकास गर्दै कृषि तथा पशुपालनलाई वृद्धि गर्दै लैजाने योजना हाम्रो रहेको छ । गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध छन् होला ? यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । पालिकाको मुख्य पेशा खेती किसानी भएको कारण यहाँ प्रायः सबै नागरिकले कृषि पेशा नै अँगालेका छन् । करिब ८० प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । हामीले राम्रो कृषि उत्पादन गर्ने किसानलाई प्रोत्साहन स्वरूप सहयोग गर्ने गरेका छौं । यो आर्थिक वर्षमा किसानहरूलाई कोभिडको कारण पुरस्कृत गर्न सकेका छैनौं । आगामी आर्थिक वर्षमा क्षेत्रगत रूपमा कृषकहरूलाई पुरस्कार दिने योजना रहेको छ । पालिकामा आलु, खुर्सानी, सिमी, बोडी, धनियाँ, गोलभेँडा, भ्यान्टा, गहुँ, धान र मकै खेती हुने गरेको छ । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आएको छ त ? हामीले शैक्षिक क्षेत्रको विकासको लागि धेरै काम गर्दै आएका छौं । शैक्षिक क्षेत्रको सुधारको लागि हामीले धेरै बजेट पनि छुट्याएका छौं । पालिकामा विभिन्न शैक्षिक सुधारको कार्यक्रमहरु पनि रहेको छ । सबै विद्यालयहरूमा पालिकाको तर्फबाट भौतिक पूर्वाधार विकासको निमित्त हामीले भौतिक संरचनाको पनि निर्माण गर्नमा जुटेका छौं । शिक्षा शाखा मार्फत शिक्षाका विभिन्न कार्यक्रम गर्दै आएका छौं । हामीले अब व्यवसायिक शिक्षा विद्यार्थीलाई दिनुपर्छ जोड दिएका छौं । शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न लागि विभिन्न विज्ञयहरुबाट तालिम पनि दिँदै आएका छौं । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । प्रविधि मैत्री शिक्षा हुनु पर्छ भनेर हामी लागि परेका छौं । शिक्षाक अभाव भएको विद्यालयमा शिक्षक करारमा पनि भर्ना गरेका छौं । गरिब, जेहेन्दार तथा विपन्न बालबालिकालाई छात्रवृत्ती दिने कार्यक्रम पनि रहेको छ । शैक्षिक सुधारको लागि हामीले विशेष जोड दिएका छौं । परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । सङ्घ र प्रदेशको साझेदारीमा विद्यालयको भौतिक पूर्वाधार देखि शिक्षाका विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौं । कोरोनाको कारण गाउँपालिकाका शैक्षिक क्षेत्रहरु पनि प्रभावित बन्दै गाएका छन् । विद्यालयको आवश्यकता अनुसार शैक्षिक सामाग्रीको उपलब्धता गराएका छौं । तपाईंहरु निर्वाचित भएर आएको करिब ३ वर्ष पुरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के–कति पुरा भए अनि कति बाँकी छन् नि ? जनता सामु हामीले धेरै बाचा र प्रतिबद्धता गरेका छौं । हामी निर्वाचित हुँदै गर्दा हामीसँग बस्ने कार्यालय भवन पनि थिएन । संघीयताको पनि पहिलो अभ्यास भएको कारण सबै कुरा पुरा हुन सक्ने सम्भावना हुँदैन । हामीले सकेसम्म काम गरिरहेका छौं । कतिपय बाचा पुरा गरेका छौं भने कतिपय कुराहरू बाँकी रहेका छन् । जनताको अपेक्षा र आशा दिन प्रतिदिन बढ्दै जान्छ । हामीसँग साधन स्रोतको कामी भएको कारण जनताको आवश्यकता धेरै पुरा गर्न सकिरहेका छैनौं । अब हाम्रो कार्यकाल १ वर्ष बाँकी रहेको यो कार्यअवधिमा हामीले गरेका प्रतिबधताहरुको पुरा गर्ने लक्ष्य तय गरेका छौं । पर्यटन विकास, शैक्षिक सुधार आदिको काम गर्ने भनेर हामीले घोषणापत्रमा लेखेका थियौं । घोषणापत्रमा लेखेको कुराले मात्र पालिकाको विकास गर्न पुग्दैन । हामीले