हामी भित्र रहेका सकारात्मक र नकारात्मक पक्षलाई हाम्रो खुसीले प्रभाव पार्छ, यसरी रहनुहोस् सधैं खुशी :
काठमाडौं। मानिस कसरी खुसी हुने भन्ने कुरा उसको जीवन यापन, चाहना, सन्तुष्टि तथा व्यक्तित्वसँग सम्बन्धित हुन्छ । फिनल्याण्ड र विश्वमा सबैभन्दा खुसी देश भएको एक अध्ययनले देखाएको छ । फिनल्याण्ड विश्वकै खुसी देश हो तर धनी देश होइन । विश्वकै धनी देश त अमेरिका हो तर त्यहाँका मान्छेहरू भने पूर्णरुपमा खुसी छैनन् । हामी भित्र रहेका सकारात्मक र नकारात्मक पक्षलाई हाम्रो खुसीले प्रभाव पार्छ । प्रेम, अधार, अनुग्रह, आनन्द जस्ता सकारात्मक भावनाले हाम्रो जीवनमा खुसी लयाउँदछ। खुसी मानिस निकै ऊर्जाशील हुन्छन् र जिन्दगीमा धेरै सफलतासमेत हात पार्छन्। निःसन्देह हामी सबै खुसी हुन चाहन्छौँ। तर खुसी कसरी रहने त ? मुस्कान मुस्कानले मानिसलाई खुसी बनाउँछ । सधैं सकारात्मक चिन्तनका साथ अघि बढ्न प्रेरित पनि गर्छ । मिचिगन विश्वविद्यालयको अध्ययन अनुसार मुस्कानले मानिसलाई ऊर्जाशील बनाउँछ । बौद्धिक काम गर्ने क्षमता बढाउनका लागि समेत मुस्कुराउन जरुरी छ। मुस्कानले केही मात्रामा पीडा पनि कम गर्छ। ‘मुस्कानले हामीलाई आनन्द महसुस गराउँछ । हाम्रो सोच्ने शक्तिमा वृद्धि गराउँछ’, मनोविद् जोन इटल भन्छन्। जब आनन्द महसुस हुन्छ निसन्देह खुसी प्राप्त हुन्छ । व्यायाम व्यायाम तनाव कम गर्ने उत्तम उपाय हो। व्यस्त मानिसहरुलाई धेरै व्यायाम गर्ने फुर्सद कहाँ? जम्मा ७ मिनेट समय व्यायामलाई छुट्याएमा तनावलाई भगाएर खुसी रहन सकिन्छ । यसको परीक्षणका लागि वितृष्णाका रोगीलाई दुई तरिकाले उपचार गराइयो। एउटालाई औषधि दिएर, अर्कोलाई व्यायाम गराएर र एकलाई दुवै विधिले। परिणाम आश्चर्यजनक देखियो। ‘सहभागीमध्ये व्यायाम गर्नेहरुमा वितृष्णा निकै कम थियो’, साउन एकरले द एडभान्टेज अफ ह्याप्पीनेस पुस्तकमा उल्लेख गरेका छन्। व्यायामले मानिसलाई आनन्दित बनाउँछ। स्मरण शक्ति बढाउँछ। स्वास्थ्य मनोविज्ञान सम्बन्धी अध्ययनले दैनिक व्यायाम गर्ने मानिसहरुको शारीरिक अवस्थामा कुनै परिवर्तन नआउँदा पनि उनीहरु असाध्यै खुसी र तनावरहित हुने देखाएको छ । परिवार र साथीसँग रमाउने घरपरिवार र साथीभाइसँग समय बढी बिताउने मानिस धेरै खुसी हुने गरेका छन्। ‘साथीभाइ, इष्टमित्रसँगको जमघटबाट प्राप्त हुने खुसी निकै पृथक् खालको छ, जब हामी जमघट गर्छौं सबै पीडा भुलेर बडो आनन्द महसुस हुन थाल्छ’ विज्ञ डेनियल भन्छन्। साथीभाइसँग समय बढी बिताउँदा सामाजिक सम्बन्ध बलियो बन्छ। आपतविपतमा सहजै सहयोग पाइन्छ र दुस्खी हुनुपर्ने अवस्था आउँदैन।’सामाजिक सम्बन्ध बलियो भएको मानिसले सबैको साथ र सहयोग पाउँछ। उसले एक्लो महसुस गर्नुपर्ने अवस्था नआएपछि खुसी स्वतस् प्राप्त हुन्छ’, डेनियल थप्छन्। ध्यान ध्यानले एकाग्रता बढाउँछ। तनाव कम गराउँछ। मानिसलाई शान्त बनाउँछ। ध्यानले सकारात्मक ऊर्जासमेत बढाउने भएकाले ध्यान गर्ने मानिसहरु समेत खुसी हुन्छन्। ‘ध्यानले दिमाग स्वच्छ हुन्छ र तनाव पनि घटाउँछ’ साउन एकर पुस्तक द एडभान्टेज अफ ह्याप्पिनेसमा लेख्छन्। यात्रा अमेरिकन मेट्रोलोजिस्ट एशोसिएसनले प्रदूषित वातावरणका कारण बढ्दै गएको तापमानले पनि मानिसमा बढी वितृष्णा हुने गरेको बताएको छ। स्वच्छ हावामा घुम्दा सकरात्मक ऊर्जा प्राप्त हुन्छ। भ्रमणले पनि खुसी प्राप्ति हुने सान एकरले आफ्नो पुस्तक ‘द एडभान्टेज अफ ह्याप्पिनेसुमा उल्लेख गरेका छन्। स्वच्छ हावामा घुम्न निस्कँदा आनन्द महसुस हुने भएकाले खुसी प्राप्त हुने उनको भनाइ छ। ‘स्वच्छ हावामा २० मिनेट मात्रै घुम्दा पनि सकरात्मक ऊर्जा प्राप्त हुन्छ,’ एकर आफ्नो पुस्तकमा लेख्छन्। मस्त सुताइमस्त निदाउने मानिस बढी खुसी हुने गरेको देखिएको छ । मस्त सुत्दा शरीरलाई आराम हुनुका साथै शरीर फुर्तिलो हुने विज्ञ अस्ले मेरिम्यान बताउँछन्। कम सुत्ने मानिसमा नकारात्मक भावना बढी हुने अनुसन्धानले देखाएको छ। उनीहरुमा रिसाउने र झर्किने स्वभाव बढी हुने गरेको पाइएको छ। अरुलाई सहयोग अरुलाई सहयोग गर्दा पनि खुसी प्राप्त हुन्छ। सहयोग गर्दा खुसी प्राप्त हुने वा नहुने पत्ता लगाउनका लागि १ सय ५० मानिसमा अध्ययन गरिएको थियो। ‘कन्सर्ट, घडी, जुत्ता लगायतका वस्तुमा खर्च गर्ने मानिस र सामाजिक काममा दान गर्नेहरुमा अध्ययन गर्दा सामाजिक काममा खर्च गर्ने मानिस आफ्नो रकमको हिस्साले अरुले सहयोग पाएकोमा औधी खुसी थिए’, द एड्भान्टेज अफ ह्याप्पिनेस पुस्तकमा उल्लेख छ। ‘
