एन्टिबायोटिक प्रयोग गर्दा के-के कुरामा ध्यान दिने ? मात्रा पूरा नगरी औषधी बिचमै नछोडौं

काठमाडौं। ग्रीक भाषामा एन्टी भनेको विपरीत र बायोस् भनेको जीवन हो। अर्को शब्दमा भन्ने हो भने एन्टिबायोटिक भनेको जीवनाशक वस्तु हो र यसले जीवाणुलाई नाश गरेर मानिसलाई रोगबाट छुटकारा दिलाउँछ। जीवाणु नाश गर्ने एन्टिबायोटिकलाई ब्याक्टेरियल साइडल र फैलिन नदिनेलाई ब्याक्टेरियो स्टाटिक भनिन्छ। कति पटक प्रयोग गर्ने र कति अवधिसम्म प्रयोग गर्ने भन्ने संक्रमण र एन्टीवायोटिक अनुसार फरक फरक हुन्छ । यी कुराको जानकारी चिकित्सक र स्वास्थ्यकर्मीलाई हुने भएकाले उनीहरुको सल्लाह अनुसार मात्र एन्टीवायोटिकको प्रयोग गर्नुपर्दछ । के-के कुरामा ध्यान दिने १. चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह विना विरामी स्वयंले एन्टीवायोटिक औषधिको सेवन गर्नु हुँदैन । चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह विना एन्टीवायोटिक औषधिको प्रयोग गर्दा औषधिले संक्रमणबाट मुक्ति नदिने मात्र होइन, रिएक्सन भएर मानिसको ज्यान जोखिममा पर्नसक्छ । २. गर्भवती वा स्तनपान गराइरहेकी महिलाले आफूखुशी एन्टीवायोटिक औषधि सेवन गर्दा शिशुमा समेत नराम्रो असर पर्नसक्छ तथा अंगभंग भएको वा सुस्त मनस्थिति भएको वच्चा जन्मन सक्दछ । ३. एन्टिवायोटिकको पूरा मात्र नखानाले व्याक्टेरियाले एन्टीवायोटिक विरुद्धमा लड्ने क्षमता ९प्रतिरोध० को विकास गर्द र अर्को पटक सो एन्टीवायोटिकको प्रयोग गर्दा रोग निको नहुने हुनसक्छ । ४. प्रतिरोध विकास गरेको व्याक्टेरियाको संक्रमण जोसुकैलाई भए पनि सो एन्टीवायोटिकले असर नगर्ने भएकाले प्रतिरोध विकास गर्नु भनेको समुदाय र व्यक्तिको लागि मात्र होइन, विश्वकै लागि समस्या हुनसक्छ । त्यसैले सधैं चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा मात्र एन्टीवायोटिकको प्रयोग गरौं, गराऔं । ५. नियम र अवधि नपुर्याएर एन्टीवायोटिक सेवन गरेमा रोगका लक्षणहरु नदेखिने भए पनि रोग निको नभई पुनः बल्झिने हुनसक्छ र अरुलाई उक्त रोगृ सर्न सक्दछ जसले गर्दा उनीहरुमा पनि त्यो समसया देखापर्दछ । ६. भाइरसबाट हुने रुघाखोकी लगायत अन्य साधारण रोगमा एन्टवायोटिकले असर गर्दैन । ७. एन्टीवायोटिक औषधि सधैं चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा तोकिएको मात्रा र अवधिसम्म अनिवार्य रुपमा प्रयोग गरौं । औषधिको दुरुपयोग नगरौं १. स्वास्थ्य परीक्षण नगरी औषधिको सेवन नगरौं । २. निन्द्रा लाग्ने तथा मनोद्वीपक औषधिहरुको अनावश्यक सेवनले गर्दा थाहै नपाई लत लाग्ने भएकाले यस्ता औषधि चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह अनुसार निश्चित अवधिका लागि मात्र प्रयोग गरौं । ३. लागु तथा मनोद्वीपक औषधिको लगत नराखी विक्री वितरण गर्नु गैरकानूनी काम हो । अतः लगत राख्न औषधि व्यवसायीलाई सहयोग गरौं । ४. औषधि रहरले होइन आवश्यकता अनुसार मात्र प्रयोग गरौं । ५. जीवन अमुल्य छ, दुव्यर्सनी वनी यसलाई खेर नफालौं । दुर्व्यसन मुक्त समाज निर्माण गरौं । ६. किशोरावस्थाका केटाकेटीलाई अभिभावकहरुले मायाममता र सही मार्गनिर्देशन दिएर उनीहरुलाई दुव्यर्सनको लतमा फस्नबाट जोगाऔं । ८. औषधिको प्रयोग गर्दा विल लिन नभुलौं । बिल दिँदा औषधि व्यवसायीले चनाखो भई औषधि विक्री वितरण बारे पुनm हेर्ने भएकाले गलत औषधि पर्नबाट बचिन्छ, कानूनसम्मत किसिमले दर्ता भएको औषधि मात्र प्राप्त हुन्छ । औषधिको उचित मूल्यबारे आश्वस्त हुन सकिन्छ, म्याद नाघेको औषधि पर्ने सम्भावना कम हुन्छ र गलत औषधि परेको अवस्थामा भूलसुधार गर्न सक्ने अवस्था रहन्छ । एजेन्सीको सहयोगमा

