दक्षिण कोरियाले विकास गर्याे कोरोना विरुद्धको खोप
काठमाडौं । दक्षिण कोरियाले कोरोनाभाइरस विरुद्धको खोपको विकास गरेको जानकारी गराएको छ। यसले उपचारको विकासलाई सहयोग पुर्याउनेछ। खोप सरकारी-नागरिक समुहले विकास गरेको चेओ वा डाले आइतवार घोषणा गरे। यो प्रासंगिक परिस्थितिहरूको एक विस्तृत समीक्षा र छिटो निर्णय गर्ने प्रक्रियाको माध्यमबाट कामलाई सहयोग पुर्याउन सहयोग गर्ने उद्देश्यले डिजाइन गरिएको छ, चीओंग वा डाईका उप प्रवक्ता यान जे क्वानले भने। यसमा स्वास्थ्य, विज्ञान, वित्त, वाणिज्य र स्टार्टअप मन्त्रालयहरूका साथै खाद्य तथा औषधि सुरक्षा मन्त्रालय र रोग नियन्त्रण तथा रोकथामका लागि कोरिया केन्द्र (केसीडीसी) का शीर्षस्तरका अधिकारीहरू सामेल हुनेछन्। टास्क फोर्समा नागरिक विज्ञहरू पनि सम्मिलित भएकाछन्। राष्ट्रपति मुन जाए(द्वारा गत हप्ता आफ्नो भ्रमणको क्रममा कोभिड १९ मेडिसिन र खोपहरूको विकासका लागि सहयोगको घोषणा गरेपछि यो कदम आएको हो। यो सियोन्ग्नम, गेओन्गीमा रहेको संक्रामक रोगहरूको विशेषज्ञ अनुसन्धान केन्द्र, इन्स्टिच्युट पाश्चर कोरिया पुगेको थियो। द कोरिया हेरल्डकाे सहयाेगमा
भक्तपुर अस्पतालमा कोरोना परीक्षण शुरु
काठमाडौं । भक्तपुर अस्पतानलले कोरोना भाइरसको परीक्षण शुरु गरेको छ । विदेशबाट आएर घरमा एकान्तबास बसेका र उनीहरुसँगको सम्पर्कमा रहेकाको र्यापिड किट (र्यापिड डाइग्नोष्टिक टेष्ट) शुरु गरेको हो । भक्तपुर अस्पतालमा र्यापिड किट आएकाले कोरोना भाइरसको परीक्षण आजदेखि शुरु गरिएको अस्पतालका सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिए। यसका लागि वागमति प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरमार्फत ३ सय र्यापिड किट अस्पतालका लागि पठाएपछि यहिँबाट परीक्षण शुरु गरिएको हो । विदेशबाट आएका र उनीहरुको सम्पर्कमा रहेर घरमा एकान्तबास बसेका, निर्धारित क्वारेन्टाइनमा बसेकाको १४ र आवश्यकता पर्नेको २१ दिनसम्म रहेकाको र्यापिड किटमार्फत परीक्षण गरिने भएको हो । परीक्षणमा रिपोर्ट पोजेटिभ आएमा आइसोलेसनमा राखेर उपचार गर्ने र थप परीक्षण एवम् उपचार आवश्यक परे काठमाडौंको सरुवा रोग नियन्त्रण अस्पताल टेकु पठाइने मेसु डा गौतमले जानकारी दिए । अस्पतालले अहिलेसम्म १५४ जनाको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशाला टेकु पठाएकोमा ९० जनाको रिपोर्ट नेगेटिभ आएको र अन्यको रिपोर्ट आउनै बाँकी रहेको बताए । रुघाखोकी लागेर दैनिक २५ देखि ५० जनासम्म स्वास्थ्य परीक्षणका लागि आएको जानकारी दिँदै अस्पतालले चार शैयाको आइसोलेसनलाई बढाएर १० शैय्यामा पुर्याएको जानकारी दिए । आज आठ जनाको आइसोलेसनमा उपचार भइरहेको जानकारी दिँदै उनले आइसोलेसनमा दैनिक बिरामी बढिरहेको बताए । जिल्लाका निजी अस्पतालसमेत बहिरङ्ग सेवालगायत अन्य उपचारसमेत बन्द गरिरहेको अवस्थामा भक्तपुर अस्पतालले भने बहिरङ्ग सेवा र अन्य उपचार सेवासमेत सञ्चालन गरिरहेको छ । जिल्लाका चार नगरपालिकामध्ये मध्यपुरथिमि नगरपालिकाले विदेशबाट फर्किएका ६२ जनाको पहिचान गरी उनीहरुको नमूनासङ्कलन गरेर नियमितरुपमा परीक्षण गरिरहेका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । चाँगुनारायण नगरपालिकाले जनप्रतिनिधीमार्फत वडावडामा विदेशबाट फर्किएकोको खोजी र पहिचान नगरपालिका कै एम्बुलेसन्स उपलब्ध गराई भक्तपुर अस्पताल लगेर नमूना परीक्षण गराइरहेको नगर प्रमुख सोमप्रसाद मिश्रले बताए । यता सूर्यविनायक नगरपालिकाले पनि विदेशबाट फर्किएकाको पहिचान गर्दै नमूना सङ्कलन गर्न भक्तपुर अस्पताल पठाउँदै उनीहरुको एकान्तबासको अनुगमन गरिरहेको नगरप्रमुख वासुदेव थापाले जानकारी दिए । भक्तपुर अस्पतालले भने मोवाइल एप्समार्फत फाराम भराएर विदेशबाट फर्किएकालाई भक्तपुर अस्पताल जान सूचना जारी गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले आजदेखि जिल्लाका अस्पतालको अनुगमनसमेत शुरु गरेको छ । कार्यालयका प्रमुख कृष्ण मिजारले आज भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य, सिद्धिस्मृति अस्पताल र डा इवामुरा अस्पतालको अनुगमन गर्ने जानकारी दिए । जिल्लाको सबै अस्पतालको अनुगमन गरिने उनको भनाइ छ । जिल्लामा सञ्चालित निजी अस्पतालले बिरामी गेटबाटै फर्काउने गरेको र कुनै पनि रोगको उपचार नगरेको गुनासो व्यापक आएको छ । सरकारले उपचार नगर्ने निजी अस्पताललाई कारबाही गरी उपचारको व्यबस्था मिलाउन स्थानीयवासीले माग गरेका छन् । रासस
बेलायतका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य, डाक्टर र नर्सहरुलाई दिए धन्यवाद
काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो उपचरामा संलग्न डाक्टरहरू र नर्सहरूप्रति आभार प्रकट गरेका छन् । कोरोना भाइरस संक्रमढा भएर अस्पतालमा उपचाररत प्रधानमन्त्री बोरिसले उनीहरुले आफ्नो सफल उपचार गरेको भन्दै धन्यवाद दिएका हुन् । उनलाई कोरोना भाइरस संक्रममण भएको कारण लन्डनको एक अस्पतालमा उपचार भइरहेको छ जहाँ उनलाई केही दिन अघि आईसीयूमा भर्ना गरिएको थियो। उनको अहिले अवस्थामा सुधार आएको अन्तर्राष्ट्रिय स१चार माध्यमले जनाएका छन् । तर, उनले केही समय भने आराम नै गर्नु पर्नेहुन्छ । उनको अनुपस्थितिमा, विदेश मंत्री डोमिनिकले जिम्मेवारी सम्हालिरेहेका छन् । बीबीसी हिन्दी