नेपाल क्यान्सर हस्पिटलद्वारा स्तन क्यान्सरसम्बन्धि अभिमुखीकरण गोष्ठी
काठमाडौं। नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टरमा कार्तिक १९ गते सोमबारका दिन वुमन चेम्बर अफ कमर्सुका सदस्यहरुलाई अक्टोबरको स्तन क्यान्सर सचेतना महिनाु अन्तर्गत स्तन तथा अन्य महिलाजन्य क्यान्सर रोगहरुको बारेमा अभिमुखीकरण कक्षा दिए। विश्वमै फैलिएको डरलाग्दो क्यान्सर रोगका कारण हजारौं मानिसहरु मृत्युवरण गरिरहेका छन् । हजारौं मानिसले विभिन्न समस्याहरु झेलिरहेका छन् । अझ हाम्रो जस्तो अविकसित मूलुकमा अशिक्षा, गरीबी, कुसंस्कार र यस सम्बन्धी चेतना, औषधि उपचार र अन्य श्रोत साधनका अभावका कारण वर्षेनि हजारौं मानिसले ज्यान गुमाएका छन् भने परिवारका सदस्यहरु झन कष्टदायी जिवन विताउन बाध्य छन्। क्यान्सर रोगको सामना गर्न भौतिक, आर्थिक, सामाजिक, मानसिक र पारिवारिक रुपमा बलियो हुनुपर्ने तथ्यलाई मध्यनजर गर्दा यस रोगको रोकथाममा महिलाको भूमिका अत्यन्त महत्वपुर्ण हुने गर्दछ। अझ आजकालका कामकाजी महिलाहरुले आफ्नो व्यस्त जीवनमा आफ्नो शरीरको नियमित परिक्षण गराउनु जरुरि हुन्छ। यस सभामा स्तन क्यान्सरको निदान, रोकथाम, र उपचारको जनचेतना अभिबृद्दिका लागि समाजका अगुवा महिलाहरुले खेल्नुपर्ने भूमिकामा प्रकाश पारिएको थियो । कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टरका तर्फबाट डा.सुदिप श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरेका थिए। उनले नेपालमा क्यान्सरजस्ता उपचार गर्न ठुलो स्रोतसाधन चाहिने रोगहरुका लागि सरकारले अझ सशक्त रुपमा स्वास्थ्य बिमाको अवधारणा ल्याउनुपर्ने कुरामा जोड दिए। यसै सन्दर्भमा उनले उपचार गर्न विदेशिने नेपालीको मानसिकतामा परिवर्तन ल्याउन नेपालीको क्यान्सर उपचार नेपालमा नै नारा लिई अस्पताल अगाडि बढेको पनि बताए। वुमन चेम्बर अफ कमर्सु का हेल्थ कमिटिु संयोजक तथा नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टरकी संचालिका श्रीमती स्वरुपा श्रेष्ठले आफ्नो मन्तब्य दिएकी थिईन्। मन्तव्यमा उनले क्यान्सर रोगको जनचेतना अब ग्रामीण क्षेत्रमा पुर्याउनुपर्ने र त्यसका लागि वुमन चेम्बर अफ कमर्सले नेपाल क्यान्सर हस्पिटल, च्याम्बर अफ कमर्स, रोटरी र लायन्स क्लबजस्ता सामाजिक संघसंस्थासंग सहकार्य गरिरहेको बताए। कार्यक्रमको दोश्रो चरणमा हस्पिटलका सर्जिकल अन्कोलोजी बिभाग प्रमुख डा। कपेन्द्र शेखर अमात्यले स्तन क्यान्सरका बारेमा सहभागीहरुलाई प्रस्तुति दिएका थिए। सहभागीहरुको जिज्ञासा मेटाउदै उनले आजकल स्तन क्यान्सर लागिहालेमा पनि पुरै स्तन काटेर फाल्नु नपर्ने तथ्य उजागर गर्नुभयो। साथसाथै यस हस्पिटलमा अन्कोप्लास्टिक ब्रेस्ट सर्जरीु पनि सुरु भैसकेकाले धेरै केसहरुमा नया स्तन बनाउने प्रबिधि र सीप नेपालमै उपलब्ध भएको पनि जानकारी दिनुभयो। नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टरमा कम्प्रिहेन्सिभ ब्रेस्ट केअर क्लिनिकु उपलब्ध भएकाले स्तन क्यान्सरका जानकार डाक्टर हरुको समुहद्वारा हरेक बिरामी र क्यान्सरको बिशिष्ट उपचार हुने डा. अमात्यले बताए। यसका लगत्तै भेलाका सहभागीहरुले आ(आफ्ना मनमा लागेका क्यान्सर सम्बन्धि प्रश्नहरु सोधेका थिए।
सूर्यविनायक क्षेत्रका ९० प्रतिशत मिठाई भण्डारमा अखाद्य मिठाई
