नबिल बैंकका ग्राहकलाई विराटनगर अस्पतालमा विशेष छुट

काठमाडौं । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले बिरााटनगर अस्पतँल प्रालिमा विशेष छुट र सुविधा पाउने गरी नबिल बैंक र बिराटनगर अस्पतँल प्रालि (बिराट नर्सिङ होम एण्ड बिराट मेडिकल कलेज) बीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम बिराटनगर अस्पतँल प्रालिले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ता र शेयरधनीहरुलाई विशेष छुट र सुविधाहरु प्रदान गर्नेछ । “ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप बिराटनगर अस्पतँल प्रालिसंगको यस सम्झौताले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई स्वास्थ्य सेवामा लाभ पुग्ने नबिल बैंकका बिराटनगर शाखाका शाखा प्रबन्धक राजेश दासले विश्वास व्यक्त गरे । “नेपाली नागरिकहरुलाई अधिक सेवा पुर्याउने हाम्रो प्रतिबद्धता अनुरुप नबिल बैंकसंग सहकार्य गर्न पाउदा खुसी लागेको साथै यस सम्झौताले थप एक कदम अगाडी बढ्न मद्दत पुगेको बिराटनगर अस्पतँल प्रालिका निर्देशकसुनिल तपरियाले बताए ।

एभरेष्ट बैंकका ग्राहकलाई नेपाल मेडीसिटी अस्पतालमा ७% छुट

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले नेपाल मेडीसिटी हस्पिटलसँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले औषधि बिल, डिस्पोजेबल प्रत्यारोपण, ओपीडि परामर्श तथा प्याकेजहरु बाहेक अन्य सेवा-सुविधाहरुमा ७% छुट पाउन सक्नेछन् । साझेदारी अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले भिषा डेबिट कार्ड स्वाइप गरेर उपलब्ध अफरहरुको लाभ लिन सक्नेछन् ।

आँखा अस्पतालमा नयाँ उपकरणबाट जलविन्दुको उपचार

काठमाडौं । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले जलविन्दुको उपचार गर्न नेपालमै पहिलो पटक उच्च प्रविधिको उपकरणबाट सेवा प्रवाह गर्न थालेको छ । सो उपकरणबाट आँखा उपचार गराउँदा आँखाको भित्री चापलाई घटाई जलविन्दुबाट आँखामा हुने क्षतिलाई न्यूनीकरण गर्न मद्दत पुगेको चिकित्सकले बताएका छन् । ’सुप्रा ८१० इनफ्रेर्ड लेजर’ नामक उक्त उपकरणले जलविन्दुको मात्र नभई आँखाको पर्दासम्बन्धी उपचारसमेत गरिने अस्पतालले जनाएको छ । जलविन्दुलाई दृष्टिविहीन बनाउने जटिल आँखाको समस्याका रुपमा लिइन्छ । नेपाल अन्धोपन सर्वेक्षणको तथ्याङ्कअनुसार जलविन्दुलाई अन्धोपनको तेस्रो प्रमुख कारण मानिन्छ । औसतमा ४० वर्षको उमेरबाट देखिने यो रोग वंशाणुगत एवम अन्य कारणबाट हुने गरेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जलविन्दुको कुनै पूर्व लक्षण नदेखिने भएकाले यो रोगले आँखाको दृष्टिमा निकै क्षति पुर्याएपछि मात्र रोगका बारेमा थाहा पाउने गरेका अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेले जानकारी दिएका छन् । नेपाल आँखा अस्पतालमा वार्षिक झण्डै चार हजार सात सय जलविन्दुका रोगी आउने गरेको अस्पतालको तथ्याङ्कले देखाएको छ । यसरी, जलविन्दुको रोकथाम, उपचार, औषधि, शल्यक्रिया र लेजर थेरापीद्वारा गर्न सकिने चिकित्सकहरु बताउँछन् । केही वर्षदेखि अस्पतालले प्रत्येक तीन÷तीन महिनाको फरकमा महिनाको अन्तिम शनिबार जलविन्दुका बिरामी र जलविन्दु रोग विशेषज्ञबीच अन्तरसंवाद कार्यक्रम सञ्चालन गर्दै आएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत घलेले बताए । रासस