कोरोनाको महामारीमा अस्पताल नआउने पाँच जना डाक्टर बर्खास्त

काठमाडौं । बिना जानकारी अस्पताल नआएको भन्दै लुम्बिनी प्रादेशिक अस्पतालले पाँच जना डाक्टरलाई बर्खास्त गरेको छ । कारोना महामारीको समयमा केही कारण ५ डाक्टरलाई बर्खास्त गरेको हो । करारमा नियुक्त वि डाक्टरहरु करिब ८÷१० दिन देखि बिना जानकारी अस्पताल नआएको काराण उनीहरुलाई बर्खास्त गरेको अस्पताल श्रोतले जनाएको छ । महामारीको बेलामा उपचारमा नखटिने चिकित्सकलाई कारबाही गर्न प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन दाहालले निर्देशन दिएको अस्पताल श्रोतले बताए ।

इरानले आईएमएफलाई भन्योः ऋण दिनमा भेदभाव हुनु हुँदैन, हामीलाई पनि ५ अर्ब डलर सहयाेग चाहियाे

काठमाडौं । इरानका राष्ट्रपति हसन रूहानीले बुधबार अन्तर्राष्ट्रिय य मुद्रा कोष (आईएमएफ) लाई कोरोना भाइरस विरुद्ध लड्न ५ अर्ब अमेरीकी डलरको आपतकालीन कोष प्रदान गर्न अपील गरेका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार राष्ट्रपति रोहानीले मन्त्रिपरिषद्को बैठकमा भनेका छन, ‘म अन्तर्राष्ट्रिय संस्थाहरूलाई आफ्नो दायित्व पूरा गर्न अपिल गर्दछु, हामी आईएमएफका सदस्य हौं, ऋण दिनेमा कुनै भेदभाव हुनु हुँदैन ।’ उनले याे संकटकाे समयमा अन्तर्राष्ट्रिय मुद्रा कोषले इरानलाई ऋण सहयाेग गर्नु पर्ने धारणा राखेका छन् । उनले विश्वभर फैलिरहेकाे काेराेना भाइरससँग लड्नकाे लागि ५ अर्ब अमेरिकी डलर ऋण सहयाेगकाे अपील गरेका हुन् । इरानी राष्ट्रपतिले पनि अमेरिकाले लगाएको प्रतिबन्धको घोर भर्त्सना गर्दै यसलाई आर्थिक र चिकित्सा आतंकवाद भएको धारणा राखेका छन् । इरानमा हालसम्म ६२ हजार ५ सय ८९ जना कोरोना संक्रमित रहेका छन् । जसमा ३ हजार ८ सय ७२ जनाको मृत्यु भइसकेको छ । हालसम्म २७ हजार ३९ जना निको भएर घर फर्किसकेका छन् । (बीबीसी हिन्दी)

काेराेना संक्रमित बेलायतका प्रधानमन्त्री आज पनि आईसीयूमै, अवस्था स्थिर

काठमाडाैं । काेराेना संक्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन आज पनि सघन उपचार कक्ष (आईसीयू)मै रहेका छन् । अहिलेसम्म उनकाे अवस्था स्थीर रहेकाे अन्तर्राषट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  उनमा कोरोनाभाइरसको संक्रमण बढी खतरापूर्ण स्थितिमा पुगेको भन्दै चिकित्सकको सल्लाहमा आइतबार लन्डनस्थित सेन्ट टोमस अस्पतालमा भर्ना गरिएको हो । तर, अहिले उनकाे अवस्था स्थीर छ । प्रधानमन्त्री जोनसनको अवस्था स्थिर रहेकाेले उनलाई भेंटिलेटरमा नराखिएको जनाइएकाे छ। बीबिसी हिन्दी