भक्तपुरका अधिकांश पसल अवैध रुपमा संचालित, म्याद नाघेको औषधिहरु छ्यापछ्याप्ती

काठमाडौं। भक्तपुर नगरपालिका बजार अनुगमन समितिले आज भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित औषधि पसल अनुगमन गर्दा अधिकांश पसल दर्ता बिना अवैध रुपमा सञ्चालित भएको पाइएको छ । समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमलविनायक, लान्चाफल्चा (भत्केको पाटी) र च्याम्हासिंहमा रहेको औषधि पसल अनुगमन गर्दा कुनै पनि पसल दर्ता नभई सञ्चालन गरेको पाइएको हो । अनुगमनको क्रममा अनमोल फर्मेसी औषधि बिक्रीकर्ताको अनुमति योग्यताको प्रमाणपत्र नभएको, नगरपालिकामा दर्ता नभएको, म्याद नाघेको औषधि टि–फोर ८५० एमजि र ५०० एमजिको भेटिएको, सिसि क्यामेराको अनुमतिपत्र नभएको, स्वकृति बिना क्लिनिक सञ्चालन गरेको पाइएको छ । अनुगमनको क्रममा पार्वती फर्मेसीमा औषधि बिक्री कर्ताको अनुमति योग्यताको प्रमाणपत्र नभएको, नगरपालिकामा दर्ता नभएको, म्याद नाघेको औषधि भि–मेट ८५० एमजि र ५०० एमजिको र एमलोड एक पाकेट, माइलोड दुई पाकेट भेटिएको छ । अनुगमनमा सुवेदी फर्मेसी औषधि बिक्री कर्ताको अनुमति योग्यताको प्रमाणपत्र नभएको, नगरपालिकामा दर्ता नभएको, म्याद नाघेको औषधि बट्टाहरु म्याद भएको औषधि राखी बिक्री गरेको पाइएको छ । अनुगमनको क्रममा विश्वास फर्मेसी एण्ड क्लिनिकमा औषधि बिक्री कर्ताको अनुमति योग्यताको प्रमाणपत्र नभएको, नगरपालिकामा दर्ता नभएको, म्याद नाघेको औषधिहरु कोल्डीन–२ वटा, ओजुस–२ वटा, विदेक्स ६ वटा, प्रिभिडिन ९ वटा भेटिएको छ । च्याम्हासिंह मेडिकल हल पसल नगरपालिकामा दर्ता नभएको, म्याद नाघेको औषधि न्यूरोन ५ ट्यावलेट, फल्यूइम १५० को ४ ट्याबलेट भेटिएको छ । सबै पसललाई तीन दिनभित्र दर्ता गर्न, स्वकृति लिएर मात्र क्लिनिक पसल सञ्चालन गर्न, अनुमतिपत्र भएको व्यक्तिले मात्र पसल सञ्चालन गर्न निर्देशन दिएको छ भने म्याद नाघेको औषधि र म्याद नाघेको सामान जफत गरेको छ। रासस

कपाललाई कसरी स्वस्थ्य बनाउने ? हरेक दिन कपाल धुनेले बारम्बार स्याम्पु प्रयोग नगरौं

