प्रभु बैंकका ग्राहकलाई टिस्टुङ रिसोर्टको सेवामा छुट
काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुलाई टिस्टुङमा अवस्थित टिस्टुङ रिसोर्टको विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा टिस्टुङ रिसोर्टका सञ्चालक गोविन्द महर्जन र सन्त महर्जन र प्रभु बैंकका तर्फबाट बागमति प्रदेश प्रमुख दिपेन्द्र बाबु विष्ट र मार्केटिङ म्यानेजर सविन शम्शेर राणाले हस्ताक्षर गरे । सम्झौता अनुसार प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा उक्त रिसोर्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । मकवानपुर जिल्ला बागमति प्रदेशको मूख्य केन्द्रविन्दु तथा वागमति प्रदेशको राजधानी समेत हो । उक्त रिसोर्ट मकवानपुर जिल्लाको उत्तरी भेगमा अवस्थित रहेको छ भने काठमाडौं उपत्यकाबाट दणिक्ष पश्चिमको भाग सँग जोडिएको एक शान्त, सुन्दर र रमणीय ठाउँमा अवस्थित छ । विभिन्न जातजातीहरुको बसोवास रहेको यो स्थान समुद्री सतहबाट १७०३ मी. उचाईमा रहेको छ । इन्द्र सरोवर (कुलेखानी), बज्रबाराही मन्दीर कुन्छाल बस्ती यहाँका प्रमुख आकर्षक गन्तब्य स्थल हुन भने कृषि पेशा अर्को यहाँको प्रमुख विशेषता हो । आलु, काउजी, बन्दा, मुला, स्कूस, जस्ता यहाँका कृषि उत्पादन काठमाडौंसम्म विक्री वितरण हुने गर्दछ । आन्तरिक तथा वाह्य पर्यटकहरु यहाँ सितलता र आनन्द प्राप्तिको लागि आउने गर्दछन । विशेष गरि गर्मि याममा गर्मि छल्नका लागि बढी पर्यटकहरुको आगमन हुने गरेको पाइन्छ । चारैतिर जङ्गल अनि हरियाली बीचमा इन्द्र सरोबर (कुलेखानी) अनि अग्लो डाँडामा शिरशिर बतास चल्दा यहाँ पुगेपछिको आनन्द नै बेग्लै हुने गर्दछ । अझ त्यहाँको मनमोहक दृश्य क्यामेरामा कैद गर्दाको क्षणको त व्याख्या जति गरे पनि कमि नै महसुश हुने गर्दछ
एडुसन्जाल र आइएमई पेबीच साझेदारी
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ र शैक्षिक पोर्टल, एडु सन्जाल बिच एक्सक्लुसिव पेमेन्ट पार्टनरसिपको सम्झौता भएको छ । यी दुई संस्थाबीच भुक्तानी तथा अन्य अफरहरूको साझेदारी भएको हो । साझेदारी पश्चात् पहिलो दुई सय विद्यार्थीहरूले आइएमई पे एपमार्फत एक रुपैयाँमा एडु सन्जालले प्रदान गर्दै आएको एलएमएस-बेस्ट सिम्याट कोर्समा भर्ना हुन सक्नेछन् । यसको अतिरिक्त एडु सन्जालबाट प्राप्त हुने रेफरल कोड प्रयोग गरी आइएमई पे एपमा साइन-अप गरेका विद्यार्थी प्रयोगकर्ताहरूले यस एपमा सञ्चालन हुने ‘आइएमई क्वीज’ नामक साप्ताहिक प्रतियोगितामा भाग लिन र प्रोमोकोड जित्ने मौका पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । साथै, आउने दिनहरुमा आइएमई पे एपमा नयाँ अनबोर्ड हुने विद्यार्थीहरूलाई लक्षित गरी आइएमई पे एप मै विभिन्न अफर र प्रतियोगिताहरू उपलब्ध हुनेछ । यस सम्झौताबाट डिजिटल प्लेटफर्म मार्फत शिक्षाको लाभ उठाउन सकिने र डिजिटल वालेटको प्रयोगको लागि थप प्रयोगकर्ताहरू आकर्षण गर्न मद्दत मिल्ने कम्पनीको भनाइ छ ।
प्रोफेसनल एजुकेटर्स र नेपाल लाइफबीच इक्विटी लगानी सम्झौता
