मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ संस्था सूचीकृत, कुन कुन परे ?
काठमाडौं । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ वटा स्वास्थ्य संस्था सूचीकृत भएका छन् । वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न २ सय ९० वटा स्वास्थ्य संस्थाको आवेदन पेश गरेका थिए । ती मध्ये मापदण्ड पूरा गरेका ९९ स्वास्थ्य संस्था सूचीकृत भएका हुन् । श्रम रोजगार तथा सामाजिक मन्त्रालयले बिहीबार सूचना प्रकाशित गर्दै बाँकी १ सय ३८ वटा स्वास्थ्य संस्थाले मापदण्ड पूरा नगरेको कारण स्वास्थ्य परिक्षणको लागि मान्य नहुने जानकारी दिएको छ । मन्त्रालयबाट खटिएको प्राविधिकहरु सहितको टोलीले गरेको स्थलगत अध्ययन, अनुगमन तथा निरीक्षण प्रतिवेदनको आधारमा विशेषज्ञ समितिबाट ९९ वटा स्वास्थ्य संस्थाले सरकारी मापदण्ड पूरा गरेको हो । यी हुन मापदण्ड पूरा गरेका स्वास्थ्य संस्थाहरु :
एनआईसी एशियाका ग्राहकलाई चिरायु हस्पिटलमा २० प्रतिशत छुट
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्यूट प्रालि बसुन्धरा, काठमाडौंबीच सम्झौता भएको छ । बैंकका कर्मचारीलाई चिरायु हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्मको छुट र बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र चिरायु हस्पिटलको तर्फबाट हस्पिटलका निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गरेका हुन् ।
जनता बैंकका ग्राहकलाई ओम हस्पिटलमा विशेष छुट
काठमाडौँ । जनता बैंक नेपाल लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहिलबीच बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुलाई स्वस्थ्य सेवामा छुट सम्बन्धि संझौता सम्पन्न भएको छ । संझौता पत्रमा हस्पिटलका प्रबन्ध संचालक बाबुकाजी कार्की र जनता बैंक चाबहिल शाखाका शाखा प्रबन्धक सुरेश गौतमले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालबाट बिशेष छुट प्राप्त गर्नेछन् ।