कोरोनाको महामारी वा भोकमरी
अहिले कोरोनाको महामारीले गर्दा सबै ठाउँमा, सम्पूर्ण मानवजातिलाई क्षति पुर्याएको छ, हाम्रो जस्तो विकासोन्मुख राष्ट्रलाई त झन् कति नराम्रो असर गरेको होला । हामी अनुमान पनि लगाउन सक्दैनौं । हुनेखानेलाई तँ अप्ठ्यारो भइसके भने दैनिक जीविकोपार्जन गर्ने, ज्याला मजदुरी, अति विपन्न वर्ग र निम्न वर्गका व्यक्तिलाई के अवस्था भा’को होला । यसको अनुमान कस्ले र कसरी लगाउने हो ? त्यो कुरा सम्झँदा नि मन कथङ्रो हुन्छ । कतिपय ठाउमा कामबाट निकालेका छन्, तँ कतिपयलाई अहिले तपाईं काममा नआउनुस्, जबर्जस्ती घरमै बस्नुपर्ने बाध्याता छ । अब यिनीहरूको व्यथा कसले पो बुझ्ने होला । अहिले सबैभन्दा बढी समस्या वा जोखिम ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, पाँच वर्षभन्दा मुनिको बालिकालाई असार परेको छ, जबकी यिनीहरूलाई बढी पोशिलो खानेकुराको आवश्यकता पर्दछ । यिनीहरूको रोग प्रतिरोधात्मक क्षमतामा कमी भएको हुनाले अझै बढी पोशिलो खानेकुरा चाहिन्छ। सम्पूर्ण मानिसहरूलाई पौष्टिक पदार्थको आवश्यकता र रोगसंग लड्ने प्रतिरक्षा शक्ति एक अर्कासंग गासिएको हुन्छ । सुपोशित व्यक्तिमा रोगसंग लड्ने क्षमता बढी हुन्छन् भने कुपोशितमा यसको कम हुन्छ । अझै कुनै रोग लागेका छन् भने उसको मृत्युको उच्च जोखिमपूर्ण हुन सक्ने विभिन्न अनुसन्धानले देखाएको छ । अहिले कोरोना विश्वव्यापी महामारिको रूपमा व्याप्त छन् । यो चैतदेखि शुरु भएको अहिलेसम्म यसको क्रम रोकिएको छैन र कहिलेसम्म हुने हो अनुमान नि छैन । अत्ति विपन्न, दलित, बिरामी, बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, किशोरीहरु बढी जोखिमपूर्ण देखिन्छ । अहिले नेपाल सरकार, गृह मन्त्रालय, पोषणसंग आबद्ध, संघ संस्थाहरू एकजुट भएर भोकमरिमा परेकालाई आ-आफ्नो तवरले परिमार्जन गर्नु नितान्त आवश्यकता देखिन्छन् । राष्ट्रिय योजना आयोग अनुसार अझै गरिबी एक प्रतिशत विन्दुले बढ्ने अनुमान गरेको छ । पहिला १८.७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि थियो भने १ प्रतिशत बढ्नु भनेको त २१ हजार २ सय ५४ जना नेपालीहरु गरिबीको रेखामुनि धकेल्नु हो । अहिलेको अवस्थाबाट माथि उकास्न नेपाल सरकार र विभिन्न संघ निकायले आफ्नो तवरबाट सहयोग पुर्याउने गर्नु पर्न देखिन्छन् । हाम्रो खाद्य सुरक्षा मन्त्री यमुना घलेले कृषिमा बढी जोड दिए गरिबीबाट नियन्त्रण पाउन सक्ने बताउनु भयाे । अहिले प्रदेश नम्बर २ र ६ बढी गरिबी, भोकमरीको उच्च जोखिमपूर्ण अवस्थामा रहेको छ । प्रदेश नम्बर २ सबैभन्दा बढी जनसंख्या भएको प्रदेश हो । यहाँ कुपोषणको उच्च दर रहेको छ । अहिले पनि १४.