भारतमा काेराेनाका बिरामीकाे उपचारमा संलग्न चिकित्सककाे मृत्यु, मध्यप्रदेशमा हलचल मच्चियाे

काठमाडौं । भारतको मध्यप्रदेशमा पर्ने इन्दौर जिल्लामा कोराना भाइरस संक्रमितको उपचारमा संलग्न एक चिकित्सकको मृत्यु भएको छ । संक्रमित बिरामीको उपचारमा संलग्न डा शत्रुघन पंजवानीको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ती सञ्चार माध्यमहरुले चिकित्सा स्वास्थ्य प्रमुखले ९सीएमएचओ० ले चिकित्सकको मृत्यु भएको पुष्टि गरिसकेको पनि उल्लेख गरेका छन् । केही दिनअघि डा। पंजवानीले भिडियो जारी गर्दै आफू पूर्ण रुपमा स्वस्थ रहेको र आफूलाई संक्रमण नभएको दाबी गरेका थिए । उनले आफूविरुद्ध अफवाह फैलाइएको भन्दै आपत्तिसमेत जनाएका थिए । यो सँगै इन्दौरमा कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

भारतमा तीव्र रूपमा बढ्दै ‘कोभिड १९’ का सङ्क्रमित

मुम्बइ ।   भारतमा पछिल्ला केही दिनमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । हालसम्म (बिहीबार दिउँसाे) १ बजेसम्म ५ हजार ९ सय ७९ जनामा काेराेना देखिएकाे छ । तयस्तै १ सय ८३जनाकाे मृत्यु भएकाे छ । भने नयाँ सङ्क्रमितकाे संख्या १ सय ८३ पुगेकाे विश्व स्वास्थ्य संगठनकाे भर्खरैकाे तथ्यांकमा समावेष छ । प्राप्त समाचारअनुसार यहाँ बिहीबार बिहानसम्म ५ हजार ७ सात ३४ जनामा यसको सङ्क्रमण भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकरी दिएको छ । महाराष्ट्रमा कोभिड १९ का सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । महाराष्ट्र राज्यमा मात्र सङ्क्रमितहरुको संख्या त्यहाँ १ हजार १३५ जना पुगेको बताइएको छ । पछिल्लो २४ घन्टा अर्थात बिहीबार बिहानसम्म मात्र महाराष्ट्रमा कोभिड १९ का ५० भन्दा बढी सङ्क्रमित थपिएका छन् । योसँगै महाराष्ट्रमा कोभिडका सङ्क्रमितहरुको संख्या १ हजार १ सय ३५ पुगेको बताइएको छ । यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ । पछिल्लो २४ घन्टामा भेटिएका ५० भन्दा बढी सङ्क्रमितमध्ये ३० जनाभन्दा बढीमा स्थानीय मानिसबाट मानिसमा सरेको पाइएको हो । ती ६० मध्येका २५ जना बृहनमुम्बई म्युनिसिपल कर्पोरेसन क्षेत्रका भएका पाइएको यहाँको स्थानीय सरकारी अस्पतालका एक प्रवक्ताले जनाएका छन् । भारतमा योसँगै पछिल्लो २४ घन्टाभित्र मात्र ५ सय ४० जना संक्रमित थपिएका छन् । भारतमा पछिल्ला केही दिनमा यतिधेरै विरामी भेटिन थालेका हुन् । हिजो पनि त्यहाँ ७ सय ४३ जना संक्रमित भेटिएका अधिकारीहरुको भनाई छ । भारतमा बिहीबारसम्म ५ हजार ७ सय ३४ जना संक्रमित पाइएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो कुराको जानकारी दिएको हो । यसरी भारतमा केही दिनयता बढ्दो रुपमा यसका सङ्क्रमितहरु देखिएका पनि बताइएको छ । यहाँका ४ सयभन्दा बढी सङ्क्रमित भने उपचारपछि निको भएर घर फर्किएका छन् । यसरी