भारतको महाराष्ट्रमा १ हजार भन्दाबढी प्रहरी कोरोना संक्रमित
दिल्ली । भारतको सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्यमा १ हजार बढी प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । मङ्गलबार मात्र थप २ सय २१ प्रहरी संक्रमण भएको प्रमाणित भएसँगै संक्रमित प्रहरीको संख्या १ हजार ७ पुगेको महाराष्ट्र प्रहरीले जनाएको छ । त्यस्तै ७ जना प्रहरीको कोरोनाबाट मृत्यु भएको छ । भने १ सय १३ जना उपचारपछि निको भइ घर फर्किएका छन् । चिकित्सकको निगरानीमा उपचार सेवा लिइरहेका ८ सय ८७ मध्ये ९१ जना प्रहरी अधिकृत रहेका छन् भने ७ सय ९६ जना प्रहरी जवान रहेका छन् । मङ्गलबारसम्ममा भारत भर ७१ हजार ४ सय ४१ व्यक्ति सङ्क्रमित रहेकोमा सबैभन्दा बढी महाराष्ट्रमा २३ हजार ४ सय १ व्यक्ति सङ्क्रमित रहेका छन् भने यीमध्ये २ हजार ३ सय १० व्यक्तिको मृत्यु भईसकेको छ । भारतमा कोरोना भाइरसको उपचार पछि मङ्गलबारसम्म देशभर २३ हजार ४९ व्यक्ति निको भई घर फर्किएका छन् ।
उपत्यकाका ३ कोरोना संक्रमित टेकुमा भर्ना, भक्तपुरमा भेटिएकी महिला सुनसरीबाट आएकी
काठमाडौं । काठमाडाैं उपत्यका काेराेना संक्रमण पुष्टि भएका ३ जनालाई नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ । मंगलबार मात्र काठमाडौं उपत्यकामा कोरोना पुष्टि भएका २ महिला र १ पुरुषमा अस्पतालमा भर्ना भएका हुन् । भक्तपुरमा देखिएको कोरोना संक्रमित २५ वर्षिय महिला सुनसरीबाट आएकी खुलासा भएको छ । त्यस्तै भक्तपुरमा भेटिएका अर्काे संक्रमित २७ वर्षिय पुरुष दुवाकोटको रहेको तर उनीमा कसरी कोरोना भाइरस सर्याे भन्ने विषय स्पष्ट जानकारी आउन सकेको छैन । उनले आफू परिवारसँगै रहेको कतै बाहिर नगएको भनेसँगै परिवारका सबै सदस्यलाई सिल गरिएको हो । त्यस्तै मंगलबार स्वास्थ्यकर्मी तथा पत्रकारमा नि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित ३३ वर्षकी महिला वैशाख २९ गते महेन्द्रनगरबाट निजी गाडीमा काठमाडौँ आएकी हुन् । ती महिला चन्द्रागिरी नगरपालिकाको बस्दै आएकाे खुलेकाे छ । उपत्यकामा मंगलबार तीन जनाका कोरोना देखिएसँगै नेपालभरीमा ८३ जनामा पुष्टि भएको हो । हाल नेपाल २ सय १७ जनामा कोरोना पुष्टि भइसकेको छ भने ३४ जना उपचार पछि घर फर्किएका छन् ।
कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था
काठमाडौं । नेपाली समयानुसार आज विहान ६ बजेसम्म विश्वभरी कोरोना भाइरस संक्रमितको संख्या ४३ लाख ३७ हजार १ सय ४ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ९२ हजार ४ सय ३ जनाले ज्यान गुमाइसकेका छन् भने १५ लाख ९६ हजार ८ सय ८२ जना उपचारपछि निको भइ घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसले भयावह स्थिति निम्ताएको छ । त्यहाँ १४ लाख ८ हजार १ सय ५५ जना संक्रमित छन् । ८३ हजार ३ सय ७७ जनाको मृत्यु भइसकेको छ । पछिल्लो समय दक्षिण एसियामा पनि कोरोना फैलिने क्रम बढेको छ । छिमेकी राष्ट्रमा ७४ हजार २ सय ९२ जना कोरोना संक्रमित रहेका छन् भने २ हजार ४ सय १५ जनाको मृत्यु भईसकेको छ । त्यस्तै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ । हालसम्म ३३ जना उपचार पछि निको भएका छन् । (तथ्यांक साभार : वल्डोमिटर)