गर्छैं भनेको कुरा बाहेक अरू कुराहरू महत्वपुर्ण पनि हुन्छ सक्छन् भन्ने ठानेर समग्र पालिकाको विकास निर्माणमा जुटेका छौं । तपाईंको पालिकामा सडक सञ्जालको अवस्था कस्तो छ ? सडक सञ्जाल पालिकाको सबै ठाउँमा पुगेको छ । हामी हिउँद भरी सडक निर्माण गर्छौं । बर्खामा सबै सडकहरू भत्किन्छन् । अन्य पालिकासँग जोड्ने सडक पनि निर्माण गरिरहेका छौं । ३ ओटा सडक निर्माणको आयोजनाहरू ठेक्का प्रक्रियाबाट काम अगाडि बढिरहेको छ । पालिकामा केही सडकहरू ग्राबेल पनि भएका छन् भने सडक सञ्जाल चाहिँ सबै वडामा पुगेको छ । हामीले सडकको स्तरोन्नति पनि गरेका छौं । गाउँपालिकाको सडकहरू बाह्रै महिना सञ्चालन हुने अवस्था छैन । एउटा वडाबाट पसेपछि पालिकाको ८ ओटै वडामा पुग्न सकिने गरी सडक निर्माण ग¥यौं तर यसलाई व्यवस्ति गर्न सकेका छैनौं । गाउँपालिका र वडामा जोड्ने सडकलाई व्यवस्थित तरिकाले लाने भनेर प्रयास भइरहेको छ । हामीले सोचे अनुसार सडक निर्माणमा काम गर्न सकिरहेको छैन । भूगोलले पनि हामीले बनाउन सोचे अनुसारको काम गर्ने सक्ने अवस्था छैन । केही सडक हाम्रो कार्यकालमा राम्रो बनाउनु पर्छ भनेर हामी लागिपरेका छौं त्यही अनुसार हामी अगाडि बढिरहेका छौं । गाउँपालिकाले विकासको लागि कुन क्षेत्रलाई बढी प्राथमिकतामा राखेको छ ? यो कोभिडको समयमा पनि छ अहिलेसम्म हामीले गाउँपालिकामा भौतिक पूर्वाधार, कृषिलगायतका क्षेत्रलाई प्राथमिकता राखेर अगाडि बढिरहेका छौं । हामीले विशेष नागरिकको स्वास्थ्यलाई नै प्राथमिकता राखेका छौं । स्थानीय स्तरका युवाहरूलाई रोजगारीको सिर्जना गर्नमा पालिकाले कस्तो भूमिका खेलेको छ ? हामीले युवाहरूलाई कृषिका तालिम पनि दिँदै आएका छौं । युवालाई प्राविधिकसँग अन्तर सम्बन्धित विभिन्न तालिम पनि दिँदै आएका छौं । आर्थिक विकाससँग अन्तरसम्बन्धी पालिकाले प्रयोग गरेको योजनालाई रोजगार सिर्जना हुने गरी कृषिमा युवाहरूलाई जोडिनको लागि आग्रह गरेका छौं । पालिकामा जनचेतनाको पनि अभाव रहेको छ । युवाहरू कृषि उत्पादनसँग जोडिनु पर्छ भनेर हामीले जोड दिएका छांै । पालिकामा युवाहरूले व्यवसायिक खेती गरी रोजगारी मूलक पनि बनिरहेका छन् । धेरै रोजगारी सिर्जना गर्नको लागि पालिकामा ठुलो उद्योग छैन । युवाप्रति लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम लागु भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गरिबीका रेखामुनि रहेका र बेरोजगार युवाहरू मात्र छनोट भएका छन् । यो रोजगार कार्यक्रम अन्तर्गत फार्म भोरेका युवाहरू पनि काम गर्न आइरहेको छैन । युवाहरूलाई यस कार्यक्रम समेटेको लागि सकिरहेको छैनौं । हामीले एउटा बाटो बसायौं भने आगमि निर्वाचित भएर आउनेले निरन्तरता दिनु हुन्छ भन्ने हाम्रो आशा रहेको छ । युवाहरूको समूह गठन गरी प्रत्येक वडामा युवाहरुलाई सामूहिक व्यवसायमा लानको लागि जोड गरिरहेका छौं । कर्मचारी र जनप्रतिनिधिहरू बिचको सम्बन्ध कस्तो छ नि ? स्थानीय सरकारको व्यवस्थापनको सन्दर्भमा २ ओटा पक्ष जस्तो कर्मचारी र जनप्रतिनिधि पक्ष्य हुन्छ । जनप्रतिनिधिको काम भनेको नीति बनाउने र निर्णय गर्ने हो । कार्यान्वयन गर्ने भनेको कर्मचारीले हो । सहि तरीकाले काम गर्ने र सञ्चालन गर्न सक्ने कर्मचारी भइदियो भने मात्र सोचेको जस्तो काम गर्न सकिन्छ । कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध