सरकारले भन्याे: डा. शेरबहादुर पुनकाे बिषयमा अनर्गल प्रचार नगरौं
काठमाडौं । सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा.शेरबहादुर पुनका बिषयमा अनर्गल प्रचार नगर्न आग्रह गरेको छ । आइतबार एक सुचना जारी गर्दै पुनका सम्बन्धमा केही पत्रपत्रिका तथा सामाजिक सञ्जालमा सत्य तथ्य बङ्ग्याइँ मन्त्री भानुभक्त ढकालको नामसमेत मुछि अनर्गल तथा दुष्प्रचार गर्ने कार्य भएकामा ध्यानाकर्षण भएको जनाउँदै त्यस्तो नभएको जनाएको हो । मन्त्रालयले कोही पनि स्वास्थ्यकर्मीको मनोवल घटाउन काम नगरेको उल्लेख गर्दै स्वास्थ्यकर्मीलाई सरकारले शतप्रतिशत भत्ता र २५ लाखको बीमासमेत व्यवस्था गरेकाले डा.पुनका सन्दर्भमा सत्यतथ्य नबुझीकन अनर्गल प्रचारप्रसार वा लेख लेखाउने कार्य नगर्न नगराउन आग्रह गरिएकाे छ ।
काेराेनाले २८ नेपालीले ज्यान गुमाए, १ हजार १ सय ३५ जना संक्रमित
काठमाडौं । कोरोना भाइरस संक्रमण (कोभिड-१९) काे कारण २८ जना नेपालीले ज्यान गुमाएका छन् । गैर आवासीय नेपाली संघका अनुसार विदेशमा रहेका २८ जनाले काेरेाना भाइरसका कारण ज्यान गुमाएका हुन् । याे शनिबार साँझसम्मकाे तथ्याक हाे । हालसम्म १ हजार १ सय ३५ जना संक्रमित भएकाे बताइएकाे छ । यस्तै, २० देशमा रहेका नेपालीलाई कोरोना संक्रमण भएको भेटिएको संघले जनाएको छ । त्यस्तै, बहराइनमा ४९ जनालाई संक्रमण भएको छ । संक्रमण भएका नेपालीमध्ये सबैभन्दा धेरै युरोपमा ६४ प्रतिशत, अमेरिकामा २९ प्रतिशत, मध्यपूर्वमा ७ प्रतिशत छन् ।
सप्तरीका ७१ वर्षीय वृद्धमा देखियो कोरोनाविरूद्धको एन्टिबडी
काठमाडौं । सप्तरीमा एकजना वृद्धमा कोरोनाभाइरसविरूद्ध लड्ने एन्टिबडी देखिएको छ। जिल्लाकाे सप्तकोशी नगरपालिका- १ फत्तेपुरका ७१ वर्षीय वृद्धको आरडिटी टेस्ट गर्दा एन्टिबडी देखिएको बताइएकाे छ । र्यापिड डाइग्नोस्टिक टेस्ट गर्दा उनमा कोरोनाभाइरसविरूद्ध लड्ने एन्टिबडी देखिएको छ। आरडिटीमा एन्टिबडी देखिएपछि अहिले उनलाई अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ भने पिसिआर परीक्षण गर्न उनको थ्रोट स्वाबको नमूना संकलन गरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन लागिएको छ।