सिद्धार्थ प्रिमियरको विज्ञ सञ्चालकमा हसना शर्मा नियुक्त

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको स्वतन्त्र (विज्ञ) सञ्चालकमा हसना शर्मा नियुक्त भएकी छिन् । चैत ३० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले शर्मालाई रिक्त रहेको उक्त पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सञ्चालक शर्माले आगामी चार वर्षसम्म उक्त पद सम्हाल्ने छिन् ।

महालक्ष्मी विकास बैंकद्वारा सेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता सञ्चालन

काठमाडौं । महालक्ष्मी विकास बैंकले सेयर किनबेच गर्ने सेयर लगानीकर्तालाई सबै सुविधा एकै खाता मार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ्ग खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार यो खाता अन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो सेयर, सि-आश्वा तथा टि. एम. एस खाताको सुविधा एकै खाता मार्फत लिन सक्नेछन् । शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा डिम्याट खाता तथा टि.एम.एस खाता निशुल्क खोल्नुका साथै मेरो सेयर तथा सि-आश्वा दर्ता गर्न पनि शुल्क लाग्ने छैन । टि.एम.एस खाताको लागि विभिन्न स्टक ब्रोकर कम्पनीहरुसँग आवश्यक सहकार्य समेत बैंक स्वयंमले नै गर्नेछ । यसबाट सेयर लगानीकर्ताहरुको स्टक ब्रोकर कम्पनीहरुसँगको पहुँचमा वृद्धि हुनुका साथै समयको बचत हुने विश्वास बैंकले लिएको छ ।

मानुषी लघुवित्तको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा शुक्रबार होटल उग्रचण्डी, बनेपामा सम्पन्न भएको हो । साधारण सभामा संचालक समितिका तर्फबाट अध्यक्ष पद्मासना शाक्यद्वारा प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । उक्त सभामा संस्थाकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको समग्र अवस्था तथा प्रगतिबारे प्रकाश पारेकी थिइन् । साथै, सभाका सहभागीहरुले राखेको जिज्ञासाको जवाफ पनि दिएकी थिइन् । सभाले चालु आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षकको नियुक्तिको प्रस्ताव पनि पारित गरेको छ । स्थापनाको पाँच वर्ष पूरा गरेको यस संस्थाले गत आर्थिक वर्ष सम्ममा १४ वटा जिल्लामा ३६ वटा शाखा मार्फत ३४ हजार २४९ जना सदस्यहरुमा सेवा प्रदान गर्दै आइरहेको छ ।