दोस्रो, पाँचौ र छैटौं कोरोना संक्रमित एउटै फ्लाईटमा नेपाल आएका थिए

काठमाडौं । कोरोना संक्रमित छैटौँ व्यक्ति दोस्रो र तेस्रो कोरोना संक्रमितसँग एउटै फ्लाईटमा नेपाल आएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले तीनै जना एकैदिन एउटै फ्लाईटमा नेपाल आएको बताएका हुन् । उनीहरु चैत ४ गते कतार एयरवेजको फ्लाईट नं क्यु आर ६५२ बाट दोहा हुँदै नेपाल आएका देवकाेटाले बताए । दोस्रो संक्रमित युवतीलाई चैत १० गते कोरोना भएको पुष्टि भएको थियो भने पाँचौं संक्रमित युवतीलाई चैत १५ गते संक्रमण भएको पुष्टि भएको थियो । दोस्रो व्यक्तिलाई नेपाल आएको छैटौं दिनमा कोरोना भएको पुष्टि भएको थियो भने पाँचौंलाई ११ औं दिनमा र छैटौंलाई १६ औं दिनमा कोरोना भएको पुष्टि भएको हो । छैटों संक्रमित भने आज संक्रमित भएको मन्त्रालयले पुष्टी गरेकाे हाे । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएका परीक्षणमा छैटौं व्यक्तिको नमुना पोजेटिभ देखिएको हो । आज काेराेना संक्रमण देखिएकी युवती बाग्लुङकी हुन् । उनकाे थप जानकारी भने आउन बाँकी नै छ । नेपालमा हालसम्म ११ सय ८४ जनामा कोभिड-१९ को परीक्षण गरिएको छ। त्यसमध्ये ११ सय ७८ मा सङ्क्रमण नदेखिएको र पाँच जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

मुख्यमन्त्रीलाई माक्स लाउनै आउँदैन !

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९)को सन्त्रास छ । त्यो त्रासबाट नेपाल पनि अछुतो रहन सकेको छैन । नेपाल सरकारले कोरोना भाइरसको रोकथाम तथा जोखिम न्युनिकरणका लागि विभिन्न प्रयासहरु गरिरहेको छ । त्यो प्रयास केन्द्रदेखि प्रदेश र स्थानिय तहसम्म पुगेको छ । आम नागरिकहरु यसको सावधानी अपनाइरहेका छन् । सरकारले लक डाउन घोषणा गरेको छ । सबै नागरिक घरभित्रै बसेका छन् । प्रदेशका मुख्यमन्त्री, मन्त्रीलगायत सरकारका उच्च पदस्थ कर्मचारीहरू  विभिन्न क्षेत्र तथा ठाउँमा गएर नागरिकहरुलाई कोरोना सम्बन्धि सचेतना तथा सल्लाह सुझाव पनि दिइरहेका छन् । नेपाल सरकारले कोरोना भाइरसको रोकथाम तथा जोखिम न्युनिकरणका लागि कोरोनाविरुद्दको कोष पनि स्थापना गरेको छ । यो कार्य संघले मात्र होइन सातवटै प्रदेशले शुरु गरेका छन् । सातै प्रदेशले कोरोना भाइरसको जोखिम कम गर्नका लागि स्थापना गरेको कोषमा सहयोग गर्नेहरु संख्या पनि बढ्दै गएको छ । अहिले विभिन्न संघ संस्थाहरु र व्यक्तिहरुले पनि सहयोग गरिरहेका छन् । पछिल्लो समय सातै प्रदेशका मुख्यमन्त्रीहरु त्याे सहयोग थाप्न व्यस्त छन् । सहयोग थाप मात्र होइन उनीहरु कोरोनाको जोखिम कम गर्न विभिन्न ठाउँमा गएर नागरिकहरुलाई सचेतना सम्बन्धि सुझाव सल्लाह पनि दिइरहेका छन् । यसमा उनीहरुको प्रयास र सक्रियता अथक र अतुलनीय छ । कोरोनासँग लड्नको लागि विभिन्न सामाजिक संघ संस्था र व्यक्तिहरुको योगदान र भूमिका चित्रण गरि नसक्नु छ । उनीहरुले कोरोना भाइरससँग