१ प्रतिशत बालबालिकाहरु मात्र स्कुल जान पाएका छन् । लेखक फेरी यहाँ मृत्युदर पनि उच्च छन् । दाइजो प्रथा, बालविवाह, बोक्सी प्रथा, धनी र गारिबीको असमानता पनि धेरै नै छ । प्रधानमन्त्रीको संकल्प ”समृद्ध नेपाल आत्मसम्मान र कोही भोक भोकै नबस्ने” अभिव्यक्ति जस्ता कुरा आज सपनामा पनि पूरा भएको छैन । कोरोनाको कहरले आज मृत्यु भन्दा भोकसंग लड्नलाई फेरी नेपाली दाजुभाइ, दिदीबहिनीहरु विदेशिने गरेको तथ्यांक प्रकाशित भइरहेकाे छ । सुदूरपश्चिम प्रदेश सरकारको तथ्यांक अनुसार गत फागुनमा सुदूरपश्चिममा विभिन्न नाका भएर साढे २ लाख भन्दा बढी नेपाली भारतबाट स्वदेश फर्किएका थिए । चार महिना गाउँमा बस्दा पेट पाल्न गार्हो भएपछि फेरि भारत तिर फर्किनु पर्ने बाध्यात्मक परिस्तिथि आएको छ। दुई सातायता भारत फर्किनेहरुको ताँती लाग्न थालेको छ । त्रिनगर नाकाबाट १३ सय नेपाली भारत तिर लागेका छन् । नेपालीहरु भन्छन् नेपालमा बसेर के खाने, मरे उतै मरौला, न यता काम छ, न रोजगार नै । कसरी जोबिकोपार्जन गर्नै त । त्यसैले अहिले कोरोनाको कारणले कुपोषण बढाएको छ । कुपोषण अहिले कोरोनाको महामारी ले धेरै कुपोषण बढेको छ। यस्तो बेला घर बाहिर गएर काम गर्न पाइएको छैन र एक छाक टार्न पनि धौं धौं परेको छ । जसले गर्दा शारिरीक दुर्बल्ता, कमजोरी, आदि हुने भएकोले कुपोषणको शिकार भएको छ। कम पोषण(अण्डर न्युटिशन ) लामो समयसम्म आफ्नो उमेर अनुसार तौल कम भएमा न्युन पोषक तत्वको कमी भएको हो । यो खासगरी बाल बालिकामा उमेर अनुसार कम तौल ख्याउटे, उचाई अनुसार तौल कम भए पुड्को आदि पाेशिलो खानेकुरा को कमीले हुने हो । यसमा उच्च क्यालोरी, प्रोटिन, जस्तो पोषक तत्वको कमीले विभिन्न रोग जस्तो क्वसिवर्कर, मरास्मस्, आदि लाग्ने गर्दछन् । यसमा पाेषिलो खानेकुरा जस्तै अन्न, दाल, दूध, दलहन्, दहि, मोहि, अण्डा, भटमास, केराऊ। बढी पोषक तत्व ( मोटोपना) अहिले कोरोनाले गर्दा घरमा बसेपछि तौल बढनु स्वाभाविक नै हो । निष्कृया जीवनशैली, शारिरिक ब्यायम्, कामहरु नभएको खण्डमा तौल बढ्ने गरेको पाइएको छ । घरमा बसी बसाई मोबाइल, ल्यापटप, टेलिभिजन, आदिको अत्याधिक प्रयोगले पनि मोटोपनाको उच्च जोखिम बढेको छ। उचाइ अनुसार बढी तौल भएमा बढी मास इनडेक्सबाट मापन गरिन्छ । जस्तो तौल केजीमा र उचाइ मिटरमा रूपान्तरित गरेर मापन गर्न सकिन्छ । मोटोपाना पनि कूपोषण नै हो । जसले विभिन्न नसर्ने रोगहरु जस्तै मधुमेह, उच्च रक्तचाप, मुटु रोग, मृगौला, थाइरोइड, क्यान्सर, आदिको समस्या हुने गर्दछन् । यसका साथै कोरोनाको विभिन्न समाचारले पनि नकारात्मक सोचाइ अलि बढी नै भएको अनुसन्धानले देखाएको छ । सुक्षम पोषक तत्वको कमी हाम्रो खानामा खनिज तत्व, लौह तत्व, भिटामिन