थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि

काठमाडाैं । नेपालमा थप ६ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले ६ जनामा काेराेना भएकाे पुष्टि गरेका हुन् । उनीहरू माेरङ, धादिङ, र गुल्मीका रहेकाे देवकाेटाले बताए । उनीहरू सबै १८ वर्षदेखि ४६ वर्षका रहेकाे उनले बताए  ।

नेपालमा एकैदिन ६२ जनामा देखियाे काेराेना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन ६२ जनामा कोराना देखिएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १ सय ९० जनाको परीक्षण गर्दा ४७ जनामा काेराेना पाेजेटिभ देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। त्यसबाहेक विभिन्न स्थानमा छ जनामा पनि कोभिड-१९ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। यसअघि आज नौ जनामा सङ्क्रमण पुष्टि भएको थियो। यो वृद्धिसँगै नेपालमा अहिलेसम्म कुल ३ सय ५७ जनामा कोभिड-१९ पुष्टि भएको छ। तीमध्ये दुई जनामा मृत्यु भइसकेपछि सङ्क्रमण पुष्टि भएको हो। अहिले प्रदेश नं ५ र २ मा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित छन्।  

बाँकेमा ४७ जनामा देखियो कोराना पाेजेटिभ

बाँकेमा ४७ जनामा कोराना देखिएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हाे । याे सँगै नेपालमा ३ सय ५१ जनामा काेराेना देखिएकाे छ । यसकाे थप विवरण भने आउन बाँकी छ ।