गोर्खाज फाइनान्सको सीईओमा ज्ञानेन्द्र इवाहाङ नियुक्त

<p>काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन् । आईतबार बसेको सञ्चालक समितिको बैठकले चैत ११ गतेदेखि लागू हुने गरी सीईओमा इवाहाङलाई नियुक्त गरेको हो । उनी आगामी ४ वर्षका लागि सीईओ नियुक्त भएका हुन् । फाइनान्सको गत पुष १४ गते बसेको सञ्चालक समिति बैठकले सीईओमा प्रकाशचन्द्र अधिकारीलाई नियुक्त गरेको [&hellip;]</p>

काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन् ।

आईतबार बसेको सञ्चालक समितिको बैठकले चैत ११ गतेदेखि लागू हुने गरी सीईओमा इवाहाङलाई नियुक्त गरेको हो ।

उनी आगामी ४ वर्षका लागि सीईओ नियुक्त भएका हुन् ।

फाइनान्सको गत पुष १४ गते बसेको सञ्चालक समिति बैठकले सीईओमा प्रकाशचन्द्र अधिकारीलाई नियुक्त गरेको थियो ।

तर अधिकारीले आफूलाई सीईओमा नियुक्त गर्दा सञ्चालक समितिको सर्वसम्मतबाट निर्णय नभएकोले कार्य गर्न असमर्थ रहेको भन्दै निवेदन दिएका थिए । त्यसपश्चात उनको नियुक्ति रद्द गरिएको थियो ।

पाएको जागिर इन्कार, घरमै बसेर तीन महिना सीईओ

Share News