थोरै चाहिने भएँ तापनि, यसको कमी धेरैमा देखिएको छ । किशोरीहरुमा रक्ताल्पत्ता, आयोडिनको कमीले गलगाठ, आदिको कमी भएको पाइन्छ। साथै, शारिरीक, मानसिक, बौद्धिक विकासमा कमी आउने गर्छ । जिन्क, फोलिक एसिडको कमिले गर्दा गर्भपतन हुने, भिटामिन डी, ले अशटिओपोरोसिस, हाड खिइने, भाचिने, अपांगता, हुने, रतन्धो, आदि हुने, सम्भावना हुन्छ । यसको स्रोतहरुमा दूध , दहि, मोहि, दाल , क्वाटी, गेडागूडी, मस्यौँरा, हरियो, सागपात, तरकारी, फलफूल, तिल, आलस्, ओखर्, बदाम्, सोयाबिन्, टोफु, आदिको प्रयोग गर्नुपर्छ । केही ऊपयोगी सुझावहरु नियमित शारिरीक व्यायाम्, स्वस्थकर खानेकुरा खाने, सकरात्मक बिचार राख्ने, मोबाइलबाट अलि टाढा बस्ने , परिवारमा रमाइलो गर्ने, अर्गानिक तरकारी, फलफूल आदिको प्रयोग गर्ने, नियमित रूपमा सुत्ने उठने, आदि गरौं । (लेखक पोषण विशेषज्ञ हुन्)
चिकित्सकको सल्लाहविना अधिक मात्रामा जडिबुटिको प्रयोग नगराैं
चितवन । कोरोना भाइरस सङ्क्रमणका बेला प्रतिरोधी क्षमता बढाउन खाइने जडिबुटि सन्तुलित रुपमा प्रयोग गर्नुपर्ने विज्ञहरुले बताएका छन् । चिकित्सकको सल्लाह र सुझावविना यसको अधिक मात्रामा प्रयोग गर्दा हानिकारक हुने उनीहरुको सुझाव छ । बेसार, गुर्जो, तुलसी, मरिच, अदुवा, टिमुरलगायत जडिबुटीको प्रयोग हावापानी, भौगोलिक अवस्था र प्रयोगकर्ताको शारीरिक क्षमताअनुसार मात्रा मिलाएर प्रयोग गर्न उनीहरुले सुझाएका हुन् । कोभिड–१९ को विश्वव्यापी महामारीसँगै नेपाललगायत विभिन्न मुलुकमा जडिबुटी एवं आयुर्वेदिक औषधिको प्रयोग बढेको छ । मानिसले घरघरमा यसको आफूखुसी प्रयोग गरेका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनका प्रमुख डा कोपिला अधिकारी आफूखुशी जडिबुटीको प्रयोग गर्नु उचित नहुने बताउँछिन् । उनका अनुसार आयुर्वेदमा आहार द्रव्य (खानाको रुपमा) र औषध द्रव्य (औषधिको रुपमा) यसको प्रयोगको स्पष्ट भिन्नता दिइएको छ । खानामा मसलाको रुपमा प्रयोग गरिने बेसार, अदुवा, टिमुर, मरिच मौसम, परिकारको गुण परिणाम, भौगोलिक परिवेश, हावापानी, व्यक्तिको प्रकृति, रोग अवस्थाअनुसार मात्रा विचार गरेर प्रयोग गर्नुपर्ने उनी सुझाउँछिन् । सामान्य रुपमा तरकारी, दाल, अचार, चियामा गर्मी ठाउँमा कम र चिसो ठाउँमा ठिकै मात्रामा यस्ता मसलाजन्य जडिबुटीको नियमित प्रयोग गर्न सकिन्छ । उनका अनुसार बेसार उचित मात्रामा प्रयोग गरेमा छालाको रोग, नाकको एलर्जी, घाँटीको सङ्क्रमण, ब्रोङ्काइटिस, नेत्राभिष्यंद (आँखा पाक्ने), जीर्ण व्रण (पुरानो घाउ खटिरा), ढुसीजन्य सङ्क्रमण, क्यान्सर विरुद्ध लड्ने क्षमता बढाउने काम गर्दछ । विभिन्न अनुसन्धानबाट पुष्टि भएअनुसार हरिद्रा (बेसार) को प्रयोग