सुमधुर रहेको छ । जनप्रतिनिधि र कर्मचारीको सामूहिक भावनाले मात्रै पलिकाको विकास निर्माणको काम देखि लिएर अन्य काम गर्ने सकिन्छ । हालसम्म कर्मचारी र जनप्रतिनिधिको मनमुटाब भएको छैन । नागरिकको आवश्यकता पुरा गर्नमा जनप्रतिनिधि र कर्मचारी खटी रहेका छौं । जनताको सेवाको लागी तत्पर रहन सबै कर्मचारीहरूलाई आग्रह गरेको छु । कर्मचारीको सहयोगमा नै विकास निर्माणको काम अगाडि बढाउने हो । जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध नङ र मासुको जस्तो हुन्छ । अहिलेसम्म सम्बन्ध राम्रो नै रहेको छ । तपाईंको कार्यकालमा भएको सबैभन्दा ठुलो उपलब्धि केलाई ठान्नुहुन्छ ? हामीले गर्नुपर्ने केही कामहरू अझ पनि बाँकि छन् । भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रतर्फ केही उपलब्धिहरू भएको छ । मेरो कार्यकालको सबैभन्दा ठुलो उपलब्धि नै न्यायिक क्षेत्रमा आएको सुधार हो । पिडा भोगिरहेका नागरिकलाई पिडाबाट मुक्त गरेका छौं । एक मात्र क्षेत्रमा नभएर विभिन्न क्षेत्रहरूमा सुधार र परिवर्तन ल्याउनु नै मेरो कार्यकालको सबैभन्दा ठुलो उपलब्धि हो । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? १ वर्ष मात्र हाम्रो कार्यकाल रहेको छ । १ वर्षको अवधिमा पनि धेरै काम त गर्न सक्छौं । एक जनाले मात्र धेरै कुरा वा काम गर्न सकिँदैन । सबैको सामूहिक भावनाले मात्र विकास निर्माणको काम गर्ने हो । हालसम्म हामीले पालिकाको भवन पनि बनाउन सकेका छैनौं । गाउँपालिको भवन बनाउने सोचमा पनि छौं । पालिकाका विकास निर्माणको कामहरू योजना बनाएर नै गरिरहेका छौं । जनताको आर्थिक स्थिति सुधार गर्नको लागि कृषि र पशुको क्षेत्रलाई विकास गर्ने प्रयासमा छौं । नागरिकको जीवनस्तरलाई उकास्ने र पछाडि परेका टोलक्षेत्रलाई विकास गर्ने सोचमा पनि छु । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरूबाट लाभ लिइरहन सकुन् भन्ने चाहना छ । हामीले पालिकास्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा विशेष जोड दिएका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामी ध्यान दिइरहेका छौं । अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? नागरिकहरूको सहयोगमा नै विकास निर्माणको काम पालिकामा धेरै भएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । मानिसले सोचे भन्दा बढि पालिकामा कोभिड फैलिरहेको छ । सबै नागरिकहरूलाई स्वास्थ्यमा विशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरूलाई पनि बचाऔं भन्न चाहन्छु । ककनी बासिन्दालाई सचेत र सुरक्षित रहन पनि आग्रह गर्छु ।
केन्द्र र प्रदेशले वास्ता नगरेपछि धनगढी उपमहानगरले गर्यो सहयोगको अपील, पैसा उठाउन अभियान सञ्चालन
काठमाडौं । समस्या समाधानको लागि भनेर एउटा सरकारी निकायले सर्वसाधारसँग पैसाको सहयोग मागेको तपाईंले बिरलै सुन्नु भएको होला । तर, सुदूरपश्चिमको धनगढीमा यस्तै भएको छ । कैलालीको धनगढी उपमहानगरपालिकाले कोरोना नियन्त्रणका लागि खर्च चाहिने भन्दै सर्वसाधारण, नागरिक अभियान्ता दातृ निकाय तथा व्यवसायीहरुलाई सहयोगको अपील गरेको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढी उपमहानगरपालिकाले मेयर कल्याणकारी कोष भन्दै पैसा जुटाउन एक अभियान सञ्चालन गरेको हो । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि धनगढीमा आवश्यक स्वास्थ्य सामग्री नभएपछि उपमहानगरपालिकाले स्वास्थ्य सामग्री जुटाउन सहयोगको अपील गरेको हो । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि केन्द्र र प्रदेश सरकारले वास्ता नगरेको र कोरोना संक्रमितको मृत्यु हुने संख्या दिनप्रतिदिन बढ्दै गएको भन्दै उपमहानगरपालिकाले सहयोगका लागि अभियान सञ्चालन गरेको धनगढी उपमहानगरपालिकाकी उप–मेयर सुशिला मिश्र भट्टले बताइन् । ‘अहिले धनगढीमा कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ, मृत्यु हुनेहरुको संख्या पनि बढ्दै गएको छ, आजसम्म हामीले केन्द्र र प्रदेश सरकारले सहयोग गर्छ भनेर पर्खेर बसेका थियौं, तर अहिले सम्म त्यस्तो कुनै सहयोग र कोरोना नियन्त्रणका लागि प्रयास नगरेपछि हामीले हतारिएर यो अभियानको सञ्चालन गरेका हौं,’ उपमेयर मिश्रले विकासन्युजसँग भनिन् । उनका अनुसार उपमहानगरपालिकाले एक हप्ता अगाडि मात्रै सो कोष स्थापना गरेको हो । कोरोना संक्तमितहरुको संख्या बढ्दै गएपछि जिल्लामा अक्सिजनको समेत अभाव भएको उनको भनाई छ । उनका अनुसार हालसम्म सो कोषमा .४५ लाख रुपैयाँ जम्मा भइसकेको छ । ‘हामी कोषमा जम्मा भएको रकमले अक्सिजन प्लान्ट जडान, अक्सिजन सिलिण्डर व्यवस्थापन, कोभिड–१९ जोखिम नियन्त्रण, रोकथाम तथा उपचार व्यवस्थापनका लागि खर्च गर्नेछौं, सो कोषमा उपमहानगरपालिकाको आपतकालिन् कोषको पैसा पनि राख्नेछौं, त्यसमा जनप्रतिनिधि र कर्मचारीहरुले पनि सहयोग गर्नेछन्, जन,प्रतिनिधि र कर्मचारीले सो कोषमा कति रकम राख्ने भन्न बारे कार्यपालिकाले निर्णय गर्नेछ, अहिलेको हाम्रो मुख्य प्राथमिकता नै कारोना भाइरसको नियन्त्रण गर्ने हो,’ उनले भनिन् । आर्थिक सहयाेग थाप्दै मेयर नृप वड उनले सहयोग गर्न चाहने सर्वसाधारण, व्यवसायी दातृ निकाय तथा सामाजिक अभिायान्ताहरुले उपमहानगरपालिकाको खाता नम्बर १४७०१०००३०७०२०००२ मा सहयोग गर्न पनि अनुरोध गरेकी छन् । धनगढीमा एउटा मात्रै अक्सिजन प्लान्ट रहेको पनि उनले जानकारी दिइन् । धनगढीमा एउटा मात्रै अक्सिजन प्लान्ट छ, त्यो पनि डेढ घण्टमा ९ वटा मात्रै सिलिन्डर भर्न सक्ने क्षमताको छ, अक्सिजन अभावकै कारण धेरैले ज्यान गुमाएका कारण र केन्द्र र प्रदेश सरकारले कुनै वास्ता नगरेपछि हामीले हतारिएर यस्तो अभियान सुरु गरेका हौं,’ उनले गुनासो गरिन् । कैलाली छिमेकी देश भारतसँग जोडिएको भएकाले पनि धेरै जोखिम भएको उनको भनाई छ । कोरोनाको जोसिखम नियन्त्रण गर्नकै लागि जिल्ला प्रशासन कार्यालय कैmलालीले जेठ १६ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । ‘उपमहानगरपालिका पनि आफै आर्थिक संकटमा छ, गत वर्षदेखि राजश्व उठेको छैन, यो वर्ष पनि फेरि निषेधाज्ञाले समस्या भएको छ, यो अवस्था कलिेसम्म लब्निे हो थाहा छैन, अहिलेको प्रमुख दायित्व नागरिकको ज्यान बचाउनु नै हो,’ उनले भनिन् । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै पालिकाले सचेतनाका मूलक विभिन्न सूचनाहरू पनि प्रकाशन गरी माइकिङ पनि गर्दै आएको पनि उनले बताइन् । उनका अनुसार धनगढी उपमहानगरपालिकाले पीसीआर परीक्षण पनि निःशुल्क गर्दै आएको छ । सुदूरपश्चिम प्रदेशमा कुल संक्रमितको संख्या ३० हजार ४ सय २० पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमणबाट ३ सय ३४ जनाको मृत्यु भएको छ । सहयाेगीहरूकाे नामावली