जुध्ने र यसको सावधानी अपनाउनका लागि विभिन्न उपायहरु बताउँदै आएका छन् । विश्व स्वास्थ्य संगठनले पनि मानिसहरुलाई पटक–पटक हात धुन र पुरै मुख छोपिने गरी माक्सको प्रयोग गर्न आम नागरिक सबैमा अनुरोध गर्दै आएको छ । तर, यसकै सल्लाह सुझावलाई अवलम्बन गर्दै आम नागरिकलाई सचेतना गर्न हिडेका र प्रदेशको अभिभावकत्व भूमिका निर्वाह गरिरहेका सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको माक्स लगाउने तरिका भने हास्याँस्पद देखिन्छ । भलै उनीहरुले एक पटक मात्र त्यसरी माक्स लगाएका होलान् । तर, कोरोनाले एकछिनको लागि छुट है भनेर सर्नबाट पछि हट्छ र ? अब चित्रण गरौं सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको माक्स लगाउने तरिकाको । माक्स तल झारेर सहयाेग बुझ्दै प्रदेश एकका मख्यमन्त्री शेरधन राई । यो प्रदेश एकका मुख्यमन्त्री शेरधन राईको तस्वीर हाे । उनी एक बैंका कर्मचारीसँग तस्वीरमा छन् । त्यो तस्वीरलाई हामी सहज अनुमान गर्न सक्छौं कि त्यो तस्वीर प्रदेशले कोरोना भाइरसको जोखिम न्युनिकरुणका लागि स्थापना गरेको कोषमा सहयोग गर्ने बैंकका कर्मचारीसँगको हो । दुबै जनाले माक्स लगाएका छन् । तर, दुवै जनाले माक्स नाकभन्दा तल अर्थात चिउँडोमा राखेका छन् । अनुमान गरौं कि ती मुख्यमन्त्री राईले तस्वीर खिचाउँनका लागि मात्रै त्यो माक्स तल झारेका हाेलान । के तस्वीर खिचाउनका लागि भनेर कोरोनाले छुट दिन्छ र ? त्यतिखेर नजिकै कोरोना लागेको व्यक्ति छ भने कोरोना सर्न सक्दैन ? सहयोगको चेक थाप्दै प्रदेश दुईका मुख्यमन्त्री लालबाबु पण्डित ।  यो तस्वीर प्रदेश दुईका मुख्यमन्त्री लालबाबु पण्डितको हाे । उनीसँगै अन्य दुई चार जना व्यक्तिहरू छन् । यो तस्वीरमा पनि प्रदेश एककै जस्तो सहयोग लेनदेन भइरहेको छ । ती तस्वीरमा रहेका सबैले माक्स प्रयोग गरेका छन् । अझ मुख्यमन्त्री लालबाबु पण्डितले त एन ९५ माक्सको प्रयोग गरेका छन् । जुन कोरोना भाइरस नसर्नको लागि सुरक्षित मान्ने गरिएको छ । तस्वीरमा रहेका सबैको माक्स लगाउने तरिका राम्रै छ । उनीहरुले चिकित्सकहरुले भेन जसरी नै माक्सको प्रायोग गरेका छन् । तर मुख्यमन्त्रीले भने माक्स तल झार्दै तस्वीर खिचाइरहेका छन् । के उनको माक्सदेखि डराएर कोरोना उनी नजिक नआउला त ? माक्सबिना नै सहयाेग थाप्दै बागमती प्रदेशका मुख्यमन्त्री डाेरमणी पाैडेल । यो तस्वीर बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको हो । तस्वीरमा उनी पनि सहयोग थापिरहेका छन् । तस्वीरमा देखिएका सहयोगदाता निकै सुरक्षित देखिन्छन् । तर, मुख्यमन्त्री पौडेल भने बिना माक्स सहयोग थापिरहेका छन् । तस्वीर उनकै कार्यकक्षको जस्तो देखिन्छ । मानौं उनी कार्य कक्षमै भएपनि उनी सार्वजनिक मान्छे हुन् । उनलाई कोरोनाको डर नभएपनि उनले सर्वसाधारणका लागि भएपनि माक्सको लगाइदिनु पर्छ । सर्वसाधारणलाई माक्स लगाऊ, पटक पटक हात धौ भनेर