धुलिखेलमा पहिलो स्वास्थ्य सूचना केन्द्र स्थापना
काभ्रेपलाञ्चोक । पर्यटकीय नगरी धुलिखेलमा स्वास्थ्य सूचना केन्द्र स्थापना गरिएको छ । ‘हेल्दी सिटी’को अवधारणालाई अघि बढाउन तथा नगरको समग्र स्वास्थ्य क्षेत्रको एकीकृत सूचना प्रणाली व्यवस्थापन गर्ने उद्देश्यका साथ उक्त केन्द्र स्थापना गरिएको हो । केन्द्रबाट धुलिखेल नगरपालिकाभित्रको समग्र स्वास्थ्य अवस्थाको जानकारी लिन सकिने नगरपालिकाका स्वास्थ्य संयोजक सन्दीप केसीले बताएका छन् । उनका अनुसार पालिकाले नगरको समग्र स्वास्थ्य अवस्था केन्द्रबाट जानकारी लिनेछ भने स्वास्थ्य विधाका विद्यार्थी, अनुसन्धानकर्ता तथा पर्यटकसमेतले धुलिखेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सक्नेछन् । नगरपालिकाले उक्त केन्द्र धुलिखेल अस्पतालको साझेदारीमा धुलिखेलस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना गरेको हो । नेपालका स्थानीय तहमध्ये धुलिखेल नगरपालिकामा स्थापित स्वास्थ्य सूचना केन्द्र सम्भवतः पहिलो मानिएको छ । “धुलिखेललाई बालमैत्री र वातावरणमैत्री नगरसँगै स्वस्थ शहर बनाउने नीतिअनुसार स्वास्थ्य सूचना केन्द्र स्थापना गरेका हौँ”, नगरप्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठले भनेका हुन् । ब्याञ्जूका अनुसार नगरभित्रका निजी, सरकारी तथा गैरसरकारी विभिन्न स्वास्थ्य संस्थाको पनि स्वास्थ्यसँग सम्बन्धित सूचना उपलब्ध गराइनेछ । केन्द्रका लागि आवश्यक सामग्री नपा कार्यालयले उपलब्ध गराएको हो । केन्द्रबाट नगरको अद्यावधिक जनसङ्ख्या, नगरभित्रका विभिन्न प्रकारका रोगीको सङ्ख्या तथा अवस्था जानकारी लिन सकिनेछ । स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख नन्दराज अवस्थीले धुलिखेलमा स्वास्थ्य सूचना केन्द्र स्थापनाले स्थानीयवासी र पर्यटकका लागि सुविधा पुग्ने बताए । धुलिखेलमा एक प्राथमिक स्वास्थ्य केन्द्र, दुई प्रजनन केन्द्रसहित चार स्वास्थ्यचौकी, तीन नगर स्वास्थ्य केन्द्र र एक आयुर्वेद स्वास्थ्य केन्द्र रहेका छन् । रासस
नबिल बैंकद्वारा वीभीएस नेपाललाई १ लाख सहयोग प्रदान
काठमाडौं । नबिल बैंकले असार १९ गते बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपाल(वीभीएस नेपाल)लाई एकलाख रुपैयां वरावरको आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम आगलागीबाट पीडित बिरामीहरुको उपचार, आहार बिहार, परामर्श तथा फिजियोथेरेपीका निम्ति प्रयोग गरिने जनाइएको छ । बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपाल आगलागीबाट हुने हिंसा÷दुर्घटनाका उत्पीडित बिरामीहरुको सुरक्षा, रोकथाम, वकालत, दीर्घकालीन स्वास्थ्यलाभ तथा पुनर्वासको कामहरुमा समर्पित रहदै आएको संस्था हो । स्थापना भएको समयदेखी बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपालले ५१० भन्दा बढी आगलागीबाट पीडित बिरामीहरुलाई चिकित्सा, सर्जिकल र पुनस्र्थापनामा सहयोग उपलब्ध गराएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले उक्त रकम वीभीएस नेपाललाई हस्तान्तरण गर्दै यस्तो पवित्र सेवामा सहभागी हुन पाएकोमा सन्तुष्टी व्यक्त गरेका थिए ।
टाउकोमा गोली लागेका रामजी चेपाङको नर्भिकमा उपचार
काठमाडौं । टाउकोमा गोली हानिएको र अत्यन्त जटिल अवस्थामा गजुरी हस्पिटल धादिङबाट रिफर गरी असार १९ गते नर्भिक इन्टरनेशनल हस्पिटल पुर्याइएका ३६ बर्षिय रामजी चेपाङको स्वास्थ्य अवस्थासुधारोन्मुख रहेको छ । कञ्चटमा गोली हानी टाउकोको दाहिने भाग क्षत–विक्षत भएको, गोलीका छर्राहरु, खोकाहरु मस्तिष्क भित्रसम्म छरिएर रहेको उनको बरिष्ठ स्नायु शल्य चिकित्सक प्राडा राजीव झाको टोलीले सोही दिन सफल शल्यक्रिया गरेको थियो । अर्धचेत रहेको, टाउकोबाट प्रशस्तै रक्तस्राव भएको मस्तिकमा गोली लागेकै कारण निजले बारम्बार वान्ता गर्ने गरेका थिएभने, उनको दाहिने मस्तिष्कको धेरै भाग क्षत–विक्षत भएको अवस्था थियो । उनलाई असार १८ गते बुधवार साँझ ८ः०० बजेतिर गोली हानिए र असार १९ गते विहीबार विहान ५ः२५ बजे नर्भिकको आकस्मिक कक्षमा ल्याइएको थियो । सोही दिन उनको शल्यक्रिया सम्पन्न भएको हो ।