ललिपपमा भेटियो मेलाइक एशिड, बिक्रिमा प्रतिबन्ध लगाउन माग
काठमाडौं, २२ असार । एशियन बिस्कुटस एण्ड कन्फेक्सनरी प्रालिद्धारा उत्पादित गुडलाइफ ग्लोपप नामक ललीपपमा मानव स्वास्थ्यका लागि खतरानाक मेलाइक एशिड धातु फेला परेको छ । सो ललिपप खाएर खाएर बर्दिया जिल्लाको बर्दिया जिल्लाको सानोश्री ताराताल नगर पालिका वडा नं. ५ को एक स्कूलका ४ जना विद्यार्थीहरु बिरामी भएको थिए । त्यसका आधारमा राष्ट्रिय उपभोक्ता मञ्चले खाद्य प्रबिधी तथा गुण नियन्त्रण विभागमा उजुरी दिएको थियो । गुडलाइफ ग्लोपपको पाइप नलिमा रहेको मेलाइक एशिडले ललिपप उपभोग कर्ताको स्वास्थ्यमा गम्भिर असर गर्ने पुष्टि भएको हो । विभागले समेत अखाद्य घोषित गर्दै असार १ गतेदेखि सो ललिपप उत्पादनमा रोक लगाउँदै बजारमा रहेका ललिपप फिर्ता गर्न निर्देशन दिएको थियो । तर अझै पनि झापा, सुनसरी, मारंग, स्यांग्जा, कास्की, पर्वत, बागलुंग, म्याग्दी, बांके, बर्दियामा त्यस्ता ललिपप बिक्रिवितरण भैरहेको मञ्चले आरोप लगाएको छ । मञ्चले ललीपपमा प्रयोग हुने स्टिकमा खाद्य ऐन, २०२३ को मापदण्ड बिपरित अखाद्य वस्तुको प्रयोग भएको पाइएको भन्दै जेठ २३ को खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागको बिश्लेषण प्रतिवेदन र त्यसै बिभागको यस मन्चलाई लेखिएको असार ९ गते पत्र लेख्दै ललिपपमा मेसाइक एशिड फेला परेको प्रतिवेदन तयार पारेको हो ।
मोरङमा झिँगा आतंक, गाउँले आन्दोलित
काठमाडौं, १९ असार । मोरङ जिल्लाको बेतौना गाउँमा झिँगा आतंकले गाउले त्रसित बनेका छन् । नजिकै रहेको कुखुरा फार्मका कारण झिँगा आतंक बढेपछि सो गाउँका जनता विगत एक हप्तादेखि आन्दोलन गरिरहेका छन् । सोराभाग गाबिसमा रहेको पोल्ट्री फार्मका कारण गाउँमा झिँगा बढेपछि गाउँले खाना खान समेत नसकिरहेको अनेरास्ववियुका सचिव वसिम आलमले जानकारी दिए । झिँगाले स्वास्थ्यमै असर गर्न थालेपछि पोल्ट्री फार्म घेर्न गएका गाउँलेहरुमाथी प्रहरीले केहिदिन अघि लाठी चार्ज गरेको थियो भने केहि गाउँले विरुद्ध मुद्धा समेत चलाएको छ । गाउँलेहरुले इन्दिरा उप्रेतीको संयोजकत्वमा संघर्ष समिति बनाएर आन्दोलन गरिरहेका छन् । हरियो झिँगाले सताएपछि गाउँलेहरुले झिँगा धपाउन स्प्रे गर्नु परेको तथा दुर्गन्धले स्वास्थ्यमै समस्या पारेको संघर्ष समिति संयोजक उप्रेतीले बताइन् । पोल्ट्री फार्मको आसपास चार चार किलोमिटरका एक हजार भन्दा बढि घरधुरी प्रभावित बनेको उनले बताइन् । आइतबार क्षेत्र नम्बर ४ का सांसद शिवकुमार भण्डल, एमाले मोरङका अध्यक्ष महेश रेग्मी, प्रमुख जिल्ला अधिकारी तोयम रायमाझी र जिल्ला प्रहरी प्रमुख संदिप भण्डारीले घट्नास्थलको निरिक्षण गरेका थिए । उनीहरुले पोल्ट्री फार्म हटाउन माग गरेका थिए भने प्रशासनले फार्म हटाउने आश्वासन दिएको थियो ।
के गर्छन् नेपालमा बर्सेनि उत्पादित दुई हजार चिकित्सक ?