निर्देशन दिने मुख्यमन्त्रीले माक्सको प्रयोग गर्नु पर्दैन ? माक्स तल झारेर सहयाेग थाप्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको तस्वीरु पनि ऋन्यको भन्दा फरक छैन । उनी पनि कार्यकक्षमै सहयोग थापिरहेका छन् । उनीसँगैका सहयोगदाताहरुले पनि माक्सको त प्रयोग गरेका छन् । तर, सबैले तल झारेका छन् । ती चार/पाँच जनामध्ये एकजनामा कोरोना यदि भएको भए कोरोनाको संक्रमण विस्तारको अवस्था के होला ?  माक्स तल झारेर नै सहयाेग थाप्दै प्रदेश पाँचका मुख्यमन्त्री शंकर पाेखरेल । यी हुन् प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल । यिनको तस्वीर पनि अरुको भन्दा कम छैन । बरु उनलाई सहयोग गर्ने मान्छे राम्रो सचेत भएको तस्वीरले प्रष्ट्याउँछ । तर, उनी भने निडरले माक्स तल झारेर तस्वीर खिचाइरहेका छन् । कि मुख्यमन्त्री सम्झेर नै कोरोना डराउँछ ? हुन, सक्दैन विदेशमा मन्त्रीदेखि उच्च पदस्थका व्यक्तिहरुलाई कोरोनाको संक्रमण भएका समाचारहरु हामीले नै पढेका र सुनेका छौं । माक्सबिनै अनुगमनमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही । यी हुन् कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही । तस्वीरमा उनी एक हेल्थ डेस्क अर्थात ज्वरो नाप्ने ठाउँमा अनुगमनमा पुगेको जनाउँछ । तर, यसरी बढी संक्रमणको आशंकामा रहेर ज्वरो नाप्ने ठाउँमा गएका मुख्यमन्त्री शाही बिना माक्समा छन् । मानौं उनी कोरोनादेखि डराउँदैनन् । तर, आम सर्वसाधारणले उनीबाट के सिक्ने ? के कर्णालीमा कोरोना पुगेको छैन भनेर मुख्यमन्त्री शाहीले तस्वीरबाट देखाउन खोजेका हुन् । जम्बाे टाेली र सामाजिक विकास मन्त्रीसहित अनुगमनमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलाेचन भट्ट । मन्त्री सुवेदी र भट्ट दुवैले माक्स तल झारेका छन् । अब सुदूरपश्चिमको कूरा गरौं । तस्वीरमा सुदूरपश्चिमका मुुख्यम्नत्रीसहहितको जम्बो टोली छ । सरकारले एक व्यक्ति अर्को व्यक्तिभन्दा एक दुई मिटर टाढा बस्नुस् भन्छ । यो टोलीले भने त्यो कूरा बिर्सेको तस्वीरबाट प्रस्ट पार्छ । अनि माक्स तल झारेर निरिक्षणमा हिँडेका छन् । आम सर्वसाधारणको सचेतनाका लागि फिल्डमा हिडेका उच्च र पदस्थ व्यक्तिहरुले माक्सको सही प्रयोग गर्नु पर्दैन ? अझ त्यो तस्वीरमा अर्को रोचक कूरा त के छ भने मुख्यमन्त्री भट्ट र प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी बाहेका अरुले माक्सको सही प्रयोग गरेका छन् भने उनीहरु दुवै जनाले माक्सको दुरुपयोग अर्थात माक्स लगाउन जानेका छैनन् । के उच्च पदस्थ व्यक्ती देख्ने बित्तिकै कोरोना भाइरस डराउँछ र ? देश सर्वसाधारणका लागि खटिरहेका सातै प्रदेशका मुख्यमन्त्रीको खटाई र कामको हामी सह्राना गर्दछौं । तर, सचेतना जोगाउन र सल्लाह सुझाव दिन नागरिक सम्म पुग्ने यी मुख्यमन्त्रीहरुको माक्स लगाउने तरिकाबाट आम सर्वसाधारण नागरिकले के सिक्ने ?