हेर्दा अहिले पनि भारतमा ५ हजार भन्दा बढी विरामी अस्पतालमा उपचाररत छन् । मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार यहाँ ५ हजार ९५ जना विरामी अस्पतालमा छन् । गएको २४ घन्टा भित्रमात्र मृत्यु हुनेको संख्या १७ रहेको छ । पछिल्लो २४ घन्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् । यसरी भारतमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १सय ६६ जना पुगेको पनि भारतको स्वास्थ्य मन्त्रालयले दिएको सूचनामा उल्लेख गरिएको छ । महाराष्ट्रपछि सबैभन्दा बढी विरामी तालिनाडूमा छन् । तामिलनाडूमा कोरोना सङक्रमण भएका व्यक्तिको संख्या बिहीबार बिहानसम्म ७ सय ३८ पुगेको छ । त्यसपछिका बढी सङ्क्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा यसका सङ्क्रमितको संख्या ६ सय ६९ रहेको छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु बडो चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । रासस/एएनआई

कोरोना भाइरसलाई जितेकाहरुको अनुभव: ‘सकभर हुन नदिँऊ, भए आत्मबल बढाऊँ’

सांकेतिक तस्वीर अमेरिका । धादिङका रञ्जित गौली कोभिड–१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको भएका छन् । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ३१ वर्षीय गौलीले कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएस“गै चैत १५ (मार्च २८) देखि घरमै सेल्फ आइसोलेसनमा बसेर आफूलाई निको बनाएका हुन् । पाँच वर्षअघि अमेरिका आएका गौली अमेरिकी सेनाको रिजर्भ फोर्समा कार्यरत छन् । कोभिड–१९ को त्रास बढिरहँदा आफूलाई समेत सङ्क्रमण भएपछि केही आत्तिएको तर घरमै सेल्फ आइसोलेसनमा बसेर चिकित्सकको सल्लाहबमोजिमको गतिविधि गरेपछि अहिले स्वस्थ अनुभव गरेको उनले बताए । “झण्डै १० दिन कोरोनाविरुद्वको लडाइँमा अन्ततः मैले जित्न सकेँ । यसका लागि आत्मबल बलियो हुनु जरुरी छ । ठूलो औषधि भनेकै सकारात्मक सोच रहेछ”, गौलीले भने, “मुख्य कुरा म तन्दुरुस्त छु, मलाई सर्दैन भनेर कसैले नसोच्नुहोला र सङ्क्रमण भइहाल्यो भने हेलचेक्र्याई नगर्नुहोला ।” कोरोना लाग्दैमा मरिन्छ भनेर डराइनहाल्न अनुरोध गर्दै गौलीले लागेको खण्डमा पनि घरमै बसेर आफ्नो प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक खाना खाने र चिकित्सकको सल्लाहअनुरुप गतिविधि गर्दा यो रोगमाथि जित हासिल गर्न सकिने आफ्नो अनुभवलाई साटे । शुरुमा ज्वरो आएको, ज्वरोपछि खोकी लागेको, ज्वरो घट्दै नघटेको र विस्तारै दिनहरु बित्दै जा“दा श्वास फेर्न कठिन भएको स्मरण गर्दै गौलीले भने, “तर, आफ्नो आत्मबल बढाउँदै चिकित्सकको सल्लाहअनुरुपका गतिविधि गरे, आफूलाई भित्रबाट हार्न नदिन म लागिरहे । अहिले आराम अनुभव गरेको छु ।” आफूलाई कोभिड–१९ को सङ्क्रमण देखिएपछि अरुलाई सर्न नदिनका लागि आफैँले सजगकता अपनाउन पर्ने गौली