काठमाडौंको एक महिलामा पनि कोरोना देखियो, आज कुन जिल्लामा कति संक्रमित ?

काठमाडौं । शुक्रबार काठमाडौंको एक महिलामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षण अनुसार उनी सहित अन्य १४० जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उक्त प्रयोगशालामा गरिएको परिक्षणमा कूल १४१ जनामा कोरोना संक्रमण देखिएको हो । जसमध्ये बाराका एक पुरुष, धादिङ्गका एक पुरुष, धनुषाका एक पुरुष, नुवाकोटका एक पुरुष, रौतहटका ८६ पुरुष, काठमाडौंका एक महिला, सर्लाहीका ९ महिला र ४१ पुरुष रहेका छन् । शुक्रराज ट्रपिकल तथा शरुवा रोग अस्पताल टेकुमा नवलपरासी पूर्वको ४ जना पुरुष, मोरङको एक पुरुष, धादिङ्गको दुई महिला र २५ पुरुष गरी जम्मा ३२ जनामा कोरोना देखिएको छ । त्यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका २ पुरुष, झापाका ७ पुरुष गरी जम्मा ९ जनामा संक्रमण देखिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा महोत्तरीका १० पुरुष तथा भरतपुर अस्पताल प्रयोगशालामा चितवनका ८ पुरुष, पाटन अस्पताल प्रयोगशालामा धादिङका एक पुरुषमा कोरोना देखिएको छ । त्यसैगरी, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३१ जनामा कोरोना देखिएको छ । जसमध्ये सप्तरीका १७ पुरुष, उदयपुरका ३ पुरुष, सिराहका ११ पुरुष रहेका छन् । कोशी अस्पताल प्रयोगशालामा इलामका एक पुरुष, झापाका ६ पुरुष, सुनसरीका एक महिला र ९ पुरुष गरी जम्मा १७ जनामा संक्रमण देखिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा पर्वतका १३ पुरुष, स्याङ्जाका २२ पुरुष, नवलपरासी पूर्वका एक पुरुष, तनहुका एक पुरुष गरी जम्मा ३७ जनामा कारोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ । भेरी अञ्चल अस्पताल प्रयोगशालामा बर्दियाका २ महिला र १३ पुरुष, बाँकेको एक महिला गरी जम्मा १६ जना संक्रमित भएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १४ पुरुष, महोत्तरीका ६ पुरुष, सर्लाहीका ३ पुरुष गरी जम्मा २३ जना रहेका छन् । त्यस्तै, धुलिखेल अस्पतालमा कपिलवस्तुको एक महिला र तीन पुरुष, सर्लाहीको ४ पुरुष गरी जम्मा ८ जना तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ३ महिला, ५ पुरुष सहित ८ जनामा कोरोना देखिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा दैलेखका ५ महिला र ३३ पुरुष, सुर्खेतको २ महिला र ४३ पुरुष गरी जम्मा ८३ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका २ पुरुष, गुल्मीका एक पुरुष, पाल्पाका एक पुरुष, प्युठानका २ पुरुष, रुपन्देहीका तीन महिला र १३ पुरुष नवलपरासी पश्चिमको एक महिला र एक पुरुष गरी जम्मा २४ जना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा कूल ४ सय ४८ जनामा कोरोना भएको पुष्टि भएको छ । यससँगै, नेपालमा कोरोना संक्रमितको संख्या जम्मा ५ हजार ६२ पुगेको छ । हालसम्म ७२ जिल्लाका व्यक्तिमा काेराेना देखिएकाे छ ।

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेकाे संख्या १६ पुग्याे

काठमाडौं । नेपालमा थप  एक जनाकाे कोरोनाकाे मृत्यु भएको छ । मृत्यु हुने अर्घाखाँचीकाे रहेकाे बताइएकाे  छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनकाे काेराेनाकाे कारण मृत्यु भएकाे पुष्टि गरेकाे हाे । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उनी भारतबाट आएका थिए । अर्घाखाँचीको मालारानी गाउँपालिका–४ को क्वारेन्टाइनमा बसेर उपचारको लागि बुटवल गएर फर्कँदै गर्दा बाटोमै मृत्यु भएका ५७ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएसँगै मृतक संख्या १६ पुगेको शुक्रबार दिउँसो नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । उनको जेठ २३ गते नै स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो । स्वासप्रस्वासको समस्या भएपछि उनलाई बुधबार उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । बुटवलमा उपचारपछि घर फर्किने क्रममा उनको मृत्यु भएको थियो । योसँगै अर्घाखाँचीमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि अर्घाखाँचीमा भारतबाट आउँदै गर्दा भूमिकास्थानका एक युवाको पनि मृत्यु भएको थियो ।  

नेपालमा थप ४ सय ४८ जनामा देखियो कोरोना

काठमाडौं । नेपालमा थप ४ सय ४८ जनामा देखियो कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा ४ सय ४८ जनामा कोरेना भाइरस देखिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशको विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । जसमध्ये ४ सय २४ जना पुरुष र २४ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ५ हजार ६२ रहेको छ । त्यस्तै, शुक्रबार कूल १६ जना काेराेना बिरामी डिस्चार्ज भएका छन् । जसमध्ये १२ जना पुरुष र ४ जना महिला रहेका छन् । हालसम्म कूल ८ सय ७७ जना निकाे भएर घर फर्केका छन् । जसमध्ये ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् । सम्बन्धित समाचारः काठमाडौंको एक महिलामा पनि कोरोना देखियो, आज कुन जिल्लामा कति संक्रमित ?