काठमाडौँ, १७ असार । नेपालमा स्वदेश र विदेशमा अध्ययन गरी आएका विद्यार्थी हरेक वर्ष औसतरुपमा एक हजार ५०० देखि दुई हजार चिकित्सक उत्पादन हुने गरेका छन् । नेपाल मेडिकल काउन्सिलको तथ्याङ्कअनुसार यो दर बढ्दो क्रममा छ । काउन्सिलकी प्रशासकीय अधिकृत अनिता लामाले हरेक वर्ष चिकित्सकको बढ्दो उपस्थितिले यो सङ्ख्या बढ्दै जाने बताइन । तर माथि उल्लिखित चिकित्सकले काउन्सिलमा चिकित्सक दर्ता प्रमाणपत्रको परीक्षा दिँदा भने कहिले ६० र कहिले ४० प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण हुने गरेको पाइएको छ । प्रशासकीय अधिकृत लामा भन्छिन,“यति धेरै सङ्ख्यामा अनुत्तीर्ण हुने कुरा राम्रो होइन । अझ देशभित्र पढेकाभन्दा बाहिर पढेर आएका बढी अनुत्तीर्ण हुने गरेको पाइएको छ । हामीले यसरी धेरै विद्यार्थी अनुत्तीर्ण हुनुको कारण खोजी गर्दैछौँ ।” उनले परीक्षा दिने विद्यार्थीमा कति त ३३ पटकभन्दा बढी पटक अनुत्तीर्ण भएकाले नक्कली विद्यार्थी भेटिएको उल्लेख गरिन । त्यसैबेलादेखि नक्कली प्रमाणपत्रधारी चिकित्सकको पनि कुरा छानबिनको दायरामा आएको उनले स्पष्ट पारिन । काउन्सिलका रजिस्ट्रार दिलीप शर्माले अहिले भइरहेको नक्कली प्रमाणपत्रधारी चिकित्सक छानबिनबाट नक्कली परीक्षार्थी पनि कम हुने विश्वास व्यक्त गरे । काउन्सिलले वर्षमा चारपटक एमबिबिएस अध्ययन गरेका विद्यार्थीका लागि चिकित्सक दर्ता प्रमाणपत्रको परीक्षा लिँदै आएको छ भने वर्षको दुईपटक विशेषज्ञताका लागि अध्ययन गरेका विशेषज्ञ परीक्षा लिँदै आएको छ । स्थापना भएको २०२० सालदेखि हालसम्म काउन्सिलमा एमबिबिएस स्नातक गरेका १७ हजार २६५ चिकित्सकले चिकित्सक दर्ता प्रमाणपत्र लिएका छन् । तीमध्ये ११ हजार २४४ पुरुष र ६ हजार २१ महिला चिकित्सक दर्ता भएका छन् । नेपालमा विभिन्न विषयमा विशेषज्ञता हासिल गरेका चार हजार ४८६ विशेषज्ञ चिकित्सक दर्ता भएका छन् जसमा तीन हजार ३०४ पुरुष र एक हजार १८२ महिला विशेषज्ञ छन् । यो सन् २०१५ सम्मको तथ्याङ्क हो । सन् २०१५ मा एमबिबिएस ९स्नातक० र एमडी, एमएस, र एमडिएस ९स्नातकोत्तर० अध्ययनका लागि एक हजार २६६ विद्यार्थी विभिन्न देश गएको प्रशासकीय अधिकृत लामाले जानकारी दिइन । विदेशमा गई एमबिबिएस अध्ययन गर्न जानेमध्ये बङ्गलादेशमा सबैभन्दा बढी ५९४ विद्यार्थी छन् । चीनमा १६०, फिलिपिन्समा ७४, भारतमा १९, इजिप्टमा १३, रुसमा १८, पाकिस्तानमा १३, किर्गिज्स्तान र गुयानामा एकएकजना विद्यार्थी छन् । त्यसैगरी, एमडी, एमएस र एमडिएस ९स्नातकोत्तर० पढ्न गएकामध्ये सबैभन्दा बढी चीनमा १९५, फिलिपिन्समा ५८, बङ्गलादेशमा ३४, थाइल्यान्डमा दुई, अस्टे«ेलियामा दुई, जापानमा पाँच, युकेमा एक, युएसएमा आठ, भारतमा ४४, किर्गिज्स्तानमा चार, पाकिस्तानमा चार, इजिप्टमा १३, कोरियामा एक, इरानमा एक र बेल्जियममा एकजना गरी ३७३ जना चिकित्सक स्नातकोत्तरका लागि विभिन्न देशमा छन् । नेपालमा विभिन्न मेडिकल कलेजमा एक हजार ९०५ जना विद्यार्थीले एमबिबिएस अध्ययन गरिरहेका छन् । हालसम्म नेपालबाट सात हजार १९९ जना विद्यार्थीले बाहिरी देश गई एमबिबिएस अध्ययन गरेका छन् भने एमडी, एमएस र एमडिएस ९स्नातकोत्तर० दुई हजार २६६ जनाले विदेशमा गई अध्ययन गरिसकेका छन् । रासस