अब स्वास्थ्यकर्मी माथि आक्रमण गरे तीन वर्ष कैद र तीन लाख जरिवाना
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ आज जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ । पछिल्लो समयमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि पनि आक्रमण भएका घटना सार्वजनिक भएपछि कारबाहीका लागि सरकारले कानून बनाएको हो । उक्त अध्यादेशको नेपाल चिकित्सक संघले स्वागत गरेको छ । संघका अध्यक्ष डा लोचन कार्की विगत ५ वर्षदेखि ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी’ ऐन ल्याउनुपर्ने विषयमा संघले प्रयास गरेको बताउँछन् । ‘हामीले धेरै अगाडीदेखि उक्त ऐन ल्याउनुपर्छ भन्दै आएका थियौँ, म संघको महासचिव हुँदादेखिको प्रयास हो । संसद नभएका अवस्थामा अध्यादेशमार्फत भएपनि स्वास्थ्यकर्मीका लागि अतिआवश्यक ऐन ल्याईयो । यो एकदम सरहानिय काम हो’, उनले भने । के छ अध्यादेशमा ? ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी’ अध्यादेशमा जारी भएसँगै अब स्वास्थ्य संस्थामा आगजनी गरेमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुईलाख देखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुबै हुने व्यवस्था रहेको छ । यस्तै, स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानि नोक्सानी पु¥याउने, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुर्याउने कार्य गरेमा तीन वर्षसम्म कैद, तीनलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने भनिएको छ । स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गर्ने, स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पु¥याउने र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्ने, कुनै किसिमले धम्की दिने, गाली गलौज गर्ने, अभद्र वा अपमानजनक व्यवहार गनेलाई एक वर्षसम्म कैद, एकलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
राष्ट्रपतिद्वारा स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ आज जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा उक्त अध्यादेश जारी गरेकाे राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ । पछिल्लो समयमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि पनि आक्रमण भएका घटना सार्वजनिक भएपछि कारबाहीका लागि सरकारले कानून बनाएको हो ।
आइतबार ६ हजार ६३६ जनाले जिते कोरोना
काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ६३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ६ हजार ६३६ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा कृष्ण पौडेलका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४७१ जनाको पिसिआर र ३ हजार २६२ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार २४ जना र एन्टीजेटमाफर्त ४५५ जना संक्रमित पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ । यससँगै हालसम्म मृतकको संख्या ७ हजार ८९८ पुगेको छ ।