हेपाटाइटिस बि भाइरस, पारा इन्फुल्एन्जल भाइरस टाइप ३, रेस्पिरेटरि सिनसाइटल भाइरस, इन्फुल्एन्जल भाइरस विरुद्ध प्रभावकारी रहेको पाइएको उनले बताइन् । उनले भनिन्, “यसमा विशेष गरी कर्कुमिन (रासायनिक तत्व) लगायत रासायनिक सक्रिय तत्वको मुख्य भूमिका रहेको हुन्छ । जसले शरीरमा भाइरसको वृद्धि एवं प्रभावलाई निस्तेज पार्दछ ।” पित्त थैलीको पत्थरी भएका, एस्पीरिन, वार्फारिनको नियमित सेवन गर्ने व्यक्तिले बेसारको सेवन सावधानीपूर्वक कम मात्रा गर्नुपर्ने उनको सुझाव छ । त्यसैगरी पित्त प्रकृति (गर्मी शरीर) हुने व्यक्तिले बेसारको प्रयोग कम मात्रामा गर्नुपर्ने उनको भनाइ छ । सामान्यता नेपालीको खानामा प्रयोग गरिने बेसारले शरीरलाई आवश्यक पर्ने मात्रा पुग्ने गरेको उनी बताउँछिन् । त्यसबाहेक राति सुत्नु अगाडि तातो दूधमा एक ग्राम बेसार राखेर पिउनु राम्रो हुने उनको भनाइ छ । यसरी पिउँदा बढीमा २१ दिनसम्म मात्र पिउनु राम्रो हुने अधिकारीले सुझाव दिइन् । गुर्जाे विशेषतः रसायन एवं शरीरमा बल दिनको लागि र रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि प्रयोग गरिने उनको भनाइ छ । तीर्खा लाग्ने, घाउखटिरा, मधुमेह, रुघाखोकी, दम, एनिमिया, जण्डिस, छालाको रोग, युरिक एसिड, ज्वारोलगायत अन्य रोगमा आवश्यकताअनुसार प्रयोग गरिन्छ । समय समयमा देखापर्ने डेङ्गु ज्वरो, स्वाइन फ्लु, एवं अन्य भाइरसजन्य रोग (रुघा, खोकी, ज्वोरो), रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न र एन्टीभाइरल विरुद्ध यसको प्रयोग गरिने उनको भनाइ छ । उनले भनिन्, “यो आफैँमा मधूमेहको औषधि भएकाले रगतमा चिनीको मात्रा कम भएका र सुगरको औषधि खाइरहेका व्यक्तिहरुले चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्र गुर्जाेको सेवन गर्नु उपयुक्त हुन्छ । लामो समयसम्म प्रयोग गर्दा यसले उच्च रक्तचाप कम हुने सम्भावना रहन्छ ।” पाँच ग्राम गुर्जाेको चूर्ण पानीमा उमालेर मिश्री मिलाएर चियाको रुपमा पिउन सकिन्छ । उनले भनिन्, “ताजा गुर्जोको रस २०–२५ मिलिग्राम दिनमा एकपटक र ताजा गुर्जोको डाँठ थिचेर साँझ पानीमा भिजाएर मिश्री मिलाएर राख्ने बिहान छानेर ५० मिलिग्राम पिउने गर्नाले फाइदा हुने गर्दछ ।” यसरी खाँदा पनि २१ दिनसम्म मात्रै सेवन गर्नु उत्तम हुने उनको भनाइ छ । तुलसी, ज्वानो, टिमुर, अदुवा जस्ता जडिबुटी रुघा, खोकी, ज्वोरो, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न र एन्टी भाइरल विरुद्ध प्रयोग गर्न सकिने भए पनि यसको सेवन मात्रा मिलाएर सात दिन मात्रै गर्नुपर्ने उनको सुझाव छ । टिमुर र अदुवा पाइल्स, फिसरको रोगी, पित्त प्रकृतिको व्यक्तिले सेवन गर्न नहुने उनले