म्याग्दीस्थित मराङको बुलमा सामुदायिक स्वास्थ्य एकाइका लागि भवन निर्माण
काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका– ६ मराङको बुलमा सामुदायिक स्वास्थ्य एकाइ स्थापनाका लागि भवन निर्माण हुने भएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित बुलका बासिन्दालाई सहजरुपमा गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउन पूर्वाधार तयार पारिएको हो । गुड नेवर्स इन्टरनेशनलको सहयोगमा कदम र सङ्गम म्याग्दीद्वारा सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजनाको सहयोगमा बुलका बासिन्दाले श्रमदान गरेर भवन निर्माण गरेका हुन् । कदम म्याग्दीमार्फत प्राप्त नौ लाख ३३ हजार र स्थानीयवासीको एक लाख ४७ हजार बराबरको श्रमदानमा एक कोठे पक्की भवन निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष नरबहादुर जुक्जालीको भनाई रहेको छ । भवन तयार भएपछि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनका लागि गाउँपालिकामा माग गर्दै आएको एकाइ सञ्चालन भएमा बुल र मलम्बार गाउँका १५० घरधुरी लाभान्वित हुने जनाइएको छ । बुल र मलम्पारका बासिन्दा सामान्य बिरामी पर्दासमेत दुई घण्टाभन्दा बढी समय लगाएर मराङ र मल्कवाङस्थित स्वास्थ्य संस्थामा पुग्न बाध्य छन् । ज्येष्ठ नागरिक, अशक्त, बालबालिका र गर्भवती महिलालाई स्वास्थ्य संस्था टाढा हुँदा सहजरुपमा आधारभूत स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन् । स्वास्थ्य संस्थामा उपचारका लागि जाँदा कतिपयलाई पूरै दिन लाग्ने गरेको छ । भिर, जङ्गल र खोल्साको बाटो हिँड्नुपर्दा जोखिम रहेको बुलकी महिला स्वास्थ्य स्वमसेविका लक्ष्मी केसीले बताए । बुल र मलम्पराका बासिन्दालाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सामुदायिक स्वास्थ्य एकाइ स्थापनाका लागि पहल गरिएको धवलागिरि गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक वडा नं ६ का अध्यक्ष राजाराम सुवेदीले जानकारी दिएका छन् । रासस
स्वास्थ्य क्षेत्रको उत्कृष्ट करदाताको रुपमा नोबेल अस्पताल सम्मानित
काठमाडौं। सरकारले गत आर्थिक वर्ष (आव) २०७३/७४ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ। सातौं राष्ट्रिय कर दिवसका अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाले उत्कृष्ट १५ करदातालाई सम्मान गरेका हुन्। आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ। सोही मेसोमा उक्त आवमा सबैभन्दा बढी कर तिर्ने करदातालाई पनि सम्मान गरिएको हो। आव ०७३/७४ मा स्वास्थ्य र शिक्षा क्षेत्रमा सबैभन्दा बढी कर नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले तिरेको छ। आर्थिक बर्ष २०७३/०७४ मा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा मुलुककै उत्कृष्ट करदाताको रुपमा नोबेललाई सरकारको तर्फबाट सम्मानित गरिएको हो। सातौं कर दिवसको अवसरमा शनिवार राजधानीमा आयोजित कर दिवस समारोहमा अर्थमन्त्री डा.युवराज खतिवडाले नोबेल अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्मालाई माला लगाएर सम्मानपत्र प्रदान गरे। कार्यक्रममा बिभिन्न क्षेत्रका उत्कृष्ट करदाताहरुलाई सम्मानित गरिएको थियो। २०६१ सालमा बिराटनगरको कञ्चनवारीमा स्थापना भएको नोबेल मेडिकल कलेज गुणस्तरीय उपचार र स्तरीय शिक्षाका क्षेत्रमा मुलुककै उत्कृष्ट सस्थाको रुपमा स्थापित भएको सञ्चालक डा.सुनिल शर्माले बताए।