नेपाल माइक्रोको अभिमुखीकरण कार्यक्रम पाेखरामा सम्पन्न
काठमाडाैं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले पोखरामा लघु बीमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । लघु बीमा सम्बद्ध सरोकारवालाहरुलाई जानकारी गराउने उद्देश्यले आयोजना गरिएको उक्त कायक्रममा नेपाल कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमालले नेपालमा लघु बीमाको भूमिकाको विषयमा प्रकाश पार्दै यसका चुनौति र संभावनाका बारेमा प्रस्तुतिकरण दिएका थिए । मुलतः बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको सो कार्यक्रममा कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत अनिल गिरीले आफ्ने प्रस्तुतिमा नेपाल माइक्रो इन्स्योरेन्सले प्रदान गर्ने लघु वीमाका सेवाहरुका बारेमा सहभागीहरुलाई जानकारी गराउनु हुँदै कम्पनीले सहज र सस्तो दरमा सेवाहरु प्रदान गरिरहेको बताए । डेभलपमेन्ट एलायन्स नेपालले संयोजनमा संचालित उक्त कर्यक्रममा कृषि विकास बैंकका गण्डकी प्रदेशका निर्देशक घनेन्द्र अधिकारीले बैंक र बीमा व्यवसायका बीच अन्योन्याश्रित सम्वन्ध रहेकोले यस्ता प्रकारका अभिमुकरण कार्यक्रम बैकिङ्ग क्षेत्रका कर्मचारीका लागि कार्यसम्पानदको क्रममा उपयोगी हुने बताए । यसै गरि नेपाल बीमा प्राधिकरण गण्डकीका प्रदेश प्रमुख केशव प्रसाद दाहालले आफ्नो मन्तव्यको क्रममा साना तथा सीमान्तकृत वर्गलाई समेट्न लघु बीमाको अवधारणा ल्याइएको हँदा बीमाको पहुँच विस्तार गर्न जनस्तरमा समेत अभिमुखीकरण कार्यक्रम संचलन गर्नुपर्ने धारणा ब्यक्त गरे । दुई वर्षअघि सात वटा लघु वीमा कम्पनीले संचालन अनुमति पाएकामा निर्जीवन लघु बीमातर्फ नेपाल माइक्रो इन्स्योरेन्स कंपनीले आफ्नो स्थापनाकाल देखि नै व्यावसाय विस्तारमा अग्रणी स्थान ओगट्दै आएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वमा विशेष योगदानका लागि ज्योति विकास बैंक सम्मानित
काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालका ग्रामीण तथा दुर्गम क्षेत्रका स्वास्थ्य संस्थाहरूमा विशेष योगदान गरेको ज्योति विकास बैंक लिमिटेडलाई राष्ट्रिय आविष्कार केन्द्रले सम्मानित गरेको छ । बैंकले ‘न्यानो नानी’ परियोजनामार्फत ५१ स्वास्थ्य संस्थामा बेबी वार्मर मेसिन’को पहुँच पुर्’याएकोमा यो सम्मान प्रदान गरिएको हो । काठमाडौंमा आयोजित विशेष कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा महावीर पुनले बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई सम्मानपत्र प्रदान गरेका थिए । डा पुनले बैंकले नवजात शिशुको स्वास्थ्य र जीवन रक्षाका लागि चालेको कदमप्रति आभार प्रकट गर्दै यो परियोजना देशको स्वास्थ्य क्षेत्रमा अनुकरणीय बनेको बताए । ‘न्यानो नानी’ परियोजना चार वर्षअघि सुरु गरिएको हो । यस परियोजनामार्फत राष्ट्रिय आविष्कार केन्द्रले स्वदेशमै निर्माण गरेका बेबी वार्मर मेसिन बैंकको सहयोगमा विभिन्न स्वास्थ्य केन्द्रमा जडान गरिएको छ । हालसम्म जडान गरिएका ५१ मेसिनमार्फत हरेक वर्ष करिब १८८७ नवजात शिशुको जीवन रक्षा भइरहेको बैंकले जनाएको छ। राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेका बेबी वार्मर विदेशबाट आयात गरिएका उपकरणभन्दा ५० प्रतिशत कम लागतमा उपलब्ध छन् । बैंकले यस परियोजनालाई प्रोत्साहन गर्दा स्वदेशी उत्पादन प्रवर्द्धन र युवाको सीप विकासमा समेत योगदान दिएको छ । बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत देशका विभिन्न प्रदेशमा बेबी वार्मर जडान गरेको छ । कोशी प्रदेशमा १३, मधेश प्रदेशमा ६, बागमती प्रदेशमा १०, गण्डकी प्रदेशमा ६, लुम्बिनी प्रदेशमा ७, कर्णाली प्रदेशमा ७, र सुदूरपश्चिम प्रदेशमा २ वटा स्वास्थ्य केन्द्रमा उपकरण वितरण गरिएको छ । उपकरणको सञ्चालन र प्रयोग सुनिश्चित गर्न स्वास्थ्यकर्मीलाई विशेष तालिमसमेत प्रदान गरिएको छ ।
काठमाडौंको कागेश्वरीमा सानिमा बैंकको शाखा स्थापना
काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५, स्थित थलीमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की, ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा बैंकका सञ्चालक लक्ष्मी प्रपन्न निरौला र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा गरे । त्यसैगरी सानिमा बैंकका सञ्चालक लक्ष्मी प्रपन्न निरौला तथा प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।