वीर अस्पताल बन्ने नाममा जग्गाको मूल्य बढ्यो, चार गुणासम्म वृद्धि
काठमाडौ २६, भदौ । नेपालकै पुरानो र ठूलो वीर अस्पताल विस्तार हुने भएपछि यो अवस्पल बन्ने क्षेत्रमा जग्गाका भाउ बढ्न थालेको छ । अस्पाल बन्ने नाममा भक्तपुरको दुवाकोटमा दलाल तथा भूमाफियाले जग्गाको कृत्रिम मूल्यबृद्धि गरेका छन् । अस्पताल विस्तार हुने साविक दुवाकोट गाविस ५ र ६ तथा चाँगु गाविस ९ मा जग्गाको कृत्रिम मूल्यबृद्धि गरिएको समाचार आइतबारको अन्नपूर्णमा छापिएको छ। हाल चाँगुनारायण नपा १४ र ११ मा पर्ने उक्त क्षेत्रमा जग्गा दलाल तथा भूमाफियाले सरकारी मूल्यभन्दा चार गुणासम्म बढी मूल्य बढाएका छन्। जग्गा दलाल र भूमाफियाले कृक्रिम तरिकाले जग्गाको मूल्य बढाउँदा पनि यहाँ अहिले दैनिक जगा हेर्न आउने घुईँचो लाग्न छाडेको छैन। चाँगु नपा १४ का उद्धव खड्काले पहिले मोटर बाटो भएको जग्गाको प्रतिआना पाँच छ लाख पर्नेमा जग्गा दलाल तथा भूमाफियाले कृतिम मूल्य बढाएर प्रतिआना १२ देखि १४ लाख पुर्याएको बताए। जग्गा दलाल र भूमाफियाका कारण दुवाकोटमा वीर अस्पताल विस्तार रोकिने हो कि भन्ने स्थानीयमा चिन्ता बढेको छ।
गगनले रोके पूर्वउपप्रधानमन्त्रीको उपचार खर्च, देश वाहिरको खर्च राज्यले नबोहोर्ने
काठमाडौं २५, भदौ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले मन्त्रिपरिषद बैठकबाट बिहीबार पूर्वउपप्रधानमन्त्री डा. तुलसी गिरीको उपचार खर्च प्रस्ताव रोकेका छन् । भारतको बैंग्लोरमा उपचार गराएका पूर्वउपप्रधानमन्त्री डा। गिरीको उपचार खर्च बेहोर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद बैठकमा आउनासाथ स्वास्थ्यमन्त्री थापाले कडा रुपमा विरोध गरेका थिए । प्रधानमन्त्री प्रचण्डले डा गिरी विशिष्ट व्यक्ति हो भन्दै उनको मागअनुसारको खर्च रकम स्वीकृत गर्न आग्रह गर्दा स्वास्थ्यमन्त्रीले अस्वीकार गरेका छन् । मन्त्री थापाले प्रश्न गरेका थिए, ‘यो मुलुकमा को विशिष्ट हो, होइन कसरी चिन्ने ? यो देशको नेतृत्वले आमनेपालीलाई नै किन विशिष्टको दजाए दिन सक्दैन ? डा. गिरी विशिष्ट हो, होइन थाहा कसरी पाउने ? थापाको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने । प्रधानमन्त्री जी तपाई पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका प्रमुख नेताहरुको स्वस्थ्य उपचार आगामी दिनमा स्वदेशमै हुनुपर्छ । तपाईहरु आफ्नो उपचार विदेशमाा गराउनुहुन्छ भने जुन देशमा गराउने हो, सोही देशले खर्च बेहोर्ने गरी हुनुपर्यो भन्ने समाचार शनिबारको अन्नपूर्णले छापको छ ।
सरकारी स्वास्थ्य संस्था आइएनजिओलाई ठेक्का, पाँच वर्षमा सम्झौता नवीकरण गर्ने सर्त
काठमाडौं १९, भदौ । सरकारी संरचनामा बनेका चारवटा स्वास्थ्य संस्था गैरसरकारी संस्थालाई ठेक्कामा सञ्चालन गर्न दिइएको छ। सरकारले दुई वटा स्वास्थ्य संस्था राष्ट्रिय तथा दुई वटा स्वास्थ्य संस्था अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई ठेक्कामा दिएको आइतबारको नयाँ पत्रिका दैनिकले समाचार छापिएको छ। ती स्वास्थ्य संस्था प्रत्येक पाँच वर्षमा सम्झौता नवीकरण गर्ने सर्तमा ठेक्कामा दिएका छन्। सरकारले गैससलाई दिएका स्वास्थ्य संस्थामा बयलपाटा सामुदायिक अस्पताल, लमजुङ सामुदायिक अस्पताल, चरिकोट प्राथमिक स्वास्थ्य केन्द्र र चौरजहारी अस्पताल रहेका छन्। प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी)को रूपमा स्थापना भएको अछामको बयलपाटालाई अमेरिकी संस्था न्याय हेल्थलाई १० वर्षअघि ठेक्कामा दिएको छ । ठेक्का दिँदाको वेला केन्द्र रहेको सो संस्स्थालाई अस्पतालमा स्तरउन्नति गरी सञ्चालन गर्ने सम्झौता गरेको छ। यस वर्ष थप पाँच वर्षका लागि सञ्चालन गर्न सरकारले नवीकरण गरेको छ । सोही आइएनजिओलाई यसै वर्षदेखि चरिकोट प्राथमिक स्वास्थ्य केन्द्र पनि जिम्मा लगाइएको छ। सो केन्द्रलाई पनि अस्पतालको रूपमा विकास गरी सो क्षेत्रका जनतालाई थप सेवा दिन लागिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए। त्यसैगरी, सरकारले लमजुङ सामुदायिक अस्पताललाई पनि मानव विकास तथा सामाजिक सेवा ९एचडिसिएस० नाम गरेको गैरसरकारी संस्थालाई ठेक्कामा दिएको छ । सो संस्थाले सरकारको अर्को अस्पताल चौरजहारी रुकुम अस्पताल पनि ठेक्कामा पाएको छ। सो संस्थाले ठेक्कामा पाएसँगै अस्पतालको नाम परिर्वतन गरी एचडिसिएस सामुदायिक जिल्ला अस्पताल राखिएको छ।