स्वास्थ्य मन्त्रालयले भन्योः धुलिखेलमा मृत्यु भएकी महिलाको कोरोना परीक्षण हुँदैछ, स्वाश्वप्रश्वासमा समस्या

काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण भए नभएको परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सो अस्पतालमा मृत्यू भएकी सिन्धुपाल्चोककी महिलामा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्ष्यण देखिएको छ । मन्त्रालयको नियमित प्रेस बिफिङमा प्रवक्ता डा. विकास देवकोटाले ती महिलाको मृत्युको कारण खोजी भइरहेको जानकारी दिएका हुन् । उनी २५ वैशाखमा टिचिङ अस्पताल महाराजगञ्जबाट डिस्चार्ज भएर घर गएकी थिइन् । ‘सिन्धुपाल्चोककी २९ वर्षीय एक महिला २१ वैशाखमा टिचिङ अस्पतालमा भर्ना हुनुभएको, वैशाख २४ गते नर्मल डेलिभरी (सुत्केरी) हुनुभएको र २५ वैशाखमा अस्पतालबाट डिस्चार्ज भएर घर जानुभएको जानकारी प्राप्त भएको छ, उहाँमा ज्वरो आउने तथा श्वासप्रश्वास सम्बन्धी समस्या भएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार भएको र अवस्था निकै जटिल भएपछि धुलिखेल अस्पताल ल्याउँदै गर्दा मृत्यू भएको जानकारी प्राप्त भएको छ, उहाँमा कोरोना संक्रमण भए नभएको परीक्षण भइरहेको छ, परीक्षणबाट जे पुष्टी हुन्छ, सोको जानकारी गराउँने नै छौं,’ प्रवक्ता डा. देवकोटाले नियमित प्रेस व्रिफिङमा भने । २ जना संक्रमित थपिए यस्तै, नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नयाँ थपिएका संक्रमितमा काभ्रेका एक जना र महोत्तरीका एक जना रहेका छन् । नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २ सय ७८ पुगेको छ । सम्बन्धित सामग्री धुलिखेल अस्पतालमा एक महिलाको मृत्यू, कोरोना संक्रमणको शंका, आकष्मिक कक्ष सिल

महोत्तरी र काभ्रेमा २ जनामा देखियाे कोरोना, संक्रमितको संख्या २ सय ७८ पुग्यो

काठमाडौं । महोत्तरी र काभ्रे जिल्लामा थप दुई जनाका कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरीका ५२ वर्षिय र काभ्रेका २६ वर्षिय पुरुष कोरोना संक्रमित पुष्टि भएका हुन् । स्वास्थ्य मन्त्रालयकाे नियमित  पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले  याेसँगै काेराेना संक्रमितकाे संख्या २ सय ७८ पुगेकाे जानकारी दिएका छन् । हालसम्म २६ वटा जिल्ला कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । काभ्रेमा पहिलाे  पटक काेराेना देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जानकारी दिँदै हालसम्म पिसिआर २६ हजार ६ सय ९१ र आरडिटी ६५ हजार ७ सात ४९ परीक्षण गरेको जनाएकाे छ । त्यस्तै १६ हजार ३ सय ६६ क्वारेन्टाइनमा रहेका छन्, भने ३ सय २० आइसाेलेसनमा उपत्यका भित्र ३२ जना र बाहिर २ सय ८८ जना रहेका छन् । ३ सय ११ जना रेड जोनमा परेकाे मन्त्रालयले जनाएकाे छ ।

धुलिखेल अस्पतालमा एक महिलाको मृत्यु, कोरोना संक्रमणको शंका, आकष्मिक कक्ष सिल

काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा कोरोना भाइरस (कोभिड १९) परीक्षणका क्रममा आरडीटी पोजिटिभ देखिएकी २९ वर्षीया महिलाको मत्यु भएको छ  । टिचिङ अस्पतालमा ८ दिनअघि सुत्केरी भएकी ती महिलालाई श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको शुक्रबार साँझ मृत्य भएको अस्पताल स्रोतले जानकारी दिएको छ । धुलिखेल अस्पतालले मृत्युबारे स्वास्थ्य मन्त्रालयमा जानकारी गराइसकेको जनाएको छ । मृत्यु भएपछि अस्पतालले उनको स्वाब पुनः परीक्षणका लागि टेकु अस्पताल पठाइएको जनाएको छ । अस्पतालका अनुसार ती महिलामा कोरोना पोजिटिभ भए नभएको यकिन भएको छैन । ती महिला सिन्धुपाल्चोककी बासिन्दा रहेको खुलेको छ । अस्पतालले केही बेरमा विस्तृत जानकारी गराउने बताएको छ । उनको मृत्युलगत्तै जिल्ला प्रशासन कार्यालय धुलिखेलमा यतिबेला कोरोना नियन्त्रण कमाण्ड पोस्टको आकस्मिक बैठक सीडीओ कार्यालयमा बसिरहेको छ । अस्पतालमा उपचार गराएकी ती महिलाको मृत्यू भएपछि धुलिखेल अस्पतालको आकस्मिक कक्ष सील गरेर उनको उपचारमा संलग्न डाक्टार, नर्सलगायत स्वास्थ्यकर्मीको स्वाव संकलन गरिएको छ ।