धनगढीका काेराेना संक्रमितसँगै २२ जना आएका थिए

काठमाडाैं । कैलालीमा भेटिएका कोरोना संक्रमितसँगै अन्य २२ जना नेपाल आएकाे खुलेकाे छ । चैत ११ गते नेपाल आएका उनीसँगै अन्य २२ जना रहेकाे कैलाली प्रहरीले बताएकाे छ ।  तर, गाैरिफन्टा नाकामा भने ९ सय ९९ जना मानिसहरू थिए । ती २२ जना तिनीहरुले क्वारेन्टाइनमा बस्नुको सट्टा आफ्नै घर गएको बुझिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र ती सबैमा कोरोनाको लक्षण नदेखिएकोले घर गएकाे बुझिएकाे छ ।

कोरोनाको उच्च जोखिममा सुदूरपश्चिम, सरकारको लचकता नै ठूलो कमजोरी

काठमाडाैं । कोरोना भाइरस (कोभिड १९)को उच्च जोखिममा सुदूरपश्चिम प्रदेश देखिएको छ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण अहिले नेपालमा पनि तीव्र रुपमा देखिन थालेको छ । हालसम्म नेपालमा ९ जनामा कोरोना भाइरस पा्जेटभि देखिसकेको छ । त्यसमा एकजनालाई सञ्चो भएर घर फर्किसकेका छन् । नेपाल कोराना भाइरस (कोभिड(१९)को उच्च जोखिममा रहेको कुरा विश्व स्वास्थ्य सङ्गठनले पनि भनिसकेको छ । नेपालमा अहिलेसम्म कोरोना संक्रमण भएकामध्ये विदेशबाट नेपाल आएकामा मात्र कोराना भाइरस संक्रमण भएको भेटिएको थियो । आज मात्रै कैलालीमा एक जना महिलामा कोरोना पोजेटिभ देखिएसँगै अब नेपालमा पनि एक व्यक्तिबाट अर्कोमा सर्ने प्रक्रिया शुरु भइसकेको छ । यो ससँगै कोरोना भाइरसको उच्च जोखिममा सुदूरपश्चिम प्रदेश देखिएको छ । हासम्म नेपालमा देखिएका कोरोना संक्रमित मध्ये चार जना सुदूरपश्चिमका रहेका छन् । एक साता अगाडि मात्रै कैलालीको त्रिनगर भन्सार नाका र कञ्चनपुरको गड्डाचौकी नाका हुँै लार्खौ मानसिहरुले नेपाल प्रवेश गरेक थिए । तिनिहरुमा पनि दक्षिण भारत, मुम्बई, दिल्ली, उत्तर प्रदेशलगायतका राज्यहरूबाट आएका थिए । भारतमा यो भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको बेला भारतबाट स्वदेश आउने नेपालीहरुको संख्याले नै अब नेपालमा कोरोनाको जोखिम बढ्न सक्ने धेरैले अनुमान गरिसकेका थिए । अहिले आएर त्यो अनुमान सावित हुन थालेको छ । किनभने आज अर्थात शनिबार मात्रै भारतबाट आएका दुई जनामा कोरोना भाइरस पोजेटिभ पुगि भएको छ । योभन्दा अगाडि संक्रमित भनेर अस्पतालमा उपचाररत रहेका युवाकी भाउजु नाता पर्नेलाई कोरोनाको लक्षण् देखिएको छैन । तर, उनलाई कोरोना पोजेटिभ देखिएको छ । भारतबाट लाखौं नेपाली सुदूरपश्चिममा अहाएका छन् । उनीहरुमा पनि कोरोना छैन भन्न कसरी सकन्छि ? भारतबाट २३ फागुनदेखि १० चैतसम्म १ लाख ४३ हजा ३ सय २५ जना नेपाल प्रवेश गरेको तथ्याङ्क छ भने चैत ११ गते मात्रै ९ सय ९९ जना थौरिफन्टा नाकाबाट नेपाल आएका थिए । तर, ती सबै क्वारेन्टाइनमा छैनन् । सबै आ आफ्नो काममा व्यस्त भइसकेका छन् । सरकराले चैत १० गतेनै देश