काेराेना विरूद्द लड्न युद्दस्तरमा काम भइरहेकाे छः प्रधानमन्त्री

काठमाडाैं । काेराेना विरूद्द लड्न युद्दस्तरमा काम भइरहेकाे बताएका छन् । ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको बताएका हुन् । प्रधानमन्त्री ओली सरकार, राजनीतिक दल र सबैको संयुक्त कमाण्डका रुपमा सङ्घीय सरकारले सञ्चालन गरेको कोरोना रोकथाम र नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएमसी) ले युद्धस्तर र समन्वयात्मकरुपमा काम गरिरहेको उल्लेख गरेका हुन् । उनले चर्काे गर्मीको पर्वाह नगरी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु निरन्तर खटिरहेकामा उच्च प्रशंसा गर्दै यसमा सबैको सचेततापूर्वक साथ र सहयोगको अपेक्षा व्यक्त गरे । लक डाउनकाे समयमा सबैले घरमै बसेर सरकारलाइ सहयाेग गर्न उनले अाग्रह गरे ।

प्रधानमन्त्री ओलीले भनेः हाम्रा काम इतिहासले बताउँनेछ

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले गरेका काम इतिहासले बताउने बताएका छन् । मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै उनले वर्तमान सरकारले धेरै काम गरेको हुनाले यसको मूल्याकंन पछि थाहा हुने र यो इतिहासले बोल्ने बताएका हुन् । उनले भुकम्पको समयमा होस् वा यो समयमन सरकारले धेरै कदम चालेको बताउँदै यसमा सहयोग गर्ने समपूर्ण नागरिकलाई धन्यवाद दिए । सीमित स्रोत साधना भएको देश नेपालले अगाडि नै लक डाउन गरी देशमा धेरै क्षति हुनबाट बचाएको बताउँदै अझै समंयता अपनाउन आग्रह गरे ।

आउने दुई हप्ता हाम्रा लागि थप चुनौतीपूर्ण छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आउने दुई हप्ता नेपालका लागि धेरै जोखिमपूर्ण रहेको बताएका छन् । मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै आउने दुई हप्ता नेपालका लागि थप जोखिमपूर्ण रहेका बताएका हुुन् । उनले यो अवधिमा सबैलाई घरभित्रै बसेर सहयोग गर्न आग्रह गरेका हुन् । उनले सरकार सधैं जनताहरुसँगै रहेकोले यो महामारी विरुद्धको लडाइँमा लाग्न अनुरोध गराए । अबको जित जनाताको आँट र हौसललाले हुने बताए । सरकारले सुरक्षाकर्मी र औषधिजन्य सामानहरुको बन्धवस्त मिलाइसकेकोले सबैले ढुक्क हुन आग्रह गरेका हुन् । विश्वलाई नै धेरै जटिल बनिरहेकाे याे अवस्थामा नेपालका लागि झन चुनाैतिपूर्ण भएकाे उनले बताए । प्रधानमन्त्री ओलीले देशमा पहिलो व्यक्तिको संक्रमण पहिचान भएदेखि यता साझा प्रयत्नले संक्रमितको संख्या ९ जनामा मात्र सीमत गर्न सकिएपनि नेपाल अझैं उच्च जोखिममा रहेको दावी गरेका हुन् । नेपाल कोरोविरुद्धको लडाईमा होमिएको बताउँदै प्रधानमन्त्री ओलीले दुई सातादेखि मुलुक लकडाउनमा रहेको स्मरण पनि गराए ।