काठमाडौं। तिहार शुरु भएपछि सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रमा गरेको मिठाई पसल अनुगमनका क्रममा ९० प्रतिशत मिठाई भण्डारमा अखाद्य मिठाई बिक्री गरिरहेको पाइएको छ । आज गरेको अनुगमनका क्रममा टोलीले अखाद्य वस्तु मिसाएर बनाएको मिठाई, ढुसी आएको, बिग्रिएको र पुरानो मिठाई तथा मिठाई बनाउन प्रयोग हुने तेल भारी मात्रामा नष्ट गरेको छ । सृजना नगरस्थित कन्हैया स्विट एण्ड चाट हाउस, सल्लाघारीको गणपति स्विट हाउस, लक्ष्मी स्विट एण्ड चाट हाउस, सूर्यविनायकको गणेश मिठाई भण्डार, सूर्यविनायक मिठाई भण्डार, पाण्डुबजारको जय माता दी स्विट एण्ड चाट हाउसमा अखाद्य वस्तु मिसाएर मिठाई बनाएको अनुगमनका क्रममा फेला पारिएको थियो । केहि पसल दर्ता नभएका र केही दर्ता भए पनि नवीकरण नगरिएको पाइएको छ । तिहारका लागि बनाइएको अधिकांश मठाई पकाउने तेल जाँच गर्दा रानसिड (एशिड) बढी भई गुणस्तरहीन भएको, तेलमा अखाद्य वस्तुको मिसावट भएको, म्याद नाघेको रंग प्रयोग गरेको, आवश्यकताभन्दा अत्यधिक बढी अखाद्य रंग प्रयोग गरिएको, बासी मिठाई र म्याद नाघेको सामानहरु ठूलो मात्रामा जफत गरी नष्ट गरेको अनुगमन समितिका संयोजक एवं नगरपालिकाका उपप्रमुख जुना बस्नेतले जानकारी दिए। सूर्यविनायकस्थित लक्ष्मी मिठाई भण्डार एवं फुड क्याफे र सिद्धिलक्ष्मी मिठाई तथा दही भण्डार अन्यको तुलनामा राम्रो र सफा पाइएको थियो । त्यसैगरी दधिकोटस्थित मोर्डन दुग्ध डेरीमा गरिएको अनुगमनमा नगरपालिकामा दर्ता नगरी सञ्चालन गरेको पाइएको छ । नगरपालिकाका उपप्रमुख जुना बस्नेतसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्राविधिक शिवप्रसाद भण्डारी, नवराज आचार्य, नगरपालिका शाखा अधिकृत अनिरुद्र नेपाल, कर्मचारीहरु पूर्णचन्द्र शर्मा, शोभा घिमिरे, सुमित्रा थापा, उपभोक्ता महासङ्घका प्रतिनिधि लक्ष्मी भण्डारी लगायतको टोलीले अनुगमन गरेको थियो । मानवीय जीवनमाथि खेलबाड गरी अखाद्य वस्तु मिसाउने व्यक्तिलाई रु पाँच हजार जरिवाना र ६ महीना कैद सजायको व्यवस्था गरिएको खाद्य प्राविधिक शिवप्रसाद भण्डारीले जानकारी दिए। मिठाई बनाउँदा पाँच केजीमा एक ग्राम मात्रै खान उपयुक्त भनेर प्रमाणित गरेको रङ राख्न पाइने भए पनि व्यापारीले पाँच किलो मिठाईमा १५ ग्रामसम्म रंग प्रयोग गरेको पाइएको उनले बताए। रासस
जन्मान्तर कति हुनु राम्रो ? नयाँ अध्ययनले यसो भन्छ
काठमाडौं। आमा तथा शिशुको स्वास्थ्यमा आइपर्ने जोखिमबाट जोगिन आमाहरूले एउटा जन्म दिएको कम्तीमा एक वर्षपछि मात्रै अर्को गर्भधारण गर्नु उचित हुने एउटा नयाँ अनुसन्धानले जनाएको छ। ती अनुसन्धानकर्ताहरूका अनुसार हाल विश्व स्वास्थ्य संगठनले भन्ने गरेको जस्तो त्यसको निम्ति १८ महिनासम्म कुर्न भने जरूरी छैन। गर्भधारणमा उचित अन्तर नराखे त्यसले समय अगावै शिशुको जन्म हुने, साना आकारका शिशु जन्मने र मातृ तथा शिशु मृत्युदर बढाउने खतरा निम्त्याउन सक्छ। नयाँ अनुसन्धानका निष्कर्षले बढी उमेरका महिलाहरूलाई खुशी दिने अनुसन्धानकर्ताहरूले ठानेका छन्। ब्रिटिश कोलम्बिया विश्वविद्यालय तथा हार्भाड टिएच चान स्कूल अफ पब्लिक हेल्थद्वारा क्यानाडामा डेढ लाख सुत्केरीहरूमा गरिएको अनुसन्धानको निष्कर्ष जामा इन्टरनल मेडिसिनमा प्रकाशन गरिएको छ। सो निष्कर्ष अनुसार सुत्केरी हुनु र अर्को गर्भधारण गर्नुका बीच १२ देखि १८ महिनाको अन्तर राख्नु उत्तम हुन्छ। जबकि विश्व स्वास्थ संगठनको विद्यमान निर्देशिकाले त्यस्तो अन्तर कम्तीमा १८ महिनादेखि २४ महिना हुनुपर्ने भन्छ। बीबीसी