लकडाउनको घोषणा गरिसकेको थियो । छिमेकी देश भारतमा नै लक डाउनको उल्लंघन गर्नेलाई प्रहरीले कडाभन्दा कडा कारबाही गरिरहेको छ । आ सर्वसाधारण नागरिकको स्वास्थ्यको लागि गरिएको यो लकडाउन उनीहरुले नै उल्लंघन गरेपछि उनीहरुलाई कारबाही गर्नै पर्छ । किनकी यसमा सम्पूर्ण नेपालीको स्वास्थ्यको सवाल छ । उल्टै, सुदूरपश्चिम प्रदेश सरकारले सरकारले गरेको नीनि नियम तथा लकडाउन उल्लंघन गर्दै सबैलाई २६ बसमा राख्दै जिल्ला जिल्लामा पुर्यायो । यदि ती एक लाख ४४ हजार जना मध्ये कोहीमा कोरोना भाइरस देखियो भने सुदूरपश्चिममका पहाडी जिल्लाहरुको अवस्था के होला ? सुदूरपश्चि सरकारले यति सम्म पनि सोच्न सकेन । उल्टै उनीहरुलाई १४ दिन घरमै क्वारेन्टाइनमा बस्न सम्झौता गर्दै घर पठायो । उनीहरुले पनि सरकारले भनेको मानिदियो भने हुन्थ्यो । यो क्वारेन्टाइन सरकारकै लागि यो भने जसरी क्वारेन्टाइनमा नबसेर घरपरिवारसँग मज्जाले बस्न थाले । आम जनताका लागि गरिएको यो लकडाउन सर्वसाधारणदेखि सरकारका उच्च पदस्थबाटै उल्लंघन भएको छ । यदि नेपाल सरकारले समयमै सचेत भइदिएको भए नेपालले अहिले यो अवस्था भोग्नु पर्ने थिएन । उल्टै सरकार मन्त्रीहरु नेपाल कोरोनामुक्त देश भनेर प्रचार प्रसारमा लागे । आज कैलालीमा तीन जनामा देखिएसँगै प्रदेश सरकारको आँखा खुला भएको छ । पहिलेको भन्दा सल्बलाएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उपचारमा थप प्रभावकारी बनाउने बताएका छन् । कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारले कुनै पनि कसर बाँकी नराख्ने गरी काम गरिरहेको उनको भनाइ छ। तर, जब पर्यो राति तब बुढी ताति भने जस्तै गर्नु बद्धीपना होइन । अब सुदूरपश्चिममा मात्र होइन सरकारले कर्फ्युको घोषणा गर्नु पर्छ । सबैभन्दा पहिले सुदूरपश्चिम सरकारले कर्फ्युको घोषणा गरी सुदूरपश्चिमवासीको स्वास्थ्यको ग्यारेन्टी गर्नु पर्छ ।

धनगढीकी महिलामा लक्षण बिनै काेराेना देखियाे

काठमाडाैं । शनिबार काेराेना संक्रमण देखिएकी धनगढीकी महिलामा काेराेना भाइरसकाे कुनै लक्षण नदेखिएकाे बताइएकाे छ । आज कोरोना देखिएकी युवती धनगढीका काेराेना संक्रमित युवककी भाउजु हुन् । चिकित्सकहरूका अनुसार कोरोना भाइरसको संक्रमण भएका मानिसमा सामान्यतया रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, सास फेर्न गाह्रो हुनेलगायतका लक्षण देखा पर्ने गर्दछन् । तर, उनमा भने ती कुनै लक्षण नदेखिएकाे बताइएकाे हाे । सेती अस्पतालका आकस्मिक कक्ष बिभाग प्रमुख चिकित्सक जगदिश जोशीले उनमा काेराेनाकाे लक्षण नदेखिएकाे तर नमुना संकलन गरी परीक्षण गरिसकेपछि रिपाेर्ट पाेजेटिभ देखिएकाे बताए । हाल, सेती प्रादेशीक अस्पतालमा अपचाररत चारै जनाकाे स्वास्थ्य अवस्था सामान्य रहेका अस्पतालले बताएकाे छ ।