चीन कसरी सफल भयो कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संत्रासबाट सारा संसार त्रस्त भइरहेको समयमा कोरोनाको उद्गमस्थल मानिएको चीन भने हाल सामान्य स्थितिमा फर्किरहेको छ । कुनै समय भाइरसको इपिसेन्टर मानिएको वुहानमा समेत लकडाउन हटाइएको छ । बिगत एक हप्तादेखि आन्तरिक रुपमा कुनैपनि नयाँ संक्रमण देखिएको छैन । जसबाट यो भन्न सकिन्छ कि चीनले कोरोना बिरुद्धको लडाइमा प्रारम्भिक विजय हाँसिल गर्न सफल भएको छ । २१औं शताव्दिमा मानव सभ्यताको चुनौतिको रुपमा बिस्फोट भएको कोरोनाको माहामारी नियन्त्रण गर्न चीन कसरी सफल भयो त ? यो प्रश्न संसारभर उठिरहेको छ । चीनले धेरै मेहेनत गरेर नै कोभिड १९ संक्रमण नियन्त्रणमा लिएको हो । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि चीनले उठाएका प्रमुख कदमहरु यस प्रकार रहेका छन् । संक्रमण देखापरेका क्षेत्रहरुमा पुर्ण लकडाउन जब कोरोना भाइरसको चरित्र तथा यसबाट निम्तिने महामारीको बारेमा थाहा भयो ततपस्चात संक्रमण देखापरेका क्षेत्रहरु (उहान, हुबेइ ) लगायतका क्षेत्रमा पुर्ण लकडाउनको घोषण गर्यो र पुर्णरुपमा लागु समेत गर्यो । लकडाउनको समयमा अत्यावश्यक बस्तुहरुको ब्यबस्था घरमै पुर्याउने व्यवस्था मिलाइयो । संकटकाल घोषण र सैनिक परिचालन चीन सरकारले कोरोनाको संक्रमणलाई राष्ट्रिय संकटकाल घोषण गर्यो । बिभिन्न क्षेत्रबाट स्वास्थ्यकर्मीलाई संक्रमण फैलिएको क्षेत्रमा ल्याइयो । द्रुतगतिमा कोरोना विशेष नयाँ अस्पतालहरूको निर्माण गर्यो, जसवाट हजारौको संख्यामा रहेका संक्रमितलाई गुणस्तरीय उपचार गर्न सम्भब भयो । साथै अन्य बिरामीमा संक्रमण फैलिने जोखिम समेत न्युनिकरण भयो । लकडाउन कार्यान्वयन, स्वास्थ्यकर्मी व्यवस्थापन, विशेष अस्पताल निर्माणलगायतका संपुर्णको जिम्मा चाइनिज आर्मीलाइ दिइयो । पहुँचयोग्य, सजिलो उपचार तथा निःशुल्क परीक्षण चीनले संक्रमणको विस्तारलाई रोक्न अपनायको प्रमुख रणनीतिको रुपमा संक्रमितको पहिचान र अलग्याएर उपचारलाई लिन सकिन्छ । यो पद्धति सफलसमेत भएको छ । चीनमा कोरोना भाइरसको परीक्षण पश्चात संक्रमण भएको पुष्टि भएका बिरामीहरूलाई या त आइसोलेसन वा अस्पताल पठाइएको थियो । उहानमा शुरुमा बिरामी भएदेखि अस्पताल भर्ना हुन १५ दिन लागेको थियो । तर केहि दिनमै डाक्टरहरूले लक्षण देखिएका बिरामीलाई दुई दिनको लागि आइसोलेसनमा राखेर जाँच गरे । नतिजा पोजेटिभ आए तुरुन्त लस्पतालमा छुट्टै राखेर उपचार सुरु गरे । चीन सरकारले यो पनि स्पष्ट गर्याे कि उपचारको क्रममा हुने खर्चहरु जस्तै एम्बुलेन्स, खाना, औषधी, अस्पताल शुल्क, परीक्षण शुल्क र उपचार