काठमाडौं । प्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्सबीच इक्विटी लगानी सम्झौता भएको छ । शैक्षिक संस्था प्रोफेसनल एजुकेटर्स लिमिटेड (ग्लोबल ग्रुप) एवम् नेपालको बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीचमा संस्थागत विकासको वृहत्तर अवधारणाअनुरूप इक्विटी लगानी सम्झौता सम्पन्न भएको हो । रोयल सिङ्गी होटेलमा आयोजना भएको विशेष समारोहमा प्रोफेसनल एजुकेटर्स लिमिटेडका तर्फबाट अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझा र नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले इक्विटी लगानी सम्झौतामा हस्ताक्षर गरे । गुरुपूर्णिमाका अवसरमा प्रोफेसनल एजुकेटर्स लिमिटेडका अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझा, नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष गोविन्दलाल सङ्घाई, वरिष्ठ सञ्चालक तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल तथा दुवै प्रतिष्ठित कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू, वरिष्ठ अधिकृतहरू, चार्टर्ड एकाउन्टेन्टहरू तथा कानुनी सल्लाहकारहरू समेतको उपस्थिति रहको थियो । लगानीका क्षेत्रमा नेपालमा पहिलोपटक संस्थागत रूपमा यस किसिमको अभूतपूर्व सहकार्य हुँदै मुलुकको शैक्षिक इतिहासमा नयाँ आयामको थालनी भएको छ। शैक्षिक प्रवद्र्धनमुखी कदम र नयाँ प्रयोगका माध्यमबाट प्रोफेसनल एजुकेटर्स लिमिटेडले आफ्नो आगामी यात्राका क्रममा शिक्षा क्षेत्रको दिगो संस्थागत संरचना खडा गर्दै अगाडि बढ्ने लक्ष्य लिएको छ । नेपालको शैक्षिक विकासका लागि विद्यालय तहदेखि उच्च शिक्षाका क्षेत्रमा विश्वस्तरीय शिक्षा प्रदायक शैक्षिक संस्थाहरूको स्थापना र प्रवर्द्धन गर्ने उद्देश्यका साथ २०६१ मा स्थापित प्रोफेसनल एजुकेटर्स लिमिटेडको नाम प्राज्ञिक जगतमा अग्रणी एवम गरिमामय छ । ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ग्लोबल स्कुल अफ साइन्स, युनिग्लोब स्कुलरकलेज, भ्याली भ्यु स्कुल, ग्लोबल कलेज इन्टरनेसनल र लिबर्टी कलेज जस्ता ख्यातिप्राप्त शैक्षिक संस्थाहरूको स्थापना, व्यवस्थापन एवम् सञ्चालनका क्रममा निजी क्षेत्रको विशिष्ट योगदानस्वरूप विभिन्न क्षेत्रबाट उच्च योगदान पुर्याउँदै आएका विज्ञ व्यक्तित्वहरूको संलग्नतामा आरम्भ भएको शैक्षिक यात्राले आज सुनौलो गन्तव्य पहिल्याउन सफल भएको छ । यसका लागि कम्पनीले संस्थागत सुशासन र पारदर्शितामा अब्बल साबित गर्दै गुणस्तर कायम गर्न सबल र सक्षम भई विद्यार्थी वर्गको भविष्य सुनिश्चित हुनेछ । यस किसिमको पहलबाट कम्पनीको गरिमा स्वतः अभिवृद्धि हुन जाने भएकाले नेपालको शिक्षा क्षेत्रमा यस लगानी सम्झौताको सन्दर्भलाई शैक्षिक विकासको कोसेढुङ्गो मान्न सकिन्छ । अत्याधुनिक भौतिक पूर्वाधार, प्रविधिमैत्री शैक्षिक वातावरण, दक्ष जनशक्ति, स्पष्ट एवम् पारदर्शी कार्यनीति र निरन्तर उत्कृष्ट नतिजा आदि विशेषताहरूलाई आत्मसात गर्दै आएको प्रोफेसनल एजुकेटर्स लिमिटेडले निकट भविष्यमा नै सर्वसाधारणका लागि लगानीको अवसर प्रदान गर्ने गरी प्राथमिक सार्वजनिक निस्कासन (आईपीओ) जारी गर्न धितोपत्रको सूचीकरणसम्बन्धी प्रक्रियासमेत अगाडि बढाउने भएको छ ।