प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेलधुरामा मेडिकल कलेज स्थापना हुने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा मेडिकल कलेज संचालन भएका छन् । राष्ट्रपति विद्या भण्डारीले मंगलबार प्रस्तुत गर्नु भएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा डडेलधुरामा मेडिकल कलेज संचालन गर्ने उल्लेख गरिएको हो । त्यसैगरी सबै प्रदेशमा कम्तिमा दुई/दुई वटा मेडिकल कलेज स्थापना गर्ने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । राष्ट्रपति भण्डारीले भने, ‘प्रत्येक प्रदेशमा कम्तिमा २ मेडिकल कलेज प्रतिष्ठान स्थापना र संचालन गर्ने नीति लिईनेछ । सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा डडेलधुरामा मेडिकल कलेज संचालनमा ल्याइनेछ । चिकित्सा शिक्षा अध्ययन गराउने शिक्षण संस्थाको क्षमताका आधारमा विद्यार्थी संख्या वृद्धि गरिनेछ ।’
‘स्वदेशमै भ्याक्सिन बनाउने नीति ल्याउँछौं’
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशमै भ्याक्सिन बनाउने नीति ल्याउने बताएकी छिन् । मंगलबार प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्ताे बताएकी हुन् ।
९६ प्रतिशत जनतालाई कोभिड खोप, ३८ लाखले पाए बुष्टर
काठमाडौं । सरकारले ९६ प्रतिशत जनतालाई कोभिड विरुद्धको खोप लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व लिने समयमा खोप नै कोभिड विरुद्धको एक मात्र विकल्प भएको भन्दै खोप लगाउने कार्यलाई विशेष जोड दिने बताएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारी सार्वजनिक गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा खोप लगाउन मिल्ने उमेर समुहका ९६ प्रतिशत जनताले पहिलो मात्रा खोप लगाएको उल्लेख छ । यस्तै, ८५ प्रतिशत जनताले पूर्ण मात्रा खोप लगाएको उल्लेख गरिएको छ । सरकारको नीति तथा कार्यक्रममा समावेश भएको तथ्यांक अनुसार सरकारले करिब ३८ लाख नागरिकलाई अतिरिक्त मात्रा (बुष्टर डोज) खोप लगाएको छ । सरकारले अग्रपंतिमा खटिने राष्ट्रसेवक कर्मचारी तथा अन्य सेवा प्रदायक संस्थामा कार्यरत कर्मचारीलाई अतिरिक्त मात्रा खोप दिने नीति सरकारको छ ।