जनता बैंकले चार जिल्लामा स्वास्थ्य सिविर सञ्चालन गर्ने, कहाँ कहाँ गर्दै छ ?
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले यसै वर्ष विभिन्न चार जिल्लामा स्वास्थ्य सिविर सञ्चालन गर्ने भएको छ । जनता बैंकले नेपाल नेत्रज्योति संघबीच सम्झौता गरी विभिन्न स्थानमा आँखा शिविरका साथै स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो । सम्झौता अनुसार बैंकले यस वर्ष रसुवा, रामेछाप, रोल्पा र हुम्लामा स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । त्यस्तै, देशको दुर्गम तथा विपन्न समुदायलाई लक्षित गरि निःशुल्क आँखा शिविर संचालन गर्ने बैंकले जनाएको छ । शिविरमा मोतिबिन्दुको अपरेशन गर्नु पर्ने बिरामीको निःशुल्क अपरेशन गर्नुको साथै आवश्यक औषधी तथा चश्मा वितरण गरिने छ । स्वास्थ्य शिविरमा आँखा उपचारको साथै स्त्री तथा प्रसूति रोगसँग सम्बन्धि बिरामीको परिक्षण गर्नुको साथै आङखस्ने समस्या भएका महिलाहरुको निःशुल्क अपरेशनको समेत व्यवस्था मिलाइने बैंकले जनाएको छ । उक्त सम्झौतामा जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा. डा. तिर्थप्रसाद मिश्रले हस्ताक्षर तथा सम्झौता आदान प्रदान गरेका छन् ।
उपचारको भौतिक पूर्वाधार तयार, रोग लाग्न नदिने उपायका विषयमा गम्भीर : मन्त्री घिमिरे
काठमाडौं । राज्य पुनःसंरचनाको नयाँ अभ्यासमा रहेकाले कर्मचारी तथा राजनीतिक वृतमा काम गर्न केही जटिलता देखिएको भन्दै प्रदेश नं १ का सामाजिक तथा स्वास्थ्यमन्त्री जीवन घिमिरेले जनाएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयले इटहरीमा आयोजना गरेको तीन दिने कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै नयाँ परिवेशमा जनप्रतिनिधि र कर्मचारीबीच केही मतभिन्नता देखिए पनि हट्दै जाने बताएका छन् । मन्त्री घिमिरेले देशमा स्वास्थ्य उपचारको भौतिक पूर्वाधार तयार गरेको तर रोग लाग्न नदिने उपायका विषयमा गम्भीर हुन सकेनौँ भन्दै अब रोग लाग्न नदिने विषयमा स्वास्थ्य क्षेत्रमा लागेका सबै सक्रिय हुनु आवश्यक रहेको जानकारी दिएका छन् । सङ्घीय, प्रादेशिक र स्थानीय तह सबैले देश र जनताप्रति उत्तरदायी भएर काम गर्ने बानीको विकास गर्नुपर्ने आवश्यकता रहेको छ । आन्तरिक मामिला मन्त्रालयका सचिव गोपाल पराजुलीले मानव स्वास्थ्यका क्षेत्रमा देखिएको समस्या न्यूनीकरणमा सम्बन्धीत सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने छ । मन्त्रालयका सचिव हरिप्रसाद सुवेदीको अध्यक्षतामा भएको सो तीन दिने गोष्ठीमा मन्त्रालयका निर्देशक मोदराज डोटेलले प्रदेश नं १ को स्वास्थ्य अवस्थाको प्रतिवेदन प्रस्तुत गरेका छन् । रासस
दैनिक खानेकुरामा अलि मात्र पनि ध्यान दिने हो भने हामी सजिलै स्वस्थ रहन सक्छौं
काठमाडौं। हरेक मानिस स्वस्थ हुन चाहान्छन्, तर खाने तरिका नमिलेको कारण उनिहरु त्यसमा सफल हुँदैनन्। रोग लागेपछि स्वस्थ बन्न ठूलो आर्थिक र मानसिक क्षतीपछि मात्रै संभव छ । हामीले हाम्रो दैनिक खानेकुरामा थोरै मात्र पनि ध्यान दिने हो भने हामी सजिलै स्वस्थ बन्न सक्छौं। चिल्लो पदार्थको प्रयोग ठिक्क मात्रामा गर्ने उचित हुन्छ । खाना पकाउन शुद्ध तोरीको तेल सबैभन्दा राम्रो हुन्छ । नुनको प्रयोग सिमित गर्नुपर्छ र आयोडिनयुक्त नुन मात्रा प्रयोग गर्नुपर्छ। नून थपेर खाने बानी छोड्नुपर्छ । फलफुल र सागपात प्रशस्त मात्रामा खानुपर्छ । दैनिक कम्तीमा एकपल्ट फलफूल खानुपर्छ । बेलुकीको खाना जहिले पनि हलुका खाने गर्नुपर्छ। दुध र दुधबाट बनेको परिकार दैनिक रुपमा प्रयोग गर्नुपर्छ। सधैं सुरक्षित खाना र पानीको प्रयोग गर्नुपर्छ। जहिले पनि भात मात्र खानु हुँदैन। हरेक दिन बिभिन्न प्रकारको खाना खाने गर्नुपर्छ। पायो भन्दैमा जति पनि खानु हुँदैन। बेलुकीको खाना खाएपछि कम्तीमा दुई घण्टापछि मात्र सुत्नुपर्छ । शाकाहारी हुनु स्वास्थ्यको लागि धेरै नै फाइदाजनक छ । तर नियन्त्रित रूपमा माछा मासु खाएमा त्यसले स्वास्थ्यलाई असर गर्दैन। रातो मासुले कोलेस्टेरोल धेरै बढाउँछ त्यसैले सकेसम्म खसी, राँगोको मासु नखाँदा राम्रो हुन्छ। तुलनात्मक रुपमा माछा र कुखुराको मासु खाँदा राम्रो हुन्छ। खोस्टा सहितको खाधान्न खाने गर्नुपर्छ। उच्च फाइवरयुक्त खानाले मुटुलाई धेरै फाइदा गर्छ । फाइबरको प्रमुख स्रोत गहुँ, गेडागुडी, हरियो सागपात हुन् । खाना थोरै–थोरै गरेर धेरैपल्ट खानु उचित हुन्छ । एकैचोटी धेरै खाने र लगत्तै सुत्ने बानी मुटुका लागि खतरनाक हुन् । त्यसैले २-३ घण्टाको अन्तरालमा केही न केही खाईराख्नुपर्छ र आहार व्यवस्थापन गर्नुपर्छ । चिनी, मिठाई र गुलियो पेय पदार्थको उपभोगलाई घटाउन पर्छ । मधुमेह भएकाहरूले गुलियो खानु हुँदैन । डाइबेटीक डाइट चार्ट अनुसार क्यालोरी हिसाब गरेर खानुपर्छ ।