बताउँछन् । “तातो पानी प्रयोग गर्ने, घरका सदस्यस“ग समेत दूरी कायम गर्ने गर्नुपर्दछ । मैले त रुम नै बेग्लै गरेको थिए”, उनले भने, “तातोपानीको बाफ लिने गर्थे, श्रीमती र बुबा पनि छ–सात फिट पर बस्नुहुन्थ्यो । मैले सर्न नदिन विशेष ख्याल गरेँ । त्यसैले होला बुबा र श्रीमतीलाई अहिलेसम्म देखिएको छैन । आगामी दिनमा पनि नदेखियोस् ।” उता इङ्गल्याण्डको साउथ इस्ट लण्डनमा कपुरका नामले परिचित पोखराका पद्म राणा पनि कोभिड–१९ को सङ्क्रमणका कारण उपचारपछि घरमै सेल्फ आइसोलेसनमा बसेर अहिले निको भएका छन् । उनी २० वर्षदेखि बेलायतमा बस्दै आएका छन् । “मैले अस्पतालमा जाँच गर्न जाँदा मलाई निमोनिया र कोभिड सङ्क्रमण भएको थियो । तर पनि म अत्तलिन । अस्पतालमा रहँदा पनि मैले आत्मबल कहिल्यै घट्न दिइनँ”, उनले कोभिड–१९ सङ्क्रमणपछिको अनुभव साट्दै राससस“ग टेलिफोन सम्पर्कमा भने, “कोरोना सङ्क्रमणबाट बच्न ‘ब्यालेन्स डाइट’मा ध्यान दिनुहोस्, तातोपानी, सुप र झोलिलो पदार्थ भएको पोषणयुक्त खाना खान खानुहोस् । साथै सकेमा तातोपानीको बाफ लिन, अझ सकिन्छ भने दिनमा कम्तीमा दुईपटक स्टिम बाथ लिनुहोस् यी सबै घरमै बसेर गर्न सकिन्छ । नियमित ब्यायाम गर्न र अति आवश्यक काममा बाहेक घर बाहिर ननिस्किन पनि उनी सबैमा आग्रह गर्छन् ।” अमेरिकाको न्यूयोर्क बस्दै आएकी ४४ वर्षीया नीमा शेर्पाको परिवारलाई नै कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । श्रीमान्–श्रीमती र दुई छोरासहित चार सदस्यीय नीमाको परिवार घरमै सेल्फ आइसोलेसनमा बसेको थियो । नेपाल सोलुखोम्बुका नीमा २२ वर्षअघि अमेरिका आएका हुन् । नीमा पेशाले नर्स छन् । नर्सिङ पेशामा भएका कारणले पनि आफ्नो परिवारलाई रिकभर गर्न सजिलो भएको उनले बताए । “घरमै एकले अर्काको आत्मबल बढायौँ । खोकी र ज्वरोको औषधि सेवन ग¥यौँ”, उनले, “लक्षणबाट नै कोभिड सरेको ठानेकी थिएँ, त्यही अनुसार नै मैले आफू र आफ्नो परिवारको शक्ति बढाउनका लागि गर्नुपर्ने काम गर्न थालेकी थिएँ । परीक्षण गरेको पाँच–सात दिनपछि बल्ल रिपोर्ट आएको थियो तर हामी त्यसअघिदेखि नै घरमा आराम गरेर एकले अर्कालाई ‘टेक केयर’ गरी बसेका थियौँ । रिपोर्ट आइपुग्दासम्म हाम्रो अवस्थामा केही सुधार भइसकेको थियो ।” उनले सकभर कोभिड हुन नदिने तर्फ नैं जोड दिनुपर्ने र भैहाल्यो भने पनि परिवारमा हुनुहुन्छ भने छुवाछुत जस्तो गरी होइन बरु एकले अर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्दछ, आत्तिनुहुदैंन उनले भनिन् । पछिल्लो समयमा आइरहेको तथ्याकंले पनि सङ्क्रमण पछिको रिकभरी रेट बढी देखाएको छ यो सुखद पक्ष भएकाले कोभिड–१९ को सङ्क्रमण भैहाले पनि आफ्नो आत्मबल बढाएर चिकित्सकीय परामर्शमा अगाडि बढ्दा फेरि पहिलाकैं अवस्थामा फर्कन सकिने निमाको बुझाई छ । अमेरिकाकै न्यूयोर्क निवासी ५० वर्षीय जीवन बम कोभिड–१९ सङ्क्रमणमा पर्नुभएको थियो । अहिले उनी पनि घरमै सेल्फ आइसोलेसनमा बसेर आफूलाई स्वस्थ बनाएकाे बताए । कैलाली टीकापुरका उनी २० वर्षदेखि अमेरिकामा बस्दै आउनुभएको छ । “कोभिड–१९ लागिहाल्यो भने पनि शुरुदेखि नै लापरवाही गर्नुभएन, आराम गर्ने, ज्वरो नापिरहने, १४ दिनसम्म घरमा बस्ने, यदि ज्वरो घटेन भने इमर्जेन्सीमा जाने, निमोनिया हुन नदिने, शरीरमा शक्ति बढाउन केही न केही खाइरहने गर्नुपर्छ ।” बमले आफ्नो अनुभव साट्दै भने, “यो बेला आफ्नो आत्मबल बढाउनुपर्छ, आफूलाई कमजोर हुन दिनुहुँदैन ।” “शुरुमा ज्वरोको लक्षण देखिएपछि विस्तारै खोकी र स्वासप्रश्वासमा समस्या भयो । मलाई सङ्क्रमण भएको थाहा पाएपछि पनि म आफूलाई निको पार्न सक्छु भन्ने आत्मबलका साथ सेल्फ आइसोलेसनमा बसे”, उनले भने, “कोरोना सङ्क्रमण हु“दैमा मरिहाल्छु भनेर पनि सोच्नुहु“दैन । मैले ती सबै सोचिन तर हेलचेक्र्याइ पनि गरिनँ । परिवारका सदस्यहरुबाट टाढा रहे, दूरी बनाए । नियमित चिकित्सकले भनेअनुसार गतिविधि गरे अहिले सुधार भएको अनुभव गरेको छु ।” न्यूयोर्ककै अर्का कोभिड–१९ को सङ्क्रमणमा पर्नुभएका भोजपुरका शम्भु मोक्तान पनि घरमै सेल्फ आइसोलेसनपछि अहिले आफूले स्वस्थ महसुस गरेको बताउनुहुन्छ । पाँच दिन अस्पताल भर्नापछि मोक्तान घरमै सेल्फ आइसोलेसनमा हुनुहुन्छ । मोक्तान गएको १९ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । कोभिड–१९ को सङ्क्रमण भएको १५ दिनपछि अहिले आफू कोभिड–१९ को सङ्क्रमणले च्याप्नु अघिजस्तै बोल्न, हिँड्न र खान सक्षम भएको मोक्तानले बताए । अहिले आफूलाई विभिन्न देशबाट आफ्नो अनुभव साट्न आग्रह गर्दै सम्पर्क गर्ने गरिएको जनाउँदै उनले शुरुआती लक्षणदेखि अस्पतालको उपचार पद्धति र सेल्फ आइसोलेसनमा बस्दा आफूले गरेका गतिविधि बताउने गरेको उल्लेख गरे । सकभर कोभिड–१९ को सङ्क्रमण हुन नदिनका लागि विशेष ख्याल गर्न आग्रह गर्दै उनले यदि कोरोना लागिहाल्यो भने पनि आफ्नो आत्मबल बढाएर चिकित्सकले भनेअनुरुपको कार्य गर्न सबैलाई सुझाव दिन्छन् यस्तै स्पेनको बार्सिलोनामा कोरोना भाइरसको सङ्क्रमणपछि अस्पतालमा उपचार गराई विष्णु रिजाल अहिले घरमा सेल्फ आइसोलेसनमा बसेका छन् । सङ्क्रमणका कारण सिकिस्त बिरामी भएका बार्सिलोनामा बस्दै आएका अर्घाखाँचीका रिजाल आइसीयूमा भर्ना भएका थिए । घरमै आराम गरिरहेका उनी उनी कोरोनाको सङ्क्रमण भएमा उच्च मनोबल राख्न र रोग नलुकाउन सबैलाई आग्रह गर्छन् । अस्पतालबाट डिस्चार्ज भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै “जन्मपश्चात मृत्यु शास्वत सत्य हो । तर त्यो सत्यको विरोधमा हामी सङ्घर्षशील रहिरहन्छाैं । सायद यही नै जीवनप्रति को मोह पनि हो । दुई हप्ता अस्पतालको कष्टकर बसाइपछि घर फर्केको छु अहिले ठिक भएको छु” उनले भनेका छन् । यस्तै अमेरिका न्यूजर्सीका बेगम पण्डित