भारतमा तहल्काः कोरोना फैलाउन नेपालबाट मान्छे पठाइएको आरोप
भारतकाे एक टेलिभिजनमा देखाइएकाे तस्वीर काठमाडौं । भारतमा कोरोना भाइरस फैलाउन नेपालबाट मान्छे पठाइएको भारतले आरोप लगाएको छ । भारतको पश्चिमी चम्पारण (बेतिया) जिल्लाका प्रमुख जिल्ला अधिकारी कुन्दन कुमारले माथिल्लो निकायमा एक गोप्य पत्र लेख्दै नेपालबाट भारत छिरेको एक समुहले भारतमा कोरोना सारिरहेको आरोप लगाएका छन् । नेपालको सीमावर्ती क्षेत्रबाट भारतको बिहारमा योजनाबद्ध तरिकाले कोरोना भाइरस फैलाउन खोजिएको रिपोर्ट सार्वजनिक भएपछि यसले भारतीय सुरक्षाबल भित्र ठूलो भूईंचालो ल्याएको छ । पत्रमा प्रहरी अधिक्षकका माध्यमबाट सीमा सुरक्षा बलको ४७ औं बटालियनलाई सीमा पारीबाट कोरोना संक्रमित मानिसहरुलाई भारतमा प्रवेश गराइएको उल्लेख छ । उनीहरुको उद्देश्य एउटा रणनीति अन्तर्गत भारतमा संक्रमण फैलाउने लेखिएको छ । यसरी प्रवेश हुनेमा सबै मुस्लिम रहेको समेत पत्रमा उल्लेख छ । पत्रका अनुसार पर्सा जिल्लाको जगनाथपुर गाउँ निवासी जालिम मुखिया नाम गरेका एक जना हतियार तस्करले उनीहरुलाई भारत पठाएको उल्लेख छ । बेतियाका जिल्ला प्रमुख अधिकारीले सीमा सुरक्षा बलसँग सीमामा गस्ती बढाउन समेत अनुरोध गरेका छन् । पत्रबारे भारतका गृह उपसचिवले प्रतिक्रिया दिँदै सबै कोणबाट जाँच भइरहेको बताएको नवभारत टाइम्सले उल्लेख गरेको छ । गृह उपसचिव अमिर सुबानीका अनुसार, नेपालसँग जोडिएको विषय भएपनि अधिकारीहरुलाई अलर्ट गरिएको छ । अहिलेसम्म प्राप्त सूचना अनुसार, कुनै पनि शंकाष्पद व्यक्ति भारतमा घुसपैठ भने नगरेको तर सम्भावना रहेको उनले बताए । देखें, बिहार में नेपाल से 30-40 कोरोना संक्रमित मरीज घुसने की खबर पर क्या बोले गृह विभाग के अपर सचिव आमिर सुबहानी pic.twitter.com/UANLaH2Fby — NBT Hindi News (@NavbharatTimes) April 10, 2020 बेतियाका प्रमुख जिल्ला अधिकारीले भने आफूले विश्वस्त जासुसी श्रोतबाट सुचना पाएको दावी गरेका छन् । भारतीय मिडियामा प्रकाशित टिप्पणी अनुसार, विगत दुई दिन यता बिहारमा अचानक संक्रमितहरुको संख्या बढेको छ । अहिलेसम्म बिहारमा ६० जनामा संक्रमण देखिएको छ । भारत र नेपालका प्रधानमन्त्रीबीच आज मात्रै टेलिफोन संवाद भएको थियो । यो विषयमा भारतले कुनै चासो व्यक्त गरे या नगरेको कुरा भने नेपालको कुनै पनि निकायले सार्वजनिक गरेको छैन । (नवभारत टाइम्स डटकममा प्रकाशित समाचारका आधारमा तयार पारिएको) न्युज 18 बिहारमा प्रसारण एक रिपाेर्ट #बड़ी_खबर : नेपाल के रास्ते कोरोना संदिग्धों को बिहार भेजने की तैयारी, SSB की चिट्ठी से हुआ खुलासा #बड़ी_खबर : नेपाल के रास्ते कोरोना संदिग्धों को बिहार भेजने की तैयारी, SSB की चिट्ठी से हुआ खुलासा #IndiaFightsCOVID19 | #TotalLockdown | #StayHome Gepostet von News18 Bihar am Donnerstag, 9. April 2020
