मुक्तिनाथ विकास बैंकका ग्राहकले जिते बैंककको राउन्ड ट्रिप फ्लाइट टिकट  

काठमाडौं ।  मुक्तिनाथ विकास बैंकका ग्राहकले जिते बैंककको राउन्ड ट्रिप फ्लाइट टिकट जितेका छन् । बैंकका एक भिसा डेबिट कार्डहोल्डर तिल प्रसाद पौडेलले दुई जनाको लागि फ्लाइटको राउन्ड ट्रिप फ्लाइट टिकट जितेका हुन् । यस वर्षको दशैं तिहारको उपलक्ष्यमा नगदरहित कारोबारलाई प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय भिसा नेटवर्कको सहकार्यमा भिसा कार्डबहाकहरुबीच सञ्चालित अभियान अन्तर्गत बैंकका ग्राहकले विजेता भएर उक्त पुरस्कार प्राप्त गरेका हुन् । भिसा र बैंकले यस कार्यक्रमको सफलता र ग्राहकहरुको उत्साहलाई ध्यानमा राखेर भविष्यमा यस किसिमका अन्य आकर्षक अफरहरु ल्याउने बताएका छन् ।

महालक्ष्मी विकास बैंकद्वारा ‘नेपाल दसैं अभियान २०२४’ को विजेताहरू घोषणा

काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा डिजिटल बैंकिङको प्रवर्धन तथा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्धेश्य अनुरुप सञ्चालन गरेको ‘नेपाल दसैं अभियान २०२४’ को विजेताहरू घोषणा गरेको छ । नेपालीहरुको महान चाँड दसैंमा हुने आर्थिक कारोबारलाई डिजिटल भुक्तानीको माध्यमहरुबाट कारोबार गराउने तथा उपलब्ध डिजिटल भुक्तानीका माध्यमहरुको अधिकतम प्रयोग होस् भन्ने उद्धेश्य अनुरुप सञ्चालन गरिएको अभियान अन्तर्गत महालक्ष्मी भिसा कार्ड मार्फत कारोबार गरेका विजेताहरु घोषणा गरिएको हो । विजेतहरु क्रमश : नारायण कार्की र सन्तोष ध्वज कार्की रहेका छन् । यस अन्तर्गत विजेताहरुहरुले माल्दिभ्सको बाली वा श्रीलंकाको कोलम्बो मध्ये कुनै एक स्थानको विशेष भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् । नेपालभर बाट उक्त अभियानमा ग्राहकहरुको उल्लेख्य सहभागिता रहेको थियो । यस किसिमको अभियान बाट ग्राहकहरुको नविनतम भुक्तानीका माध्यमहरुको प्रयोग गर्ने चाहानालाई थप अभिवृद्धि गर्न सहयोग पु्ग्ने विश्वास बैंकले लिएको छ । महालक्ष्मी विकास बैंक यस अभियानमा जोडिएका तथा विजेता बन्न सफल भएका प्रयोगकर्ताहरुलाई सम्रग बैंकको तर्फबाट हार्दिक आभार तथा बधाई ज्ञापन गर्दछ । बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।

बीमितको हीत संरक्षण हाम्रो पहिलो प्राथामिकता : अध्यक्ष ओझा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमितको हीत संरक्षण नै पहिलो प्राथमिकता रहेको बताएका छन् । आइतबार इकोनमिक मिडिया एशोसिएसन अफ नेपाल (इमान) ले आयोजना गरेको ‘अबको बीमा क्षेत्र’ अन्तरक्रिया कार्यक्रममा उनले सो बताएका हुन् । कार्यक्रममा उनले बीमितको हीत संरक्षणकाो लागि बीमकको वित्तीय स्वास्थ्य बलियो हुनुपर्ने धारणा राखे । उनले भने, ‘बीमा क्षेत्रको हीतका लागि सम्पूर्ण स्टेक होल्डरको हीत सुनिश्चित हुनुपर्छ । बीमितको हीतको कुरा बीमा ऐनको प्रस्तावनामै उल्लेख गरेको छ । बीमकको वित्तीय स्वास्थ्य बलियो भएन भने बीमितको हीत संरक्षण हुन सक्दैन ।’ बीमकको वित्तिय स्वास्थ्य बलियो बनाउनका हामीले प्राधिकरण गर्नुपर्ने सहयोग, सजहीकरणमा संधै तत्पर रहेको र त्यसमा जिम्मेवारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाए सबैको हीत समग्रतामा सुरक्षित नभएसम्म बीमाले सही बाटो समात्न नसक्ने भन्ने उनले विचार राखेका छन् । अध्यक्ष ओझाले आफू प्राधिकरणमा नियुक्त भएदेखि नै विभिन्न सरोकारवालारूसँग अन्तरक्रिया, छलफल कार्यक्रम गर्दै आएको बताएका छन् । ‘बीमाका विषयमा हामीले विभिन्न सरोकारवालाहरुसँग अन्तरक्रिया गर्दै आइरहेका छौं । विभिन्न क्षेत्रका संघसंस्था, बीमक संघ, मध्यस्थताकर्ता संघलगायत विभिन्न सरोकारवालाहरुसँग अन्तरक्रिया गर्दै आएका छौं,’ उनले भने, ‘उहाँहरूबाट आएका सल्लाह र सुझावको आधारमा हामीले गृहकार्यसमेत सुरु गरिसकेका छौं ।’ प्राधिकरणले विगतमा जारी गरेका निर्देशनहरू एकीकृत रूपमा आइदिएको भए हुन्थ्यो भन्ने धारणा सबैजसो बीमक संघबाट सुझाव आएको उल्लेख गर्दै अध्यक्ष ओझाले त्यससम्बन्धमा कमिटी बनाएर त्यसलाई एकीकृत गर्ने, नियालीमा आएका कतिपय निर्देशनहरु हटाउने साथसाथै आवश्यक पुनरावलोकण गरेर समयअनुकूल बनाउने काम भएको बताए ।