पनि आफूलाई कोभिड–१९ को सङ्क्रमणको लक्षण देखिएलगत्तै सेल्फ आइसोलेसनमा बसेका थिए । ४७ वर्षका पण्डित लक्षण देखिएलगत्तै आइसोलेसनमा बसेका कारण उनका परिवारका अन्य सदस्यमा कोरोना सङ्क्रमण हुन पाएन । सङ्क्रमण पुष्टि भएपछि घरमै आराम गर्न र गाह्रो भएमा मात्र अस्पतालमा आउन चिकित्सकले सुझाव दिएलगत्तै पण्डित आफू घरमै बसेको बताउँछन् । “अहिले घरमै आराम गरिरहेको छु । आराम अनुभव गर्न थालेको छु”, उनले भने, “कोरोना लाग्दैमा आत्तिहाल्नुपर्ने छैन । यसलाई हल्कारूपमा पनि लिनुहुँदैन । चिकित्सकले भनेअनुसारको गतिविधि गर्दा यो निको हुन्छ । आत्मबल बढाएर रोगविरुद्व लड्ने हो । तर सकेसम्म लाग्न नै दिनुहुँदैन ।” उता अमेरिका म्यासाच्युट्स बोष्टनका राम धिताललाई पनि कोभिड–१९ को सङ्क्रमण भएको थियो । २५ वर्षदेखि अमेरिका बस्दै आएका छन् । उनी घरमै सेल्फ आइसोलेसनमा बसेका थिए । अहिले आफूले पूर्ण स्वास्थ्यलाभ गरेको उनले बताए । “कोरोनाभाइरस पोजेटिभ देखिएपछि चिकित्सकको सल्लाहमा घरमा बसेर आराम गरे”, उनले भने,“मेरो पहिलादेखि नै मुटुको समस्या थियो, त्यसले गर्दा अलि चिन्तित थिएँ तर म डराएको थिइनँ, नियमको पालनाले मलाई ठिक हुन्छ भन्ने नै लागेको थियो ।” उनले सङ्क्रमणको अवधिभर आफूलाई तापक्रम बढ्ने र घट्ने भइरहने गरेको सुनाए । उनले घरमा आफू आइसोलेसनमा रहँदा चिकित्सकको परामर्शमा ज्वरो घटाउने औषधि पनि खानुभयो भने घरेलुरूपमा सजिलै गर्न सकिने तातोपानी, बेसार, ज्वानो आदिको प्रयोगलाई तीव्र बनाएको जानकारी दिए । त्यसो त आफ्नै छोरी नर्स र श्रीमती पनि स्वास्थ्य क्षेत्रमै काम गर्ने भएकाले पनि आफूलाई हेरचाह राम्रो भएको उनलाई लागेको छ । बेलुकाको समयमा त मैले भिक्स हालेको तातोपानीको बाफ सिरकले छोपेर लिने गर्दथे । बेलुकी खोकी लाग्दा ज्वानोपानी पनि खान्थे । उनले भने, “विश्व स्वास्थ्य सङ्गठन वा सिडीसीको गाइडलाइन्समा भएका सुझावको पालनाका साथै नेपालमा प्रचलित घरेलु उपायहरुको अवलम्बन गर्न समेत धिताल सबैमा आग्रह गर्छन् । अहिले पनि क्वारेन्टाइन ‘मेन्टेन’ गरेर घरमै बसेका छौँ । सकभर कोभिड–१९ को सङ्क्रमण लाग्न नैं नदिनेतर्फ सबैको ध्यान हुनुपर्नेमा चिकित्सकको समेत भनाइ छ । कोभिड–१९ लाग्दैमा मरिहालिन्छ भनेर डर पाल्न नहुने बताउँदैं अमेरिका नेपाल मेडिकल फाउन्डेशनका अध्यक्षसमेत रहेका डा सन्तोष सापकोटाले लक्षण देखिए बेलैमा चिकित्सकको सम्पर्कमा जान सबैमा सुझाव दिन्छन् । कोभिड–१९ लाई गम्भीरतापूवर्क लिइ सकभर लाग्न नै नदिनेतर्फ जोड दिनुपर्ने बताउँदै डा सापकोटा भन्छन्, “रोग लाग्नु भनेको मान्छेको स्वास्थ्यमा असमान्य स्थिति सिर्जना हुनु हो , त्यसैले सकभर लाग्न नै नदिन सचेत बन्नुपर्दछ । यदि लागिहाल्यो भने पनि चिकित्सकको परामर्शमा होम आइसोलेसनमा बसेर पनि निको हुन सकिन्छ, यो निको हुने दर धेरै छ ।” रासस