शुल्कलगायत सम्पूर्ण शल्क नलाग्ने घोषणा गर्यो । प्रविधिको समग्र क्षेत्रमा उपयोग यो संकटबाट पार पाउका लागि चीनले प्रविधिको भरपुर प्रयोग गरेको देखिन्छ । विध्यालयहरु बन्द थिए तर पढाईभने अनलाइन भइरहेको थियो । कतिपय अस्पतालहरु बन्द थिए तर अनलाइन परामर्श भने भैरहेको थियो । फलफूल, खाना, औषधीलगायतका अन्य अत्यावश्यक बस्तुको अनलाइन अडर्ड तथा होम डेलिभरीको व्यवस्था थियो जसबाट संक्रमणको चेन टुटाउन मद्दत मिल्यो । लकडाउनमा रहेका संपूर्ण मनिसले आफ्नो स्वस्थ्यस्थिति तथा शरीरको तापक्रम सरकारद्धारा जारी गरिएको एपमा विहान वेलुका लनिवार्य रुपमा अपलोड गर्नुपथ्र्यो, जसबाट संक्रमितको पहिचानमा ठुलो मद्दत मिल्यो । शासन प्रणालीको सहयोग चीनले आफ्नो देशमा कोरोना भाइरसबाट हुने संक्रमण नियन्त्रण गर्न सक्नुमा उसको शासन प्रणाली सहयोग सावित भएको देखिन्छ । अस्पतालबाट भाग्न खाज्ने स्वास्थ्यकर्मीहरुलाई दण्ड सजाय गरेको, कालावजारीयाहरुलाई तुरुन्तै जेल सजाय गर्ने गरेको समाचारहरु संचारमाध्यममा आएका छन् । भन्नुको मतलव के हो भने चीनका कानुनहरु कठोर छन् । व्यक्तिगत स्वतन्त्रता कम छ । निर्णय प्रक्रियामा केन्द्रीय सत्ता हाबी छ । तर कोरोना जस्ता माहामारी नियन्त्रणका लागि यस्तै व्यवस्था सहयोगी बन्यो । सायद यति कठोर कानुन नभएको भए चीनले यति कम मानवीय क्षतिमा र यति छिटो नियन्त्रण गर्न सक्दैन्थ्यो भन्नेहरु पनि छन् । चीनको कोरोना नियन्त्रणमा प्रशासनिक सक्रियता, कठोर कानुन र त्यसको कार्यावन्यन गर्ने पुरानै बानीले नै सफल भएको हो भन्ने प्रसस्त आधारहरु भेटिन्छन । चीनमा हालसम्म ३ हजार ३ सय १२ जनाको मृत्यू भएको छ भने भर्खरै संक्रमण सुरु भएको अमेरिकामा ५ हजार १ सय १० जनाले ज्यान गुमाइसकेका छन् । अमेरिकामा संक्रमणको फैलावट समेत उच्च रहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले १ देखि २ लाख जनाको मावनीय क्षतिमा सिमित गर्नसके कारोना विरुद्ध अमेरिकाको जित हुने घोषणा नै गरेका छन् । तेस्तै, इटालीमा कोरोनाको कारण १३ हजार १ सय ५५ जनाले ज्यान गुमाइसकेका छन् । इटालीले नियन्त्रण गर्न सकिरहेको छैन भने मृत्यूदर समेत उच्च छ । कोरोना भाइरसको सबभन्दा डरलाग्दो पक्ष भनेको यसको संक्रमण दर असाध्यै उच्च हुनु हो । तसर्थ कोरोनाबाट हुने मृत्युदर घटाउने हालको एकमात्र विकल्प भनेको यसको संक्रमण दर घटाउनु नै हो । किनकि यसको औषधी हालसम्म बनिसकेको छैन । त्यसैले संक्रमणको महामारी नियन्त्रणको लागि हालको पद्दतिहरुमा चिनियाँ पद्दती नै उत्तम रहेको विश्व परिवेशले पुष्टी गरेको छ । अन्तराष्ट्रिय संचारमाध्यमहरुको सहयोगमा