कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ७० लाख ८१ हजार ५ सय ९४ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ५ हजार ७४ जनाको मृत्यु भइसकेको छ भने ३४ लाख ५३ हजार ७ सय १३ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख १२ हजार ४ सय ६९ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २० लाख ७ हजार २ सय ३२ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २ लाख ५७ हजार ५ सय ६ पुगेको छ भने अहिलेसम्म ७ हजार २ सय ७ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ३ हजार ४ सय ४८ जना संक्रमित भएका छन् भने १३ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ४६७ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार: वल्डोमिटर)
एक सय २ जना काेराेना संक्रमित निकाे भएर घर फर्किए
काठमाडौं । आईतबार एक सय दुई जना काेराेना संक्रमित निकाे भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार एक सय दुई जना काेराेना निकाे भएर घर फर्किएकाे जनाएकाे छ । याेसँगै नेपालमा काेराेना निकाे हुनेकाे संख्या ४ सय ६७ पुगेकाे छ भने संक्रमितकाे संख्या ३४ सय ४८ पुगेको छ जसमध्ये १३ जनाले ज्यान गुमाएका छन्
स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. जागेश्वर गौतमलाई
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. जागेश्वर गौतमले पाएका छन् । परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालका पुर्व निर्देशक रहेका गाैतमले आईतबार प्रवक्ताको जिम्मेवारी पाएका हुन् । उनी भाेलीदेखि स्वास्थ्य मन्त्रालयकाे काेभिड १९ काे नियमित लाईभ मार्फत उपस्थित हुनेछन् ।उनलाई बिहिबार मन्त्रालय तानिएकाे थियाे र उनकाे जिम्मेवारी कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्रालाई दिइएको छ । यस्तै विकास देवकाेटालाई भने मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी दिइएको छ।