कोरोना देखिएकी बालिकाको सम्पर्कमा आएका व्यक्तिलाई १४ दिन क्वारेन्टाइनमा राखिने

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका व्यक्तिलाई १४ दिन अर्थात दुई हप्ता क्वारेन्टाइनमा राखिने भएकाे छ । बालिकाको प्राइमरी सम्पर्कमा आएका व्यक्तिको पीसीआर परीक्षण गर्ने र १४ दिन क्वारेन्टाइन र सेल्फ क्वारेन्टाइनमा राख्ने अस्पतालले जनाएकाे छ । अस्पतालका प्रा.डा. प्रेम कुमार खड्गाका अनुसार संक्रमित बालिकालाई गणेशमान भवनको आइसोलेसन क्याविनमा सारी उपचार भइरहेको छ । अस्पतालको अन्य काम नियमित  गर्न र प्राइमरी सम्पर्कमा आएका व्यक्तिमा कोरोना पोजेटिभ आएमा फेरि सेकेन्डरी सम्पर्कमा कन्ट्याक्ट  ट्रेसिङ पीसीआर परीक्षण गरिने पनि अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ। अस्पतालले हाललाई इलेक्टिभ सर्जरी नगर्ने समेत जनाएको छ । साथै, आकस्मिक शल्यक्रिया गर्दा  आवश्यक पीपीई लगाएर गर्न समेत अस्पतालले अनुरोध गरेको छ। सम्बन्धित समाचारः शिक्षण अस्पतालका चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा  घरभित्रै बसेकी बालिकालाई कसरी लाग्यो कोरोना ?

नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाल थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड -१९ प्रयोगशालामा नयाँ कोरोना संक्रमण पुष्टि भएकाे हो । जो नवलपरासी देवचुली नगरपालिका १२ निवासी ४९ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारी जानकारी दिएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । याे समाचार पनि पढ्नु हाेस् ।  स्वास्थ्य मन्त्रालयकाे नै गलत सुचना, संक्रमितको संख्या २ सय ४५ मात्रै

शिक्षण अस्पतालका चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा

काठमाडाैं ।  त्रिवि शिक्षण अस्पतालमा उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न ३८ जनालाई क्वारेन्टाइनमा राखिएको हाे । न्यूरो वार्डमा रहेका ५ जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ । साथै उपचारमा संलग्न चिकित्सक, नर्स, काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको छ । उनीहरु सबैको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको अस्पतालले जानकारी दिएकाे छ ।