कोरोना सङ्क्रमित ८ जनाकै अवस्था सामान्य: स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण नदेखिएको र सङ्क्रमितको अवस्था पनि सामान्य रहेको जानकारी गराएको छ । मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप नयाँ कोरोना सङ्क्रमित व्यक्ति नभएको भन्दै हालसम्ममा तीन हजार ५२४ व्यक्तिको कोरोना सङ्क्रमणको नमूना परीक्षण गरेको बताए । उहाँले गत २४ घण्टामा ६३० वटा परीक्षण गरिएको जानकारी दिए । आठ सय बढी परीक्षणको क्रममा छ । हाल नेपालभरि आठ हजार ६६० जना क्वारेन्टाइनमा छन् । आइसोलेसनका व्यक्तिको सङ्ख्या १२५ रहेको छ । प्रवक्ता देवकोटाले प्रत्येक प्रदेशमा क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षणका लागि प्रतिप्रदेश पाँच हजारका दरले ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) सामग्री प्रदान गरिएको बताए । बागलुङ, म्याग्दी र पर्वतका स्वास्थ्यकर्मीलाई ¥यापिड डाइग्नोस्टिक टेस्टसम्बन्धी तालीम दिइएको र परीक्षणसमेत शुरु गरिएको सो अवसरमा जानकारी दिइयो । सङ्कटको समयमा जनशक्ति अभाव नहोस् भन्दै मन्त्रालयले सेवा बाहिरका र सेवा निवृत्त चिकित्सकलाई स्वेच्छिकरुपमा सेवामा आबद्ध हुन आग्रह गरेको छ । मन्त्रालयले छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीलाई परिचालन गर्ने भएको छ । विपत्मा सहयोगका लागि स्वास्थ्य सेवामा कार्यरत कर्मचारीको सेवा सुविधा काट्ने किसिमको निणय मन्त्रालयले नगरेको भन्दै उच्च मनोबलका साथ काम गर्न मन्त्रालयले आग्रह गरेको छ ।
२४ घण्टामा ६ सय ३० को कोरोना परीक्षण, थपिएन नयाँ संक्रमित
काठमाडौं । गएको २४ घण्टामा ६ सय ३० जनाको कोरोना परीक्षण भएको छ । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाल गएको २४ घण्टामा पिसिआर मेसिनबाट ६ सय ३० जनाको कोरोना परीक्षण भएको बताएका हुन् । काठमाडौंमा ४ सय १ जना र काठमाडौं बाहिर २ सय २९ जनाको कोरोना पहिचानको लागि नमुना परीक्षण भएको देवकोटाले बताए । साथै पछिल्लो २४ घण्टामा पनि कुनै नयाँ कोरोना भाईरस संक्रमित थपिएका छैनन । हालसम्म नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् जसमा एक जना निको भएर घर फर्किसकेका छन् । देशभर हाल १ सय २५ जना आईसोलेसनमा र ८ हजार ६ सय ६० जना क्वारेन्टिनमा छन् । यस्तै र्यापिड डायगोनेस्टिक किटबाट हालसम्म कैलालीमा ३ सय ३९, कन्चनपुरमा १ सय ३७, कपिलबस्तुमा २१ र बागलुङमा १९ जना गरेर कुल ५ सय १६ जनाको कोरोना परीक्षण भएको छ । यो सबै परीक्षणको नतिजा नेगेटिभ आएको देवकोटाले बताए । देवकोटाले भने, ‘अन्य ठाउँमा पनि यसको प्रयोगबाट परीक्षण भईरहेको तर नतिजा आउन बाँकी रहेको छ ।’ यस्तै बिहिबार ईपिडियोमोलोजी र रोग नियन्त्रण महाशाखा र नेपाली सेनाले डडेलधुराबाट १ सय ९९, बैतडीबाट ४ सय २५ र कर्णाली प्रदेशबाट ८५ गरेर कुल ७ सय ९ वटा नमुना काठमाडौंमा परीक्षणको लागि ल्याएको पनि उनले जानकारी दिए । देवकोटा भन्छन्, ‘यो सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको क्रममा छन् ।’