काठमाडौं। कपाललाई कसरी स्वस्थ्य बनाउने हर कोहीको चाँसोको बिषय हो। कपाललाई स्वस्थ्य बनाउन खानपानदेखि स्यहार-सुसारसम्ममा ध्यान दिनुपर्छ । यस तालिकाभित्र तेलले मसाज गर्ने, धुने कुरा पनि समेटिन्छन्। कपाल सफा राख्ने कुरा गर्दा हप्तामा कतिपटक धुने भन्ने प्रश्न उठ्छ । कोही हप्तामा एक पटक कपाल नुहाउँछन् त कोही ३-४ पटक । हप्तामा यति नै दिन नुहाउनुपर्छ भन्ने कुनै नियम त छैन । तर, सफा हुने नाममा बारम्बार सेम्पु दल्दा कपाललाई नोक्सानी पनि पुग्न सक्छ। हरेक व्यक्तिहरुको कपाल फरक प्रकृतिको हुन्छ । त्यसै कुनै पनि रुटिन पछ्याउनुभन्दा अगाडि तपाईंले थुप्रै पक्षहरुलाई ध्यान दिनुपर्छ । कपालमा जिनको प्रभावलाई नजरअन्दाज गर्न सकिन्न । त्यसैले तपाईंले त्यतिबेलासम्म कपालमा प्रयोग गरिरहनुपर्छ जबसम्म सही रुटिन प्राप्त हुँदैन । यो जरुरी छैन कि जुन प्रोडक्ट र विधिले अरुको कपाललाई फाइदा गरेको छ, त्यसले तपाईंलाई पनि फाइदा गरोस । कम्तिमा एक हप्ता एउटा रुटिन फलो गर्न सकिन्छ । त्यसमा चित्त बुझेन भने अर्को रुटिनमा जानुपर्छ। तीन दिनमा एक पटक कपाल धुनु ती व्यक्तिहरुका लागि उपयुक्त हुन सक्छ जसको दिनचर्या अलिकति सुस्त छ । हरेक विहान उठेर वर्कआउट गर्ने व्यक्तिहरुको कपाल चिपचिपे हुन्छ । उनीहरुका लागि यो रुटिन सही हुँदैन । यसैगरी तपाईंको खानपानको आदतले पनि कति चाँडो चाँडो कपाल धुनुपर्छ भन्ने बताउँछ । तर, सबैलाई हुने एउटा समस्या हो, बढ्दो उमेरसँगै कपाल रुखो हुनु। यस्तोमो नियमितरुपमा सेम्पु प्रयोग गर्नुको साटो कन्डिसनिङ गर्नु उपयुक्त हुन्छ। कपालमा आईरहने सानोतिनो तेलको परवाह नगरौं सामान्यतया हामी कपाल चिपचिपे हुनुको दोष स्काल्प (कपालको जरासहितको छाला) बाट स्वत निस्कने तेललाई दिन्छौं । अनि यो तेललाई कम गर्नका लागि हामी विभिन्न प्रोडक्टहरु प्रयोग गर्छौं । यसपछि हामी कपाललाई पोषित गर्नका लागि अर्गानिक, महत्वोपूर्ण तेल मसाज पनि गर्छौं । यो एउटा चक्र जसरी घुमिरहन्छ । तर, सत्य के हो भने स्काल्पले उत्पादन गर्ने तेल कपालका लागि सबैभन्दा उपयुक्त हुन्छ । त्यसैले यस्ता उत्पादनहरुबाट टाढै बस्न राम्रो हुन्छ। सल्फेट्सबाट टाढा रहनुहोस् सेम्पु र कन्डिसनरमा सल्फेट्स हुन्छ । यसले तपाईंको स्काल्प र कपालबाट फोहोर तथा तेललाई हटाएर त्यसलाई सफा गर्छ । तर, सल्फेट्सको समस्या के हो भने यसले स्काल्पको प्राकृतिक तेल र पसीना तथा फोहोरयुक्त चिपचिपमा अन्तर भेट्दैन । सल्फेट्सले प्राकृतिक तेललाई पनि स्काल्पबाट अवशोषित गर्छ । त्यसैले सकेसम्म सल्फेट-फ्री सेम्पू र कन्डिसनर प्रयोग गरौं । बारम्बारको स्याम्पु प्रयोग नगरौं बारम्बार सेम्पु दल्नाले कपालको प्राकृतिक तेल नष्ट हुन्छ । त्यसैले सँधै सेम्पु दल्नुका साटो कहिलेकाहीँ पानीले मात्रै कपाल सफा गर्न पनि सकिन्छ । कपाल भिजाउने र औंलाले मसाज गरेर फोहोर सफा गर्नुस । त्यसपछि सफा पानीले कपाल पखाल्नुपर्छ । कन्डिसनरको प्रयोग गर्न सकिन्छ, तर ध्यानमा राखौं कि यसलाई कपालको आधा भागबाट सुरु गरेर तलसम्म लगाउनुपर्छ ।  ब्युटिसियन दिकी शेर्पासँगको कुरामा आधारित