बताइन् । आयुर्वेदका चिकित्सक पि एन भुसाल जेसुकै पनि मात्रा मिलाएर नखानु मानव स्वास्थ्यका लागि हानिकारक हुने बताउँछिन् । उनले बेसार, गुर्जाेलगायत जडिबुटी मात्राअनुसार मात्रै प्रयोग गर्न सुझाव दिइन् । औषधिका रुपमा प्रयोग गरिने जडिबुटीको प्रयोग जथाभावी धेरै मात्रामा गरेमा त्यसको नकारात्मक प्रभावहरु देखिने उनले बताइन् । यसको प्रयोग गर्नु अघि आयुर्वेदिक चिकित्सकसँग परामर्श गर्न पनि उनले सुझाव दिइन् । रासस
कोरोना भाइरस तातो पानी तथा गुर्जो खाएर निको हुन्छ भन्ने भ्रम मात्रै हाे- स्वास्थ्य समिति
काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरसका विषयमा अनावश्यक भ्रम नफैलाउन आग्रह गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस तातो पानी खाएर, गुर्जो खाएर निको हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरेको हो । प्राविधिक मान्छेहरुले संवेदशील विषयमा बोल्दा ध्यान दिनुपर्ने महाशाखाका निर्देशक डा. बासुदेब पाण्डेले बताए । शिक्षा तथा स्वास्थ्य समितिमा कोभिड-१९ को सम्बन्धमा सरकारले गरेका कामहरुको विषयमा भएको छलफलमा उनले आफुलाई विज्ञ भनेर चिनाउने मान्छेहरुले समेत अनावश्यक भ्रम फैलाएको पाइएकोले त्यसो नगर्न आग्रह गरेका छन् । संघीयता सुरु हुनु भन्दा पहिले सिधै जिल्ला स्वास्थ्य कार्यालयहरुसँग समन्वय गरेर काम गर्न सकिने अवस्था भएपनि अहिले तीन तहको सरकार हुँदा आवश्यक बजेट समेत दिन समस्या भएको उनले बताए । महामारीको समयमा स्थानीय तहसम्म स्वास्थ्य संस्थासँग सिधा सम्बन्ध राख्न सकिने वातावरण बनाउन आवश्यक रहेको उनले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले अहिले नेपालमा दैनिक २३ हजार जनाको पीसीआर परीक्षण क्षमता भएपनि १८ हजार भन्दा बढी परीक्षण गर्न समस्या हुने बताइन् । ८ नीजि समेत गरी ४८ वटा परीक्षण प्रयोशालाबाट दैनिक १८ हजारसम्म परीक्षण गर्न सक्ने अवस्था रहेको उनले बताएकी छिन् । स्वाव नमुना प्रयोगशालामा आएको ३८ देखि ४८ घण्टासम्म सामान्यतया रिपोर्ट आउने भएपनि तत्काल परीक्षण गर्नैपर्ने र २, ३ दिनपछि पनि परीक्षण गर्दा हुने स्वावहरु सँगै आउँदा केही समस्या देखिने गरेको उनले बताइन् । रिपोर्ट पोजेटिभ आएकाहरुलाई ट्रेसिङ नगरी तत्काल रिपोर्ट दिदाँ व्यवहारिक समस्याहरु आउने गरेको उनले बताइन् । प्रयोगशालाहरुमा जनशक्ति अभाव रहेको र नीजि क्षेत्रमा प्रयोगशाला सञ्चालनका लागि दबाव आउने गरेको बताउँदै उनले नीजि क्षेत्रले विशुद्ध व्यापारिक हिसाबले इच्छा देखाउने गरेको पाइएको बताइन् । समितिले कोभिड-१९ को सम्बन्धमा सरकारले गरेका काम कारवाहीको अनुगमन गर्न गठन गरेको उपसमितिले छलफलको आयोजना गरेको हो ।