थप ६ हजार ४०४ संक्रमित निको भए, करिब ६ लाखले लगाए दोश्रो खोप

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ४०४ जना कारोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै ४ लाख ४ हजार ८८७ जना संक्रमित कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जनामा कोरोना पुष्टि भएको छ । २२ हजार ९९६ जनाको परिक्षण गर्दा सो मात्रामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १६९ जना संक्रमितको भने मृत्यु भएको छ । नेपाली सेनाद्धारा विभिन्न मितिमा शव व्यवस्थापन गरेको समेत गरी १६९ जनाको मृत्यु भएको हो । साथै, हालसम्म २१ लाख १३ हजार ८० जनाले पहिलो मात्राको खोप लगाएका छन् भने ५ लाख ९३ हजार ७५५ जनाले दोश्रो मात्राको खोप लगाई सकेका मन्त्रालयले जनाएको छ ।

थप ८ हजार ६३६ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ८६३६ जनामा संक्रमण पुष्टि भएको छ भने १६९ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० को एन्टिजेन टेष्ट गर्दा २४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार थपिएका समेत गरी नेपालमा हालसम्म कोरोना भाइरसको संत्रमण हुनेको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ। हालसम्म ४ लाख ४ हजार ८८७ जना संक्रमण मुक्त ९निको० भएका मन्त्रालयले जानकारी दिएको छ। देशभर हाल १ लाख १७ २६१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ। सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ४२८ जना होम आइसोलेसनमा र ८ हजार ८३३ जना संस्थागत आइसोलेसनमा रहेका छन्। यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १६९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६३३ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्येमा सबैभन्दा धेरै काठमाडौंमा १८६३ जना, भक्तपुरमा ३२३ र ललितपुरमा ४२७ जनामा संक्रमण पुष्टि भएको हो ।

बाँकेमा घट्यो कोरोनाको सङ्क्रमण र मृत्युदर, अस्पतालमा चाप पनि कम

राँझा । कोरोना सङ्क्रमणको दोस्रो लहरले अस्तव्यस्त बन्न पुगेको बाँके सामान्य अवस्थामा फर्किन थालेको छ । दिनहुँ कैयौँ सङ्क्रमित विरामीको मृत्यु हुने बाँकेमा पछिल्लो दुई दिनयता मृत्युदर शुन्यमा झरेको छ । तीव्र गतिमा सङ्क्रमण फैलिएपछि रोकथामको लागि जिल्ला प्रशासनद्वारा जारीे निषेधाज्ञाको एक महिनापछि अहिले बाँकेमा कोरोना सङ्क्रमण र विरामीको मृत्युदर घटेको हो । वितेको दुई दिनको अवधिमा बाँकेका सङ्क्रमित बिरामीको मृत्यु भएको छैन भने केही दिन यता सङ्क्रमित हुने भन्दा जित्नेको सङ्ख्या बढ्दै गएको छ । कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा सङ्क्रमण दर घटेसँगै अस्पतालमा उपचारको लागि आउने विरामीको सङ्ख्यासमेत घट्दै गएको नेपालगञ्जस्थित भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले बताए। ‘दैनिक सात/आठ सय लक्षणसहितका सङ्क्रमित फेला पर्ने गरेको बाँकेमा यो एक महिनाको अवधिमा सङ्क्रमित दर ह्वात्तै घटेको छ । लकडाउन र सचेतनाका कारण सङ्क्रमण घट्दै गएको हुनुपर्छ’, डा थापाले भने,’पछिल्लो केही दिनयता बाँकेमा कोरोना सङ्क्रमण र मृत्यु दर घटेको छ, यो हामी सबैको लागि खुशीको कुरा हो । तर पनि सजक भई अरुलाई पनि सजकता अपनाउन छोड्नु हुँदैन ।’ उनले कोरोना सङ्क्रमण र मृत्युदरमा कमी आउँदैमा कुनैपनि लापर्वाही गर्न नहुने बताउँछन् । एक महिनादेखि जारी निषेधाज्ञाले कोरोना सङ्क्रमणको चक्र तोड्न सफल भएकोले घट्दो सङ्क्रमणदरलाई शून्यमा झार्न अव पनि सबैले उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने डा. थापाको भनाइ छ । अस्पतालमा घट्यो विरामीको चाप बाँकेमा कोरोना सङ्क्रमण दर घटेसँगै कोरोना उपचार केन्द्रको रुपमा रहेको भेरी अस्पताल नेपालगञ्जमा कोरोनाका विरामीको चाप घट्दै गएकोे छ । अहिले बाँके जिल्लाभन्दा धेरै अन्यत्र जिल्लाबाट ‘रिफर’ भई आउने विरामीको सङ्ख्या बढि हुने गरेको डा. थापाले जानकारी दिए । उनका अनुसार, भेरी अस्पताल नेपालगञ्जमा कोरोनाको लागि निर्माण गरिएको १८० शय्या पुरै भरिएर अस्पतालले इमरजेन्सी कक्ष र त्रिपाल टाँगेर अस्थायी शय्यामा समेत गरी करिब तीन सय सङ्क्रमितलाई उपचार गर्दै आएकोमा अहिले शय्याहरु खाली हुँदै गएका छन् । ‘अहिले बाँकेका भन्दा पहाडी जिल्लाबाट आउने विरामीको सङ्ख्या बढी छ, पहिलेको तुलनामा अहिले अवस्था सामान्य हुँदै गएकोे छ’, डा.थापाले भने,’अहिले भेरी अस्पतालमा बेडको अभावका कारण भुईंमा सुतेर उपचार गराउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।’ बाँकेमा आइतबार चार सय ५२ जनाले कोरोना जितेर निको हुँदा एक सय १४ जना सङ्क्रमित थपिएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार, भेरी अस्पतालमा तीन सय ६८ जनाको परीक्षण गर्दा दुई सय ६५, शिक्षण अस्पताल कोहलपुरमा एक सय १२ जनाको जाँच गर्दा ३६ र बागेश्वरी ल्याबमा एक सय ९० जनाको जाँच गर्दा ८९ जनामा कोरोना पुष्टि भएको हो । रासस