मेरोमाइक्रोफाइनान्सले पर्सा प्रहरीलाई दियो फर्निचर

<p>काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धारे प्रहरी चौकी लाई आवश्यक पर्ने फर्निचर सामाग्री हस्तान्तरण गरेको छ । एक कार्यक्रमकाबीच १ थान टेबल, ४ थान बेन्च र १० थान प्लास्टिकका कुर्ची प्रदान गरिएको छ । संस्थाका वरिष्ठ प्रबन्ध राजु प्रसाद पुडासैनीले प्रहरी चौकी धारेका प्रमुख सहायक निरीक्षक अरबिन्द कुमार यादवलाई [&hellip;]</p>

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धारे प्रहरी चौकी लाई आवश्यक पर्ने फर्निचर सामाग्री हस्तान्तरण गरेको छ । एक कार्यक्रमकाबीच १ थान टेबल, ४ थान बेन्च र १० थान प्लास्टिकका कुर्ची प्रदान गरिएको छ ।

संस्थाका वरिष्ठ प्रबन्ध राजु प्रसाद पुडासैनीले प्रहरी चौकी धारेका प्रमुख सहायक निरीक्षक अरबिन्द कुमार यादवलाई सामान हस्तान्तरण गर्दै फर्निचर सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सो हस्तान्तरण कार्यक्रममा वरिष्ठ अधिकृत (मधेस प्रदेश प्रमुख) रामकिशोर प्रसाद कुश्वाहा, शाखा कार्यालय पकहामैनपुरका प्रमुख अजित कुमार मण्डल लगायतको उपस्थित रहेको थियो ।

देशभर एक सय ४९ वटा शाखा कार्यालयसहितको सञ्जाल विस्तार गरेर दरिलो माइक्रोफाइनान्समा स्थापित भएको मेरोमाइक्रोफाइनान्सले सामाजिक कार्यहरुमा पनि उत्तिकै सहयोग गर्ने रणनीति बनाएको छ ।

Share News