खोप खरिद गर्न साढे ८ अर्ब सहयोग प्राप्त हुँदै

काठमाडाै् । ७० प्रतिशतभन्दा बढी नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास सङ्घमार्फत विश्व बैंकले  ८ अर्ब ६२ करोड ५० लाख प्रदान गर्ने निर्णय गरेको छ । नेपालको स्वास्थ र खोप प्रणालीलाई सुदृढ गर्दै संरक्षित प्रभावकारी एवं समतामूलक वितरणमा सहयोग गर्न बैंकको कार्यकारी निर्देशक बोर्डले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको बैंकको प्रधान कार्यालय वासिङ्टनबाट शुक्रबार जारी विज्ञप्तिमा जनाइको छ । खोप खरिद, वितरण, परीक्षण, प्रयोगशालासम्बन्धी कामका साथै न्ेपालको अर्थतन्त्र र नेपालीको स्वास्थ्यको रक्षाका निम्ति सहयोग रकम प्रदान गर्ने निर्णय भएको बताइएको छ ।

नबिल बैंक र नेपाल औषधि व्यवसायी संघबीच सम्झौता

काठमाडौं । नबिल बैंक र काठमाडौंको नेपाल औषधि व्यवसायी संघबीच बैंकिङ्ग सेवा प्रदान गरेर औषधि व्यवसायीलाई सहयोग गर्ने सम्झौता गरेको छ । औषधि व्यवसायीको आवश्यकता अनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवा प्रदान गरेर औषधि व्यवसायीलाई सहयोग गर्ने सम्झौता भएकाे हाे । उक्त सम्झौतापत्रमा नबिल बैंक एसएमई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल)ल र नेपाल औषधि व्यवसायी संघका अध्यक्ष बद्री प्रसाद क्षेष्ठले हस्ताक्षर गरेका हुन् । सो सम्झौता काठमाडाैंकाे नेपाल औषधि व्यवसायी संघको आयोजनामा, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला भरको औषधिको थोक व्यवसायीको बृहत भेला कार्यक्रममा भएको हो । सो कार्यक्रममा नेपाल औषधि व्यवसायी संघका प्रमुख भरत भट्टराईको उपस्थिती रहेको थियो । साझेदारीको बारेमा बोल्दै नबिल बैंक एस.एम.ई. तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल)ले भने, “नबिल बैंक औषधि व्यवसायीहरुलाई वित्तिय पहुचमा बृद्घि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागी विभिन्न बैंकिङ्ग सुविधा र सेवाहरु उपलब्ध गराउन सधैं अग्रसर रहेको छ । हामीे औषधि व्यवसायीहरु र बैंकको दिगो विकाशलाई ध्यानमा राख्दै औषधि व्यवसायमा वित्तिय लगानी गर्ने अग्रणी बैंक मध्ये एक हौं । हामीलाई आशा छ कि यो साझेदारीले औषधि व्यवसायीहरुको वित्तिय व्यवस्थापनमा हालको अन्तर पूर्ण गर्न मद्दत पुर्याउनेछ । साथै, नबिल बैंकले आपतकालिन सेवाहरुमा संलग्न औषधि व्यवसायीहरुस“ग आबद्घ हुन पाएकोमा गौरवान्दित महसुस गर्दछ ।”

खानेपानी जडान गरेर वार्षिक ३६ लाख फाइदामा ट्रमा सेन्टर, सबै बिरामी र कुरुवालाई नि:शुल्क

काठमाडाैं । राष्ट्रिय ट्रमा सेन्टरमा खानेपानी जडान गरेसँगै अस्पताल वार्षिक ३६ लाख फाइदा भएकाे अस्पतालले बताएकाे छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सन्ताेष पाैडेलले खानेपानी जडान गर्नुअघि अस्पतालमा मासिक ३ लाख रुपैयाँकाे जारकाे पानी किन्नुपर्ने वाध्यता रहेकाे बताए । अस्पतालले लकडाउन अघि उपकार सेवा नेपालकाे सहयाेगमा अस्पतालमा कार्यरत सबै कर्मचारी, बिरामी र कुरुवाकाे लागि प्रशाेधित शुद्ध पिउने पानी जडान गरेकाे पाैडेलले जानकारी दिए । यसकाे जडानसँगैं बिरामी र कुरुवाकाे दैनिक मिनिरल वाटरमा भएकाे खर्च पनि हटेकाे उनकाे भनाइ छ । यसअघि अस्पतालमा शुद्ध पिउने पानीकाे व्यवस्था नहुँदा बिरामी, कुरुवा र अस्पतालका कर्मचारीहरु बाेतलकाे पानी किनेर खान बाध्य थिए । अस्पतालले जडान गरेकाे वाटर प्लान्ट ट्रिपल फिल्टरेसन सिस्टम आर्वाे जडान गरिएकाे उपकार सेवा नेपालले जानकारी दियाे । उक्त सिस्टमले पानीलाई फिल्टर मात्र नभएर पानीमा मानव शरीरलाई चाहिने सबै मिनिरल्स राखिरहने बताइएकाे छ । उक्त पानी देशकाे विभिन्न ठाउँमा परीक्षण गराएर पिउने याेग्य रहेकाे पुष्टि भएकाे छ । उक्त प्लान्टले प्रतिघण्टा ५०० देखि ७०० लिटर पानी फिल्टर गरेर अस्पतालकाे प्रत्येक तल्लामा पुराउने गरेकाे छ । अस्पतालले बिहीबार उक्त प्लान्टकाे उद्घाटन गरेकाे थियाे ।